Wednesday, November 22, 2023

जीवनमा कृतज्ञ र खुशी हुनुपर्ने हजाराैँ कारणहरू

 



यदि तपाइँको घरमा खाना छ, तपाइँको शरीरमा लुगा छ, तपाइँको टाउकोमा छत छ र सुत्ने ठाउँ छ भने, तपाइँ सम्पूर्ण संसारको 75% भन्दा धनी हुनुहुन्छ।


यदि तपाइँको वालेटमा पैसा छ भने, र तपाइँ जहाँ चाहानुहुन्छ जान सक्नुहुन्छ भने, तपाइँ संसारको 18% धनाढ्य व्यक्तिहरू मध्ये हुनुहुन्छ।


यदि तपाइँ आज जीवित हुनुहुन्छ, धेरै बिमारीरूभन्दा केही स्वास्थ्य हुनुहुन्छ भने, तपाई लाखौं मानिसहरु भन्दा धेरै धन्य हुनुहुन्छ जो यो हप्तासम्म पनि बाँच्ने छैनन तर मर्नेछन।


यदि तपाईंले यो सन्देशलाई पढ्न र बुझ्न सक्नुहुन्छ भने, तपाईं संसारका 3 अरब मानिसहरूभन्दा धेरै साैभाग्यशाली हुनुहुन्छ जसले देख्न सक्दैनन, पढ्न सक्दैनन वा मानसिक राेगबाट ग्रस्त छन।


जीवन पिडा र दु:खकाे बारेमा गुनासो गर्नु मात्रै होइन। यो कृतज्ञ र खुशी हुनु पनि हाे, जसको निम्ति हजार कारणहरू छन।


छेपाराे र रङ्गधारी ख्रीष्टियन



एउटा ख्रीष्टियनलाई छेपाराे जस्तै रङ्ग बदल्ने हाेईन, तर सुनाैलाे रङ्गको पुतली हुन आव्हान गरेको छ। 


पुतली हुनभन्दा अघि झुसिलकिरा केहि समयपछि सुन्दर पुतलीमा परिणत हुन्छ। 


छेपाराेमा समयसँगै आफ्नो रङ्ग बदल्ने क्षमता हुन्छ। धेरै खालको छेपाराेमा माैसम अनुसार हरियो, पहेँलो, खैरो वा गाढा गुलाबी रङ्गमा बदल्ने क्षमता हुन्छ। छेपाराेमा हुने रङ्ग परिवर्तनले उसलाई वातावरणमा घुलमिल हुन सजिलो पार्दछ।


ठिक यसैगरि रङ्गधारी ख्रीष्टियनहरू आफ्नाे वरिपरिकाे वातावरणसँग एकाकार भईहाल्छन। ख्रीष्टियनहरूकाे झुन्डमा हुँदा खुशीसाथ ख्रीष्टियन भनिन्छन, तर अख्रीष्टियन वातावरणको स्तरमा बदलिन पनि तिनीहरू तत्पर हुन्छन।


एक छेपाराेकाे अनुसन्धान गरिएको रहेछ। त्यसलाई चारवटा विभिन्न रङ्गहरूकाे मिश्रण गरिएको ठाउँमा राखियो। चारवटा रङ्गमा बदलिने दबाब सहन नसकेर त्याे त्यहीँ मरेछ। रङ्गधारी ख्रीष्टियनहरूले आफ्नाे जीवनमा ठुलो दबाब महशुस गर्नुपर्दछ र तिनीहरू सुनाैलाे रङ्गको पुतली जस्तो सधैंभरि एउटै रङ्गमा रहने ख्रीष्टियनहरूझैँ जीवनकाे उत्कृष्टतामा पुग्न सक्दैनन।


Friday, November 17, 2023

मोबाइलको चुनौती !

 



म मोबाइल हुँ,

मैले घडिलाई खाएँ,

मैले टिभीलाई खाएँ,

मैले रेडियोलाई खाएँ,

मैले चिट्ठीको त नामाेनिशान छाडिन।


म मोबाइल हुँ,

मैले किताबलाई खाएँ,

मैले पढाइलाई खाएँ,

मैले मान्छेकाे समयलाई खाएँ,

मैले क्याल्कुलेटरलाई खाएँ।


म मोबाइल हुँ,

म धेरै सानो छु तर पनि ठुलो पर्दावाला फिल्म हललाई खाएँ,

मैले टर्च लाइटलाई खाएँ,

मैले टेप रेकर्डरलाई खाएँ,

मैले क्यासेट र सिडिलाई खाएँ,

मैले धेरै कलाकारहरुकाे पेशालाई खाएँ ,

मैले क्यामेरालाई खाएँ,

मैले गल्ली-गल्लीमा खेलिने खेललाई खाएँ।


म मोबाइल हुँ,

मैले बच्चाको बालापनलाई खाएँ,

मैले जवानको जवानीलाई खाएँ,

मैले मानिसहरूकाे अनमाेल समयलाई खाएँ,

मैले धेरैकाे घरबार खाएँ,

मैले बाजेबज्यैको कथालाई खाएँ।


म मोबाइल हुँ,

ममा ज्ञानको भण्डार छ,

तर पनि प्रयोग ध्यानसँग गर्नु, मैले तिम्रो निद-हरण गरिदिन सक्छु,

मैले तिम्रो हाेश उडाइदिन सक्छु,

उस्तै परे आँखाको नानी गुमाइदिन्छु।


म मोबाइल हुँ,

न म तिम्रो कसरत गर्ने समय राख्छु, 

न त तिम्रो खेल्ने समय नै राख्छु,

यहाँसम्म कि म तिम्रो काम गर्ने शक्ति आधाभन्दा बढी खाइदिन्छु,

हो म मोबाइल हुँ,

यसैले मेरो प्रयोग हाेशियारी पुर्वक गर्नु।


म मोबाइल हुँ,

मैले तिम्रो बाइबल पढ्ने समयलाई खाएँ,

मैले तिम्रो प्रार्थनाकाे समयलाई खाएँ,

मैले तिम्रो संगति जाने समयलाई खाएँ,

मैले तिम्रो स्वर्ग जाने इच्छालाई पनि खाईदिएँ,

मैले अनन्त मुक्तिकाे सुसमाचार सुनाउन जाने समयलाई खाएँ,

यदि समयमै विचार गरेनौं भने तिमीलाई नरकमा लान सक्ने क्षमता मसँग छ,

किनकि मेरै कारणले नरक गएकाहरू अनगिन्ती छन।


* के तपाईंले माेबाइलकाे आवाजलाई सुन्नु र बुझ्नु भयाे?


