Tuesday, March 28, 2023

पैसा र येशू ख्रीष्ट

 



“येशू ख्रीष्टलाई चिन्नु भनेकाे सबैभन्दा धेरै रूपैयाँ-पैसा हुनु र उच्चस्तरीय पदमा रहनुभन्दा निकै महत्त्वपूर्ण कुरा हाे।”


“मैले याे पत्ता लगाएको छु कि हामी सबै टुटेका छौं। हामी सबैको एउटा टुक्रा हराएको छ। मेरो लागि, मैले पत्ता लगाएँ कि त्याे हराइरहेको टुक्रा परमेश्वर (येशू ख्रीष्ट) हुनुहुन्थ्यो।”


“जीवनमा प्रशस्त पैसा र भौतिक चीजहरू छन, तर येशू ख्रीष्ट हुनुहुन्न भने त्यहाँ खालीपन मात्रै हुनेछ।”


“येशू ख्रीष्टले मात्र हाम्रो हृदयलाई सन्तुष्ट पार्न सक्नुहुन्छ।”


 - फिलिप एनजी, [सिङ्गापुरको सबैभन्दा धनी व्यक्ति]


Link :

https://youtu.be/VWKvazvu8v8

https://youtu.be/Zw7LwjQaLZY

पैसाकाे आवाज

 


आज सारा संसारले पैसा-पैसा भनिरहेका छन, र पैसाको प्रशंसा गरिरहेका छन, तर पैसाले स्वयं आफ्नो बारेमा के भन्छ ? ध्यानसँग अध्ययन गर्नुहाेला...


1. म पैसा हुँ ! तिमी मरेपछि मलाई माथि लान सक्दैनौं, तर जीवित छँदै म तिमीलाई धेरै माथि लान सक्छु।

2. म पैसा हुँ ! मलाई प्रेम गर, तर त्यति धेरै प्रेम पनि नगर ताकि मानिसहरूले तिमीलाई घृणा गरून।

3. म पैसा हुँ ! म नुन जस्तै छु, जाे आवश्यक त छ, तर आवश्यकता भन्दा बढी भयो जिन्दगीको स्वाद र मजा बिगारिदिनेछु।

4. म पैसा हुँ ! इतिहास साक्षी छ, जाे सँग म प्रशस्त थिए, तर तिनीहरूसँग म बाहेक अरू काेही थिएन। जब तिनीहरू मरे तब तिनको निम्ति रूनेवाला पनि काेही थिएन।

5. म पैसा हुँ ! म केही पनि हाेईन, तर म याे निर्धारण गर्दछु कि मानिसहरूले तिमीलाई कति ईज्जत दिऊन।

6. म पैसा हुँ ! म तिमिसँग छु, तब तिम्रै हुँ, र तिमिसँग छैन भने म तिम्रो हाेईन।

7. म पैसा हुँ ! म तिमीसँग छु भने सबै तिम्रा हुन। 

8. म पैसा हुँ ! म परमेश्वर त हाेईन, तर मानिसहरूले मलाई परमेश्वरभन्दा कम मान्दैनन।

9. म पैसा हुँ ! म हरेक दिन नयाँ-नयाँ सम्बन्धहरू बनाउँछु, तर असली र पुरानो सम्बन्धहरूलाई बिगारि दिन्छु।

10. म पैसा हुँ ! म नै सारा समस्याहरूकाे जड हुँ, तर पनि किन सबै मेरो पछि यति धेरै पागल भएका छन हाेला ?


मेरो थुप्रै नामहरू छन। जस्तैः

1. मलाई धार्मिक स्थानमा दिईयाे भने “भेटी”।

2. मलाई स्कुलमा दिईयाे भने “फिस”।

3. मलाई विवाहमा दिईयाे भने “दाईजो”।

4. मलाई विवाह बिच्छेदमा दिईयाे भने गुजारा “भत्ता”।

5. मलाई सेवाको नाममा गैरकानूनी रूपमा दिईयाे भने “घूस”।

6. मलाई अदालतमा दिईयाे भने “जरिवाना”।

7. मलाई सरकारलाई दिईयाे भने “कर”।

8. मलाई सेवानिवृत्तिमा दिईयाे भने “पेन्सन”।

9. अपराधीलाई दिईयाे भने “फिराैटी”।

10. वेटरलाई दिईयाे भने “टिप्स”।

11. मजदुरलाई दिईयाे भने “मजदुरी”।

12. कामदारलाई दिईयाे भने “तलब”।

13. कसैलाई सापति दिईयाे भने “ऋण”।

14. मद्दत चाहिने मानिसहरूलाई दिईयाे भने “परोपकार”।


मेराे अरू पनि हजारौं नामहरू छन। तर म जति असल देखिन्छु, त्यति खतरनाक पनि छु। असल र बैधानिक तरिकाबाट आए भने खुशी र शान्ति ल्याउँछु, तर खराब र अबैध तरिकाबाट आए भने चिन्ता, डर, अशान्ति र श्राप ल्याएर आउँछु, र सबैकुरा उजाड पारिदिनेछु।


मैले यस्तो धनाढ्यहरूलाई पनि देखेको छु, जससँग म बाहेक अरू काेही पनि हुँदैन, र मैले ती गरिबहरू जाे मेरो अभावको वेदनामा रातभरि राेएकाे, कराएकाे र पर्खालमा आफ्नो शिर ठाेकेर तड्पिदै मरिरहेकाे पनि देखेको छु। किनकि म पैसा हुँ र सबै फसादकाे जड हुँ।


म पैसा हुँ, यदि मलाई सहि बाटोबाट कमायाै भने म मजा हुँ, तर मलाई खराब बाटोबाट कमायाै भने म सजा हुँ। यसकारण मलाई साेँचेर र बुझेर मात्रै हात लगाउनु।


* के तपाईंले पैसाको कुरा बुझ्नु भयाे ?


यसकारण लेखिएको छ,

उहाँले तिनीहरूलाई भन्‍नुभयो, “होशियार रहो, सबै किसिमका लालचबाट जोगिने काम गर, किनकि मानिसको जिन्‍दगी उसको धन-सम्‍पत्तिको प्रशस्‍ततामा रहँदैन।”

[लूका 12:15]


“किनभने मानिसले सारा जगत हात पारेर आफ्‍नो प्राण गुमायो भने त्‍यसलाई के फाइदा हुन्‍छ? अथवा मानिसले आफ्‍नो प्राणको सट्टामा के दिन सक्‍छ?”

[मर्कुस 8:36-37]


पैसा, मृत्यु र न्याय

 



एकपटक पैसाले भरिएको झोला बोकेकाे एक क्यान्सर रोगीले डाक्टरलाई आफ्नो जीवन बचाउन आग्रह गर्दै भने,

“मसँग तपाईंलाई दिनको लागि धेरै पैसा छ, कृपया मलाई बचाउनुहाेस।”


तर डाक्टरले उनको क्यान्सर अन्तिम चरणमा रहेकाले केही गर्न नसक्ने बताए।


तब उनी एकदमै रिसाए, निराश भए र पागल झैं चिच्याए।


त्यसपछि उनले अस्पतालको परिसरमा आफ्नो सबै पैसा फालेर भने, “यो पैसाको के काम, जसले मलाई बचाउन नै सक्दैन? यो धनले मलाई स्वास्थ्य दिन सक्दैन भने यति धनी भएर के फाइदा?”😢😭


पैसाले स्वास्थ्य किन्न सक्दैन, पैसाले समय किन्न सक्दैन, पैसाले जीवन किन्न सक्दैन!



यो धनले जीवन दिन सक्दैन। त्यसैले साथीहरू यो दौडधुपको जीवनमा पैसा कमाउनमा मात्र व्यस्त नहुनुहोस। आफ्नो स्वास्थ्य, देश, सृष्टिकर्ता, मण्डली, आफ्नो परिवार र साथीहरूका लागि पनि समय निकाल्नुहोस। यो जीवन फेरि मिल्दैन। आजैदेखि आफ्नो भविष्यको ख्याल राख्नुहोस।


मृत्युको समयमा पैसाको कुनै काम हुँदैन। न्यायकाे दिनमा पैसाको कुनै काम हुँदैन। त्यस समयमा हाम्रो धन-सम्पत्ति, रूपैयाँ-पैसा र सुन-चाँदीले हामीलाई बचाउन सक्दैन।


यसकारण लेखिएको छ,

“मैले सूर्यमुनि एउटा दु:खदायी खराबी देखेको छु। मालिकले आफ्‍नै नोक्‍सानीको निम्‍ति धन-सम्‍पत्ति थुपारेको, अथवा कुनै दुर्भाग्‍यले त्‍यसले आफ्‍नो धन-सम्‍पत्ति गुमाएको थियो, र जब त्‍यसको छोरा भयो उसको निम्‍ति केही रहेन।

मानिस आमाको गर्भबाट नाङ्गै आउँछ, र जसरी आउँछ, त्‍यसरी नै त्‍यो फर्किजान्‍छ। त्‍यसले आफ्‍नो परिश्रमबाट आफ्‍नो हातमा लान सक्‍ने केही लैजाँदैन।

यो पनि एउटा दु:खदायी खराबी हो। मानिस जसरी आउँछ, त्‍यसरी नै फर्किजान्‍छ। त्‍यसलाई के लाभ हुन्‍छ र? किनभने त्‍यसको परिश्रम हावामै खेर जान्‍छ।

त्‍यसले आफ्‍नो सारा जीवनकाल ठूलो नैराश्‍य, कष्‍ट, रीसराग र अन्‍धकारमा बिताउँछ।”

- राजा साेलाेमन [उपदेशक 5:13-17]


“किनकि पापको ज्‍याला मृत्‍यु हो…।” [रोमी 6:23]


“अनि जसरी मानिसहरूका निम्ति एकपल्ट मरण र त्यसपछि न्याय नियुक्त गरिएको छ।” [हिब्रू 9:27]


“किनकि हामीले गरेको हरेक काम, असल होस वा खराब होस, प्रत्‍येक गुप्‍त कुरासमेत सबैको न्‍याय परमेश्‍वरले गर्नुहुनेछ।”

[उपदेशक 12:14]


“तिनीहरूले आफ्‍नो चाँदी सड़कहरूमा फालिदिनेछन, र तिनीहरूको सुन अशुद्ध थोकजस्‍तो हुनेछ। परमप्रभुका क्रोधको दिनमा तिनीहरूका चाँदी र सुनले तिनीहरूलाई बचाउन सक्‍नेछैनन। सुन र चाँदीले तिनीहरूले आफ्‍नो भोक मार्न वा पेट भर्न सक्‍नेछैनन, किनभने तिनीहरूलाई पापमा पार्ने ठक्‍कर यही नै थियो।”

[इजकिएल 7:19]


पैसाले किन्न नसकिने कुराहरु

 



1. पैसाले घर किन्न सकिन्छ, तर परिवार किन्न सकिँदैन।
2. पैसाले ओछ्यान किन्न सकिन्छ, तर निद्रा किन्न सकिँदैन।
3. पैसाले घडी किन्न सकिन्छ, तर समय किन्न सकिँदैन।
4. पैसाले किताब किन्न सकिन्छ, तर ज्ञान किन्न सकिँदैन।
5. पैसाले खाना किन्न सकिन्छ, तर भोक किन्न सकिँदैन।
6. पैसाले पद किन्न सक्छ, तर सम्मान किन्न सकिँदैन।
7. पैसाले रगत किन्न सकिन्छ, तर जीवन किन्न सकिँदैन।
8. पैसाले बीमा किन्न सक्छ, तर सुरक्षा किन्न सकिँदैन।
9. पैसाले सौन्दर्य सामाग्री किन्न सकिन्छ, तर भित्री सौन्दर्य किन्न सकिँदैन।
10. पैसाले औषधि किन्न सकिन्छ, तर स्वास्थ्य किन्न सकिँदैन।
11. पैसाले विलासिता किन्न सकिन्छ, तर शान्ति किन्न सकिँदैन।
12. पैसाले मनोरञ्जन किन्न सकिन्छ, तर खुशी किन्न सकिँदैन।
13. पैसाले नाेकर किन्न सकिन्छ, तर इमानदारीता किन्न सकिँदैन।
14. पैसाले साथी किन्न सकिन्छ, तर मित्रता किन्न सकिँदैन।
15. पैसाले याैन किन्न सकिन्छ, तर प्रेम किन्न सकिँदैन।
16. पैसाले शरीर किन्न सकिन्छ, तर आत्मा किन्न सकिँदैन।
17. पैसाले कलम किन्न सकिन्छ, तर रचनात्मकता किन्न सकिँदैन।
18. पैसाले मूर्ति किन्न सकिन्छ, तर परमेश्वर किन्न सकिँदैन।
19. पैसाले क्रुस किन्न सकिन्छ, तर मुक्तिदाता किन्न सकिँदैन।
20. पैसाले बाइबल किन्न सकिन्छ, तर येशूसँगको सम्बन्ध किन्न सकिँदैन।
21. पैसाले धर्म किन्न सकिन्छ, तर मुक्ति किन्न सकिँदैन।
22. पैसाले चर्चको सदस्यता किन्न सकिन्छ, तर स्वर्ग किन्न सकिँदैन।

तपाईंले देख्नुभयो, पैसा नै सबै कुरा किन्न सकिँदैन।

पैसाले पनि किन्न नसकिने अनमाेल कुराहरु पनि अनगिन्ती छन। त्यसैले ती कुराहरूमा बढी परिश्रम गर्नुहाेस, जसलाई पैसाले किन्न सकिदैन।

यसकारण भनिएको छ,
“पैसाले त आजसम्म कसैलाई खुशी दिएकाे छैन, किनकि पैसाकाे स्वभाव मनमा आनन्द प्रदान गर्ने हैन।”
- बेन्जामिन फ्र्याङ्कलिन

“पैसाले किन्न सक्ने चीजहरूमा आफ्नो पैसा खर्च गर्नुहोस। र पैसाले किन्न नसकिने चीजहरूमा आफ्नो समय खर्च गर्नुहोस।”
- हारूकी मुराकामी

Monday, March 27, 2023

तपाईं के काे निम्ति चर्च जानुहुन्छ ?




1. कोही चर्चमा घुम्न जान्छन; कोही त्यहाँ हाँस्न र कुरा गर्न जान्छन।


2. कोही साथीलाई भेट्न त्यहाँ जान्छन; कोही आफ्नो समय बिताउन त्यहाँ जान्छन।


3. कोही प्रेमीलाई भेट्न त्यहाँ जान्छन; कोही त्यहाँ गल्ती ढाक्न जान्छन।


4. कोही त्यहाँ अनुमान गर्न जान्छन; कोही त्यहाँ अवलोकन गर्न जान्छन।


5. कोही निदाउन र निहुराउन त्यहाँ जान्छन; बुद्धिमानहरू त्यहाँ परमेश्वरको आराधना गर्न र परमेश्वरको आवाज सुन्न जान्छन।


- चार्ल्स स्पर्जन


Sunday, March 26, 2023

अभिभावकको लागि महत्त्वपूर्ण सुझावहरू

 


1- आफ्नो बच्चालाई उसले मागेको सबै कुरा नदिनुहोस।

किनकि आफूले चाहेको सबै कुरा प्राप्त गर्ने अधिकार आफूसँग छ भनी विश्वास गर्दै ऊ हुर्कनेछ।


2- आफ्नो बच्चाले अपमानजनक शब्द बोल्दा हाँस्नबाट जोगिनुहोस।

किनकि अनादर नै मनोरञ्जन हो भनी सोचेर ऊ हुर्किनेछ।


3- खराब व्यवहारको लागि उसलाई गाली नगरी उसले प्रदर्शन गर्न सक्ने खराब व्यवहारप्रति असंवेदनशील रहनबाट बच्नुहोस। किनकि समाजमा नियम छैन भन्ने सोचेर हुर्किनेछ ।


4- तपाईंको बच्चाले गडबड गरेको कुनै पनि कुरा उठाउनबाट बच्नुहोस।

किनकि उसले आफ्नो जिम्मेवारीहरू पनि अरूले नै लिनुपर्छ भन्ने विश्वासमा हुर्किनेछ।


5- उसलाई टिभी र माेबाईलमा कुनै पनि कार्यक्रम हेर्न नदिनुहोस।

किनकि उसले बच्चा हुनु र वयस्क हुनुमा कुनै भिन्नता छैन भन्ने सोचेर ऊ हुर्किनेछ।


6- आफ्नो बच्चालाई उसले मागेको सबै पैसा नदिनुहोस।

किनकि पैसा कमाउन सजिलो छ, भन्ने सोचेर ऊ ठूलो हुनेछ र यसको लागि चोरी गर्न पनि हिचकिचाउँदैन।


7- छिमेकीहरू, शिक्षकहरू, प्रहरीहरू विरुद्ध गल्ती हुँदा सधैं आफूलाई उसको पक्षमा राख्नबाट जोगिनुहोस।

किनकि आफूले गर्ने सबै सहि हो, अरूको गल्ती हो भनी सोचेर हुर्किनेछ।


8- मण्डल या संगति जाँदा बच्चालाई घरमा एक्लै नछोड्नुहोस।

नत्र उसले परमेश्वर छैन भनी सोचेर हुर्किनेछ।


* हाम्रा सन्तानमाथिको हाम्रो परिश्रम व्यर्थ नहोस !


