एकपटक पैसाले भरिएको झोला बोकेकाे एक क्यान्सर रोगीले डाक्टरलाई आफ्नो जीवन बचाउन आग्रह गर्दै भने,
“मसँग तपाईंलाई दिनको लागि धेरै पैसा छ, कृपया मलाई बचाउनुहाेस।”
तर डाक्टरले उनको क्यान्सर अन्तिम चरणमा रहेकाले केही गर्न नसक्ने बताए।
तब उनी एकदमै रिसाए, निराश भए र पागल झैं चिच्याए।
त्यसपछि उनले अस्पतालको परिसरमा आफ्नो सबै पैसा फालेर भने, “यो पैसाको के काम, जसले मलाई बचाउन नै सक्दैन? यो धनले मलाई स्वास्थ्य दिन सक्दैन भने यति धनी भएर के फाइदा?”😢😭
पैसाले स्वास्थ्य किन्न सक्दैन, पैसाले समय किन्न सक्दैन, पैसाले जीवन किन्न सक्दैन!
यो धनले जीवन दिन सक्दैन। त्यसैले साथीहरू यो दौडधुपको जीवनमा पैसा कमाउनमा मात्र व्यस्त नहुनुहोस। आफ्नो स्वास्थ्य, देश, सृष्टिकर्ता, मण्डली, आफ्नो परिवार र साथीहरूका लागि पनि समय निकाल्नुहोस। यो जीवन फेरि मिल्दैन। आजैदेखि आफ्नो भविष्यको ख्याल राख्नुहोस।
मृत्युको समयमा पैसाको कुनै काम हुँदैन। न्यायकाे दिनमा पैसाको कुनै काम हुँदैन। त्यस समयमा हाम्रो धन-सम्पत्ति, रूपैयाँ-पैसा र सुन-चाँदीले हामीलाई बचाउन सक्दैन।
यसकारण लेखिएको छ,
“मैले सूर्यमुनि एउटा दु:खदायी खराबी देखेको छु। मालिकले आफ्नै नोक्सानीको निम्ति धन-सम्पत्ति थुपारेको, अथवा कुनै दुर्भाग्यले त्यसले आफ्नो धन-सम्पत्ति गुमाएको थियो, र जब त्यसको छोरा भयो उसको निम्ति केही रहेन।
मानिस आमाको गर्भबाट नाङ्गै आउँछ, र जसरी आउँछ, त्यसरी नै त्यो फर्किजान्छ। त्यसले आफ्नो परिश्रमबाट आफ्नो हातमा लान सक्ने केही लैजाँदैन।
यो पनि एउटा दु:खदायी खराबी हो। मानिस जसरी आउँछ, त्यसरी नै फर्किजान्छ। त्यसलाई के लाभ हुन्छ र? किनभने त्यसको परिश्रम हावामै खेर जान्छ।
त्यसले आफ्नो सारा जीवनकाल ठूलो नैराश्य, कष्ट, रीसराग र अन्धकारमा बिताउँछ।”
- राजा साेलाेमन [उपदेशक 5:13-17]
“किनकि पापको ज्याला मृत्यु हो…।” [रोमी 6:23]
“अनि जसरी मानिसहरूका निम्ति एकपल्ट मरण र त्यसपछि न्याय नियुक्त गरिएको छ।” [हिब्रू 9:27]
“किनकि हामीले गरेको हरेक काम, असल होस वा खराब होस, प्रत्येक गुप्त कुरासमेत सबैको न्याय परमेश्वरले गर्नुहुनेछ।”
[उपदेशक 12:14]
“तिनीहरूले आफ्नो चाँदी सड़कहरूमा फालिदिनेछन, र तिनीहरूको सुन अशुद्ध थोकजस्तो हुनेछ। परमप्रभुका क्रोधको दिनमा तिनीहरूका चाँदी र सुनले तिनीहरूलाई बचाउन सक्नेछैनन। सुन र चाँदीले तिनीहरूले आफ्नो भोक मार्न वा पेट भर्न सक्नेछैनन, किनभने तिनीहरूलाई पापमा पार्ने ठक्कर यही नै थियो।”
[इजकिएल 7:19]
.jpg)
No comments:
Post a Comment