आज सारा संसारले पैसा-पैसा भनिरहेका छन, र पैसाको प्रशंसा गरिरहेका छन, तर पैसाले स्वयं आफ्नो बारेमा के भन्छ ? ध्यानसँग अध्ययन गर्नुहाेला...
1. म पैसा हुँ ! तिमी मरेपछि मलाई माथि लान सक्दैनौं, तर जीवित छँदै म तिमीलाई धेरै माथि लान सक्छु।
2. म पैसा हुँ ! मलाई प्रेम गर, तर त्यति धेरै प्रेम पनि नगर ताकि मानिसहरूले तिमीलाई घृणा गरून।
3. म पैसा हुँ ! म नुन जस्तै छु, जाे आवश्यक त छ, तर आवश्यकता भन्दा बढी भयो जिन्दगीको स्वाद र मजा बिगारिदिनेछु।
4. म पैसा हुँ ! इतिहास साक्षी छ, जाे सँग म प्रशस्त थिए, तर तिनीहरूसँग म बाहेक अरू काेही थिएन। जब तिनीहरू मरे तब तिनको निम्ति रूनेवाला पनि काेही थिएन।
5. म पैसा हुँ ! म केही पनि हाेईन, तर म याे निर्धारण गर्दछु कि मानिसहरूले तिमीलाई कति ईज्जत दिऊन।
6. म पैसा हुँ ! म तिमिसँग छु, तब तिम्रै हुँ, र तिमिसँग छैन भने म तिम्रो हाेईन।
7. म पैसा हुँ ! म तिमीसँग छु भने सबै तिम्रा हुन।
8. म पैसा हुँ ! म परमेश्वर त हाेईन, तर मानिसहरूले मलाई परमेश्वरभन्दा कम मान्दैनन।
9. म पैसा हुँ ! म हरेक दिन नयाँ-नयाँ सम्बन्धहरू बनाउँछु, तर असली र पुरानो सम्बन्धहरूलाई बिगारि दिन्छु।
10. म पैसा हुँ ! म नै सारा समस्याहरूकाे जड हुँ, तर पनि किन सबै मेरो पछि यति धेरै पागल भएका छन हाेला ?
मेरो थुप्रै नामहरू छन। जस्तैः
1. मलाई धार्मिक स्थानमा दिईयाे भने “भेटी”।
2. मलाई स्कुलमा दिईयाे भने “फिस”।
3. मलाई विवाहमा दिईयाे भने “दाईजो”।
4. मलाई विवाह बिच्छेदमा दिईयाे भने गुजारा “भत्ता”।
5. मलाई सेवाको नाममा गैरकानूनी रूपमा दिईयाे भने “घूस”।
6. मलाई अदालतमा दिईयाे भने “जरिवाना”।
7. मलाई सरकारलाई दिईयाे भने “कर”।
8. मलाई सेवानिवृत्तिमा दिईयाे भने “पेन्सन”।
9. अपराधीलाई दिईयाे भने “फिराैटी”।
10. वेटरलाई दिईयाे भने “टिप्स”।
11. मजदुरलाई दिईयाे भने “मजदुरी”।
12. कामदारलाई दिईयाे भने “तलब”।
13. कसैलाई सापति दिईयाे भने “ऋण”।
14. मद्दत चाहिने मानिसहरूलाई दिईयाे भने “परोपकार”।
मेराे अरू पनि हजारौं नामहरू छन। तर म जति असल देखिन्छु, त्यति खतरनाक पनि छु। असल र बैधानिक तरिकाबाट आए भने खुशी र शान्ति ल्याउँछु, तर खराब र अबैध तरिकाबाट आए भने चिन्ता, डर, अशान्ति र श्राप ल्याएर आउँछु, र सबैकुरा उजाड पारिदिनेछु।
मैले यस्तो धनाढ्यहरूलाई पनि देखेको छु, जससँग म बाहेक अरू काेही पनि हुँदैन, र मैले ती गरिबहरू जाे मेरो अभावको वेदनामा रातभरि राेएकाे, कराएकाे र पर्खालमा आफ्नो शिर ठाेकेर तड्पिदै मरिरहेकाे पनि देखेको छु। किनकि म पैसा हुँ र सबै फसादकाे जड हुँ।
म पैसा हुँ, यदि मलाई सहि बाटोबाट कमायाै भने म मजा हुँ, तर मलाई खराब बाटोबाट कमायाै भने म सजा हुँ। यसकारण मलाई साेँचेर र बुझेर मात्रै हात लगाउनु।
* के तपाईंले पैसाको कुरा बुझ्नु भयाे ?
यसकारण लेखिएको छ,
उहाँले तिनीहरूलाई भन्नुभयो, “होशियार रहो, सबै किसिमका लालचबाट जोगिने काम गर, किनकि मानिसको जिन्दगी उसको धन-सम्पत्तिको प्रशस्ततामा रहँदैन।”
[लूका 12:15]
“किनभने मानिसले सारा जगत हात पारेर आफ्नो प्राण गुमायो भने त्यसलाई के फाइदा हुन्छ? अथवा मानिसले आफ्नो प्राणको सट्टामा के दिन सक्छ?”
[मर्कुस 8:36-37]

No comments:
Post a Comment