यसकारण लेखिएको छ,

“तर जति कुरा मेरो निम्ति लाभदायक थिए, ती त मैले ख्रीष्टको खातिर हानि नै ठानें। 

साँच्चै भन्ने हो भने ख्रीष्ट येशू मेरा प्रभुलाई चिन्न पाउने अमूल्य कुराको तुलनामा सबै कुरालाई म हानि नै ठान्दछु। ख्रीष्टलाई प्राप्त गर्न सकूँ भनेर उहाँको निम्ति मैले सबै कुराको नोक्सानी भोगेको छु, अनि ती सबैलाई फोहोर-मैला तुल्य म गन्दछु।” [फिलिप्पी 3:7-8]

Thursday, November 16, 2023

उत्पत्ति र प्रकाशकाे बिचमा अचम्मको समानता



1. उत्पत्ति, बाइबलकाे पहिलो पुस्तक हाे।

    प्रकाश, बाइबलकाे अन्तिम पुस्तक हाे।

2. पृथ्वी सृष्टि गरियाे। (उत्पत्ति 1:1)

    पृथ्वी नाश गरियो। (प्रकाश 21:1)

3. शैतानको पहिलो विद्रोह (उत्पत्ति 3 अध्याय)

    शैतानको अन्तिम विद्रोह (प्रकाश 20:3, 7-10)

4. सूर्य, चन्द्रमा र ताराहरू, पृथ्वीलाई चलाउन या प्रकाश दिनकाे लागि सृष्टि गरियाे। (उत्पत्ति 1:14-16)

   सूर्य, चन्द्रमा र ताराहरू, पृथ्वीको न्यायसँग जोडिएको छ। (प्रकाश 6:13, 8:12, 16:8)

5. दिनमाथि प्रभुत्व गर्न सूर्य बनाईयाे। (उत्पत्ति 1:16)

    सूर्यको आवश्यकता पर्दैन। (प्रकाश 21:23)


6. रातलाई अँध्यारो भनियो। (उत्पत्ति 1:5)

    त्यहाँ रात हुनेछैन। (प्रकाश 22:5)

7. पानीलाई समुद्र भनियो। (उत्पत्ति 1:10)

   कुनै समुद्रहरू हुनेछैनन। (प्रकाश 21:1)

8. पृथ्वीको सिचाइकाे लागि नदी बनाइयो। (उत्पत्ति 2:10-14)

    नयाँ पृथ्वीको लागि एउटा नदी हुनेछ। (प्रकाश 22:1-2)

9. मानिस परमेश्वरकाे प्रतिरूप हो। (उत्पत्ति 1:26)

   शैतानले मानिसकाे टाउको जस्तो एक रूप लिएको छ। (प्रकाश 13 अध्याय)

10. पापको प्रवेश भयो। (उत्पत्ति 3 अध्याय)

     पापको अन्त्य भयाे। (प्रकाश 21:22)


11. श्राप घाेषणा गरियो। (उत्पत्ति 3:14,17)

      कुनै श्राप हुनेछैन। (प्रकाश 22:3)

12. मृत्युकाे प्रवेश भयाे। (उत्पत्ति 3:19)

      कहिल्यै मृत्यु हुनेछैन। (प्रकाश 21:4)

13. करूबहरू, पहिलाे पटक मानिसको सम्बन्धमा उल्लेख गरिएको छ। (उत्पत्ति 3:24)

     करूबहरू, अन्तिम पटक मानिसको सम्बन्धमा उल्लेख गरिएको छ। (प्रकाश 4:6)

14. मानिसलाई अदनकाे बगैंचाबाट निकालियाे। (उत्पत्ति 3:24)

     मानिस पुनर्स्थापित भयाे। (प्रकाश 22 अध्याय)

15. जीवनको रूखको पहरा लगाईयाे। (उत्पत्ति 3:24)

     जीवनको रूखमा अधिकार दिईयाे। (प्रकाश 22:14)


16. पृथ्वीमा दु:ख र पीडाकाे प्रवेश हुन्छ। (उत्पत्ति 3:17)

      अब कुनै दु:ख र पीडा हुनेछैन। (प्रकाश 21:4)

17. मानिसले आनन्दको लागी परमेश्वर बाहेक धर्म, कला र विज्ञानकाे सहारा लिन्छ। (उत्पत्ति 4 अध्याय)

    मानिसको धर्म, विलासिता, कला र विज्ञान, तिनीहरूको पूर्ण महिमामा परमेश्वरद्वारा न्याय र नष्ट गरियो। (प्रकाश 18 अध्याय)

18. निम्रोद, एक ठुलो विद्रोही र राजा, गुप्त परमेश्वर विरोधी, र बेबिलोनका संस्थापक थिए। (उत्पत्ति 10:8-9)

     पशु, ठुलो विद्रोही, एक परमेश्वर विरोधी राजा प्रकट, बेबिलोनको पुनरुत्थान (प्रकाश 13:18)

19. दुष्ट पुस्तालाई नष्ट गर्न परमेश्वरबाट बाढी आयो। (उत्पत्ति 6-9 अध्याय)

     चुनिएको पुस्तालाई नष्ट गर्न शैतानबाट बाढी आयाे। (प्रकाश 11:2)

20. मेघ-धनुष, पृथ्वीसँगको परमेश्वरको करारको प्रतीक (उत्पत्ति 9:13-14, 16)

     मेघ-धनुष, पृथ्वीसँगको उहाँको करार परमेश्वरले सम्झना गर्नुभएको संकेत (प्रकाश 4:3, 10:1)