Saturday, March 25, 2023

मानिसहरू कहिले परमेश्वरलाई याद गर्छन ?

 



1. धर्मीहरूले सधैं याद गर्छन ।

2. पापीहरूले मृत्युको समयमा याद गर्छन ।

3. चोरहरूले समातिए पछि याद गर्छन ।

4. गरिबहरूले भोकमा याद गर्छन ।

5. धनीहरूले बिरामी अवस्थामा याद गर्छन ।

6. कन्जुसहरूले पैसा गुमाउँदा याद गर्छन ।

7. किसानहरूले पानी नपर्दा याद गर्छन ।

8. यात्रुहरूले गाडी छुटाउँदा याद गर्छन ।

9. व्यापारीहरूले घाटा भएको अवस्थामा याद गर्छन ।

10. विद्यार्थीहरूले परीक्षाफलको समयमा याद गर्छन ।

11. राजनीतिज्ञहरूले चुनाव हारेपछि याद गर्छन ।

12. अधिकृतहरूले घुस लिँदै गर्दा पक्राउ परेपछि याद गर्छन ।



के येशू ख्रीष्ट काल्पनिक व्यक्ति हुनुहुन्थ्यो ?

 


के येशू ख्रीष्ट काल्पनिक व्यक्ति हुनुहुन्थ्यो?

के येशू ख्रीष्ट ऐतिहासिक व्यक्ति हुनुहुन्थ्यो भन्ने कुनै प्रमाणहरू छैनन?


सन्देहवाद (skepticism): “वस्तुस्थिति र तथ्यहरूको अध्ययनद्वारा वास्तविक स्वरूपको मूल्याङ्कन नगरी अधूरो वा अधकल्चो छोड्ने र जानीजानी कुरा बङ्ग्याएर भिन्न रूपमा प्रचार गरी सन्देह फैलाउने विचार वा सिद्धान्त” (बृहत् शब्दकोष)


सन्देहवादीहरूमा पनि त्यस्ता केही उग्र सन्देहवादीहरू छन् जोहरूले येशू एक ऐतिहासिक व्यक्ति हुनुभएको कुरालाई समेत इन्कार गर्छन्। निम्न कारणहरूले गर्दा यो एउटा अशिक्षित अडान हो:


1. येशूको ऐतिहासिकता सम्बन्धीको विवाद वर्तमान समयमा मात्र उठाइएको नयाँ कुरा हो।


2. येशूको प्रमुख साक्षी नयाँ नियमको लेखोट हो जसलाई गैर-इसाई दृष्टिकोणबाट मूल्याङ्कन गरिँदा समेत सबैभन्दा गहकिलो ऐतिहासिक अभिलेख ठहरिन्छ।


3. बाइबलबाहेक, अन्य त्यस्ता गैर-इसाई स्रोतहरू सुरूबाटै अस्तित्वमा छन् जसले येशूको अस्तित्वलाई प्रमाणित गर्दछन्।


1. येशूको ऐतिहासिकता सम्बन्धीको विवाद वर्तमान समयमा मात्र उठाइएको एउटा नयाँ कुरा हो।


इन्साइक्लोपिडिया ब्रीटानिकाले भन्छ:

“यी अलग-अलग अभिलेखहरूले प्राचीन समयहरूमा इसाईमतका शत्रुहरूले समेत येशूको ऐतिहासिकतालाई कहिल्यै शङ्का गरेनन् भन्ने कुरा प्रमाणित गर्दछन्। यो विवाद पहिलो पटक केही लेखकहरूद्वारा १८ औं शताब्दिको अन्तमा, १९ औं शताब्दिको समयमा र २० औं शताब्दिको सुरुमा उठाइएको थियो, त्यो पनि अपर्याप्त आधारमा” (“Jesus Christ”, Encyclopedia Britannica, १९७४)।


जारोस्लाभ पेलिकन (Jaroslav Pelikan) ले अवलोकन गर्छन्:

“व्यक्तिगत रूपमा उहाँको विषयमा जोसुकैले जेजस्तो सोचे तापनि वा विश्वास गरे तापनि नासरतका येशू झण्डै बीस-बीस शताब्दिहरूसम्म पश्चिमी संस्कृतिको इतिहासमा प्रधान व्यक्ति रहनुभएको छ” (Jesus Through the Centuries, p.1)


डी. जेम्स केनेडी (James Kennedy) ले थप्नुहुन्छ:

“अहिलेसम्म युद्धमा उत्रेका सबै सेनाहरू, महासागर तरेका लडाकु जहाजहरू, बैठक बसेका सबै  सांसदीय सभाहरू, शासन गरेका सबै राजाहरू – ती सबैका संयुक्त प्रभावभन्दा पनि उहाँको एक्लो जीवनले यस पृथ्वीमा मानिसको जीवनलाई अझ बढी प्रभाव पारेको छ।”  (What if Jesus had Never Been Born? p.9)


2. येशूको प्रमुख साक्षी नयाँ नियमको लेखोट हो जसलाई गैर-इसाई दृष्टिकोणबाट समेत सबैभन्दा गहकिलो ऐतिहासिक अभिलेख मानिन्छ।


नयाँ नियम ख्रीष्टको मृत्युको लगत्तै पछि लेखिएको थियो भन्ने कुराको प्रमाण अकाट्य छ। बाइबलको स्वरूप अध्ययन अन्तर्गत यस कुरालाई हामीले हेरिसक्यौं।


जोन ए टी रोबिन्सन (John A.T. Robinson) ले रिडेटिङ द न्यू टेस्टामेन्ट (Redating the New Testament) मा यो निष्कर्ष निकालेका छन् कि पूरै नयाँ नियम ७० एडीभन्दा अगाडि लेखिएको थियो।


पुरातत्त्व विज्ञानका सर्वोत्कृष्ट अग्रज विलियम राम्से (William Ramsay) ले यो लेखे:

“नयाँ नियमको कुनै पनि पुस्तकको मितिलाई एडी ८० भन्दा पछाडि राख्न अबउसो कुनै ठोस आधार छैन भनेर हामी अब जोडदारसित भन्न सक्दछौं। यो भनेको आजका नयाँ नियमका आलोचकहरूले तोकेको १३० एडी देखि १५० एडीको मितिभन्दा पूरै दुई पुस्ता अगाडिको मिति हो।” (William Ramsay, Recent Discoveries in Bible Lands, 1955, p.136).


“नयाँ नियमको प्रत्येक पुस्तक एक बप्तिस्मा गरिएको यहूदीद्वारा पहिलो शताब्दिको ४० देखि ८० एडीमा लेखिएको हुनुपर्छ भन्ने कुरा म ठान्दछु” (William Ramsay, “Christianity Today”, Jan 18, 1963).


विलियम अल्ब्राइट, अर्को प्रभावशाली पुरातत्त्वविदले लेखे:

“नयाँ नियम जस्तो हो भनेर पहिला विश्वास गरिन्थ्यो ठीक त्यस्तै रहेछ भनेर प्रमाणित भएको छ अर्थात् नयाँ नियम करिब २५ देखि ८० एडीका बीच लेखिएको ख्रीष्ट र उहाँका चेलाहरूका शिक्षाहरू हुन्। कूमरानबाट पत्ता लागेका तथ्यहरूले यो प्रमाणित गर्दछ (William F. Albright, From Stone Age to Christianity, p.23).


जसरी हामीले हेरिसक्यौं, मौलिक लेखोटहरू लेखिएको केही थोरै दशक मात्र बितेपछिको मिति रहेको खण्डहरू हामीसित छन्, अर्थात् पहिलो शताब्दिको अन्तितिरको मिति रहेको र साथै दोस्रो शताब्दिको सुरुतिरको मिति रहेको नयाँ नियमका खण्डहरू अस्तित्वमा छन्। अनि थुप्रै-थुप्रै सङ्ख्यामा तिनका प्रतिलिपिहरू अस्तित्वमा हुनु भनेको इतिहासमै अद्वित्तीय कुरा रहेको छ। पाण्डुलिपिहरूको प्रमाण कतिको बलियो छ भन्ने कुराको सवालमा अर्को कुनै प्राचीन पुस्तक नयाँ नियमको तुलनामा अलिकित नजिक पनि आइपुग्दैन।


3. येशूको अस्तित्वलाई प्रमाणित गर्ने बाइबलबाहेक अन्य त्यस्ता गैर-इसाई स्रोतहरू पहिलेदेखि नै छन्।


निम्न उदाहरणहरू जोश म्याक्डावेलको पुस्तक द न्यू एभिडेन्स द्‍याट डिमान्ड्स ए भर्डिक्ट (The New Evidence That Demands a Verdict) बाटका हुन्:


कोर्नेलियस ट्यासीटस् (Cornelius Tacitus), पहिलो शताब्दिका एक रोमी इतिहासकार:

“जसबाट [ख्रीष्टियमत भनिने] यो नामको सुरुआत भयो, ती ख्रीष्टसले तिबेरियासको शासनकालमा हाम्रा प्रशासकहरूमध्ये एकजना पोन्टियस पिलातसको अधिकारअन्तर्गत सबैभन्दा अधिकतम नापको सजाय भोगे…” (Annals XV, c. 115 AD).


स्वेतोनियस (Suetonius), हेड्रियन सम्राट (AD 117-138) का प्रमुख मन्त्री:

“ख्रेस्टसको सम्बन्धमा यहूदीहरूले बारम्बार दङ्गा मच्च्याइरहेका हुनाले उनले तिनीहरूलाई रोमबाट निष्कासन गरिदिए” (Life of Claudius, 25:4)


ओरोसियस (Orosius):

“लेखक ओरोसियसले यो निष्कासन कार्य क्लाउडियसको शासनकालको नवौं वर्षमा अर्थात् ४९ एडीमा भएको थियो भनेर उल्लेख गर्छन्। यसले यो गवाही दिइरहेको छ कि क्रूसीकरण भएको १५-२० वर्ष नबित्दै रोममा एउटा ख्रीष्टियन समुदाय थियो। प्रेरितको पुस्तकमा यो रोमी प्रमाणको एउटा अचम्मलाग्दो पुष्टिकरण भेटिन्छ। जब पावल एथेन्सबाट कोरिन्थमा आए उनले त्यहाँ “पोन्टसमा जन्मेका अक्विला नामका एकजना यहूदीलाई भेट्टाए; (तिनी आफ्नी पत्नी प्रिस्किल्लासित भर्खरै इटालीबाट आएका थिए; किनभने क्लाउडयसले सबै यहूदीहरूलाई, रोमबाट निस्कनू भनी हुकुम गरेका थिए” (प्रेरित १८:२)। (Werner Keller, The Bible as History, pp. 390.391)


जोसीफस (Josephus) (AD 37-100)

जोसीफस रोमी सम्राटहरूको मातहतमा रहेर सेवा गर्ने एक यहूदी अगुवा थिए। उनले यहूदीहरूको बारेमा “यहूदी युद्धहरू” नाम गरेको र साथै “यहूदीहरूको इतिहास” नाम गरेको (Jewish Wars, Antiquities of the Jews) दुईटा इतिहासका पुस्तकहरू लेखे। निम्न खण्डहरूमा उनले येशूको अस्तित्वलाई मानिलिएका छन् साथै बप्तिस्मा दिने यूहन्नाको अस्तित्वलाई र उनको बप्तिस्मालाई र येशूका भाइ याकूब र उनी सहीदको रूपमा मारिएको कुरालाई मानिलिएका छन्।


“…उनले [महापूजाहारी हन्नासले] न्यायकर्ताहरूको सन्हेद्रीनलाई भेला गरे र ख्रीष्ट भनिएका येशूको भाइलाई उनीहरूका सामु ल्याए जसको नाम याकूब थियो अनि अरुलाई पनि, अनि उनीहरूको विरुद्धमा व्यवस्था भङ्ग गर्नेहरू भनी दोष फैसला निर्धारण गरेपछि उनीहरूलाई ढुङ्गाले हानेर मारिनका लागि सुम्पिदिए” (Antiquities, 20:9.1)


“अब कतिपय यहूदीहरूले यो सोचे कि हेरोदको सेनाको विनाश परमेश्वरबाटको थियो, अनि उसले यूहन्नाको विरुद्धमा गरेको कामको सजायस्वरूप त्यो न्यायोचित थियो पनि, ती यूहन्ना जसलाई बप्तिस्मा दिनेवाला भनिएको थियो; किनभने हेरोदले उनलाई मारे जो एक असल मानिस थिए जसले यहूदीहरूलाई सद्गुण अभ्यास गर्न, एकअर्काप्रति धार्मिकताको व्यवहार गर्न र परमेश्वरप्रति भक्ति गर्न र उनको बप्तिस्मामा आउनलाई आज्ञा गरे” (Antiquities, 28:5.2).


थालस (Thallus)

थालसले ५२ एडी ताका एउटा इतिहास लेखे जसमा उनले ख्रीष्टको मृत्यु र बौरिउठाइको बेलाको अन्धकार र भूकम्पको बयान गरे।


मारा बार-सेरापियोन (Mara Bar-Serapion)

सिरियाका एक दर्शनशास्त्रीले एडी ७० ताका आफ्‍नो छोरालाई एउटा पत्रमा यसरी लेखे:


“उनीहरूको बुद्धिमानी राजालाई मृत्युदण्ड दिएर यहूदीहरूलाई के फाइदा भयो र? त्यसकै पछि त हो उनीहरूको राज्य नै समाप्त भएको” (FF Bruce, The New Testament Documents: Are They Reliable, p.114).


प्लिनी द यङ्गर (Pliny the Younger)

उनी एक रोमी लेखक र प्रशासक थिए। सम्राट ट्राजन (Trajan) लाई एडी ११२ तिर लेख्दा उनले ख्रीष्टलाई उल्लेख गर्छन् र सुरुका ख्रीष्टियनहरूको उपासना गर्ने तरिकालाई बयान गर्छन्:


“एउटा निश्चित तोकिएको दिनमा उज्यालो खस्नु अघि उनीहरूको भेला हुने आदत थियो, जब उनीहरूले क्रमैसङ्ग एउटा भजन ख्रीष्टलाई गाउँथे, एक ईश्वरलाई, अनि आफूहरूलाई एउटा गम्भीर वाचाले बाँध्थे, कुनै दुष्ट कामहरू नगर्न, कहिल्यै झूटो काम नगर्न, चोरी वा व्यभिचार नगर्न, कहिल्यै झूटो वचन नबोल्न, आफूलाई सुम्पिएको भरोसालाई कहिल्यै धोका नदिन जब कसैले त्यो विषय खुलाउनलाई बल गर्ला; त्यसपछि उनीहरू विसर्जन हुने उनीहरूको आदत थियो र त्यसपछि फेरि खानेकुरा खानलाई जम्मा हुन्थे — तर त्यो साधारण र निर्दोष किसिमको खानेकुरा हुन्थ्यो।”


ताल्मूद (Talmud)

एडी ७० देखि २०० का बीच लेखिएका यहूदी ताल्मूदका लेखोटहरूले येशूलाई उल्लेख गर्छन्। यदि उनीहरूलाई येशूको अस्तित्वकै कुनै पनि शङ्का थियो भने ती यहूदी रब्बीहरूले त पक्कै पनि त्यो नभनी छोड्दैनथे!


“यस्तो सिकाइएको छ: निस्तार चाडको पूर्वसंध्यामा येशूलाई झुण्ड्याइयो … उनको पक्षमा कुनै पनि कुरा नभेटिएकोले उनीहरूले उनलाई निस्तारचाडको पूर्वसंध्यामा झुण्ड्याए” (Babylonian Talmud, Sanhedrin 43a).


