गरूडले सर्पसँग जमिनमा लडाई गर्दैन, तर त्यसले आफ्नाे युद्धको मैदानलाई बदल्छ र सर्पलाई आकाशमा लैजान्छ र त्यसले सर्पलाई आकाशमा छोड्छ।
हावामा सर्पकाे कुनै शक्ति र सन्तुलन हुँदैन। जसरी सर्प मैदानमा शक्तिशाली, चतुर र घातक हुन्छ, त्यसकाे विपरीत आकाशमा कमजोर र सहारा बिहिन हुन्छ।
त्यसरी नै हामी पनि आत्मिक लडाइँ आफ्नाे बल, बुद्धि र धनद्दारा हाेईन तर आत्मामा प्रार्थनाद्दारा लडाैँ। तब परमेश्वरले आत्मिक क्षेत्र तपाईंको कब्जामा गर्नुहुनेछ। यसरी प्रार्थना गरेर आफ्नो लडाईलाई आत्मिक दायरामा लैजानुहोस र जब तपाईं आत्मिक क्षेत्रमा हुनुहुन्छ, तब परमेश्वरले तपाईंको लडाइहरू लिनुहुन्छ।
यसकारण तपाईंले पनि शत्रुकाे आरामकाे क्षेत्र (मासु र रगत) मा रहेर त्यससँग युद्ध न लड्नुहोस, तर गरूडले जस्तै आफ्नाे युद्धको मैदानलाई परिवर्तन गर्नुहोस। तपाईले प्रार्थनाद्दारा आफ्नाे युद्ध परमेश्वरलाई लड्न दिनुहोस, तब तपाईं अलौकिक विजयको लागि निश्चित हुनुहुनेछ र सबै प्रशंसा हाम्रो स्वर्गीय पितामा जान्छ, किनकि उहाँ मात्र हाम्रो शक्ति हुनुहुन्छ।
यसकारण लेखिएको छ,
“किनकि हामीहरूको युद्ध शरीर र रगतको विरुद्ध होइन, तर प्रधानताहरूका विरुद्ध, शक्तिहरूका विरुद्ध, वर्तमान अन्धकारका सांसारिक शासकहरूका विरुद्ध र स्वर्गीय स्थानहरूमा भएका दुष्ट्याइँका आत्मिक सेनाहरूका विरुद्ध हो।” [एफिसी 6:12]
“किनभने हामी संसारका हौं, तापनि सांसारिक लड़ाइँ त लड्दैनौं।
किनकि हाम्रो युद्धका अस्त्र-शस्त्र सांसारिक होइनन, तर किल्लाहरू नाश गर्ने ईश्वरीय सामर्थ्य तिनमा छ।
परमेश्वरका ज्ञानको विरुद्धमा खड़ा हुने बहसहरू र हरेक अहङ्कारपूर्ण बाधालाई हामी नाश गर्छौं, र हरेक विचारलाई ख्रीष्टको आज्ञापालन गर्नलाई वशमा पार्छौं।” [२ कोरिन्थी 10:3-5]
यसैले तिनले मलाई भने, “यरुबाबेलको निम्ति परमप्रभुको यो वचन छ: ‘न त बलले न शक्तिले, तर मेरो आत्माले,’ सर्वशक्तिमान परमेश्वर भन्नुहुन्छ।” [जकरिया 4:6]

No comments:
Post a Comment