21. सदोम र मिश्र, भ्रष्टाचार र प्रलोभनको ठाउँ (उत्पत्ति 10:19)

 सदोम र मिश्र फेरि, आत्मिक रूपमा यरूशलेमको प्रतिनिधित्व गर्दै (प्रकाश 11:8)

22. अब्राहामको विरुद्ध एकमत भएर आएका मानिसहरूलाई परास्त भए। (उत्पत्ति 14 अध्याय) 

    अब्राहामको सन्तानको बिरूद्ध एक समुह खडा भए र तिनीहरू परास्त भए। (प्रकाश 12 अध्याय)

23. पहिलो आदमको विवाह (उत्पत्ति 2:18-23)

     अन्तिम आदमको विवाह (प्रकाश 19 अध्याय)

24. एउटी दुलही अब्राहामको छोरा (इसहाक) को लागी खोजी र भेटियो। (उत्पत्ति 24 अध्याय)

     दुलही तयार गरी अब्राहामको पुत्रकहाँ ल्याइयो। (प्रकाश 19:9) (मत्ती 1:1 हेर्नुहोस)

25. उहाँका मानिसहरूको तर्फबाट परमेश्वरको लागि काम गर्ने दुई स्वर्गदूतहरू (उत्पत्ति 19 अध्याय)

    उहाँका मानिसहरूको तर्फबाट परमेश्वरको लागि काम गर्ने दुई साक्षीहरू (प्रकाश 11 अध्याय)


26. प्रतिज्ञा गरिएको सन्तानले आफ्ना शत्रुहरूको ढोका कब्जा गरे। (उत्पत्ति 22:17)

    प्रतिज्ञा गरिएको बीउ (स्त्रीकाे सन्तान) ले शत्रुहरूलाई कब्जा गर्न आउँदैछ। (प्रकाश 11:18)

27. मानिसको प्रभुत्व समाप्त भयो, र शैतानको सुरु भयो। (उत्पत्ति 3:24)

     शैतानको शासन समाप्त भयो र मानिसको पुनर्स्थापना भयो। (प्रकाश 22 अध्याय)

28. पुरानो सर्पले पाप, कष्ट र मृत्यु निम्त्याउँछ। (उत्पत्ति 3:1)

     पुरानो सर्प 1000 वर्षको लागि बाँधियाे। (प्रकाश 20:1-3)

29. पुरानो सर्पको विनाशकाे श्राप दिईयाे। (उत्पत्ति 3:15)

      पुरानो सर्पको विनाश कार्यान्वयन भयाे। (प्रकाश 20:10)

30. सूर्य, चन्द्रमा र ताराहरू इजरायलसँग सम्बन्धित छन। (उत्पत्ति 37:9)

     सूर्य, चन्द्रमा र ताराहरू, इजरायलसँग पुन: सम्बन्धित छन।(प्रकाश 12 अध्याय)


यसकारण लेखिएको छ,
“सर्वप्रथम तिमीहरूले यो बुझ्नुपर्दछ, कि पवित्रधर्मशास्त्रको कुनै अगमवाणी व्यक्तिगत व्याख्याको विषय होइन।
किनकि मानिसको इच्छाबाट कुनै अगमवाणी आएन, तर पवित्र आत्माबाट प्रेरणा पाएर मानिसहरूले परमेश्वरको तर्फबाट बोलेका हुन।” [2 पत्रुस 1:20-21]




Sources :

1. https://torahlifeministry.com/blog/item/316-star-wars-genesis-and-revelation.html

2. https://www.slideserve.com/kimo/the-revelation-of-jesus-christ

3. https://www.slideshare.net/RhemaJoy2/book-of-revelationpptx


Wednesday, November 15, 2023

अविनाशी बाइबल

 



1. “नवौँ महिना थियो, यसैले राजा हिउँदमा बस्ने कोठामा बसिरहेका थिए। तिनको अगि मकलमा आगो बलिरहेको थियो।
जब यहूदीले तीन-चार खण्ड पढ़िसक्थे, तब राजाले कागत काट्ने चक्कूले ती काटेर मकलमा हालिदिन्थे। त्यो जम्मै पत्रको मुट्ठो मकलमा भस्म नभएसम्म तिनले त्यसो गर्दैरहे।” (यर्मिया 36:22-23)
[यर्मिया भविष्यवक्ताले गरेको भविष्यवाणी मन नपेरकाे कारण यहुदाका राजा यहाेयाकिमले परमेश्वरकाे वचनकाे मुठ्ठाेलाई आगोमा हालेर जलाईदिए। केही समयपछि यहुदा राज्यका सबै राजाहरू मरेर गए, र त्याे सम्पुर्ण राज्य नै 70 बर्षकाे निम्ति बेबिलाेन साम्राज्यकाे दासत्वमा गए, तर परमेश्वरकाे वचन बाइबल आजसम्म जीवित छ।]

2. “मैले ख्रीष्टियन रचनाहरूलाई पृथ्वीकाे धरातलबाट निमिट्यान्न पारिदिएकाे छु।”
- डायाेक्लिसन, राेमी सम्राट [शासनावधि 284 - 305 A.D.]
रोमी साम्राज्यको बेलामा एक पटक पूरै बाइबल नष्ट भइसकेको थियो भनेर सम्राट्लाई प्रतिवेदन दिइयो। तर लगभग 300 वर्षको लामो कठोर सतावट र विरोधपछि सम्पूर्ण रोमी साम्राज्य नै बाइबलमाथि विश्वास गर्ने साम्राज्य बन्न पुग्यो।

3. “सम्राटको एउटा पत्र जताततै बाँडियो जसमा मण्डली भवनहरू भत्काइनुपर्ने, धर्मशास्त्रहरू नष्ट गरिनुपर्ने आज्ञा दिइएको थियो। साथै, ख्रीष्टियान धर्ममा लागिरहेका दाबी गर्नेहरू जो उपल्लो दर्जाका हुन, तिनीहरूले सबै नागरिक अधिकार गुमाउनेछन र तिनीहरू सबै स्वतन्त्रताबाट वञ्चित हुनेछन भनी घोषणा गरियो।”
- एस.एल. ग्रीनस्लेड [बाइबलबारे क्याम्ब्रिज इतिहासका सम्पादकसाथै प्राध्यापक]