सामोसाटाका लुसियन (Lucian of Samosata)

लुसियन दोस्रो शताब्दिका एक ग्रीक लेखक थिए जसले ख्रीष्टियनहरूको उपहास गर्थे।


“तपाईंहरूलाई थाहै छ, ख्रीष्टियनहरूले आजसम्म एकजना मान्छेलाई पूज्छन् — ती प्रसिद्ध व्यक्ति जसले उनीहरूका नयाँ रीतिहरू स्थापना गरे जसलाई फलस्वरूप क्रूसमा टाँगियो … उनीहरू क्रूसमा टाँगिएको सन्तलाई पूज्दछन् अनि उहाँका नियमहरूअनुसार हिँड्छन्।” 


नोर्मन गाइस्लर (Norman Geisler) ले यी गैर-इसाई प्रमाणहरूलाई संक्षेपमा यसरी सूचित गरेका छन्:


“ख्रीष्टको जीवनको सम्बन्धमा जानकारी दिने प्राथमिक स्रोतहरू चाहिँ सुसमाचारका चार पुस्तकहरू हुन्। तरैपनि त्यहाँ उल्लेखनीय गैर-ख्रीष्टिय स्रोतहरू पनि छन् जो यी सुसमाचारीय अभिलेखहरूसित मेल खान्छन् र थप जानकारी दिन्छन्। अधिकांश रूपमा यी स्रोतहरू पहिलो शताब्दिका ग्रीक, रोमन, यहूदी र सामरी स्रोतहरूबाट आउँछन्। संक्षेपमा ती गैर-इसाई स्रोतहरूले निम्न कुराका जानकारी दिन्छन्:


* येशू नासरतबाटका एक ऐतिहासिक व्यक्ति हुनुहुन्थ्यो।

* उहाँले एक बुद्धिमानी र सद्‍गुणले भरिएको जीवन बिताउनुभयो।

* उहाँलाई प्यालेस्टाइनमा पोन्तियस पिलातसको प्रशासनले तिबेरियास सिजरको शासनकालमा निस्तारचाडको समयमा यहूदी राजा भनेर क्रूसमा टँगायो।

* तीन दिनपछि उहाँ  मरेकाहरूबाट बौरनुभएको कुरा उहाँका चेलाहरूद्वारा विश्वास गरिएको थियो।

* उहाँले असाधरण अद्‍भुत कामहरू गर्नुहुन्थ्यो भनेर शत्रुहरूले स्वीकार गरे र तिनलाई जादुगरीको संज्ञा दिए।

* उहाँका चेलाहरूको सानो झुण्ड द्रुतगतिले वृद्धि भएर र रोम जति परसम्म पनि फैलियो।

* उहाँका चेलाहरूले बहूईश्वरवादलाई इन्कार गर्थे, नैतिक जिवन जिउँथे र ख्रीष्टलाई परमेश्वरको रूपमा उपासना गर्थे।


नयाँ नियमका सुसमाचारीय पुस्तकहरूमा ख्रीष्टलाई जसरी दर्शाइएको छ, यो (गैर-इसाई अभिलेखहरूबाटको) तस्वीरले त्यसकै समर्थन गर्दछ” (Geisler, Baker Encyclopedia of Christian Apologetics).


मायामी विश्वविद्यालयका इतिहासका प्राध्यापक एडविन यामाउचीले यो भन्छन् कि अरू कुनै पनि धार्मिक संस्थापक (जोरोआस्तर, बुद्ध, महम्मद) को भन्दा येशूका धेरै र उत्तम ऐतिहासिक अभिलेखहरू छन् (“Jesus Outside the New Testament: What is the Evidence?” Jesus Under Fire, edited by Micahel Wilkins and J.P. Moreland, 1995).


यी सबै प्रमाणहरूलाई इन्कार गरी बस्ने त्यहाँ गिल्ला गर्नेहरू छन्, तर त्यो चाहिँ हठीपनको अन्धोपना हो। मानिसको हृदय यति भ्रष्ट छ र छली छ कि प्रमाणको थुप्रोको पहाडै भएपनि त्यो अविश्वासमा लागिरहन सक्छ। तर अर्कोतिर धेरैजना व्यक्तिहरू छन् जोहरूले बाइबललाई झूटो साबित गर्न र ख्रीष्ट परमेश्वर हुनुहुन्न भन्ने कुरा प्रमाणित गर्न जमर्को गरेका थिए तर बरु अकाट्य प्रमाणहरूलाई स्वीकार गरे र ख्रीष्टका सामु उहाँलाई प्रभु र मुक्तिदाता मान्दै घुँडा टेके। (हेर्नुहोस्, wayoflife.org “Men Who Were Converted Trying to Disprove the Bible”)


Sources :

https://wordoftruth.com.np/evidence-of-jesus-unshakeable-faith/

Friday, March 24, 2023

बाइबलको बारेमा रोचक विचारहरू

 





1. विगतमा, मानिसहरूले बाइबल पढ्न आफ्नो जीवनलाई जोखिममा राख्थे।
तर आज बाइबललाई तपाईले पढ्नुभएन भने आफ्नो जीवनलाई जोखिममा राख्नुहुनेछ।

2. बाइबल प्यारासुट जस्तै हो। यो बन्द हुँदा कुनै राम्रो काम गर्दैन।

3. बाइबल नखोल्ने व्यक्तिसँग आफ्नो हृदय नखोल्नुहोस।

4. तपाईंको बाइबल बन्द हुँदा परमेश्वर मौन हुनुहुन्छ भनेर गुनासो गर्नु भनेको तपाईंको फोन बन्द हुँदा तपाईंले एसएमएस सन्देशहरू प्राप्त गर्नुभएन भनेर गुनासो गर्नु बराबर हो।

5. बाइबललाई जङ्गलको बाटोमा रहेको हेडलाइटसँग तुलना गर्न सकिन्छ। प्रकाशले सडकबाट प्वाल वा ढलेका रूखहरू हटाउँदैन, तर यसले यी अवरोधहरू हेर्न मद्दत गर्छ।

6. बाइबलले तपाईंलाई सत्यले चोट पुर्‍याउन सक्छ, तर यसले तपाईंलाई झूटले कहिल्यै सान्त्वना दिनेछैन।

7. बाइबल एक अद्वितीय पुस्तक हो। बाइबल पढ्दा लेखक सधैं हाम्रो साथमा हुन्छ।

8. बाइबलमा धुलो हुनु भनेको हृदयमा "खिया" हुनु हो।

9. धुलो बाइबल शेल्फमा राख्दा परमेश्वर चुप हुनुहुन्छ भनेर नभन्नुहोस।

10. यो दुखको कुरा हो कि हामी निर्देशनहरू पढ्छौं जब सबै कुरा पहिले नै ताेडिएकाे छ, र बाइबल - जब सबै कुरा पहिले नै बाँचिएको छ।

11. बाइबलले आत्मिक हृदयलाई एक गति दिन्छ।

12. बाइबल एउटा लिही हो, जसले शंका गर्नेहरूका हथौडाहरू मेटाइदिएको छ।

13. बाइबलले हामीलाई पाप गर्नबाट टाढा लानेछ, वा पापले हामीलाई बाइबलबाट टाढा लानेछ।

14. परमेश्वरको वचनका कार्यहरूलाई पानीसँग तुलना गर्न सकिन्छ। यो हाम्रो दिमागको एकान्त कुना र नलीबाट बग्छ, शारीरिक सोचको फोहोर र अशुद्धतालाई धुन्छ।

15. बाइबलसँग सम्बन्ध जाेड्न सफल हुने व्यक्ति आफ्नाे सर्वश्रेष्ठ सृष्टिकाे अवस्थामा फर्कन सफल हुनेछ।

16. बाइबल अध्ययन गर्नु भनेको युद्ध जित्ने तरिका जान्नुजस्तो हो।

Thursday, March 23, 2023

मसँग कुरा गर !

 



मेरो प्रीय,
बिहान जब तिमी सुतेर उठ्याै, तब म तिम्रो बिस्तराकाे छेउमा नै उभिएको थिए। मलाई लग्याे कि तिमी मसँग केही कुरा गर्छौ हाेला।
तिमी हिजो या गएको हप्ताकाे कुनै कुरा या घटनाकाे निम्ति मलाई धन्यवाद भन्ने छाै। तर तिमी फटाफट चिया पिउन तैयार भएर गयाै र मेरो तर्फ त हेर्दै हेरेनाैँ।

फेरि मैले साेँचे कि नुहाएपछि मलाई याद गर्नेछौ। तर तिमी याे कुरामा भुल्याै कि आज मैले कुन कपडा लगाउने हाे ?

फेरि तिमीले काममा जान बसमा चढ्याै र त्याे खाली समयलाई मसँग कुरा गरेर बिताउनेछाै भनी मैले साेँचे, तर तिमीले केही समय पत्रिका पढ्याै र माेबाईलमा खेल्न थाल्याै। र म उभिएको उभियै भए।

म तिमीलाई बताउन चाहान्थे कि दिनकाे केही समय मसँग बिताएर त हेर, तिम्रो कामहरू अझ राम्रोसँग हुन थाल्नेछ। तर तिमीले मसँग कुरा नै गरेनौं।

एक समय यस्तो पनि समय आयाे, जब तिमी बिल्कुलै खाली थियौ, र कुर्सीमा लगभग 15 मिनेट त्यसै बसेर बितायाै। तर त्यस समय पनि तिमीलाई मेरो याद नै भएन।

दिउँसोको खाने समयमा जब तिमी यताउता हेरिरहेका थियौ, तब तिमी थाेरै त मेरो बारेमा पनि साेँच्छाै कि ? तर याे समयमा पनि भएन।

दिनमा अरू पनि समयहरू बचेको थियोे र यस समयमा हाम्रो कुराकानी अवस्य हुनेछ। तर घर पुगेपछि तिमी आफ्नाे दैनिक काममा व्यस्त भयौ। जब त्याे काम सकियाे, तब तिमिले टिभी खाेल्याै र घन्टाैँसम्म त्यसलाई हेरिरह्याै। र आधारातमा थाकेपछि तिमी आफ्नो बिस्तारामा सुति हाल्याै।

मेरो मन थियो कि तिम्रो दिनचर्याकाे भाग बनु। केही समय तिमीसँग समय बिताऊँ, तिम्रो केही सुनु र तिमीलाई केही सुनाऊँ। तिमीलाई केही मार्ग दर्शन गरू, ताकि तिमिले याे बुझ्न सक कि तिमी केको निम्ति याे संसारमा आएका थियौ ? र तिमी कुन कामहरूमा अल्झियाै ?

तर तिमीलाई समय नै मिलेन, र मैले आफ्नो मन मारेर नै बसेँ।

म तिमीलाई धेरै प्रेम गर्दछु, हरेक दिन यस कुराकाे पर्खाइमा हुन्छु कि तिमीले मलाई याद गर्नेछौं र आफ्नाे सानो-सानो खुशीकाे निम्ति मलाई धन्यवाद दिनेछौं।

तर तिमी म कहाँ तबमात्र आउँछाै, जब तिमीलाई केही कुरा चाहिन्छ। तिमी हतारमा आउछाैँ र आफ्नाे मागहरू मेरो अघि राखेर मात्रै गई हाल्छाै।

र अचम्मको कुरा याे छ कि तिमीले मेरो तर्फ हेर्दैनाैँ पनि!
ठिक छ, केही छैन, हुनसक्छ, भाेली(एकदिन) तिमीलाई मेरो याद आउनेछ, याे मेरो विश्वास छ।

म तिमीलाई धेरै प्रेम गर्दछु, किनकि मेरो अर्को नाम प्रेम नै त हाे।
तिम्रो येशू ख्रीष्ट...❤️

Sources :
Mujhse Baat Karo, Anil Kant

Wednesday, March 22, 2023

कागसँग आफ्नाे समय बर्बाद नगर्नुहाेस !

 


गरूड संसारकै सबैभन्दा ठूलो चरा हाे। गरूडहरू प्रायः साना चराहरूद्वारा सताइन्छ। काग एकमात्र एउटा यस्तो पंक्षी हो, जसले गरूडलाई आफ्नो अधिनमा राख्न खोज्दछ। गरूडको पछाडि बसेर घाँटीमा टोक्ने कोसिस गर्दछ। गरूड, कागभन्दा धेरै शक्तिशाली पंक्षी हाे। गरूडले हिंसाद्दारा प्रतिक्रिया दिन सक्छ, तर गरूडले कागप्रति कुनै वास्ता गर्दैन। कागसँग लडाइँ गरेर गरूडले आफ्नो समय र शक्ति बर्बाद गर्दैन। तर आफ्नो पखेटा फैलाउँदै माथि-माथि आकाशतर्फ उड्न थाल्दछ।


गरूड एकमात्र यस्तो पंक्षी हो, जो सबैभन्दा धेरै उचाइमा उड्ने गर्दछ। गरूड जति माथि उड्छ, कागलाई सास फेर्न त्यति नै गाह्रो हुन्छ, त्यसपछि अक्सिजनको कमीले काग झर्छ र गरूड स्वतन्त्र हुन्छ।


तपाईंले पनि सबै किसिमको लडाइँकाे बदला लिनु, आलोचनाहरुकाे प्रतिक्रिया या जवाफ दिनुपर्ने आवश्यक छैन। तर आफ्नाे उचाइ बढाउनु हाेस र तिनीहरू आफै तल खस्नेछन ।


त्यसैले आज परमेश्वरको मार्गमा हिड्नलाई बाधा ल्याउने सबै मानिसहरु काग जस्तै हुन, जसले हामीलाई अधीनमा राख्नको निम्ति धेरै बाधा ल्याउन खोज्दछ। तपाईं गरूड जस्तै हुनुहोस र आफ्नाे उचाइ बढाउनु हाेस।


यसकारण त्यस्ता कागहरुसँग तपाईंको समयलाई बर्बाद गर्न रोकिनुहोस। केबल तपाईं उनिहरुलाई तपाईंको मार्गको उचाइमा पुर्‍याउनुहोस, र तिनीहरु ओइलाउनेछन र हार्नेछन।


शत्रुहरुले चाहे तपाईको पछाडि बसेर धेरै समस्याहरु उब्जाउँलान। तर याद गर्नुहोस, “...चाँड़ो दगुर्नेले दौड़ जित्‍दैन, न शक्तिशालीले युद्ध जित्‍छ, न त बुद्धिमानलाई भोजन आउँछ, न तीव्र ज्ञानीलाई धन-सम्‍पत्ति आउँछ, वा न त पढ़ेकाले निगाह प्राप्‍त गर्छ। तर समय र मौका नै तिनीहरू सबैले पाउँछन।” [उपदेशक 9:11]


त्यसैले पवित्र आत्माको सामर्थ्यले तपाईं धेरै माथि-माथि उचाइमा पुग्नुहोस।

Tuesday, March 21, 2023

आफ्नाे युद्धको मैदानलाई परिवर्तन गर्नुहाेस

 




गरूडले सर्पसँग जमिनमा लडाई गर्दैन, तर त्यसले आफ्नाे युद्धको मैदानलाई बदल्छ र सर्पलाई आकाशमा लैजान्छ र त्यसले सर्पलाई आकाशमा छोड्छ।

हावामा सर्पकाे कुनै शक्ति र सन्तुलन हुँदैन। जसरी सर्प मैदानमा शक्तिशाली, चतुर र घातक हुन्छ, त्यसकाे विपरीत आकाशमा कमजोर र सहारा बिहिन हुन्छ।

त्यसरी नै हामी पनि आत्मिक लडाइँ आफ्नाे बल, बुद्धि र धनद्दारा हाेईन तर आत्मामा प्रार्थनाद्दारा लडाैँ। तब परमेश्वरले आत्मिक क्षेत्र तपाईंको कब्जामा गर्नुहुनेछ। यसरी प्रार्थना गरेर आफ्नो लडाईलाई आत्मिक दायरामा लैजानुहोस र जब तपाईं आत्मिक क्षेत्रमा हुनुहुन्छ, तब परमेश्वरले तपाईंको लडाइहरू लिनुहुन्छ।

यसकारण तपाईंले पनि शत्रुकाे आरामकाे क्षेत्र (मासु र रगत) मा रहेर त्यससँग युद्ध न लड्नुहोस, तर गरूडले जस्तै आफ्नाे युद्धको मैदानलाई परिवर्तन गर्नुहोस। तपाईले प्रार्थनाद्दारा आफ्नाे युद्ध परमेश्वरलाई लड्न दिनुहोस, तब तपाईं अलौकिक विजयको लागि निश्चित हुनुहुनेछ र सबै प्रशंसा हाम्रो स्वर्गीय पितामा जान्छ, किनकि उहाँ मात्र हाम्रो शक्ति हुनुहुन्छ।

यसकारण लेखिएको छ,
“किनकि हामीहरूको युद्ध शरीर र रगतको विरुद्ध होइन, तर प्रधानताहरूका विरुद्ध, शक्तिहरूका विरुद्ध, वर्तमान अन्‍धकारका सांसारिक शासकहरूका विरुद्ध र स्‍वर्गीय स्‍थानहरूमा भएका दुष्‍ट्याइँका आत्‍मिक सेनाहरूका विरुद्ध हो।” [एफिसी 6:12]

