एक पटक एक पास्टरले भित्री र बाहिरी पवित्रताको बारेमा प्रचार गर्दै थिए। एकजना भाइले पास्टरलाई रोकेर यो प्रश्न सोधे, “केरा खाँदा के खानुहुन्छ? भित्री कि बाहिरी?”
पास्टरले उनलाई जवाफ दिए, “भित्री”।
भाइले उहाँलाई जवाफ दिए, “त्यसोभए परमेश्वर बाहिरी (रूप) भन्दा भित्र (हृदय) मा के छ भनेर बढी चिन्तित हुनुहुन्छ।”
पास्टरले तुरुन्तै परमेश्वरबाट एक वचन प्राप्त गरे र भाइलाई यो प्रश्न सोधे,
“केरा किन्न जाँदा, तपाईंले पहिले के हेर्नुहुन्छ? भित्र वा बाहिर?”
भाइले भने, “बाहिर”।
तब पास्टरले जवाफ दिए, “ठीक भन्यौं, किनभने पवित्रता भित्र मात्रै हाेईन, तर बाहिर पनि हुनुपर्छ।”
सफा हृदय हुनु महत्त्वपूर्ण छ। तर परमेश्वरकाे सन्तान भएकोले व्यर्थतालाई त्यागेर नम्रताको पोशाक लगाउनु पनि महत्त्वपूर्ण छ, किनभने यसले तपाईंको हृदयलाई प्रतिबिम्बित गर्छ।
आज प्रायः मण्डलीहरूमा एउटा भनाई प्रसिद्ध छ, “परमेश्वरले बहिरभन्दा भित्र बढी हेर्नुहुन्छ! यसकारण तपाईं मेरो बाहिरी जीवनकाे चालचलन र रूपरङ्गलाई मात्रै नहेर्नुहाेस, मेराे मन त सफा र पवित्र छ।” ठिक छ, तपाईंको भनाइ पनि ठिकै छ, तर तपाईंको मनमा जे छ, त्याे तपाईंको बाहिरी जीवनकाे चालचलन र रूपरङ्गमा प्रष्ट प्रकट भएको छ।
तितो सत्य : पवित्रता कुरामा मात्रै हाेईन, तर यो त एक साँचो ख्रीष्टियनको पहिचान हो, यो एक आज्ञा हो। परमेश्वरले हामीलाई भित्र मात्रै पवित्र बन्न बाेलाउनु भएन, तर भित्रदेखि बाहिरसम्म चालचलन, रूपरङ्ग, पहिरन, बाेली र व्यवहार सबै कुरामा पवित्र बन्न बाेलाउनुभएको छ। यसकारण बाहाना गर्न छाेडाैँ, पश्चात्ताप गराैँ, र जीवनकाे हरेक क्षेत्रमा पवित्र बनाैँ। समय नजिक छ।
यसकारण लेखिएको छ,
“पानीमा अनुहार प्रतिबिम्बित भएझैँ मानिसको हृदयमा मानिस प्रतिबिम्बित हुन्छ।” [हितोपदेश 27:19]
“यसकारण हे प्रिय हो, हामीसित यी प्रतिज्ञा भएका हुनाले शरीर र आत्माको हरेक किसिमको अशुद्धताबाट हामी आफैलाई शुद्ध पारौं, र परमेश्वरको भयमा पवित्रतालाई सिद्धतातर्फ बढ़ाउँदैजाऔं।” [२ कोरिन्थी 7:1]
तर तिमीहरूलाई बोलाउनुहुने जस्तो पवित्र हुनुहुन्छ, तिमीहरू आफै पनि जीवनका सबै रहनसहनमा पवित्र होओ,
किनभने यो लेखिएको छ, “तिमीहरू पवित्र होओ, किनभने म पवित्र छु।” [१ पत्रुस 1:15-16]
“शान्तिका परमेश्वर आफैले सम्पूर्ण रूपले तिमीहरूलाई चोखा तुल्याऊन, र तिमीहरूका समस्त आत्मा, प्राण र शरीर हाम्रा प्रभु येशू ख्रीष्टको आगमनमा निष्कलङ्क रहून।” [१ थेसलोनिकी 5:23]
“सबै मानिसहरूसँग शान्तिमा बस्ने र पवित्र हुने प्रयत्न गर; पवित्रताविना कुनै मानिसले परमप्रभुलाई देख्न सक्दैन।” [हिब्रू 12:14]
Source :
https://threadreaderapp.com/thread/1700908409049030757.html

.jpg)


.jpg)





.jpg)