4. “आजदेखि पचास वर्षभित्र बाइबल थाेत्रो वस्तु ठहरिनेछ, अनि बिर्सिइनेछ।”
- थाेमस पेइन, “एज अफ रिजन”
[उनले जुन छापा खानामा त्याे किताब छपाए त्यही छापाखानामै पछि हजारौं बाइबल छापिए।]

5. “म मरेको सय वर्षपछि बाइबल भनिने पुस्तक एउटा सङ्ग्रहलयमा राखिनको लागि मात्र जोगिनेछ।”
“बाह्रजना बुद्दु मछुवाले सुरु गरेको ख्रीष्टियान धर्मलाई फ्रान्सको एउटा मान्छेले उखेल्नेछ। पचास वर्षपछि बाइबल पढ्ने कोही हुनेछैन।”
- भोल्टेयर, फ्रेञ्च नास्तिक दर्शनशास्त्री
[अचम्मको कुरा, तिनी मरेपछि तिनको निवासस्थान नै यूरोपभरि बाइबल वितरण गर्ने केन्द्र बन्यो। पचास वर्षपछि बाइबल पढ्नेहरू झन बेसी भए।]

6. नास्तिकवादी रोबर्ट इङ्गरसोलले एकपटक यस्तो अभिव्यक्ति दिएर घमण्ड गरेका थिए, “पन्ध्र वर्षभित्रमा म बाइबललाई मुर्दा पुऱ्याइदिनेछु।” कस्तो अचम्म! पन्ध्र वर्ष भित्रमा इङ्गरसोल मुर्दा घरमा लगिए, तर बाइबल सधैं बाँचिरहेको छ।

7. “अङ्ग्रेजी बाइबललाई उन्मूलन गर्नका लागि रोमानाइजर्सहरू [रोमीहरूको जस्तै चरित्र बनाउन खोज्नेहरू] द्वारा कडा प्रयास गरिए। ख्रीष्टाब्द १५४३ मा राजकीय अनुमतिविना सभामा धर्मशास्त्र पढ्न नपाइने र टेन्डेलको संस्करणको प्रयोग पूर्णतः निषेध गर्नुपर्ने घोषणा गरियो।”
- नेउम्यान

8. “दुई हजार वर्षसम्म बाइबलप्रति भएको मानिसको घृणा दृढ, निर्णीत, निष्ठुर र घातक छ। बाइबलको प्रेरणा र अधिकारमाथि भएको विश्वासलाई कमजोर पार्नका लागि हरेक सम्भाव्य प्रयास गरिएको छ र यसको विस्मृतीका लागि अनगिन्ती हिम्मत गरिए। बाइबलको प्रत्येक प्रति नष्ट गरिनुपर्छ भन्ने सम्राट्का उर्दीहरू निकालिए र परमेश्वरको वचनलाई निर्मूल पार्न जब त्यो असफल भयो तब धर्मशास्त्र भएको प्रत्येक व्यक्ति मारिनुपर्छ भन्ने आज्ञाहरू निकालिए।”
- पिङ्क

9. “नास्तिकहरूले यस पुस्तकलाई अठार शताब्दीहरूसम्म खण्डन गर्दै र ढलाउँदै आएका छन र पनि यो आजपर्यन्त चट्टानजस्तै अटल भई खडा छ। यसको प्रचार र वितरण बढ्दो छ, र यसलाई पहिले कहिल्यै नगरे जसरी आज पनि प्रेम गरिन्छ, पोषण गरिन्छ र पढिन्छ। ...यदि यो पुस्तक परमेश्वरको पुस्तक नभएको भए मानिसहरूले यसलाई धेरै अधि नष्ट पारी सक्थे। बादशाहहरू र पोपहरू, राजाहरू र पूजारीहरू, राजकुमारहरू र शासकहरू सबैले त्यो कोसिस गरिसके। ती सबै मरेर गए, पुस्तक चाहिँ अझै जीवित छ।”
- एच. एल. हेस्टिंग्स

10. “हजारौं पटकभन्दा पनि बढी बाइबलको मृत्युमा घण्टी बजेको आवाज सुनिएको छ, शवयात्राको तयारी गरियो, चिहानको ढुङ्गोमा अक्षरहरू कुँदिए, र गाड्न लैजाने आधिकारिक कुराहरू पूरा भएको छ। तर कुनै किसिमले शव गाडिएको छैन। यो पुस्तकझैँ कुनै अर्को पुस्तक यसरी काटिएको छैन, चक्कू रोपिएको छैन, छानबीन गरिएको छैन, नकारिएको छैन। प्राचीन वा आधुनिक समयका दर्शन, धर्म वा मनोविज्ञानसम्बन्धी कुनचाहिँ पुस्तकले बाइबलजस्तो यति ठूलो र व्यापक आक्रमणको सामना गर्नुपरेको छ? त्यति ठूलो विद्वेष र संसयवादले? त्यति पूर्णता र विद्वतामा? एक-एक अध्याय, अक्षर र मतमाथि? यति हुँदाहुँदै बाइबललाई अझै लाखौंले प्रेम गर्छन, लाखौंले पढ्छन र लाखौंले अध्ययन गर्छन।”
- बर्नार्ड र्‍याम


यसरी इतिहासभरि साम, दाम, दण्ड, भेद लगाएर परमेश्वरको वचन बाइबललाई मेटाउने अनगिन्ती मानवीय प्रयास भए तापनि आजसम्म सगरमाथाझैँ स्थिर छ। यतिमात्र हाेईन, आज बाइबल बिश्वकाे सबैभन्दा बढी पढिने, सबैभन्दा बढी बिक्रीवितरण हुने, सबैभन्दा भन्दा बढी भाषामा अनुवाद भएको पुस्तककाे रूपमा नम्बर 1 मा छ। यसर्थ बाइबललाई पुस्तकहरूकाे राजा पनि भनिन्छ। बाइबल ईश्वरीय वचन भएको कारणले याे सबै सम्भव भएको हाे, मानवीय उत्पादन भएको भए पहिल्यै नष्ट भएर गईसक्ने थियोे।