“किनभने हामी संसारका हौं, तापनि सांसारिक लड़ाइँ त लड्दैनौं।
किनकि हाम्रो युद्धका अस्‍त्र-शस्‍त्र सांसारिक होइनन, तर किल्‍लाहरू नाश गर्ने ईश्‍वरीय सामर्थ्‍य तिनमा छ।
परमेश्‍वरका ज्ञानको विरुद्धमा खड़ा हुने बहसहरू र हरेक अहङ्कारपूर्ण बाधालाई हामी नाश गर्छौं, र हरेक विचारलाई ख्रीष्‍टको आज्ञापालन गर्नलाई वशमा पार्छौं।” [२ कोरिन्थी 10:3-5]

यसैले तिनले मलाई भने, “यरुबाबेलको निम्‍ति परमप्रभुको यो वचन छ: ‘न त बलले न शक्तिले, तर मेरो आत्‍माले,’ सर्वशक्तिमान परमेश्‍वर भन्‍नुहुन्‍छ।” [जकरिया 4:6]


गरूडकाे शिकार गर्ने तरिका

 




गरूडको बच्चाले भर्खरै उड्न सिकेको थियो। जोशले भरिएको, सबैलाई आफ्नो कलाबाजी देखाउन व्यस्त थियो।


त्यसपछि उसले रुखमुनि एउटा बँदेल दौडिरहेको देख्यो, “आमा, त्यो बँदेललाई हेर्नुहाेस, कति मिठो होला, म अहिले शिकार गर्छु।”


“होइन छोरा!” आमाले भनिन, “तिमी अझै यसका लागि तयार छैनौ, बँदेल एक ठूलो शिकार हो, तिमीले मुसाबाट सुरु गर।”


बच्चा गरूड आज्ञाकारी थियो। तुरुन्तै आमाको आज्ञा मान्‍यो र चाँडै ठूलो कौशलताका साथ मुसाको शिकार गर्न सिक्याे।


अब उसको आत्मविश्वास धेरै बढेको थियो। ऊ आफ्नी आमाकहाँ गयो र उनलाई फेरि बँदेलको शिकार गर्न भन्यो।


“अहिले होइन छोरा, पहिले खरायो सिकार गर्न सिक” तिनकी आमाले भनिन।


केही दिनमा त्यो बच्चा गरूडले पनि खरायोको शिकार गर्न सिक्याे। अब उसले आफ्नो पहिलो निशाना बँदेललाई पक्कै मार्न सक्छ भन्ने कुरामा ऊ ढुक्क थियाे र यसका लागि ऊ अनुमति लिन आमाकहाँ पुग्याे।


तर यसपटक पनि आमाले अस्वीकार गरिन र भनिन, “पहिले भेडाको शिकार गर।” त्याे बच्चा गरूड भेडाको शिकार गर्न पनि चाँडै माहिर भयो।


त्यसपछि एक दिन ऊ आफ्नी आमासँग हाँगामा बसिरहेको थियो। जब एउटा बँदेल त्यहाँबाट गयो, तब बच्चा गरूडले आफ्नो आमालाई हेर्यो। आमा मुस्कुराए र बँदेललाई मार्न इशारा गरिन।


बच्चा गरूड तुरुन्तै तल उड्यो र त्यो दिन पहिलो पटक आफ्नो मनपर्ने खाना खायो।


साथीहरू, कल्पना गर्नुहोस, आमाले पहिले नै बँदेलको शिकार गर्न भन्नुभएको भए के हुन्थ्यो हाेला ?


सानो गरूड पक्कै असफल हुने थियो र सम्भवतः उसले आफ्नो आत्मविश्वास सधैंको निम्ति गुमाउने थियो। तर जब उनले पहिले सानाे शिकार गर्याे, तब उसको आत्मविश्वास र क्षमता दुवै बढ्यो। अन्ततः उसले आफ्नो इच्छित लक्ष्य हासिल गर्न सफल भयो।


नैतिक पाठ:

गरूडको यो घटनाले हामीलाई हाम्रो ठूलो लक्ष्यलाई स-साना सजिलो भागमा विभाजन गरेर प्राप्त गर्न सिकाउँछ। आफ्नाे लक्ष्यलाई प्राप्त गर्नको लागि आफूभित्र धैर्य राख्नुहोस, आफ्नो गुरुको आज्ञापालन गर्नुहोस र योजनाबद्ध तरिकाले यसलाई सानो भागमा बाँड्नुहोस र अन्तमा आफ्नो त्यो ठूलो लक्ष्य हासिल गर्नुहोस।



Sunday, March 19, 2023

कुखुराको बीचमा एउटा गरूड

 



कुनै समयको कुरा हो, एउटा ठूलो पहाडमा ४ वटा ठूला गरूडको अण्डा भएको चीलको गुँड थियो।

एक दिन, भूकम्पले पहाड हल्लियो र एउटा अण्डा तल उपत्यकामा रहेको कुखुरा फार्ममा गयो।

कुखुराहरूलाई थाहा थियो कि तिनीहरूले गरूडको अण्डालाई जोगाउनु पर्छ। अन्ततः गरूडको अण्डा निस्क्यो र एउटा सुन्दर गरूड जन्मियो।

कुखुरा भएकाले, कुखुराले गरूडलाई कुखुरा झैँ हुर्काए। गरूडले आफ्नो घर र परिवारलाई माया गर्दथ्यो तर उसको आत्मा त्यस कुरामा सन्तुष्ट भने थिएन।

एक दिन, गरूडले माथिको आकाशतिर हेर्यो र शक्तिशाली गरूडहरूको समूह माथि आकाश स्वतन्त्र रूपमा उडिरहेको देख्यो। “ओह !” गरूड करायो, “म पनि ती चराहरू जस्तै उड्न चाहन्छु।”

तर कुखुराले हाँस्दै भन्यो, “तिमी त्यसरी उड्न सक्दैनौ। तिमी कुखुरा हौ र कुखुराहरु उड्दैनन।” गरूडले आफ्नो वास्तविक परिवारलाई माथि हेरिरह्यो, ताकि ऊ पनि तिनीहरू जस्तै बन्न सक्छ कि!

प्रत्येक पटक गरूडले आफ्नो सपनाको बारेमा कुरा गर्यो, तर उसलाई भनियो कि यो गर्न सकिँदैन।

अब गरूडले पत्याउन सिकेको थियो। धेरै समयपछि, गरूडले सपना देख्न छोड्यो र कुखुराको रूपमा आफ्नो जीवन बिताउन जारी राख्यो।

अन्ततः कुखुराको रूपमा लामो जीवन पछि, गरूड मर्याे।

शिक्षा :
यदि तपाईंले अहिले नै आफ्नाे सत्यता खाेज्न र चिन्न सक्नुभएन भने जीवन र जीवनकाे उद्देश्य कहिल्यै भेट्टाउन सक्नुहुनेछैन। शैतान पनि मानिसले वास्तविकता नचिनाेस भनेर संसारका सबै मानिसहरूकाे आत्मिक आँखा अन्धाे बनाई दिएको छ।

तर मानिस सृष्टिको सर्वश्रेष्ठ प्रा‍णी हाे। परमेश्वरले मानिसलाई खान, पिउन र समय बिताउन पठाउनु भएको हाेईन, तर एक महान उद्देश्यले यस संसारमा सृष्टि गरेर पठाउनुभएको छ। परमेश्वरले हामी सबैको आत्मिक आँखा खाेलिदिनुभएको हाेस, ताकि हामीले जीवनकाे अर्थ र जीवनकाे उद्देश्य चिन्न सकाैँ।

यसैले एकजना  विद्वानले भनेका थिए,
“मानिस आफ्नाे सर्वश्रेष्ठ स्थानमा तबमात्र फर्कन सक्छ, जब उसले बाइबल र येशू ख्रीष्टसँग सम्बन्ध जाेड्न सफल हुँदछ।”

यसकारण लेखिएको छ,
“हाम्रा परमेश्‍वरका कोमल कृपाको कारणले, स्‍वर्गबाट बिहानको ज्‍योति हामीमाथि पर्नेछ,
र अन्‍धकार र मृत्‍युको छायामा बस्‍नेहरूलाई ज्‍योति मिल्‍नेछ, र हाम्रा पाउ शान्‍तिको बाटोतिर डोर्‍याइनेछन।”
[लूका 1:78-79]

Saturday, March 18, 2023

गरूडकाे पखेटा

 



बाइबलकाे यशैया 40:31 मा स्पष्ट रूपमा लेखिएको छ कि हामी गरूड जस्तै उड्नेछौं। दाऊदले भजन 55:6-8 मा प्रार्थना गरे कि उनी उड्नको लागि ढुकुरको जस्तै पखेटा भएको चाहन्छन।


यो एक अचम्मको खुलासा हो। परमेश्वरले तपाईंलाई कुखुरासँग कहिल्यै तुलना गर्नुभएन। यहाँ गरूडका पखेटाहरू र ढुकुरका पखेटाहरू प्रख्यात छन। उहाँले तपाईंलाई पखेटाहरू दिनुभएको छ।


प्रेरित 2 अध्यायमा, परमेश्वरले मण्डलीलाई पखेटा दिनुभयो, जब उहाँले तपाईंलाई उहाँको पवित्र आत्मा दिनुभयो। अब हामी उड्न सक्छौं र उहाँको महिमित उपस्थितिमा जान सक्छौं र स्वतन्त्र हुन सक्छौं।


कुखुराका पखेटा हुन्छन तर उड्दैनन। पखेटा भएर के फाइदा, जब जीवनभर हामी सधैं पिंजरामा फसेका छौ? कुखुराको पिंजरासँगै आउने नराम्रो गन्धमा फसेको तपाईंको जीवनलाई परमेश्वरले कहिल्यै पनि “पिंजराकाे जीवन” बनाउनुभएन।


यो शब्द सुन्नुहोस र अन्य धेरै खुलासाहरू जसले तपाईंलाई छक्क पार्नेछ। मलाई विश्वास छ कि धेरैले यो अविश्वसनीय शब्द सुनेपछि मुक्त हुनेछन। यो हास्यास्पद र प्रफुल्लित छ तर याे सत्य र एक शब्द जसले धेरैलाई उद्धार गर्नेछ। पिंजराकाे जीवनशैली छोड्नुहोस र गरूड जस्तै माथि जानुहोस, किनकि तपाईंसँग गरूड जस्तै पखेटा छ। 


यसकारण लेखिएको छ,

हे याकूब, तँ किन भन्‍छस? हे इस्राएल, तँ किन यस्‍तो गुनासो पोखाउँछस? “मेरो बाटो परमप्रभुदेखि लुकेको छ, परमेश्‍वरले मेरो वास्‍ता गर्नुभएको छैन।”

के तँलाई थाहा छैन? के तैंले सुनेको छैनस? परमप्रभु सदासर्वदा परमेश्‍वर हुनुहुन्‍छ, पृथ्‍वीको पल्‍लो छेउसम्‍मका सृष्‍टिकर्ता हुनुहुन्‍छ। उहाँ न त थकित न हैरान हुनुहुन्‍छ, र कसैले पनि उहाँको समझलाई नाप्‍न सक्‍दैन?

उहाँले थकितहरूलाई बल दिनुहुन्‍छ, र कमजोरहरूको शक्ति बढ़ाइदिनुहुन्‍छ।

युवक पनि दुर्बल र थकित हुन्‍छन, र जवान मानिसहरू थाकेर लोट्‌छन।

तर परमप्रभुको आशा गर्नेहरूको बल फेरि नयाँ हुनेछ। तिनीहरू गरुडझैँ माथि-माथि उड्‌नेछन, र दगुरेर पनि तिनीहरू थाक्‍नेछैनन। तिनीहरू हिँड्‌नेछन तापनि मूर्च्‍छा पर्नेछैनन।

[यशैया 40:27-31]



IS JESUS GOD ?

 



For the last 2000 years people have asked... IS JESUS GOD ?


(PART 1)

NAMES ARE APPLIED TO CHRIST WHICH CAN BE APPLIED PROPERLY ONLY TO ONE WHO IS GOD.


 A. He is called GOD. 

* “...and the Word was God” (John 1:1).1 

*“And Thomas answered and said unto Him, ”My Lord and my God” (John 20:28). The Deity of Christ—My Lord and My God!

*“Looking for that blessed hope, and the glorious appearing of the great God and our Savior Jesus Christ” (Titus 2:13).

*“Christ...who is over all, God blessed for ever” (Romans 9:5)

*“But unto the Son he saith, Thy throne, O God, is for ever and ever” (Hebrews 1:8). 

*“And we know that the Son of God is come, and hath given us an understanding, that we may know him that is true, and we are in him that is true, even in his Son Jesus Christ. This is the true God, and eternal life” (1 John 5:20).

* “For unto us a child is born, unto us a son is given...and his name shall be called...The mighty God” (Isaiah 9:6).


 B. He is called “the SON OF GOD.” 

Note: In the days of Christ the title “Son of God” was understood to mean “equality with God,” that is, “sameness of nature.” To claim to be the Son of God was a full claim to deity. The following texts make this abundantly clear: John 5:17-18; John 10:33,36; John 19:7.3  


 C. He is called “The Lord” (Greek: kurios, êõñéïò) .

See Luke 2:11; John 13:13; Romans 10:9; 1 Cor. 12:3; Philippians 2:10 etc. 


Note: The common version of our Lord's day was the Septuagint (the Greek translation of the Old Testament) which used the Greek “kurios” to translate the sacred name “JEHOVAH” which is written as “LORD” or “GOD” in our English (KJV) Old Testament. Isaiah 45:5-6 shows that Jehovah denotes the only true Deity.


 D. He is called “the LORD OF GLORY.”

Compare 1 Corinthians 2:8 with Psalm 24:8-10.


E. He is called “the HOLY ONE.”

Compare Acts 3:14 with Hosea 11:9 and Isaiah 48:17.


 F. He is called “the FIRST AND THE LAST.”

Compare Revelation 1:17-18; 2:8 with Isaiah 44:6.


 G. He is called “the ALPHA and OMEGA.

Compare Revelation 22:13,16 with Revelation 1:8. 


H. He is called the Great “I AM.”

Compare John 8:58; 18:6 with Exodus 3:14.


CONCLUSION--

THE NAMES 

1. These names were applied to Christ by men who The Deity of Christ—My Lord and My God! were Jews, who knew the Old Testament and who therefore were fully aware of the real import of such names. They fully realized what these names implied.


2. Furthermore, these Jews were intensely monotheistic. The central affirmation of their faith was, “Hear O Israel, The Lord thy God is ONE LORD” (Deuteronomy 6:4). They believed that there was an infinite chasm between God and man. Yet these men applied these names to Jesus Christ.


3. Still further, Christ Himself was a Jew who believed in One God, and that this One God was immeasurably above man. He knew, as no one else ever knew, the tremendous meaning of these names we have examined. Yet He not only permitted men to address Him as such without protest, but actually encouraged them and at times applied these names toHimself (John 20:28-29 and John 13:13).


 Preliminary Observation: Note the tremendous claim made in John 16:15—“All things that the Father hath are mine.”


IS JESUS GOD ?

(PART 2)


ATTRIBUTES OF CHRIST THAT COULD BELONG ONLY TO GOD.


A. Christ has SELF-EXISTENT life. 

1. John 1:4 “In Him was life” 

2. John 14:6 “I am the Life” 

3. Acts 3:15 “the Prince (Author) of life”


B. Christ is ETERNAL. 

1. Isaiah 9:6 “the everlasting Father” (or “the Father of eternity”)

2. Micah 5:2 “whose goings forth have been of old, from everlasting” 

3. Compare John 8:35; John 8:58; 1 John 1:2; 1 John 5:11.


C. Christ is UNCHANGEABLE. 

1. Hebrews 1:10-12 “but thou art the same” 

2. Hebrews 13:8 “Jesus Christ, the same yesterday, and today and forever.”


D. Christ is OMNIPRESENT. 

See Matthew 28:20.


E. Christ is OMNISCIENT.

 See John 2:24-25 (compare Jeremiah 17:9-10); John 6:64; 16:30; Colossians 2:3. Examples: Matthew 17:24-27 Luke 5:22 John 1:48 John 4:16-19 John 21:6


F. Christ is OMNIPOTENT. 

See John 5:19; Philippians 3:20-21; Revelation 1:8 with Revelation 22:12-13 for identification. The Deity of Christ—My Lord and My God! 

Examples: Luke 4:39; Matthew 8:26-27; Mark 5:12- 13; Luke 7:14-15; John 2:19-22


G. Christ is PERFECT. 

(the term “perfect” as used in Scripture generally means “complete, nothing lacking”) See Colossians 1:19 Colossians 2:9-10


H. Christ is INFINITE. 

See John 10:28 Ephesians 3:8 Colossians 2:3


I. Christ is INCOMPREHENSIBLE. 

See Matthew 11:27 Ephesians 3:8 Ephesians 3:19


J. Christ is HOLY. 

See Luke 1:35 Acts 3:14


K. Christ is TRUE. 

See John 14:6 Revelation 3:7


L. Christ is LOVE. 

See John 13:1 Romans 8:35-39 Ephesians 3:19 1 John 3:16 ASV 


M. Christ is RIGHTEOUS. 

See 2 Timothy 4:8 1 John 2:1


N. Christ is FAITHFUL. 

See Revelation 3:14 Revelation 19:11


O. Christ is MERCIFUL. 

See Jude 21 James 5:11 with 5:8 for identification


CONCLUSION--

ATTRIBUTES

John 16:15—“All things that the Father hath are mine” (every attribute that belongs to the Father belongs to Christ).

