नयाँगरि जन्मेका हरेक ख्रीष्टियनहरू अनुग्रहद्वारा साँच्चै मुक्ति पाएका छन र त्यसै समयमा हामीले धार्मिकताको वस्त्र पाएका छौं र हाम्रा नामहरू जीवनकाे पुस्तकमा लेखिएका छन... तर यदि हामीले हाम्रो मुक्तिको वस्त्र सुरक्षित राखेनौं भने हामीले भबिष्यमा ख्रीष्टको दुलहीकाे वस्त्र लगाउन पाउनेछैनाैँ। अहिले हामी (मण्डली) अझै पनि दुलहाको प्रतीक्षा गर्ने दुलही हाैँ। हामी ख्रीष्टको सामु उहाँ देखा पर्ने दिनको पर्खाइमा व्यस्त छौँ।
“हामी रमाऔं र अत्यन्त खुशी होऔं, र उहाँलाई महिमा दिऔं! किनकि थुमाका विवाहको दिन आएको छ, र उहाँकी दुलही स्वयम तयार भएकी छिन।
चहकिलो र स्वच्छ मलमलको वस्त्र पहिरन तिनलाई दिइयो। चहकिलो मलमलको वस्त्र सन्तहरूका धार्मिक कार्य हुन।
अनि ती स्वर्गदूतले मलाई भने, ‘यो लेख, थुमाका विवाहको भोजमा निमन्त्रणा पाउनेहरू धन्यका हुन।’ तिनले फेरि मलाई भने, ‘परमेश्वरका सत्य वचनहरू यी नै हुन’।” [प्रकाश १९:७-९]
* के तपाई साँच्चै दुलहाको लागि पर्खिरहनु भएको छ?
1. यदि तपाईं प्रतिक्षा गर्ने दुलही हुनुहुन्छ भने तपाईंले ईजेबेल वा दलिला जस्तो लुगा लगाउन वा मेकअप गर्न सक्नुहुन्न। तिनीहरू दुलहा येशूसँग सम्बन्धित छैनन। तर सारा वा रेबेकाको मार्गलाई अनुसरण गर्नुहोस।
2. दुलहाले भन्नुभयो तिमी पवित्र बन, किनकि म पवित्र छु। तपाईंले आफ्नो पुरानो तरिकालाई निरन्तरता दिनुहुन्छ भने येशूकाे दुलही बन्न सक्नुहुन्न। र येशु तपाईंको निम्ति आउनुहुनेछ भनेर आशा गर्न सक्नुहुन्न। उहाँले तपाईंलाई लिन नआउन्जेल उहाँले तिमीलाई दिएको लुगा सफा हुनुपर्छ।
3. मुक्तिको वस्त्र सित्तैमा दिइन्छ... तर ख्रीष्टसँगको हाम्रो विवाहको वस्त्र सित्तैमा हुनेछैन। हामीले धर्मी र पवित्र जीवन जिउने त्यसको मूल्य हाे।
4. यदि तपाईंको मुक्तिको वस्त्र घमण्ड वा क्रोध वा अक्षमाशीलताले दाग लागेको छ भने तपाईं दुलहीकाे रूपमा उठाई लगिनु हुनेछैन। पवित्र दुलहीलाई मात्रै थुमाकाे विवाह भोजमा स्वागत गरिनेछ।
5. दुलहाले अर्को पुरुषदेखि गर्भवती भएकी दुलहीलाई लानेछैनन। विशेष गरी, संसारको प्रेम वा जीवनको घमण्डले आफ्नो शत्रुद्वारा गर्भधारण गरिएको छ, याे व्यभिचारको लक्षण हो।
6. दाऊदको वंशदेखि येशू स्त्रीबाट आउनुभयो। यसकारण स्त्रीहरू, पुरुषहरुको कपडा वा कृत्रिम श्रृंगार सामाग्री नलगाउनुहोस। यदि यसाे गरेमा तपाईंलाई अनन्त विवाहको वस्त्र दिइनेछैन।
7. येशू आउनुभएको दाऊदको घरानामा, जहाँ महिलाहरू आराधना र प्रार्थनाकाे समयमा आफ्नो टाउको छोप्छन... यदि तपाईंले आफ्नो कपाल ढाक्नुहुन्न भने यसको मतलब तपाईंले आफ्नो पति येशूलाई आदर गर्नुभएन। तपाईंले पश्चात्ताप नगरेसम्म अनन्त विवाहको वस्त्र पाउनुहुनेछैन।