तापनि आजको दिनमा पनि केही व्यक्ति या समुहहरूले बाइबललाई मेटाउने दिवा-स्वप्न देखिरहेका छन। उनीहरूले एकपटक इतिहास पल्टाएर हेरून, बाइबललाई मेटाउन खाेज्नेहरू स्वयं सबै मेटिएर गए, तर बाइबल पुस्तकहरूकाे राजाको रूपमा सधै खडा थियाे, छ र रहिरहनेछ। 


* यसैले परमेश्वरको वचन बाइबल एउटा फलामकाे लिही जस्तै हाे, जसले धेरै हतौडाहरूलाई कुच्चाएर काम नलाग्ने बनाई दिएको छ!

यसकारण लेखिएको छ,
“घाँस ओइलाउँछ, फूलहरू झरिहाल्छ, तर हाम्रा परमेश्वरको वचन सधैँभरि अटल रहनेछ।” [यशैया 40:8]

“जसरी वृष्टि र हिउँ आकाशबाट झर्छ र त्यतैतिर फर्केर जाँदैन, तर जमिनलाई भिजाएर बाली उमार्छ, र छर्नेलाई बीउ र खानेलाई भोजन दिन्छ,
त्यसरी नै मेरो मुखबाट निस्कने मेरो वचन पनि हुनेछ। त्यो मकहाँ व्यर्थै फर्कनेछैन, तर मैले इच्छा गरेको काम त्यसले पूरा गर्नेछ, र जुन कामको निम्ति म त्यसलाई पठाउँछु, त्यसमा त्यो सफल हुनेछ।” [यशैया 55:10-11]

“हे परमप्रभु, तपाईंको वचन सनातन र अनन्त छ, आकाशमा त्यो स्थिर रहन्छ।
तपाईंको विश्वसनीयता सबै पुस्तासम्म रहन्छ। तपाईंले पृथ्वी स्थापित गर्नुभयो, अनि त्यो स्थिर छ।
तपाईंका विधानहरू आजको दिनसम्म स्थिर छन, किनकि सबै थोकले तपाईंको सेवा गर्छन।” [भजनसंग्रह 119:89-91]

Tuesday, November 14, 2023

उत्पत्तिकाे पुस्तक Vs. प्रकाशकाे पुस्तक

 



1. सूर्य बनाइएको छ।  उत्पत्ति 1:3
सूर्य हटाइयो।  प्रकाश 22:5
2. श्राप आयो।  उत्पत्ति 3:17
श्राप हटाइयो।  प्रकाश 22:5
3. शैतान देखियो।  उत्पत्ति 3:1
शैतानलाई आगोको झिलमा फालियो।  प्रकाश 22:10
4. पाप प्रवेश गर्छ।  उत्पत्ति 3:6
कुनै अपवित्रता छैन।  प्रकाश 21:27
5. आदमलाई जीवनको रूखबाट हटाइयो।  उत्पत्ति 3:23
जीवनको रूख दिइएको छ।  प्रकाश 22:2
6. स्वर्गलाेक हरायो।  उत्पत्ति 3:24
स्वर्ग प्राप्त भयो।  प्रकाश 21:1-4
7. शैतानको विजय।  उत्पत्ति 3:6
शैतानको हार।  प्रकाश 20:10

बाइबलकाे पुस्तकहरूकाे बिचमा याे कस्तो अचम्मको तालमेल, क्रमबद्दता! याे कुनै संयाेग हाेईन, तर सृष्टिकर्ता परमेश्वरकाे आत्माले प्रेरणा पाएको पुस्तक भएको कारणले सम्भव भएको हाे। मानवीय दिमागले यस्तो किसिमको पुस्तक रचना गर्नु असम्भव छ।

*के संसारमा कतै यस्तो अद्भुत पुस्तक पाईन्छ र?
*के बाइबल परमेश्वरकाे वचन हाेईन र?

यसकारण लेखिएको छ,
“आहा! परमेश्वरको वैभव र बुद्धि र ज्ञान कति गहिरो! उहाँका इन्साफहरू कति अगम र उहाँका मार्ग बुझ्न नसकिने!
किनभने प्रभुको मनलाई कसले जानेको छ? अथवा उहाँको सल्लाहकार को भएको छ?
अथवा, कसले उहाँलाई कुनै उपहार दिएको छ र परमेश्वरले उसलाई फिर्ता दिनुपरोस?
किनकि सबै थोक उहाँबाट, उहाँद्वारा र उहाँकै निम्ति हुन। उहाँलाई नै सदासर्वदा महिमा होस। आमेन।”
[राेमी 11:33-36]

Monday, November 13, 2023

किन कसैले बाइबलमा विश्वास गर्नुपर्छ ?


बाइबलमा विश्वास गर्ने १० कारणहरू :

 बाइबल साँच्चै परमेश्वरको वचन हो, भन्न धेरै प्रमाणहरू छन। हामी यसलाई जीवनको माध्यमबाट डोऱ्याउन र अनन्तताको लागि तयार पार्न विश्वास गर्न सक्छौं। बाइबल अन्य सबै धार्मिक पुस्तकहरू भन्दा अद्भुत रूपमा फरक छ। कुनै पनि अन्य पुस्तकमा निम्न दस विशेषताहरू छैनन:


 1. यसको ईश्वरीय उत्पत्तिमा अद्वितीय

 बाइबल लेखकहरूले दावी गरे कि तिनीहरूका लेखहरू ईश्वरबाट प्रेरित थिए। “पवित्र आत्माबाट प्रेरणा पाएर मानिसहरूले परमेश्वरको तर्फबाट बोलेका हुन।” तिनीहरूले परमेश्वरको लागि बोलेको दाबी गरे। बाइबलमा “परमप्रभु भन्नुहुन्छ” भन्ने शब्द लगभग 500 पटक उल्लेख गरिएकाे छ। त्यस्ता दावीहरूको साथमा, बाइबलले शुद्धताको लागि उच्चतम स्तर पूरा गरेकाे छ। (२ तिमोथी ३:१६; २ पत्रुस १:२१)।