John 17:6—Jesus prayed, “I have manifested Thy Name” (The “Name” of God as used in Scripture refers to God's character, that is, all that God is. Hence Jesus is saying, “I have shown what kind of a God You are. I have put Your Character on display.”)

The Bible clearly teaches that in Christ all the fullness of Deity dwells in bodily form (see COLOSSIANS 2:9)


IS JESUS GOD ?

(PART 3)


WORKS ARE DONE BY CHRIST WHICH ONLY GOD CAN DO.


A. Christ created all things. 

John 1:3, John 1:10  


B. Christ upholds and preserves all things. 

Colossians 1:17  Hebrews 1:3


C. Christ guides and directs the stream of history. 

1. 1 Corinthians 10:4,9,11 The One who preserved and provided for the children of Israel was the Lord Jesus. 

2. Hebrews 1:2 Through Christ the ages were made. 

3. Isaiah 9:6 Christ is the everlasting Father (Father of the ages).


D. Christ forgives the sins of man and gives eternal life. 

Mark 2:5-12 with Isaiah 43:25 (compare Psalm 51:4) John 10:28  Colossians 3:13


E. Christ builds the Church and maintains its corporate existence. 

Matthew 16:18  Ephesians 4:7-16  Philippians 1:2; 4:23 


F. Christ receives and answers prayer. 

John 14:14  Acts 7:59  2 Corinthians 12:7-9


G. Christ will raise the dead in the resurrection. 

John 5:21 John 5:28-29 John 11:24-25  Compare Philippians 3:20-21


H. Christ is the Final Judge of the world. 

Matthew 25:31-46  John 5:22  Acts 10:42  Acts 17:31  2 Corinthians 5:10


 CONCLUSION--


WORKS

1. The above “works” are not to be classed as miracles which might be done through delegated agents such as prophets and apostles.


2. Such “works” in the Old Testament were not only attributed to God, but they were the marks of the one true God. The New Testament writers knew this, yet they did not hesitate to attribute them to Jesus Christ.


IS JESUS GOD ? 

(PART 4)


WORSHIP IS RENDERED TO CHRIST WHICH BELONGS ONLY TO THE TRUE GOD.


A. The Bible clearly teaches that such worship belongs to God alone, and is never to be rendered to any creature, no matter how exalted that creature may be.


1. The Apostles refused worship (Acts 14:11-15).

2. Peter refused worship (Acts 10:25-26).

3. Angels refused worship (Revelation 19:10; 22:8,9).

4. Christ commanded men to worship God alone (Matthew 4:8-10).

5. Men are punished for accepting what belongs only to God (Acts 12:21-33).


B. Yet this same Bible teaches that Christ is to be worshiped as God.


1. Christ accepted and encouraged such worship. 

Matthew 14:31-33  Matthew 15:25-28  Matthew 28:9-10 Matthew 28:16-18  John 9:35-39

2. Christ demanded such worship. John 5:23

3. The Father commands such worship of Christ. Hebrews 1:6

4. Christ will actually be worshiped by the host of heaven. See Revelation 5:8

5. This worship of Christ will finally become universal. Philippians 2:10-11

(All men will someday bow the knee to Christ.)


Jesus has shown us clearly he is God! Hallelujah!!


IS JESUS GOD ?

(PART 5)


CLAIMS ARE MADE BY CHRIST FOR HIMSELF WHICH COULD BE TRUE ONLY OF ONE WHO IS GOD.


A. Christ claimed absolute authority over the laws and institutions of God.


1. The law of Moses

(Matthew 5:31-34; 38-39)


2. The temple 

(Matthew 12:6). Remember, every Jew knew that the pattern and plan of the temple was given by Jehovah Himself.


3. The Sabbath 

(Matthew 12:8--Christ is “Lord even of the Sabbath Day”). Every Jew knew that the Sabbath was instituted by God (Genesis chapter 2).


4. The Kingdom 

(Matthew 16:19).


B. He claimed to be the supreme object of saving faith equally with the Father. 

John 10:30 John 14:1 John 17:3 John 21:15-22


C. At times Christ pointed to Himself alone as the true object of men's faith and devotion, with no mention of the Father. Matthew 4:19 Matthew 11:28 John 3:36


D. Our Lord insisted that the highest and most precious of human ties and devotion must yield to Him. 

Matthew 10:37 Luke 14:26


E. He claimed that in Himself all the deepest spiritual and eternal needs of humanity are completely satisfied.


1. The knowledge of God (Matthew 11:27).

2. The way to God (John 14:6).

3. The door to salvation (John 10:7-9).

4. Light for the soul (John 8:12).

5. The water of life (John 7:37).

6. The bread of God (John 6:35,51).

7. Rest for the soul (Matthew 11:28-30).

8. Spiritual guidance (John 10:11).

9. Security from danger (John 10:28-30).

10. Fruitbearing energy (John 15:5).

11. Life and Resurrection (John 11:25-26).


CONCLUSION--


CLAIMS The amazing thing about Christ was that HE PREACHED HIMSELF!


“I AM.....”


“Come unto ME”


“He that believeth on ME” etc.


If Jesus is not God then he's a liar and an imposter. 

If Jesus is sinless then he cannot lie. (And both the Quran and the Bible claim he's sinless!)


You choose. But don't ever just put Jesus in the "good man" or "just a prophet" category. Neither of these work when you see the claims Jesus made about himself! 


What will YOU do with JESUS??


IS JESUS GOD ?

(PART 6)


"Revelation" (The last book in the Bible) has some real pearlers regarding the true identity of Jesus. These awesome verses couple Jesus (the Lamb) with God the Father. This shows us unmistakably that the two are ONE....not just in mind and purpose but it actual ESSENCE. 


Rev. 11:15 

The seventh angel sounded his trumpet, and there were loud voices in heaven, which said:

“The kingdom of the world has become

    the kingdom of our Lord and of his Messiah,

    and he will reign forever and ever.”

JESUS AND GOD WILL REIGN FOREVER! 


Rev 21:22

"I did not see a temple in the city, because the Lord God Almighty and the Lamb are its temple"

BOTH GOD AND JESUS ARE THE TEMPLE IN THE NEW JERUSALEM. 


Rev 21:23

"The city does not need the sun or the moon to shine on it, for the glory of God gives it light and the Lamb is its lamp"

BOTH GOD AND JESUS ARE THE SOLE SOURCE OF LIGHT IN THE NEW JERUSALEM. 


Rev 5:6; 22:1,3

"Then I saw a Lamb, looking as if it had been slain, standing in the centre of the throne...." 

"Then the angel showed me the river of the water of life, as clear as crystal, flowing from the throne of God and of the Lamb...."

GODS THRONE AND THE LAMBS ARE ONE AND THE SAME


Rev 5,13

Then I heard every creature in heaven and on earth and under the earth and on the sea and all that is in them singing:

"To him who sits on the throne and to the Lamb be praise and honour and glory and power for ever and ever!"  

BOTH RECEIVE THE SAME RECOGNITION FROM ALL CREATION 


Rev 6:16,17

They called to the mountains and rocks "Fall on us and hide us from the face of him who sits on the throne and from the wrath of the Lamb! For the great day of THEIR wrath came and who can stand? 

THE WRATH OF GOD AND THE LAMB TOGETHER


Please don't ever believe Jesus is just a good man or a mere prophet!!  He is IN ESSENCE GOD.

Friday, March 17, 2023

गरूडकाे चल्ला र घृणा

 


कुखुराका चल्लाहरू र गरूडकाे बचेरालाई एकै ठाँउमा मिसिएर साथसाथै हुर्काईदै थियाे।

पहेलाँ कुखुराका चल्लाहरू निकै सलक्क परेका र एक आपसमा प्रेम गर्ने र एकले अर्काेलाई वास्ता गर्ने गर्थे तर त्याे गरूडकाे चल्लाे कालो र भद्दा देखिने भएकाेले अरू सबै चल्लाहरूले उसलाई मन पराउदैन थिए।

त्याे कसैसँग नमिल्ने, छुट्टै देखिने चल्लाे सधै एक्लै पर्थ्याे, एक्लै खेल्थ्याे र एक्लै दाना खाेजी खान्थ्याे।

जब त्याे चल्लाे अरू चल्लाहरू तिर जान्थ्यो, तिनले उसलाई नराम्रो सँग हेप्दथे, तिनिहरूले उसलाई ठुङ्ग्थे।

कहिलेकाही त उसकाे जीउकाे छालामा घाउ लागेर रगत बगेको हुन्थ्यो।

एक दिन घमाईलाे घाम लागेको थियो; त्यसदिन त्यस चल्लाले आफ्नाे पखेटा फट्कार्‍यो र भुरूरू उड्दै रमाइलोसँग माथि आकाशमा गयाे।

 

* मेरो एउटै आशा पनि यही हाे र मैले यसै आशालाई मनभित्र साँचेर राखेको छु। एकदिन त्याे घमाईलाे सुन्दर दिनमा याे संसारका सबै दुःख, निराश र असमझदारीलाई छाेडेर म पनि उच्च आकाशमा उड्छु। यही आशामा म अहिले यस संसारमा सबै दुःख र कष्ट सहदैछु।


यसकारण लेखिएको छ,

“यदि संसारले तिमीहरूलाई घृणा गर्दछ भने, तिमीहरू जान, कि तिमीहरूलाई घृणा गर्न अघि त्‍यसले मलाई घृणा गरेको हो।

यदि तिमीहरू यस संसारका हुँदा हौ त संसारले तिमीहरूलाई आफन्‍त ठानी माया गर्नेथियो। तर तिमीहरू यस संसारका होइनौ। तिमीहरूलाई संसारबाट मैले चुनें, यसैकारण संसारले तिमीहरूलाई घृणा गर्दछ।” [यूहन्ना 15:18-19]


“मैले तिनीहरूलाई तपाईंको वचन दिएँ, तर संसारले तिनीहरूलाई घृणा गर्‍यो, किनकि तिनीहरू संसारका होइनन, जसरी म संसारको होइनँ।” [यूहन्ना 17:14]


“मैले तिमीहरूलाई यी कुरा यस हेतुले भनेको छु, कि ममा तिमीहरूलाई शान्‍ति होस। संसारमा तिमीहरूलाई सङ्कष्‍ट हुनेछ, तर साहस गर, मैले संसारलाई जितेको छु।” [यूहन्ना 16:33]


Sources :

Book, "THE HAPPY WOMAN", By: ANG SON YOO


Thursday, March 16, 2023

तपाई गरूड क्रिश्चियन हो कि कुखुरा क्रिश्चियन हाे ?

 



1. केवल गरूड क्रिश्चियनले मात्र पाप भनिने सर्पलाई कुल्चन सक्छ।

2. केवल गरूड क्रिश्चियन आत्मामा हिंड्न सक्छ।

3. गरूड क्रिश्चियन चाँडै पश्चात्ताप गर्नुहोस ताकि शत्रुले तिनीहरूलाई पापको पिंजरामा नपारोस।

4. गरूड क्रिश्चियनलाई समयको संकेत थाहा हुन्छ।

5. गरूड क्रिश्चियनहरू पापलाई धेरै टाढा देखि देख्न सक्छन, र तिनीहरू दुष्टको उपस्थितिबाट भाग्छन।


6. गरूड क्रिश्चियन सतावटको उपस्थितिमा पछि हट्नेछैन।

7. गरूड क्रिश्चियन पवित्र आत्माले निर्देशन दिएझैं तिनीहरू हिँड्छन।

8. गरूड क्रिश्चियन संसारिक कुरामा धेरै समय खर्च गर्दैनन र भौतिक चीजहरूमा कमै संलग्न हुन्छन।

9. गरूड क्रिश्चियनले आफैलाई तैयार गरेका छन र येशूकाे गुप्त आगमनको लागि तैयार छन।

10. गरूड क्रिश्चियनहरू निकै थोरै छन।


कुखुरा क्रिस्चियन नभई गरूड क्रिश्चियन बन्नुहोस।


यसकारण लेखिएको छ,

“तर परमप्रभुको आशा गर्नेहरूको बल फेरि नयाँ हुनेछ। तिनीहरू गरुडझैँ माथि-माथि उड्‌नेछन, र दगुरेर पनि तिनीहरू थाक्‍नेछैनन। तिनीहरू हिँड्‌नेछन तापनि मूर्च्‍छा पर्नेछैनन।”

[यशैया 40:31]

के येशू ख्रीष्ट काल्पनिक व्यक्ति हुनुहुन्थ्यो ?

 




के येशू ख्रीष्ट ऐतिहासिक व्यक्ति हुनुहुन्थ्यो भन्ने कुनै प्रमाणहरू छैनन ?

सन्देहवाद (skepticism): “वस्तुस्थिति र तथ्यहरूको अध्ययनद्वारा वास्तविक स्वरूपको मूल्याङ्कन नगरी अधूरो वा अधकल्चो छोड्ने र जानीजानी कुरा बङ्ग्याएर भिन्न रूपमा प्रचार गरी सन्देह फैलाउने विचार वा सिद्धान्त” (बृहत शब्दकोष)

सन्देहवादीहरूमा पनि त्यस्ता केही उग्र सन्देहवादीहरू छन जोहरूले येशू एक ऐतिहासिक व्यक्ति हुनुभएको कुरालाई समेत इन्कार गर्छन्। निम्न कारणहरूले गर्दा यो एउटा अशिक्षित अडान हो:

1. येशूको ऐतिहासिकता सम्बन्धीको विवाद वर्तमान समयमा मात्र उठाइएको नयाँ कुरा हो।

2. येशूको प्रमुख साक्षी नयाँ नियमको लेखोट हो जसलाई गैर-इसाई दृष्टिकोणबाट मूल्याङ्कन गरिँदा समेत सबैभन्दा गहकिलो ऐतिहासिक अभिलेख ठहरिन्छ।

3. बाइबलबाहेक, अन्य त्यस्ता गैर-इसाई स्रोतहरू सुरूबाटै अस्तित्वमा छन जसले येशूको अस्तित्वलाई प्रमाणित गर्दछन।

1. येशूको ऐतिहासिकता सम्बन्धीको विवाद वर्तमान समयमा मात्र उठाइएको एउटा नयाँ कुरा हो।

इन्साइक्लोपिडिया ब्रीटानिकाले भन्छ:
“यी अलग-अलग अभिलेखहरूले प्राचीन समयहरूमा इसाईमतका शत्रुहरूले समेत येशूको ऐतिहासिकतालाई कहिल्यै शङ्का गरेनन भन्ने कुरा प्रमाणित गर्दछन। यो विवाद पहिलो पटक केही लेखकहरूद्वारा १८ औं शताब्दिको अन्तमा, १९ औं शताब्दिको समयमा र २० औं शताब्दिको सुरुमा उठाइएको थियो, त्यो पनि अपर्याप्त आधारमा” (“Jesus Christ”, Encyclopedia Britannica, १९७४)।

जारोस्लाभ पेलिकन (Jaroslav Pelikan) ले अवलोकन गर्छन:
“व्यक्तिगत रूपमा उहाँको विषयमा जोसुकैले जेजस्तो सोचे तापनि वा विश्वास गरे तापनि नासरतका येशू झण्डै बीस-बीस शताब्दिहरूसम्म पश्चिमी संस्कृतिको इतिहासमा प्रधान व्यक्ति रहनुभएको छ” (Jesus Through the Centuries, p.1)

डी. जेम्स केनेडी (James Kennedy) ले थप्नुहुन्छ:
“अहिलेसम्म युद्धमा उत्रेका सबै सेनाहरू, महासागर तरेका लडाकु जहाजहरू, बैठक बसेका सबै  सांसदीय सभाहरू, शासन गरेका सबै राजाहरू – ती सबैका संयुक्त प्रभावभन्दा पनि उहाँको एक्लो जीवनले यस पृथ्वीमा मानिसको जीवनलाई अझ बढी प्रभाव पारेको छ।”  (What if Jesus had Never Been Born? p.9)

2. येशूको प्रमुख साक्षी नयाँ नियमको लेखोट हो जसलाई गैर-इसाई दृष्टिकोणबाट समेत सबैभन्दा गहकिलो ऐतिहासिक अभिलेख मानिन्छ।

नयाँ नियम ख्रीष्टको मृत्युको लगत्तै पछि लेखिएको थियो भन्ने कुराको प्रमाण अकाट्य छ। बाइबलको स्वरूप अध्ययन अन्तर्गत यस कुरालाई हामीले हेरिसक्यौं।

जोन ए टी रोबिन्सन (John A.T. Robinson) ले रिडेटिङ द न्यू टेस्टामेन्ट (Redating the New Testament) मा यो निष्कर्ष निकालेका छन् कि पूरै नयाँ नियम ७० एडीभन्दा अगाडि लेखिएको थियो।

पुरातत्त्व विज्ञानका सर्वोत्कृष्ट अग्रज विलियम राम्से (William Ramsay) ले यो लेखे:

“नयाँ नियमको कुनै पनि पुस्तकको मितिलाई एडी ८० भन्दा पछाडि राख्न अबउसो कुनै ठोस आधार छैन भनेर हामी अब जोडदारसित भन्न सक्दछौं। यो भनेको आजका नयाँ नियमका आलोचकहरूले तोकेको १३० एडी देखि १५० एडीको मितिभन्दा पूरै दुई पुस्ता अगाडिको मिति हो।” (William Ramsay, Recent Discoveries in Bible Lands, 1955, p.136).