8. आफ्नो संवेदनशील शारीरिक अंगहरू सार्वजनिक रूपमा खुलासा गर्न कुनै पनि व्यक्तिलाई दुलहीकाे रूपमा स्वीकार गरिनेछैन, किनभने दाऊदको घरानामा महिलाहरूले आफूलाई सार्वजनिक रूपमा छोप्छन... उत्पत्तिको इसहाकका पत्नी रेबेकालाई सम्झनुहोस।
9. तपाईं आफ्नो मण्डलीकाे बलियो सदस्य हुन सक्नुहुन्छ, तापनि दुलहीकाे रूपमा अस्वीकार हुनसक्नुहुन्छ, किनभने मानव निर्मित सिद्धान्त वा सांप्रदायिक परम्पराले परमेश्वरको वचनको स्तरलाई प्रतिस्थापन गर्न सक्दैन।
10. यदि येशुले तपाईंलाई दुलहीकाे रूपमा रोज्नुभएको होस वा तपाईंलाई लैजान चाहने हाे भने अरुलाई माफ गर्नुहोस र सबै मानिसहरूसँग शान्ति या मेलमा रहनुहोस।
11. यदि येशुले तपाईंलाई दुलहीकाे रूपमा रोज्नुभएको होस वा उहाँले तपाईंलाई लैजान चाहने हाे भने तपाईले अरूबाट लिएको कुनै पनि कुराहरू (उदाहरण: पैसा सापटी) फिर्ता गर्नुहोस।
12. यदि येशुले तपाईंलाई दुलहीकाे रूपमा रोज्नुभएको होस वा उहाँले तपाईंलाई लैजान चाहने हाे भने आफ्नो भेटी वा पैसाको साथ वफादार हुनुहोस।
13. यदि येशुले तपाईंलाई दुलहीकाे रूपमा रोज्नुभएको होस वा उहाँले तपाईंलाई लैजान चाहने हाे भने तपाईं आफ्नाे पतितर्फ फर्कनुहोस, जसले तपाईंको दुलहीको मूल्य तिर्नुभयाे।
14. यदि येशुले तपाईंलाई दुलहीकाे रूपमा रोज्नुभएको होस वा उहाँले तपाईंलाई लैजान चाहने हाे भने अरूलाई प्रेम देखाउनुहोस र अरूकाे वास्ता गर्ने ख्रीष्टियन बन्नुहोस।
15. यदि येशुले तपाईंलाई दुलहीकाे रूपमा रोज्नुभएको होस वा उहाँले तपाईंलाई लैजान चाहने हाे भने झूट बोल्न बन्द गर्नुहोस।
16. यदि येशुले तपाईंलाई दुलहीकाे रूपमा रोज्नुभएको होस वा उहाँले तपाईंलाई लैजान चाहने हाे भने अनैतिक सम्बन्ध राख्न र अश्लील क्रीयाकलापहरू बन्द गर्नुहोस।
हरेक असल पतिले आफ्नो आमाबाबुको सामु आफ्नी पत्नीलाई प्रस्तुत गर्न याेग्य होस भन्ने चाहन्छन। यसरी नै येशूले तपाईंलाई उठाई लानुहुनेछैन वा तपाईंलाई उहाँकाे पितासामु प्रस्तुत गर्नुहुनेछैन, जबसम्म तपाईं भित्र र बाहिर पवित्र हुनुहुन्न। यसकारण येशूले भन्नुभयो,
“तिमीहरूले मलाई प्रेम गर्छौ भने मेरा आज्ञाहरू पालन गर्नेछौ।” [यूहन्ना १४:१५]
किनभने यो लेखिएको छ, “तिमीहरू पवित्र होओ, किनभने म पवित्र छु।” [१ पत्रुस १:१]
“किनभने बोलाइएका धेरै छन, तर चुनिएका थोरै छन।” [मत्ती २२:१४]
Source : https://www.facebook.com/100001874405256/posts/pfbid02kSvdgeiL42deKeg7dzivgidBSPSXLG4Pyu7VcqbDXE24gUrm8PLRFAxwcDrzjjcrl/
.jpg)





.jpg)