 2. यसको एकता र सद्भावमा अद्वितीय

 परमेश्वरले 1,500 वर्ष भन्दा बढी, 3 महाद्वीपहरूमा, बाइबलका 66 पुस्तकहरू लेख्नको लागि जीवनका सबै क्षेत्रहरूबाट 40 विभिन्न लेखकहरूलाई नियुक्त गर्नुभयो। उत्पत्तिदेखि प्रकाशसम्म, लेखकहरू सत्य र सद्भावमा एकताबद्ध छन, ताकि प्रभु येशू ख्रीष्टको प्रायश्चित मार्फत मानिसको परमेश्वरको छुटकाराको बारेमा जटिल याेजना प्रकट हाेस।


 3. यसको प्रभाव र लोकप्रियतामा अद्वितीय

 अन्य कुनै पुस्तकले समाज र संस्कृतिलाई यति प्रभावशाली प्रभाव पारेको छैन वा जीवनलाई यति नाटकीय रूपमा परिवर्तन गरेको छैन। बाइबल इतिहासमा सबैभन्दा बढी प्रसारित पुस्तक हो। यो कुनै पनि अन्य पुस्तकभन्दा धेरै मानिसहरू द्वारा पढिएको र अध्ययन गरिएको छ र उद्धृत गरिएको छ। यो अहिलेसम्मको सबैभन्दा अनुवादित पुस्तक हो - 2454 भाषाहरूले विश्वको 98% जनसंख्यालाई समेट्छ।


 4. यसको प्रसारणको विश्वसनीयतामा अद्वितीय

 1948 मा एक गोठालोले मृत सागर नजिक सबै समयको सबैभन्दा ठूलो पाण्डुलिपि खोज गरे। सम्पूर्ण पाण्डुलिपिहरू फेला परे जुन 2000 वर्ष पहिले प्रतिलिपि गरिएको थियो र अनिवार्य रूपमा हाम्रो आधुनिक प्रतिलिपिहरू जस्तै थियो, उनीहरूलाई असाधारण सटीकताका साथ धेरै शताब्दीहरूमा प्रसारित गरिएको थियो।


 5. यसको अविनाशीतामा अद्वितीय

 बाइबलले हजारौं संदिग्धहरूको गहन छानबिनको सामना गरेको छ र सम्राटहरू, राजाहरू र तानाशाहहरूको निरन्तर आक्रमणबाट बच्न सफल भएको छ। तिनीहरू सबै यसको सन्देश नष्ट गर्ने प्रयासमा असफल भए। परमेश्वरको वचन सधैंभरि खडा हुनेछ!


 6. मुक्तिको सन्देशमा अद्वितीय

 बाइबलले परमेश्वरको मुक्तिको एक मात्र बाटो बताउँछ। उहाँ प्रभु येशू ख्रीष्टमा मात्र विश्वासद्वारा उहाँको अनुग्रहको निःशुल्क उपहारको रूपमा स्वर्गमा क्षमा र अनन्त जीवन प्रदान गर्नुहुन्छ। अन्य सबै धार्मिक पुस्तकहरूले मानिसले काम, धार्मिक अनुष्ठान र कानून पालन मार्फत मुक्ति पाउन योग्य हुनै पर्छ भनी घोषणा गर्दछ।


 7. यसको ऐतिहासिक र भौगोलिक सटीकतामा अद्वितीय

 पुरातत्वविदहरूले बाइबलमा वर्णन गरिएका पुरातन मानिसहरू, ठाउँहरू र संस्कृतिहरूको प्रमाणहरू पत्ता लगाउन जारी राख्छन। लगभग हरेक खोजले धर्मशास्त्रलाई सत्य साबित गरेको छ। इजरायल भ्रमण गर्ने मानिसहरूको विश्वास उनीहरूले अनुभव गरेको कुराबाट पुष्टि हुन्छ।


 8. यसको नायकहरूको पीडादायी इमानदार अभिलेखहरूमा अद्वितीय 

 बाइबलले मोशा (व्यवस्था दिने) एक हत्यारा थिए, दाऊद इजरायलको सबैभन्दा प्रिय राजा र आध्यात्मिक नेता थिए, तर उनी एक व्यभिचारकर्ता पनि थिए, पावल पापीहरूमध्ये सबैभन्दा प्रमुख थियो, र पत्रुस प्रभु येशूलाई धोका दिने व्यक्ति थिए भनी बताउँछ। यदि बाइबल मानवीय उत्पादन थियोे भने उनीहरूका गल्तीहरू कहिल्यै उल्लेख गरिने थिएनन। बाइबलमा मानिसहरू र उनीहरूकाे गल्ती र पापहरू उल्लेख गरियो र सारा महिमा परमेश्वरलाई दिईएकाे छ।


 9. वैज्ञानिक शुद्धता मा अद्वितीय

 आधुनिक प्रविधिले ब्रह्माण्डका रहस्यहरू खोल्न जारी राख्छ, जुन हजारौं वर्ष पहिले धर्मशास्त्र बाइबलमा रेकर्ड गरिएको थियो। ब्रह्माण्डको सृष्टि गर्नुहुने र त्यसलाई नियमन गर्ने नियमहरू चलाउनुहुने ईश्वर त्यही ईश्वर हुनुहुन्छ जसले लेखकहरूलाई यी मनमोहक रहस्यहरू रेकर्ड गर्न प्रेरित गर्नुभयो।


 10. यसको भविष्यवाणीमा अद्वितीय

 बाइबलले मसीह, इजरायल, राष्ट्रहरू र सहरहरूको बारेमा विशेष विवरणहरू भविष्यवाणी गर्ने 2500 भन्दा बढी भविष्यवाणीहरू समावेश गर्दछ। 2000 भविष्यवाणीहरू पहिले नै त्रुटि बिना पूरा भएको छ। जब बाइबल लेखिएको थियो यसको 30% भविष्यवाणीहरूले भरिएको थियोे।


