गधाले बाघलाई भन्यो, “घाँस निलो छ।”
बाघले जवाफ दियो, “होइन, घाँस हरियो छ।”
छलफल चर्कियो, र दुवैले त्यसलाई मध्यस्थतामा पेश गर्ने निर्णय गरे, र यसका लागि तिनीहरू जंगलको राजा सिंहको अगाडि गए।
जङ्गलकाे बिच ठाउँमा पुग्नु अघि, जहाँ सिंह आफ्नो सिंहासनमा बसेको थियो, गधाले कराउन थाल्यो, “महाराज, के यो सत्य होईन र? कि घाँस निलो हुन्छ?”
सिंहले जवाफ दियो, “सहि हाे, घाँस निलो नै हुन्छ।”
गधा हतार गर्दै फेरि भन्याे, “बाघ मसँग असहमत छ र मेरो विराेध गर्दछ र मसँग रिसाउँछ, कृपया उसलाई सजाय दिनुहोस।”
त्यसपछि राजाले घोषणा गरे, “बाघलाई ५ वर्ष मौन रहने दण्ड दिइनेछ।”
गधा हर्षोल्लासका साथ उफ्रियो र सन्तुष्ट भएर आफ्नो बाटो लाग्यो र आफ्नो कुरा दोहोर्याउँदै गयाे, “घाँस निलो छ... घाँस निलो छ...”
बाघले आफ्नो सजाय स्वीकार गर्नु अघि सिंहलाई सोध्याे, “महाराज, तपाईंले मलाई किन सजाय दिनुभयो? किनकि घाँस त हरियो नै हुन्छ।”
सिंहले जवाफ दियो, “वास्तवमा, घाँस हरियो नै हुन्छ।”
बाघले सोध्यो, “त्यसो भए मलाई किन सजाय दिनु हुनुहुन्छ ?”
सिंहले जवाफ दियो, “घाँस नीलो वा हरियो भन्ने प्रश्नसँग यसको कुनै सरोकार छैन। तर सजाय दिनुकाे कारण याे हो कि तिमी जस्तो बहादुर र बुद्धिमान प्राणीले गधासँग झगडा गरेर समय बर्बाद गर्न सम्भव छैन, र त्यो भन्दा माथि आएर मलाई यो प्रश्नले सतायाै।”
शिक्षा :
समयको सबैभन्दा खराब बर्बादी भनेको मूर्ख र कट्टरपन्थीसँग बहस गर्नु हो। जसले सत्य वा वास्तविकताको वास्ता गर्दैन, तर आफ्नो विश्वास र भ्रमले मात्र जित्न खाेज्छन। कुनै अर्थ नलाग्ने तर्कमा हामीले कहिले पनि समय खेर फाल्नु हुँदैन।
हामीले जतिसुकै प्रमाण पेश गरे पनि तिनिहरूसँग बुझ्ने क्षमता हुँदैन। तर तिनीहरूलाई अहंकार, घृणा र आक्रोशले अन्धो बनाएकाे हुन्छ र सधै तिनीहरू चाहन्छन कि तिनीहरू नै सही छन।
जब अज्ञानता चिच्याउछ, बुद्धि मौन छ। तपाईको शान्ति र माैनता धेरै मूल्यवान छ।
.jpg)
No comments:
Post a Comment