“नयाँ नियमको प्रत्येक पुस्तक एक बप्तिस्मा गरिएको यहूदीद्वारा पहिलो शताब्दिको ४० देखि ८० एडीमा लेखिएको हुनुपर्छ भन्ने कुरा म ठान्दछु” (William Ramsay, “Christianity Today”, Jan 18, 1963).

विलियम अल्ब्राइट, अर्को प्रभावशाली पुरातत्त्वविदले लेखे:
“नयाँ नियम जस्तो हो भनेर पहिला विश्वास गरिन्थ्यो ठीक त्यस्तै रहेछ भनेर प्रमाणित भएको छ अर्थात् नयाँ नियम करिब २५ देखि ८० एडीका बीच लेखिएको ख्रीष्ट र उहाँका चेलाहरूका शिक्षाहरू हुन्। कूमरानबाट पत्ता लागेका तथ्यहरूले यो प्रमाणित गर्दछ (William F. Albright, From Stone Age to Christianity, p.23).

जसरी हामीले हेरिसक्यौं, मौलिक लेखोटहरू लेखिएको केही थोरै दशक मात्र बितेपछिको मिति रहेको खण्डहरू हामीसित छन्, अर्थात् पहिलो शताब्दिको अन्तितिरको मिति रहेको र साथै दोस्रो शताब्दिको सुरुतिरको मिति रहेको नयाँ नियमका खण्डहरू अस्तित्वमा छन। अनि थुप्रै-थुप्रै सङ्ख्यामा तिनका प्रतिलिपिहरू अस्तित्वमा हुनु भनेको इतिहासमै अद्वित्तीय कुरा रहेको छ। पाण्डुलिपिहरूको प्रमाण कतिको बलियो छ भन्ने कुराको सवालमा अर्को कुनै प्राचीन पुस्तक नयाँ नियमको तुलनामा अलिकित नजिक पनि आइपुग्दैन।

3. येशूको अस्तित्वलाई प्रमाणित गर्ने बाइबलबाहेक अन्य त्यस्ता गैर-इसाई स्रोतहरू पहिलेदेखि नै छन।

निम्न उदाहरणहरू जोश म्याक्डावेलको पुस्तक द न्यू एभिडेन्स द्‍याट डिमान्ड्स ए भर्डिक्ट (The New Evidence That Demands a Verdict) बाटका हुन:

कोर्नेलियस ट्यासीटस् (Cornelius Tacitus), पहिलो शताब्दिका एक रोमी इतिहासकार:
“जसबाट [ख्रीष्टियमत भनिने] यो नामको सुरुआत भयो, ती ख्रीष्टसले तिबेरियासको शासनकालमा हाम्रा प्रशासकहरूमध्ये एकजना पोन्टियस पिलातसको अधिकारअन्तर्गत सबैभन्दा अधिकतम नापको सजाय भोगे…” (Annals XV, c. 115 AD).

स्वेतोनियस (Suetonius), हेड्रियन सम्राट (AD 117-138) का प्रमुख मन्त्री:
“ख्रेस्टसको सम्बन्धमा यहूदीहरूले बारम्बार दङ्गा मच्च्याइरहेका हुनाले उनले तिनीहरूलाई रोमबाट निष्कासन गरिदिए” (Life of Claudius, 25:4)

ओरोसियस (Orosius):
“लेखक ओरोसियसले यो निष्कासन कार्य क्लाउडियसको शासनकालको नवौं वर्षमा अर्थात ४९ एडीमा भएको थियो भनेर उल्लेख गर्छन्। यसले यो गवाही दिइरहेको छ कि क्रूसीकरण भएको १५-२० वर्ष नबित्दै रोममा एउटा ख्रीष्टियन समुदाय थियो। प्रेरितको पुस्तकमा यो रोमी प्रमाणको एउटा अचम्मलाग्दो पुष्टिकरण भेटिन्छ। जब पावल एथेन्सबाट कोरिन्थमा आए उनले त्यहाँ “पोन्टसमा जन्मेका अक्विला नामका एकजना यहूदीलाई भेट्टाए; (तिनी आफ्नी पत्नी प्रिस्किल्लासित भर्खरै इटालीबाट आएका थिए; किनभने क्लाउडयसले सबै यहूदीहरूलाई, रोमबाट निस्कनू भनी हुकुम गरेका थिए” (प्रेरित १८:२)। (Werner Keller, The Bible as History, pp. 390.391)

जोसीफस (Josephus) (AD 37-100)
जोसीफस रोमी सम्राटहरूको मातहतमा रहेर सेवा गर्ने एक यहूदी अगुवा थिए। उनले यहूदीहरूको बारेमा “यहूदी युद्धहरू” नाम गरेको र साथै “यहूदीहरूको इतिहास” नाम गरेको (Jewish Wars, Antiquities of the Jews) दुईटा इतिहासका पुस्तकहरू लेखे। निम्न खण्डहरूमा उनले येशूको अस्तित्वलाई मानिलिएका छन् साथै बप्तिस्मा दिने यूहन्नाको अस्तित्वलाई र उनको बप्तिस्मालाई र येशूका भाइ याकूब र उनी सहीदको रूपमा मारिएको कुरालाई मानिलिएका छन।

“…उनले [महापूजाहारी हन्नासले] न्यायकर्ताहरूको सन्हेद्रीनलाई भेला गरे र ख्रीष्ट भनिएका येशूको भाइलाई उनीहरूका सामु ल्याए जसको नाम याकूब थियो अनि अरुलाई पनि, अनि उनीहरूको विरुद्धमा व्यवस्था भङ्ग गर्नेहरू भनी दोष फैसला निर्धारण गरेपछि उनीहरूलाई ढुङ्गाले हानेर मारिनका लागि सुम्पिदिए” (Antiquities, 20:9.1)

“अब कतिपय यहूदीहरूले यो सोचे कि हेरोदको सेनाको विनाश परमेश्वरबाटको थियो, अनि उसले यूहन्नाको विरुद्धमा गरेको कामको सजायस्वरूप त्यो न्यायोचित थियो पनि, ती यूहन्ना जसलाई बप्तिस्मा दिनेवाला भनिएको थियो; किनभने हेरोदले उनलाई मारे जो एक असल मानिस थिए जसले यहूदीहरूलाई सद्गुण अभ्यास गर्न, एकअर्काप्रति धार्मिकताको व्यवहार गर्न र परमेश्वरप्रति भक्ति गर्न र उनको बप्तिस्मामा आउनलाई आज्ञा गरे” (Antiquities, 28:5.2).

थालस (Thallus)
थालसले ५२ एडी ताका एउटा इतिहास लेखे जसमा उनले ख्रीष्टको मृत्यु र बौरिउठाइको बेलाको अन्धकार र भूकम्पको बयान गरे।

मारा बार-सेरापियोन (Mara Bar-Serapion)

सिरियाका एक दर्शनशास्त्रीले एडी ७० ताका आफ्‍नो छोरालाई एउटा पत्रमा यसरी लेखे:
“उनीहरूको बुद्धिमानी राजालाई मृत्युदण्ड दिएर यहूदीहरूलाई के फाइदा भयो र? त्यसकै पछि त हो उनीहरूको राज्य नै समाप्त भएको” (FF Bruce, The New Testament Documents: Are They Reliable, p.114).

प्लिनी द यङ्गर (Pliny the Younger)

उनी एक रोमी लेखक र प्रशासक थिए। सम्राट ट्राजन (Trajan) लाई एडी ११२ तिर लेख्दा उनले ख्रीष्टलाई उल्लेख गर्छन् र सुरुका ख्रीष्टियनहरूको उपासना गर्ने तरिकालाई बयान गर्छन:

“एउटा निश्चित तोकिएको दिनमा उज्यालो खस्नु अघि उनीहरूको भेला हुने आदत थियो, जब उनीहरूले क्रमैसङ्ग एउटा भजन ख्रीष्टलाई गाउँथे, एक ईश्वरलाई, अनि आफूहरूलाई एउटा गम्भीर वाचाले बाँध्थे, कुनै दुष्ट कामहरू नगर्न, कहिल्यै झूटो काम नगर्न, चोरी वा व्यभिचार नगर्न, कहिल्यै झूटो वचन नबोल्न, आफूलाई सुम्पिएको भरोसालाई कहिल्यै धोका नदिन जब कसैले त्यो विषय खुलाउनलाई बल गर्ला; त्यसपछि उनीहरू विसर्जन हुने उनीहरूको आदत थियो र त्यसपछि फेरि खानेकुरा खानलाई जम्मा हुन्थे — तर त्यो साधारण र निर्दोष किसिमको खानेकुरा हुन्थ्यो।”

ताल्मूद (Talmud)
एडी ७० देखि २०० का बीच लेखिएका यहूदी ताल्मूदका लेखोटहरूले येशूलाई उल्लेख गर्छन। यदि उनीहरूलाई येशूको अस्तित्वकै कुनै पनि शङ्का थियो भने ती यहूदी रब्बीहरूले त पक्कै पनि त्यो नभनी छोड्दैनथे!

“यस्तो सिकाइएको छ: निस्तार चाडको पूर्वसंध्यामा येशूलाई झुण्ड्याइयो … उनको पक्षमा कुनै पनि कुरा नभेटिएकोले उनीहरूले उनलाई निस्तारचाडको पूर्वसंध्यामा झुण्ड्याए” (Babylonian Talmud, Sanhedrin 43a).

सामोसाटाका लुसियन (Lucian of Samosata)

लुसियन दोस्रो शताब्दिका एक ग्रीक लेखक थिए जसले ख्रीष्टियनहरूको उपहास गर्थे।

“तपाईंहरूलाई थाहै छ, ख्रीष्टियनहरूले आजसम्म एकजना मान्छेलाई पूज्छन — ती प्रसिद्ध व्यक्ति जसले उनीहरूका नयाँ रीतिहरू स्थापना गरे जसलाई फलस्वरूप क्रूसमा टाँगियो … उनीहरू क्रूसमा टाँगिएको सन्तलाई पूज्दछन अनि उहाँका नियमहरूअनुसार हिँड्छन।” 

नोर्मन गाइस्लर (Norman Geisler) ले यी गैर-इसाई प्रमाणहरूलाई संक्षेपमा यसरी सूचित गरेका छन:

“ख्रीष्टको जीवनको सम्बन्धमा जानकारी दिने प्राथमिक स्रोतहरू चाहिँ सुसमाचारका चार पुस्तकहरू हुन। तरैपनि त्यहाँ उल्लेखनीय गैर-ख्रीष्टिय स्रोतहरू पनि छन जो यी सुसमाचारीय अभिलेखहरूसित मेल खान्छन र थप जानकारी दिन्छन। अधिकांश रूपमा यी स्रोतहरू पहिलो शताब्दिका ग्रीक, रोमन, यहूदी र सामरी स्रोतहरूबाट आउँछन। संक्षेपमा ती गैर-इसाई स्रोतहरूले निम्न कुराका जानकारी दिन्छन:

* येशू नासरतबाटका एक ऐतिहासिक व्यक्ति हुनुहुन्थ्यो।

* उहाँले एक बुद्धिमानी र सद्‍गुणले भरिएको जीवन बिताउनुभयो।

* उहाँलाई प्यालेस्टाइनमा पोन्तियस पिलातसको प्रशासनले तिबेरियास सिजरको शासनकालमा निस्तारचाडको समयमा यहूदी राजा भनेर क्रूसमा टँगायो।

* तीन दिनपछि उहाँ  मरेकाहरूबाट बौरनुभएको कुरा उहाँका चेलाहरूद्वारा विश्वास गरिएको थियो।

* उहाँले असाधरण अद्‍भुत कामहरू गर्नुहुन्थ्यो भनेर शत्रुहरूले स्वीकार गरे र तिनलाई जादुगरीको संज्ञा दिए।

* उहाँका चेलाहरूको सानो झुण्ड द्रुतगतिले वृद्धि भएर र रोम जति परसम्म पनि फैलियो।

* उहाँका चेलाहरूले बहूईश्वरवादलाई इन्कार गर्थे, नैतिक जिवन जिउँथे र ख्रीष्टलाई परमेश्वरको रूपमा उपासना गर्थे।

नयाँ नियमका सुसमाचारीय पुस्तकहरूमा ख्रीष्टलाई जसरी दर्शाइएको छ, यो (गैर-इसाई अभिलेखहरूबाटको) तस्वीरले त्यसकै समर्थन गर्दछ” (Geisler, Baker Encyclopedia of Christian Apologetics).

मायामी विश्वविद्यालयका इतिहासका प्राध्यापक एडविन यामाउचीले यो भन्छन् कि अरू कुनै पनि धार्मिक संस्थापक (जोरोआस्तर, बुद्ध, महम्मद) को भन्दा येशूका धेरै र उत्तम ऐतिहासिक अभिलेखहरू छन (“Jesus Outside the New Testament: What is the Evidence?” Jesus Under Fire, edited by Micahel Wilkins and J.P. Moreland, 1995).

यी सबै प्रमाणहरूलाई इन्कार गरी बस्ने त्यहाँ गिल्ला गर्नेहरू छन्, तर त्यो चाहिँ हठीपनको अन्धोपना हो। मानिसको हृदय यति भ्रष्ट छ र छली छ कि प्रमाणको थुप्रोको पहाडै भएपनि त्यो अविश्वासमा लागिरहन सक्छ। तर अर्कोतिर धेरैजना व्यक्तिहरू छन् जोहरूले बाइबललाई झूटो साबित गर्न र ख्रीष्ट परमेश्वर हुनुहुन्न भन्ने कुरा प्रमाणित गर्न जमर्को गरेका थिए तर बरु अकाट्य प्रमाणहरूलाई स्वीकार गरे र ख्रीष्टका सामु उहाँलाई प्रभु र मुक्तिदाता मान्दै घुँडा टेके। (हेर्नुहोस्, wayoflife.org “Men Who Were Converted Trying to Disprove the Bible”)

Sources :
https://wordoftruth.com.np/evidence-of-jesus-unshakeable-faith/

Wednesday, March 15, 2023

गरूडदेखि सिक्नुपर्ने 6 वटा महत्त्वपूर्ण पाठहरू

 



1. गरूड सधै उचाईमा एक्लै उड्छ ।

गरूड भंगेराे, काग र अरू साना-साना चराहरूसँग उड्दैन ।


अर्थ : संकुचित (निम्न स्तरकाे) साेँच भएको मानिसहरूदेखि टाढा रहनुहाेस । किनकि तिनिहरूले तपाईंलाई पनि निम्न स्तरमा नै झार्ने छन । गरूड, गरूडसँग मात्रै उड्छ । यसकारण आफ्नाे साेँच बराबर भएकाेसँग संगत गर्नुहाेस ।


2. गरूडसँग तेजिलो दृष्टि हुन्छ ।

गरूडसँग 5 KM टाढाको वस्तुलाई पनि स्पष्ट देख्न सक्छ । जस्तोसुकै विपरीत परिस्थिति भए तापनि गरूड आफ्नाे शिकारलाई नसमाउञ्जेलसम्म आफ्नाे नजर हटाउँदैन ।


अर्थ : तपाईंसँग एउटा लक्ष्य या दर्शन या सपना हुनुपर्दछ । जस्तोसुकै विपरीत परिस्थिति भए तापनि त्यसमा सधै केन्द्रित हुनुहाेस, जबसम्म तपाईं सफल हुनुहुनेछैन ।


3. गरूडले कहिलेपनि मरेको चिजहरू खाँदैन ।

गरूडले सधै सफा र ताजा शिकार मात्रै खान्छ ।


अर्थ : आफ्नाे पहिलेको सफलतामा भर नपर्नुहाेस, तर अझै जित्नकाे लागि नयाँ लक्ष्यहरू तिर निरन्तर नजर लगाउनुहाेस ।