 बाइबल धेरै अचम्मको छ! यसले जहाँ छल छ त्यहाँ सत्य, जहाँ अज्ञानता छ त्यहाँ समझ, जहाँ शंका छ त्यहाँ विश्वास, जहाँ भ्रम छ त्यहाँ व्यवस्था र जहाँ अन्धकार छ त्यहाँ उज्यालो ल्याउँछ।  मानिसले भनेको कुरामा विश्वास गर्नुको सट्टा, परमेश्वरले भन्नुहुन्छ, हामी सीधै परमेश्वरले भन्नुभएको कुरामा जान सक्छौं।

Sunday, November 12, 2023

परमेश्वरको स्थायी वचन

 



 बाइबलमा परमेश्वरका पहिलो रेकर्ड गरिएका शब्दहरू यी हुन, “उज्यालो होस” (उत्पत्ति १:३)। अन्धकारको संसारमा परमेश्वरको वचनले उज्यालो ल्यायो।


 बाइबलमा शैतानको पहिलो रेकर्ड गरिएका शब्दहरू यी हुन, “के परमेश्वरले साँच्चै भन्नुभएको छ?” (उत्पत्ति ३:१)। मानव इतिहासको सुरुदेखि नै शैतानले परमेश्वरको वचनमाथि प्रश्न उठाएको छ। 


 आदम र हव्वाको पापमा निम्त्याउने शैतानको छलको परिणामको रूपमा, संसार फेरि अन्धकारको अवस्थामा झर्यो। आत्मिक अन्धकार। र अझै पनि इतिहासले देखाएको छ कि जब परमेश्वरको वचन परिचय हुन्छ, यसले प्रकाश ल्याउँछ। 


 शैतानका रणनीतिहरू अन्तहिन छन। उसले आज पनि परमेश्वरको वचनमाथि प्रश्न उठाउँछ। बाइबलको स्पष्ट अद्भुत प्रकृतिको बावजुद, आलोचकहरूले यसलाई अविश्वसनीय, असान्दर्भिक र अप्रासंगिक भनी खारेज गर्छन।


 आलोचकहरूको आक्रमणको बावजुद, परमेश्वरको वचन युगको बुद्धिको रूपमा खडा छ। हामी रोमदेखि बेबिलोनसम्मका विभिन्न स्थानहरूबाट 1,600 वर्षको अवधिमा 40 लेखकहरूले लेखेका 66 पुस्तकहरूको बारेमा कुरा गर्दैछौं। पुस्तक (वा पुस्तकहरूको संग्रह) ले छुटकाराको निरन्तर विषयवस्तु राख्छ। मानव यन्त्रहरूद्वारा प्रेरणाको निर्देशनमा लेखिएको भए तापनि बाइबल स्वयं पवित्र आत्माको उत्पादन हो (२ तिमोथी ३:१६; २ पत्रुस १:२१)।


 दुष्ट आत्माहरूद्दारा प्रेरित क्रुसका शत्रुहरूले बाइबलमा आफ्नो आक्रमण बढाउँदै जाँदा, डा. डी. जेम्स केनेडीका यी शब्दहरूबाट प्रोत्साहित हुनुहोस:


“हे शत्रु हातहरू आफ्नो हथौडा हटाऊ; तिम्रो हथौडा भाँचियो, परमेश्वरकाे लिही खडा छ!

शताब्दीहरूले शताब्दीहरू पछ्याउँछन, तर यो त्यहाँ खडा हुन्छ;

राजवंशपछि राजवंश आए, तर यो त्यहाँ खडा छ;

राजाहरूलाई मुकुट लगाइन्छ र परास्त गरिन्छ, तर त्यो त्यहाँ खडा हुन्छ।

तिरस्कार गरियो र टुक्रा-टुक्रा पारियो, तर त्यो त्यहाँ खडा हुन्छ;

घृणाको आँधी यसको बारेमा घुम्छ, तर यो त्यहाँ खडा हुन्छ;

अज्ञेयवादीहरू निन्दनीय रूपमा मुस्कुराउँछन, तर त्यो त्यहाँ खडा हुन्छ;

त्‍यसको विरुद्धमा क्रोधका गर्जनहरू गुञ्जन्छन, तर त्‍यो त्‍यहाँ उभिएको छ।

त्‍यसमुनि ज्‍वाला बलेको छ, तर त्‍यहाँ उभिएको छ।

घृणाका तीरहरू त्‍यसमाथि फ्‍याँकिएका छन, तर त्‍यहाँ उभिएको छ।

समयको दाँतले टोक्छ र खाल्डो बनाउँदैन, र त्यो त्यहाँ खडा हुन्छ।

एउटा लिही जसमा लाखौं हथौडाहरू भाँचिएको छ:

शत्रु हातहरू हटाऊ। तिम्रो हथौडा भाँचियो, परमेश्वरकाे लिही खडा छ!”


यसकारण लेखिएको छ,

किनकि, “सबै प्राणी घाँसजस्तै हुन र तिनका सबै गौरव घाँसका फूलजस्ता। घाँस ओइलाउँछ, र फूल झरिहाल्छ, 

तर प्रभुको वचन सदासर्वदा रहिरहन्छ।” अनि तिमीहरूलाई प्रचार गरिएको सुसमाचारको वचन यही हो।

[1 पत्रुस 1:24-25]


Source :

http://www.riveroflifeblog.com/pastor-todd-westons-blog/gods-enduring-word

Saturday, November 11, 2023

परमेश्वरकाे लिही



“प्रहार गर, प्रहार गर, हे विरोधी समुहहरू, 

तिम्रा हथौडाहरू भाँचिनेछन, तर परमेश्वरकाे लिही सधै खडा रहिरहनेछ!”


