1. गरूड सधै उचाईमा एक्लै उड्छ ।
गरूड भंगेराे, काग र अरू साना-साना चराहरूसँग उड्दैन ।
अर्थ : संकुचित (निम्न स्तरकाे) साेँच भएको मानिसहरूदेखि टाढा रहनुहाेस । किनकि तिनिहरूले तपाईंलाई पनि निम्न स्तरमा नै झार्ने छन । गरूड, गरूडसँग मात्रै उड्छ । यसकारण आफ्नाे साेँच बराबर भएकाेसँग संगत गर्नुहाेस ।
2. गरूडसँग तेजिलो दृष्टि हुन्छ ।
गरूडसँग 5 KM टाढाको वस्तुलाई पनि स्पष्ट देख्न सक्छ । जस्तोसुकै विपरीत परिस्थिति भए तापनि गरूड आफ्नाे शिकारलाई नसमाउञ्जेलसम्म आफ्नाे नजर हटाउँदैन ।
अर्थ : तपाईंसँग एउटा लक्ष्य या दर्शन या सपना हुनुपर्दछ । जस्तोसुकै विपरीत परिस्थिति भए तापनि त्यसमा सधै केन्द्रित हुनुहाेस, जबसम्म तपाईं सफल हुनुहुनेछैन ।
3. गरूडले कहिलेपनि मरेको चिजहरू खाँदैन ।
गरूडले सधै सफा र ताजा शिकार मात्रै खान्छ ।
अर्थ : आफ्नाे पहिलेको सफलतामा भर नपर्नुहाेस, तर अझै जित्नकाे लागि नयाँ लक्ष्यहरू तिर निरन्तर नजर लगाउनुहाेस ।
4. गरूडले आँधी-तुफान मन पराउँछ ।
जब आँधी-तुफान शुरू हुन्छ तब अरू चराहरू आफ्नाे सुरक्षित स्थान तिर लुक्न जान्छन, तर गरूड भने त्यस समय खुशी हुन्छ, र त्यो आँधी-तुफानकाे बिचमा गएर, त्यसैको मद्दतद्वारा माथि-माथि उड्छ, र त्यसै समयमा आफ्नाे पखेटालाई पनि विश्राम दिने गर्दछ ।
अर्थ : जब तपाईंको जीवनमा समस्याहरू आउँछन, तब त्यसबाट भाग्नु या लुक्नुकाे सट्टा त्यसको सामना गर्नुहाेस । जब त्यसको सामना गर्नुहुन्छ, तब त्यसले तपाईंलाई पहिले जस्तो हुनुहुन्थ्याे, त्याे भन्दा पनि बलियो साथै परिपक्व बनाउनेछ । हामीले जीवनमा आउने आँधी-तुफानलाई उच्च स्थानमा जानकाे लागि प्रयोग गर्नको लागि प्रयोग गर्न सक्छौँ । सफलता पाउन चाहानेहरू कहिले पनि चुनाैतीहरूदेखि डराउँदैनन, तर त्यसबाट शिक्षा लिने र आफ्नाे व्यक्तित्व विकास गर्ने अवसरको रूपमा लिने गर्दछ ।
5. गरूड सधैं तालिमकाे लागि तैयारीमा रहन्छ ।
गरूडले कहिल्यै पनि आफ्नाे गुँडमा नरम प्वाँख र घाँसले गुँड बनाउँदैन, ताकि त्याे गुँडकाे बच्चाले त्यहाँ असुविधा महशुस गराेस, र त्यहाँबाट उड्न हतारियाेस । यसकारण त्यसलाई गुँडमा बस्ने मन पनि हुँदैन ।
अर्थ : आफ्नाे सुविधायुक्त ठाउँहरूलाई छाेड्नुहाेस, किनकि त्यहाँ तपाईंको कुनै उन्नति र प्रगति हुनेछैन ।
6. जब गरूड बुढाे हुन्छ ।
त्यस समय ऊ कमजोर भएको हुन्छ, र पहिले जस्तो फुर्तिलो हुँदैन, यसैले माथि-माथि पनि उड्न सक्दैन ।
त्यस समयमा गरूडले धेरै टाढा पहाडमा गएर बस्छ र त्यही केही समय आराम गर्छ । त्यहाँ त्यसले आफ्नाे सबै पुरानो प्वाँखहरूलाई आफ्नै चुच्चोले उखेल्छ । याे एउटा पिडादायी प्रक्रिया हाे, र ऊ त्यस समयमा रगतै रगत भएको हुन्छ । जबसम्म त्यसको नयाँ प्वाँख पलाउँदैन, तबसम्म त्याे त्यहीँ लुकेर बस्छ । जब त्यसकाे नयाँ प्वाँख, नयाँ चुच्चो र नयाँ पञ्जा पलाउँछ, तब त्यस लुकेको स्थानबाट बाहिर निस्कन्छ, र पहिलेकाे भन्दा धेरै माथि उड्ने गर्दछ ।
अर्थ : हामीले पनि कहिलेकाँही हाम्रो पुरानो स्वभाव/बानीहरूलाई जतिसुकै गार्हो भए तापनि टकटकाउनु पर्दछ । किनकि ती चिजहरूले हामीलाई भारी मात्रै बनाउँछ, साथै त्यसले हाम्रो जीवनमा कुनै महत्त्व थप्दैन । यसकारण केही समय लिएर त्यसलाई हामीले निकाल्नु नै पर्दछ ।

No comments:
Post a Comment