4. गरूडले आँधी-तुफान मन पराउँछ ।

जब आँधी-तुफान शुरू हुन्छ तब अरू चराहरू आफ्नाे सुरक्षित स्थान तिर लुक्न जान्छन, तर गरूड भने त्यस समय खुशी हुन्छ, र त्यो आँधी-तुफानकाे बिचमा गएर, त्यसैको मद्दतद्वारा माथि-माथि उड्छ, र त्यसै समयमा आफ्नाे पखेटालाई पनि विश्राम दिने गर्दछ ।


अर्थ : जब तपाईंको जीवनमा समस्याहरू आउँछन, तब त्यसबाट भाग्नु या लुक्नुकाे सट्टा त्यसको सामना गर्नुहाेस । जब त्यसको सामना गर्नुहुन्छ, तब त्यसले तपाईंलाई पहिले जस्तो हुनुहुन्थ्याे, त्याे भन्दा पनि बलियो साथै परिपक्व बनाउनेछ । हामीले जीवनमा आउने आँधी-तुफानलाई उच्च स्थानमा जानकाे लागि प्रयोग गर्नको लागि प्रयोग गर्न सक्छौँ । सफलता पाउन चाहानेहरू कहिले पनि चुनाैतीहरूदेखि डराउँदैनन, तर त्यसबाट शिक्षा लिने र आफ्नाे व्यक्तित्व विकास गर्ने अवसरको रूपमा लिने गर्दछ ।


5. गरूड सधैं तालिमकाे लागि तैयारीमा रहन्छ ।

गरूडले कहिल्यै पनि आफ्नाे गुँडमा नरम प्वाँख र घाँसले गुँड बनाउँदैन, ताकि त्याे गुँडकाे बच्चाले त्यहाँ असुविधा महशुस गराेस, र त्यहाँबाट उड्न हतारियाेस । यसकारण त्यसलाई गुँडमा बस्ने मन पनि हुँदैन ।


अर्थ : आफ्नाे सुविधायुक्त ठाउँहरूलाई छाेड्नुहाेस, किनकि त्यहाँ तपाईंको कुनै उन्नति र प्रगति हुनेछैन ।


6. जब गरूड बुढाे हुन्छ ।

त्यस समय ऊ कमजोर भएको हुन्छ, र पहिले जस्तो फुर्तिलो हुँदैन, यसैले माथि-माथि पनि उड्न सक्दैन ।


त्यस समयमा गरूडले धेरै टाढा पहाडमा गएर बस्छ र त्यही केही समय आराम गर्छ । त्यहाँ त्यसले आफ्नाे सबै पुरानो प्वाँखहरूलाई आफ्नै चुच्चोले उखेल्छ । याे एउटा पिडादायी प्रक्रिया हाे, र ऊ त्यस समयमा रगतै रगत भएको हुन्छ । जबसम्म त्यसको नयाँ प्वाँख पलाउँदैन, तबसम्म त्याे त्यहीँ लुकेर बस्छ । जब त्यसकाे नयाँ प्वाँख, नयाँ चुच्चो र नयाँ पञ्जा पलाउँछ, तब त्यस लुकेको स्थानबाट बाहिर निस्कन्छ, र पहिलेकाे भन्दा धेरै माथि उड्ने गर्दछ ।


अर्थ : हामीले पनि कहिलेकाँही हाम्रो पुरानो स्वभाव/बानीहरूलाई जतिसुकै गार्‍हो भए तापनि टकटकाउनु पर्दछ । किनकि ती चिजहरूले हामीलाई भारी मात्रै बनाउँछ, साथै त्यसले हाम्रो जीवनमा कुनै महत्त्व थप्दैन । यसकारण केही समय लिएर त्यसलाई हामीले निकाल्नु नै पर्दछ ।


Tuesday, March 14, 2023

गरूडले आफ्नाे बच्चालाई कसरी तालिम दिन्छ ?

 




जुन उमेरमा अरू पंक्षीहरूका बच्चाले चिँ..चिँ.. गर्न सिक्छन, त्यस उमेरमा आमा गरूडले आफ्नाे बच्चालाई पंजामा च्यापेर उचाईमा लगेर जान्छ ।

पंक्षीहरूकाे दुनियाँमा यस्तो कडा र गार्‍हो तालिम कहिँ पनि हुँदैन ।

आमा गरूडले आफ्नाे बच्चालाई पंजामा च्यापेर लगभग 12 KM उचाइमा लगेर जान्छ, जहाँ आज अत्याधुनिक जहाजहरू उड्ने गर्दछन र याे दुरी तय गर्न उसले सिर्फ 7-9 मिनेट मात्रै लगाउँछ ।

त्यहाँदेखि नै त्यस बच्चाको कठिन परिक्षा शुरू हुन्छ । यहाँ उसलाई याे सिकाईन्छ कि,
तँ केकाे निम्ति बनाईएकाे हाेस ?
तेरो संसार के हाे ?
तेरो उचाइ के हाे ?

त्यसपछि आमा गरूडले आफ्नाे बच्चालाई आफ्नाे पंजाबाट छाेडिदिन्छ ।

माथिकाे उचाईबाट 2 KM तल आउने बेलासम्म त्यस गरूडकाे बच्चालाई आफुसँग के भईरहेकाे छ भन्ने कुरापनि थाहा हुँदैन ।

7 KM काे दुरी तल आईसकेपछि मात्रै त्यस बच्चाकाे जकडिएकाे पंख खुल्न थाल्छ ।

लगभग 9 KM तल आईसकेपछि मात्रै त्यस बच्चाकाे पंख पुर्ण रूपमा खुल्छ । याे नै त्यस बच्चाकाे पहिलो पटक पंख फड्फडाएकाे समय हाे ।

अब त्यो पृथ्वीदेखि 3000 मिटरकाे दुरीमा मात्रै छ, तर पनि अझै उड्न सिकेकाे छैन । अब ऊ पृथ्वीकाे निकै नजिक आईपुगेकाेे छ ।

अब उसको दुरी पृथ्वीदेखि 700/800 मिटर मात्रै छ, तर पनि अझै उसको पंख त्यति बलियो भईसकेकाे छैन, जसद्दारा ऊ उड्न सकाेस ।

पृथ्वीदेखि लगभग 400/500 मिटरमाथि भएको बेला त्यस बच्चाले महशुस गर्दछ, कि सायद याे नै उसको जीवनको अन्तिम यात्रा हाे । त्यसै समयमा अचानक एउटा पंजा आएर त्यसलाई पक्रन्छ र प्वाँखकाे बिचमा राख्छ ।

त्याे पंजा अरू कसैको नभएर उसकै आमाकाे हुन्छ, जाे उसकाे ठिक माथि उडिरहेको थियो । याे ट्रेनिङ्ग तबसम्म चल्छ, जबसम्म त्यो बच्चा उड्न सिक्दैन ।

याे एउटा कमाण्डरकाे ट्रेनिङ्ग जस्तो हुन्छ । त्यो लामो र कठिन ट्रेनिङ्गपछि मात्र संसारलाई एउटा सक्षम गरूड मिल्छ, जसले आफ्नाे वजनकाे दश गुणा गह्रौं प्राणीकाे शिकार गर्दछ ।

हामीले आफ्ना छाेरा-छाेरीहरूलाई आफुसँग टाँसेर राखे तापनि तिनिहरूलाई दुनियाँकाे कठिन परिस्थितिहरूलाई देखाईदिनु पर्दछ, र त्यससँग कसरी लड्ने भनेर सिकाउनु पर्दछ ।

किनकि गमलाकाे बिरूवा र जंगली बिरूवामा धेरै नै फरक हुन्छ ।

वर्तमान समयकाे सुख-सुविधाहरूकाे बानी र आमा-बुबाहरूको अति प्रेमले छाेरा-छाेरीहरूलाई बाेइलर कुखुरा जस्तै बनाईदिएकाे छ, जाेसँग बलियो हड्डी त छ, तर हिँड्न सक्दैनन । गह्रौं प्वाँख त छ, तर उड्न सक्दैनन ।

ठिक यसरी नै गरूडकाे बच्चाकाे तालिम जस्तै आत्मिक जीवनमा पनि हुन्छ । परमेश्वरले आफ्नाे चुनिएका छाेरा-छाेरीहरूकाे तालिम पनि यसरी नै गर्नुहुन्छ । त्यस समयमा हामी निराश, हतास, आशा बिहिन हुनुहुँदैन, तर उहाँलाई हाम्रो जीवनमा काम गर्नुहाेस भनी जीवनकाे पूरा नियन्त्रण दिनुपर्दछ ।


यसकारण लेखिएको छ,

“मैले मिश्रीहरूलाई के गरें, र तिमीहरूलाई कसरी गरुडका पखेटामा झैँ बोकेर मकहाँ ल्‍याएँ, सो तिमीहरूले देखेका छौ।” [प्रस्थान 19:4]


“गुँड़लाई हल्‍लाएर आफ्‍ना बचेराहरूमाथि हावामा उड़िरहने,  पखेटा फैलाई बचेराहरूलाई थाम्‍ने, र आफ्‍ना प्‍वाँखमाथि ती बोक्‍ने गरुडले झैँ।

परमप्रभु एक्‍लैले तिनलाई अगुवाइ गर्नुभयो...।” [व्यवस्था 32:11-12]


गधासँग बहस नगर्नुहोस!

 



गधाले बाघलाई भन्यो, “घाँस निलो छ।”
बाघले जवाफ दियो, “होइन, घाँस हरियो छ।”

छलफल चर्कियो, र दुवैले त्यसलाई मध्यस्थतामा पेश गर्ने निर्णय गरे, र यसका लागि तिनीहरू जंगलको राजा सिंहको अगाडि गए।

जङ्गलकाे बिच ठाउँमा पुग्नु अघि, जहाँ सिंह आफ्नो सिंहासनमा बसेको थियो, गधाले कराउन थाल्यो, “महाराज, के यो सत्य होईन र? कि घाँस निलो हुन्छ?”

सिंहले जवाफ दियो, “सहि हाे, घाँस निलो नै हुन्छ।”

गधा हतार गर्दै फेरि भन्याे, “बाघ मसँग असहमत छ र मेरो विराेध गर्दछ र मसँग रिसाउँछ, कृपया उसलाई सजाय दिनुहोस।”

त्यसपछि राजाले घोषणा गरे, “बाघलाई ५ वर्ष मौन रहने दण्ड दिइनेछ।”

गधा हर्षोल्लासका साथ उफ्रियो र सन्तुष्ट भएर आफ्नो बाटो लाग्यो र आफ्नो कुरा दोहोर्याउँदै गयाे, “घाँस निलो छ... घाँस निलो छ...”

बाघले आफ्नो सजाय स्वीकार गर्नु अघि सिंहलाई सोध्याे, “महाराज, तपाईंले मलाई किन सजाय दिनुभयो? किनकि घाँस त हरियो नै हुन्छ।”

सिंहले जवाफ दियो, “वास्तवमा, घाँस हरियो नै हुन्छ।”

बाघले सोध्यो, “त्यसो भए मलाई किन सजाय दिनु हुनुहुन्छ ?”

सिंहले जवाफ दियो, “घाँस नीलो वा हरियो भन्ने प्रश्नसँग यसको कुनै सरोकार छैन। तर सजाय दिनुकाे कारण याे हो कि तिमी जस्तो बहादुर र बुद्धिमान प्राणीले गधासँग झगडा गरेर समय बर्बाद गर्न सम्भव छैन, र त्यो भन्दा माथि आएर मलाई यो प्रश्नले सतायाै।”

शिक्षा :
समयको सबैभन्दा खराब बर्बादी भनेको मूर्ख र कट्टरपन्थीसँग बहस गर्नु हो। जसले सत्य वा वास्तविकताको वास्ता गर्दैन, तर आफ्नो विश्वास र भ्रमले मात्र जित्न खाेज्छन। कुनै अर्थ नलाग्ने तर्कमा हामीले कहिले पनि समय खेर फाल्नु हुँदैन।
हामीले जतिसुकै प्रमाण पेश गरे पनि तिनिहरूसँग बुझ्ने क्षमता हुँदैन। तर तिनीहरूलाई अहंकार, घृणा र आक्रोशले अन्धो बनाएकाे हुन्छ र सधै तिनीहरू चाहन्छन कि तिनीहरू नै सही छन।
जब अज्ञानता चिच्याउछ, बुद्धि मौन छ। तपाईको शान्ति र माैनता धेरै मूल्यवान छ।

Sunday, March 12, 2023

तपाईंले कसलाई पछ्याउँदै हुनुहुन्छ ?

 



एरिस्टोटलले आफ्ना चेलाहरूलाई भने, “मेरो शिक्षालाई पछ्याउ ।”
सुकरातले आफ्ना चेलाहरूलाई भने, “मेरो शिक्षालाई पछ्याउ ।”
बुद्धले आफ्ना चेलाहरूलाई भने, “मेरो ध्यानलाई पछ्याउ ।”
कन्फुसियसले आफ्ना चेलाहरूलाई भने, “मेरो भनाईहरूलाई पछ्याउ ।”
मुहम्मदले आफ्ना चेलाहरूलाई भने, “मेरो महान स्तम्भहरूलाई पछ्याउ ।”
तर येशू ख्रीष्टले मात्रै आफ्ना चेलाहरूलाई भने, “मलाई पछ्याउ ।”

अन्य सबै धर्महरूमा, एक अनुयायीले संस्थापकसँग सम्बन्ध नराखेर पनि आफ्नो संस्थापकको शिक्षालाई पछ्याउन सक्छन।

तर येशु ख्रीष्टमा त्यस्तो छैन, हामीले पहिले उहाँसँग सम्बन्ध नराखी उहाँको शिक्षाहरू हामीले कहिल्यै पनि पछ्याउन सक्दैनौं । यही कुराले बाँकी सबै गुरूहरू र येशू ख्रीष्टकाे बिचमा आकाश र जमिनकाे फरक बनाउँछ । यसैले ख्रीष्टियन मत एक धर्म हाेईन, तर येशु ख्रीष्टसँगकाे व्यक्तिगत सम्बन्ध हाे।

यसकारण लेखिएको छ,
उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मेरो पछि लाग, र म तिमीहरूलाई मानिसहरूका मछुवा तुल्‍याउनेछु।” [मत्ती 4:19]

तब येशूले आफ्‍ना चेलाहरूलाई भन्‍नुभयो, “कोही मेरो पछि आउने इच्‍छा गर्दछ भने, उसले आफूलाई इन्‍कार गरोस र आफ्‍नो क्रूस उठाएर मेरो पछि लागोस।” [मत्ती 16:24]

“दाखको बोट म हुँ, तिमीहरूचाहिँ हाँगाहरू हौ। यदि कोही ममा रह्यो भने, र म त्‍यसमा रहें भने, त्‍यसले धेरै फल फलाउँछ, किनकि मबाट अलग रहेर तिमीहरू केही गर्न सक्‍दैनौ।” [यूहन्ना 15:5]

Saturday, March 11, 2023

के म एक दिन बेलायतकी महारानी हुनेछु ?