केही वर्ष पहिले मैले ए. पी. जोन्सको गवाही पढेको थिएँ, पहिलो विश्व युद्धका सिपाही जसले ख्रीष्टलाई भेट्टाए। युद्धपछि उनले “तपाईं कहाँ हुनुहुन्छ?” भन्ने एउटा सानो सुसमाचार पुस्तिका उत्पादन गरे। त्यसमा एउटा पद थियो, जुन मलाई विशेष मन पर्यो...

“प्रहार गर, प्रहार गर, हे विरोधी समुहहरू, 

तिम्रा हथौडाहरू भाँचिनेछन, तर परमेश्वरकाे लिही सधै खडा रहिरहनेछ!”


हथौडाहरू तोड्ने लिही! परमेश्‍वरको वचनले शंका गर्ने र यसका शिक्षाहरूलाई अस्वीकार गर्ने र विरोध गर्नेहरूलाई अलमल्लमा पार्न जारी राख्छ।


बाइबल एउटा लिही हो जसलाई धेरैले तोड्न खोज्छन, तर वास्तवमा त्यहाँ कुनै प्रतिद्वन्दी छैन - बाइबल, परमेश्वरको वचन परमेश्वरको पवित्रताको स्वर्गीय भट्टीमा बनाइएको थियो।


गुप्त रहस्यको पुस्तक, जुन परमेश्वरले उहाँको सामु नम्र हुनेहरूलाई प्रकट गर्नुहुन्छ, एक जीवित वचन जसले येशू ख्रीष्टद्वारा लाखौंलाई आशा र मुक्ति ल्याउँछ, यसका शिक्षाहरू पालन गर्नेहरूकाे निम्ति अनगिन्ती आशिषहरू राखिएका छन... परमप्रभुले हामीलाई एउटा लिही दिनुभएको छ, जाे कहिल्यै टुट्ने छैन!


यसकारण लेखिएको छ,

“हे परमप्रभु, तपाईंको वचन सनातन र अनन्त छ, आकाशमा त्यो स्थिर रहन्छ।” [भजनसंग्रह 119:89]


“स्वर्ग र पृथ्वी बितेर जानेछ, तर मेरा वचन बितेर जानेछैनन।” [मत्ती 24:35]


Source:
https://pictureweekly.com/Godsanvil.html



Thursday, November 9, 2023

उत्पत्तिको वंशावली भित्र लुकेको सुसमाचार

 


बाइबलकाे पहिलो पुस्तक उत्पत्तिकाे पाँच अध्यायमा आदमदेखि नाेआसम्मकाे 10 पीढीकाे वंशावली उल्लेख गरिएको छ।

ती 10 पीढीकाे नाम हिब्रू भाषाकाे नाम हाे, र ती नामकाे गहिरो अर्थ पनि छ। जब हामीले ती नामहरूकाे अर्थलाई उल्था गर्छौं, तब अचम्मको तथ्य प्राप्त गर्छाैँ।

1. आदम - “मानिस”
2. शेत - “नियुक्त” (उत्पत्ति 4:25)
3. एनोश - “मरणशील”
4. केनान - “दुःख”
5. महलालेल - “धन्य परमेश्वर”
6. येरेद - “तल आउनेछ”
7. हनोक - “सिकाउनेछ”
8. मतूशेलह - “उसको मृत्युले ल्याउनेछ”
9. लेमेक - “निराशा”
10. नोआ - “सान्त्वना” र “विश्राम” (उत्पत्ति 5:29)





अब हामी थप अन्तर्दृष्टिसँग वंशावली हेर्न सक्छौं। अनुक्रम: आदम > शेत > एनोश > केनान > महलालेल > येरेद > हनोक > मतूशेलह > लेमेक > नोआ

जब हामीले यी नामकाे अर्थलाई क्रमसँग राख्छौं, तब हामीले नयाँ करारको सुसमाचारकाे साराशंलाई प्राप्त गर्नेछौं।

“मानिसलाई मरणशील र दुःखकाे निम्ति नियुक्त गरिएको छ; [तर] धन्य परमेश्‍वर, तल आउनुहुनेछ, सिकाउँदै, उहाँको मृत्युले, निराशामा परेकाहरूलाई सान्त्वना र विश्राम ल्याउनेछ।”

याे वंशावलीमा नामहरूको अर्थमा लुकेको परमेश्वरको उद्दारकाे अनुग्रहको सुसमाचारको सुन्दर प्रस्तुति हो।

के याे एक संयाेग मात्रै हाे? कदापि हाेईन, तर याे त सर्वज्ञानी परमेश्वरले एक रहस्यकाे रूपमा राख्नुभएको सत्य थियोे। यसैले बाइबल परमेश्वरकाे आत्माकाे प्रेरणाले लेखिएको परमेश्वरकाे वचन हाे।

हामीले सम्पुर्ण बाइबल, सम्पुर्ण पुस्तक र सम्पुर्ण घटनाहरूमा येशू ख्रीष्टलाई प्राप्त गर्न सक्छौं।

यसकारण लेखिएको छ,
“सम्पूर्ण पवित्र-शास्त्र परमेश्वरको प्रेरणाबाट भएको हो, र यो सिकाउनलाई, अर्ती दिनलाई, सच्याउनलाई, धार्मिकतामा तालीम दिनलाई लाभदायक हुन्छ, ताकि परमेश्वरको जन हरेक सुकर्ममा पूर्ण रूपले सुसज्जित भई सिद्ध भएको होस।” [2 तिमाेथी 3:16-17]

“कुनै कुरा गोप्य राख्नुमा परमेश्वरको महिमा हुन्छ, कुनै कुराको खोजी निकाल्नुमा राजाहरूको महिमा हुन्छ।
जसरी स्वर्गहरू उच्च छन र पृथ्वी गहिरो छ, त्यसरी नै राजाहरूका हृदयको खानतलासी गर्न नसकिने हुन्छ।” [हिताेपदेश 25:2-3]

Sources :
1. https://www.khouse.org/articles/1996/44/
2. https://biblical-christianity.com/hidden-messages-in-genesis-5
3. https://reasonsforhopejesus.com/hidden-message-genesis-5/
4. https://readingthebible2020.wordpress.com/2020/04/23/1-chonicles-1-2/

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...