गरूड संसारकै सबैभन्दा ठूलो चरा हाे। गरूडहरू प्रायः साना चराहरूद्वारा सताइन्छ। काग एकमात्र एउटा यस्तो पंक्षी हो, जसले गरूडलाई आफ्नो अधिनमा राख्न खोज्दछ। गरूडको पछाडि बसेर घाँटीमा टोक्ने कोसिस गर्दछ। गरूड, कागभन्दा धेरै शक्तिशाली पंक्षी हाे। गरूडले हिंसाद्दारा प्रतिक्रिया दिन सक्छ, तर गरूडले कागप्रति कुनै वास्ता गर्दैन। कागसँग लडाइँ गरेर गरूडले आफ्नो समय र शक्ति बर्बाद गर्दैन। तर आफ्नो पखेटा फैलाउँदै माथि-माथि आकाशतर्फ उड्न थाल्दछ।
गरूड एकमात्र यस्तो पंक्षी हो, जो सबैभन्दा धेरै उचाइमा उड्ने गर्दछ। गरूड जति माथि उड्छ, कागलाई सास फेर्न त्यति नै गाह्रो हुन्छ, त्यसपछि अक्सिजनको कमीले काग झर्छ र गरूड स्वतन्त्र हुन्छ।
तपाईंले पनि सबै किसिमको लडाइँकाे बदला लिनु, आलोचनाहरुकाे प्रतिक्रिया या जवाफ दिनुपर्ने आवश्यक छैन। तर आफ्नाे उचाइ बढाउनु हाेस र तिनीहरू आफै तल खस्नेछन ।
त्यसैले आज परमेश्वरको मार्गमा हिड्नलाई बाधा ल्याउने सबै मानिसहरु काग जस्तै हुन, जसले हामीलाई अधीनमा राख्नको निम्ति धेरै बाधा ल्याउन खोज्दछ। तपाईं गरूड जस्तै हुनुहोस र आफ्नाे उचाइ बढाउनु हाेस।
यसकारण त्यस्ता कागहरुसँग तपाईंको समयलाई बर्बाद गर्न रोकिनुहोस। केबल तपाईं उनिहरुलाई तपाईंको मार्गको उचाइमा पुर्याउनुहोस, र तिनीहरु ओइलाउनेछन र हार्नेछन।
शत्रुहरुले चाहे तपाईको पछाडि बसेर धेरै समस्याहरु उब्जाउँलान। तर याद गर्नुहोस, “...चाँड़ो दगुर्नेले दौड़ जित्दैन, न शक्तिशालीले युद्ध जित्छ, न त बुद्धिमानलाई भोजन आउँछ, न तीव्र ज्ञानीलाई धन-सम्पत्ति आउँछ, वा न त पढ़ेकाले निगाह प्राप्त गर्छ। तर समय र मौका नै तिनीहरू सबैले पाउँछन।” [उपदेशक 9:11]
त्यसैले पवित्र आत्माको सामर्थ्यले तपाईं धेरै माथि-माथि उचाइमा पुग्नुहोस।

No comments:
Post a Comment