 


रानी भिक्टोरिया सानी केटी छँदा, उनी एक दिन बेलायतकी महारानी बन्ने थिइन भन्ने कुरा उनलाई थाहा थिएन । तिनीहरूले सबै परिचारिकाहरूलाई यसो भने, “अहिले यी नानीलाई केही पनि नभन्नू; उनको बाल्यावस्था नबिगारिदिनू; उनी रानी हुनेछिन भनी उनलाई नभन्नू।”


उनलाई पुतली(गुडिया) हरूसँग खेल्न साह्रै मन पर्दथ्यो । एक दिन परिवारका तस्वीरहरू हेर्दा उनले आफू नै बेलायतको सिंहासनको अर्को उत्तराधिकारी भएको कुरा थाहा पाइन । उनले परिचारिकालाई सोधिन, “के यो साँचो हो ? के म रानी हुनेछु ?” तिनीहरू केहीबेर त चुप लागे, तर अन्तमा तिनीहरूले उनलाई भन्नै पर्यो । “हो, यो अत्यन्त साँचो हो, एक दिन हजुर रानी हुनुहुनेछ ।” त्यो दिनदेखि पुतलीसँग खेल्ने कार्य बन्द भयो । “म रानी हुनेछु,” उनले भनिन, “म अबदेखि यी अनावश्यक कुराहरूसँग मेरो समय बर्बाद पार्नेछैनँ।” अनि उनी बेलायत देशको इतिहासकै असल रानी बनिन ।


कुरा अविश्वसनीय छ, तर परमेश्वरले सारा विश्वकाे सृष्टि गर्नुकाे उद्देश्य, मानिसलाई बनाउनुकाे उद्देश्य र बाइबल लेख्नुकाे उद्देश्य मानिसलाई आउनेवाला संसार (नयाँ आकाश र नयाँ पृथ्वी र नयाँ यरूशलेम) काे निम्ति राजाहरूकाे निर्माण गर्नु थियोे । यसकारण मण्डली भविष्यको राजाहरू तैयार हुने स्थान हाे । विजयी मण्डली भविष्यकाे राजाहरूकाे झुन्ड हाे । जसको कान छ, त्यसले सुनाेस ।


कुनै मगन्तेलाई खाना दिइनेछ भनेर भनिन्छ भने, उसले त्यो कुरा विश्वास गर्नेछ । तर ऊ राजा हुनेछ भनेर उसलाई भनिन्छ भने, उसले त्यो कुरा विश्वास गर्नेछैन । यसरी नै हामी परमेश्वरले हाम्रा पापहरू क्षमा गर्नुभएको छ भनी हामी सजिलै विश्वास गर्न सक्दछौं । तर कसरी हामी विजयी हुन र उहाँको सिंहासनका सहभागी हुन सक्दछौं त ? याे कुरा आज धेरै विश्वासीहरूकाे निम्ति अविश्वसनीय कुरा नै हाे ।


त्यो सिंहासनको वरिपरि एउटा इन्द्रेणी थियो (प्रकाश ४:३) । अति धेरै कमजोरीहरू भएका हामी कमजोर मानव प्राणीहरू कसरी त्यो सिंहासनको सामु आउन सक्दछौं भन्ने प्रश्न उठ्दछ । 


त्यो इन्द्रेणीले परमेश्वरको जवाफ हामीलाई भन्दछ, यो उहाँको करार हो । जसरी परमेश्वरले त्यो देश अब्राहामलाई दिने प्रतिज्ञा गर्नुभयो र इस्राएल हठी, कठोर र विद्रोही भए तापनि, परमेश्वरले तिनीहरूलाई ८४ वटा देशहरूबाट त्यो देशमा फर्काएर ल्याउनुभएको छ, त्यसरी नै उहाँले हामीसँग गर्नुभएको करारप्रति पनि उहाँ विश्वासयोग्य रहनुहुनेछ ।


स्वर्गमा यी सातवटा रङ्गहरूको सुन्दर इन्द्रेणीले घेरिएको सिंहासन थियो र त्योचाहिँ यूहन्नाले देखेका पहिलो कुरा थियो । यूहन्नाले यसो भनिरहेका थिए, “हे प्रभु, कसरी हामी त्यति उच्चमा उचालिनेछौं ? हो प्रभु, म बुझ्दछु, तपाईं अति प्रेमी र कृपालु हुनुहुन्छ । तपाईं पापहरू क्षमा गर्न सक्नुहुन्छ । म त्यो विश्वास गर्दछु । यो कुरा विश्वास गर्नमा मलाई कुनै कठिनाइ छैन, किनकि तपाईं अत्यन्त अनुग्रही र कृपालु हुनुहुन्छ । तर तपाईंले कसरी मलाई त्यति उच्चमा उचाल्न सक्नुहुन्छ ? म अति मूर्ख र कमजोर छु । म राजा हुनेछु भनी म कसरी विश्वास गर्न सक्दछु र ?”


तर प्रभुको जवाफ यस्तो थियो, “यूहन्ना, मेरो इन्द्रेणीलाई हेर त । यो तिम्रो कारणले होइन, तर मेरै करारको कारणले हो ।” उहाँ करार पालन गर्नुहुने परमेश्वर हुनुहुन्छ । उहाँले भन्नुभएको कुरा पूरा पनि गर्नुहुनेछ ।


परमेश्वरले हामीलाई भविष्यकाे राजाहरू बनाउन कलबरी क्रुसमा आफ्नो प्राण अर्पण गर्नुभयो र पापकाे मुल्य तिरेर हामीलाई पापबाट स्वतन्त्र बनाउनुभयाे । हामीलाई पापबाट शुद्ध र पवित्र बनाउनुभयाे । आफ्नो सन्तान बनाउनुभयाे । पवित्र आत्मा र पवित्र आत्माकाे वरदानहरू र फलहरू दिनुभएको छ । हाम्रो आत्मिक उन्नति र मार्गदर्शनकाे निम्ति पवित्र वचन (बाइबल) दिनुभएको छ । आफ्नो अभिषिक्त सेवकहरू पनि दिनुभएको छ ।


यसकारण लेखिएको छ,

“यसकारण भाइहरूहो, आफ्नो बोलावट र चुनाउ पक्‍का गर्न बढ़ी प्रयत्न गर; किनकि तिमीहरूले यी कुराहरू गर्‍यौ भने तिमीहरूले कहिल्यै ठेस खानेछैनौ।” [२पत्रु. १:१०] KJV


“तिमीहरूलाई बोलाउनुहुने विश्वासयोग्य हुनुहुन्छ उहाँले यो गर्नुहुनेछ।” [१ थेस्सलोनिकी ५:२४] KJV


“यसकारण जान: परमप्रभु तिम्रा परमेश्‍वर, उहाँ नै परमेश्‍वर हुनुहुन्छ, एक विश्‍वासयोग्य ईश्‍वर; उहाँलाई प्रेम गर्नेहरू र उहाँका आज्ञाहरू पालन गर्नेहरूसित उहाँले हजार पुस्तासम्म आफ्नो वाचा र करुणा कायम राख्नुहुन्छ।” [व्यवस्था ७:९] KJV


“...उहाँ जसले हामीलाई प्रेम गर्नुभयो र आफ्नै रगतमा हामीलाई हाम्रा पापहरूबाट धुनुभयो, अनि हामीलाई परमेश्‍वर र आफ्ना पिताका निम्ति राजाहरू र पूजाहारीहरू बनाउनुभयो, उहाँलाई नै महिमा र प्रभुत्व सदासर्वदा भइरहोस! आमेन!” [प्रकाश १:५-६] KJV


“जसले जय पाउँछ, उसैलाई म मेरो सिंहासनमाथि मसँग बस्‍न दिनेछु, जसरी मैले पनि जय पाएँ, र मेरा पितासँग उहाँको सिंहासनमाथि बसें।” [प्रकाश ३:२१] KJV


“तब राजाले आफ्नो दाहिने हातपट्टि हुनेहरूलाई भन्नेछन: मेरा पिताका धन्य जनहरूहो, आओ, संसारको उत्पत्तिदेखि तिमीहरूका निम्ति तयार पारिएको राज्यको अधिकारी होओ।” [मत्ती २५:३४] KJV


“तर परमप्रधानका पवित्र जनहरूले त्यो राज्य पाउनेछन, र त्यो राज्य सदाका निम्ति, अँ, सदा-सर्वदाका निम्ति आफ्नो अधिकारमा लिनेछन।” [दानिय. ७:१८] KJV


बेन-हुर : इतिहासको एक सत्य घटना


सन १९६० मा प्रदर्शित सबैभन्दा लामो तथा बहुचर्चित चलचित्रको नाम हो, “बेन-हूर”। महान रोमी साम्राज्यका शासकहरूले मानवताप्रति पटक्कै सहानुभूति देखाएनन । त्यही समयमा मानिसहरूका पापको निम्ति यातना र मृत्यु सहन येशू ख्रीष्टले यस धर्तीमा आफै जन्म लिनुभयो । त्यसपछि संसारमा नयाँ युग आरम्भ भयो ।

यो पुस्तक र चलचित्रको मुख्य कथावस्तु रोमी सम्राट र येशू ख्रीष्टलाई आधार बनाई तयार पारिएको छ। येशू ख्रीष्टलाई क्रूसमा टांगियो र उहाँ मृत्युमाथि विजय प्राप्त गरेर फेरि जीवित हुनुभयो । बेनहूर एक जवान थिए जसलाई रोमी शासकको अधीनमा रहने कि येशू ख्रीष्टको पछि लाग्ने भनी निर्णय गर्ने महत्वपूर्ण चुनौती आइपरेको थियो । अन्त्यमा वेनहूरले क्रिश्चियन विरोधीहरूको वास्ता नगरी येशू ख्रीष्टमा विश्वास गरे र खीष्टियन भए ।

“बेनहर” का लेखक जनरल ल्यू वालेसचाहिँ प्रसिद्ध नास्तिक कर्नेल रबर्ट जी. इंगरसालका मित्र थिए। इंगरसालले सार्वजनिक रूपमा धर्मको खिल्ली उडाउने गर्दथे । जर्नेल वालेस एरिजोना प्रान्तका राज्यपाल पदबाट अवकाश लिएर फर्किरहेका थिए र रेलमा उनको भेट इंगरसालसित भयो । इंगरसालले भने, “धेरै पढेलेखेका समझदार मानिसहरूले पनि मूर्खतापूर्ण क्रिश्यिचन सिद्धान्तमा विश्वास गर्नु आश्चर्यको कुरा होइन र ? थाह छैन, तिनीहरूले बाइबलका शिक्षाहरूलाई झूटो सम्झेर आफ्नो दिमागवाट कहिले निकालेर फाल्ने होलान ?”

एक्कासी इंगरसालको मनमा एउटा विचार उत्पन्न भयो र उनले जर्नेल वालेसको अनुहारमा नियाल्दै भने, “सर ! तपाईं अति बुद्धिमान हुनुहुन्छ, अनि शिक्षित पनि हुनुहुन्छ । तपाईले येशू ख्रीष्ट र उनको शिक्षाको खोक्रोपना विषयमा एउटा पुस्तक लेख्नुभयो भने कति असल हुनेथियो ! यस किसिमको पुस्तकले तपाईंको नाम सारा संसारभरि फैलाउनेछ र येशू ख्रीष्ट संसारको मुक्तिदाता हुन भन्ने विषयमा फैलिएका झूटहरूको पनि अन्त्य हुनेछ । येशू खीष्टले पृथ्वीमा पाइला टेकेकै छैनन भनेर चित्त बुझ्ने प्रकारले लेख्नुभयो भने त तपाईको पुस्तक सारा संसारमा 'सर्वश्रेष्ठ' ठहरिनेछ ।”

जर्नेल वालेसले आफ्नो घरमा पुगेर बाटोमा भएका सबै कुराहरू आफ्नी पत्नीलाई बताउँदै मने, “मैले क्रिश्चियन धर्मसम्बन्धी सबै शोध-सामग्रीहरू सङ्कलन गरेर एउटा पुस्तक लेख्ने निश्चय गरेको छु । त्यो पुस्तकले क्रिश्चियन धर्मलाई झुटो साबित गरिदिनेछ । यो पुस्तक मेरो जीवनको सबैभन्दा महान कृति हुनेछ र त्यसकै कारणले मेरो नाम सारा संसारभरि फैलिनेछ ।”

जर्नेल वालेसकी पत्नी क्रिश्चियन थिइन। उनका श्रीमानले पुस्तक लेख्दा प्रभु येशू ख्रीष्टको बारेमा सबै सत्यता थाह पाऊन भनी उनले परमेश्वरसंग प्रार्थना गर्न थालिन ।

यस्तो किताब लेखेर नाम कमाउने ठूलो धोको जर्नेल वालेसको मनमा उत्पन्न भयो । वालेसले उक्त पुस्तकका लागि प्राचीन पाण्डुलिपिहरूवाट शोध-सामग्री सङ्कलन गर्न शुरू गरे । त्यसका लागि तिनले विभिन्न देशहरूको पनि भ्रमण गर्नुपर्यो । अनि धेरै वर्षसम्म धेरै मेहनत गरेर र पैसाको खोलो बगाएर तिनले धेरै जानकारीहरू सङ्कलन गरे । त्यसपछि तिनी सारा संसारमा हलचल मच्चाउने पुस्तक लेख्न बसे ।

चार अध्यायहरू लेखिसकेपछि तिनको मनमा अशान्ति छायो । तिनलाई अग्लो छाँगाबाट एक्कासी तल खसेको जस्तो अनुभव भयो । अन्त्यमा तिनले सोचे, “येशू ख्रीष्ट काल्पनिक व्यक्ति होइनन, तिनी ऐतिहासिक व्यक्ति हुन । अझ भन्नुपर्दा, तिनी त ऐतिहासिक व्यक्तिभन्दा पनि महान् हुन । म सत्यलाई कसरी झूट भनुँ ? सेतोलाई कसरी कालो भनूँ ? किन म यति साहै बेइमान र नीच मानिस भएँ ?” तिनले धेरै अनुसन्धान गरिसकेपछि येशू ख्रीष्ट सत्य हुनुहुन्छ भन्ने निश्चय गरे ।

वालेसले आफ्नो विचारलाई सम्हाल्दै भने, “येशू ख्रीष्ट एक ऐतिहासिक व्यक्ति हुनुहुन्छ भन्ने कुरामा विश्वस्त भएपछि मेरो मनमा एउटा प्रश्न उठ्यो । यदि उहाँ वास्तविक मानव हुनुहुन्थ्यो भने, उहाँ परमेश्वरका पुत्र र संसारका मुक्तिदाता पनि हुनुहुन्छ भन्ने कुरामा दुईमत हुन सक्दैन । अझै यो त उहाँ आफैले गर्नुभएको दाबी ही ।”

येशू ख्रीष्ट परमेश्वरका पुत्र र सम्पूर्ण मानव जातिका मुक्तिदाता हुनुहुन्छ भन्ने कुरा तिनको हृदयमा अति गहिरो रूपमा गड्यो र येशु ख्रीष्टप्रति तिनमा कुनै शंका बाँकी रहेन । यो ज्ञान पाएको रात कहिल्यै पनि बिर्सन सक्दिन भनी ल्यू वालेस भन्दछन । यसरी सोच्दा-सोच्दै तिनको हृदय पछुतो, ग्लानि र दुःखले भरियो । येशू ख्रीष्टलाई झूटो साबित गर्न तिनी लागि परेका थिए । तर ५० वर्षको उमेरमा तिनले प्रभु येशु ख्रीष्टको चरणमा घुँडा टेके, आफ्ना सबै पापको क्षमा मागे र प्रभु येशु खीष्टलाई आफ्ना व्यक्तिगत मुक्तिदाता भनी ग्रहण गरे।

यही अवस्थामा छटपटाउँदै त्यो रात बित्यो र उज्यालो भयो । तिनले बिहान सबैरै आफ्नी पत्नीकहाँ गएर सबै कुराहरू बताए । तिनको अनुहार चम्किरहेको जस्तो देखिन्थ्यो । श्रीमती वालेस खुशीले नाच्न थालिन र भनिन, “प्रिय श्रीमान ज्यू, मेरा श्रीमानले प्रभु येशू ख्रीष्टलाई मुक्तिदाता भनी ग्रहण गरून भनेर मैले परमेश्वरसँग प्रार्थना गरिरहेकी थिएँ ।” त्यस बिहान पति-पत्नी दुवैले घुँडा टेकेर परमेश्वरलाई धन्यवाद चढाए । जीवनमा पहिलो पटक दुवैले नयाँ आनन्दको अनुभव गरे ।

जर्नेल वालेसले आफ्नी पत्नीसँग सोधे, “मैले यति धेरै मेहेनत र खर्च गरेर सङ्गलन गरेको शोध-सामग्रीलाई अब म के गरु ?” पत्नीले भनिन, “अब के गर्ने अरे ? पहिला लेख्नु भएका चार अध्यायलाई फेरि लेख्न शुरू गर्नुहोस र सारा शोध-सामग्री प्रयोग गरेर प्रभु येशू ख्रीष्टले दाबी गर्नुभएका सबै कुराहरू साँचो र सत्य हुन भन्ने कुरा साबित गर्नुहोस । येशू ख्रीष्ट परमेश्वरका पुत्र हुनुहुन्छ, र उहाँ मानिसहरूका पाप मोचन गर्न तथा मुक्ति दिनको निम्ति यस धर्तीमा आउनुभयो भन्ने कुराको प्रमाण संसारका मानिसहरूलाई देखाइदिनुहोस ।”

प्रभु येशू ख्रीष्टलाई झूटो तुल्याउने उद्देश्य लिई वर्षौंसम्म अनुसन्धान गर्दा भेट्टाएका तथ्यहरूलाई प्रयोग गरेर जर्नेल ल्यू वालेसले अर्को पुस्तक लेखे । त्यो पुस्तकको नाम हो, “बेन-हूर” !

तपाईंले पनि जर्नेल ल्यू वालेसले जस्तै येशू ख्रीष्टको बारेमा गलत धारणा लिइराख्नुभएको छ भने सत्यता थाह पाउने कोशिश गर्नुहोस र उहाँ नै साँचो मुक्तिदाता हुनुहुन्छ भनी विश्वास गरेर नयाँ जीवन तथा असीम आनन्दको अनुभव गर्नुहोस ।

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...