जुन उमेरमा अरू पंक्षीहरूका बच्चाले चिँ..चिँ.. गर्न सिक्छन, त्यस उमेरमा आमा गरूडले आफ्नाे बच्चालाई पंजामा च्यापेर उचाईमा लगेर जान्छ ।
पंक्षीहरूकाे दुनियाँमा यस्तो कडा र गार्हो तालिम कहिँ पनि हुँदैन ।
आमा गरूडले आफ्नाे बच्चालाई पंजामा च्यापेर लगभग 12 KM उचाइमा लगेर जान्छ, जहाँ आज अत्याधुनिक जहाजहरू उड्ने गर्दछन र याे दुरी तय गर्न उसले सिर्फ 7-9 मिनेट मात्रै लगाउँछ ।
त्यहाँदेखि नै त्यस बच्चाको कठिन परिक्षा शुरू हुन्छ । यहाँ उसलाई याे सिकाईन्छ कि,
तँ केकाे निम्ति बनाईएकाे हाेस ?
तेरो संसार के हाे ?
तेरो उचाइ के हाे ?
त्यसपछि आमा गरूडले आफ्नाे बच्चालाई आफ्नाे पंजाबाट छाेडिदिन्छ ।
माथिकाे उचाईबाट 2 KM तल आउने बेलासम्म त्यस गरूडकाे बच्चालाई आफुसँग के भईरहेकाे छ भन्ने कुरापनि थाहा हुँदैन ।
7 KM काे दुरी तल आईसकेपछि मात्रै त्यस बच्चाकाे जकडिएकाे पंख खुल्न थाल्छ ।
लगभग 9 KM तल आईसकेपछि मात्रै त्यस बच्चाकाे पंख पुर्ण रूपमा खुल्छ । याे नै त्यस बच्चाकाे पहिलो पटक पंख फड्फडाएकाे समय हाे ।
अब त्यो पृथ्वीदेखि 3000 मिटरकाे दुरीमा मात्रै छ, तर पनि अझै उड्न सिकेकाे छैन । अब ऊ पृथ्वीकाे निकै नजिक आईपुगेकाेे छ ।
अब उसको दुरी पृथ्वीदेखि 700/800 मिटर मात्रै छ, तर पनि अझै उसको पंख त्यति बलियो भईसकेकाे छैन, जसद्दारा ऊ उड्न सकाेस ।
पृथ्वीदेखि लगभग 400/500 मिटरमाथि भएको बेला त्यस बच्चाले महशुस गर्दछ, कि सायद याे नै उसको जीवनको अन्तिम यात्रा हाे । त्यसै समयमा अचानक एउटा पंजा आएर त्यसलाई पक्रन्छ र प्वाँखकाे बिचमा राख्छ ।
त्याे पंजा अरू कसैको नभएर उसकै आमाकाे हुन्छ, जाे उसकाे ठिक माथि उडिरहेको थियो । याे ट्रेनिङ्ग तबसम्म चल्छ, जबसम्म त्यो बच्चा उड्न सिक्दैन ।
याे एउटा कमाण्डरकाे ट्रेनिङ्ग जस्तो हुन्छ । त्यो लामो र कठिन ट्रेनिङ्गपछि मात्र संसारलाई एउटा सक्षम गरूड मिल्छ, जसले आफ्नाे वजनकाे दश गुणा गह्रौं प्राणीकाे शिकार गर्दछ ।
हामीले आफ्ना छाेरा-छाेरीहरूलाई आफुसँग टाँसेर राखे तापनि तिनिहरूलाई दुनियाँकाे कठिन परिस्थितिहरूलाई देखाईदिनु पर्दछ, र त्यससँग कसरी लड्ने भनेर सिकाउनु पर्दछ ।
किनकि गमलाकाे बिरूवा र जंगली बिरूवामा धेरै नै फरक हुन्छ ।
वर्तमान समयकाे सुख-सुविधाहरूकाे बानी र आमा-बुबाहरूको अति प्रेमले छाेरा-छाेरीहरूलाई बाेइलर कुखुरा जस्तै बनाईदिएकाे छ, जाेसँग बलियो हड्डी त छ, तर हिँड्न सक्दैनन । गह्रौं प्वाँख त छ, तर उड्न सक्दैनन ।
ठिक यसरी नै गरूडकाे बच्चाकाे तालिम जस्तै आत्मिक जीवनमा पनि हुन्छ । परमेश्वरले आफ्नाे चुनिएका छाेरा-छाेरीहरूकाे तालिम पनि यसरी नै गर्नुहुन्छ । त्यस समयमा हामी निराश, हतास, आशा बिहिन हुनुहुँदैन, तर उहाँलाई हाम्रो जीवनमा काम गर्नुहाेस भनी जीवनकाे पूरा नियन्त्रण दिनुपर्दछ ।
यसकारण लेखिएको छ,
“मैले मिश्रीहरूलाई के गरें, र तिमीहरूलाई कसरी गरुडका पखेटामा झैँ बोकेर मकहाँ ल्याएँ, सो तिमीहरूले देखेका छौ।” [प्रस्थान 19:4]
“गुँड़लाई हल्लाएर आफ्ना बचेराहरूमाथि हावामा उड़िरहने, पखेटा फैलाई बचेराहरूलाई थाम्ने, र आफ्ना प्वाँखमाथि ती बोक्ने गरुडले झैँ।
परमप्रभु एक्लैले तिनलाई अगुवाइ गर्नुभयो...।” [व्यवस्था 32:11-12]

No comments:
Post a Comment