Thursday, June 27, 2024

तपाईंको शत्रु काे हाे?

 



कोही पनि तपाईंको शत्रु होइन, किनकि...

1. जसले तपाईंलाई रिस उठाउँदैछ, त्यसले तपाईंलाई धैर्य र शान्तता सिकाउँदैछ।


2. जसले तपाईंलाई त्याग्छ, त्यसले तपाईंलाई आफ्नो खुट्टामा कसरी उभिने भनेर सिकाउँदैछ।


3. जसले तपाईंलाई अपमान गर्दैछ, त्यसले तपाईंलाई क्षमा र करुणा सिकाउँदैछ।


4. जसले तपाईंलाई घृणा गर्दैछ, त्यसले तपाईंलाई बिना शर्त प्रेम कसरी गर्ने भनेर सिकाउँदैछ।


5. जसले तपाईंलाई डराउँदैछ, त्यसले तपाईंलाई तपाईंकाे डरलाई जित्नको लागि साहस सिकाउँदैछ।


6. जसलाई तपाईंले नियन्त्रण गर्न सक्नु भईरहेकाे छैन, त्यसले तपाईंलाई छोड्न सिकाउँदैछ।


7. कुनै मानिसले तपाईंलाई “हुँदैन” भन्छ, त्यसले तपाईंलाई स्वतन्त्र हुन सिकाउँदैछ।


8. तपाईंले सामना गरिरहनुभएको कुनै पनि समस्या छ, त्यसले  तपाईंलाई समस्याहरूको समाधान कसरी गर्ने भनेर सिकाउँदैछ।


9. तपाईंले मानिसहरूबाट प्राप्त गर्ने कुनै पनि आक्रमण छ, त्यसले तपाईंलाई रक्षाको उत्तम रूप सिकाउँदैछ।


10. जसले तपाईंलाई सधैं तल गिराउन चाहान्छ, त्यसले तपाईंलाई माथि तिर सृष्टिकर्ता (परमेश्वर) लाई हेर्न सिकाउँदैछ।


जीवनको हरेक चरणमा सामना गर्नुपर्ने हरेक परिस्थितिमा सधैं पाठ खोज्नुहोस। विनम्र, शान्त, कोमल बन्नुहाेस र परमेश्वरलाई धन्यवाद दिनुहोस, किनभने उहाँ अन्तसम्म तपाईंको साथमा हुनुहुनेछ।


जिन्दगीले धेरै पाठ सिकाउँछ। यसकारण हामीले जीवनकाे यात्रामा मानिसहरूलाई हेरेर जीउनु हुँदैन, किनभने मानिसहरू भरपर्दो छैनन। हामीले केवल परमेश्वरलाई जाे हाम्रो विश्वासको लेखक र समाप्तकर्तालाई मात्रै हेरेर जीवनको यात्रामा अघि बढ्नुपर्छ। हाम्रो जीवनकाे मापदण्ड परमेश्वर मात्रै हुनुहुन्छ।


प्रतिबिम्ब :

* जब तपाईंले कसैबाट धोका, चोट, निराश, बेइज्जत वा अपमान नसहेर आफ्नो जीवन बिताउनुहुन्छ, तब यसको मतलब तपाईंले कहिल्यै योग्य काम गर्नुभएन।


* जीवनको सुन्दरता यो हो कि तपाईंको जीवनमा सबैभन्दा धेरै निराशा र विश्वासघात तपाईंले सबैभन्दा बढी आशा र भराेसा गरेको व्यक्तिहरूबाट नै आउँदछ।


* दुर्भाग्यवश, हामी मध्ये कतिपयले यी विश्वासघात र निराशाहरूमा रोएर धेरै समय बिताउँछन, र अन्ततः सबै परिस्थितिहरूको शिकार बन्छन।


* एउटा कुरा याद राख्नुहोस! रिसलाई समातेर राख्नु भनेको भित्तामा टाउको ठोक्नु र अर्को व्यक्तिले त्याे पीडा महसुस गरेको आशा गर्नु जस्तै हो। रिसमा तपाईंले आफैलाई मात्र चोट दिइरहनुभएको हुन्छ।


* तथ्य यो हो कि संसार दुःख दिने, खिज्याउने, दयाहीन, उत्ताउलो, मूर्ख, बैगुनी र असन्तुष्टि मानिसहरूले भरिएको छ, र तपाईंले सधैं जीवनको कुनै न कुनै माेडमा तिनीहरूलाई भेट्नुहुनेछ। तर सबैभन्दा राम्रो कुरा, तपाईंले तिनिहरूसँग बुद्धिमानी पुर्वक र परिपक्वताकाे साथ व्यवहार गर्नु हाे।


* तपाईंलाई सबैले आफुलाई माया गरून, आफ्नो जस्तै सोचुन वा आफुले जस्तै व्यवहार गरून भनेर कहिल्यै आशा गर्नुहुँदैन, किनकि यस्तो कहिल्यै हुनसक्दैन, याे असम्भव छ।


* हामीले केहि कुराहरूहरूलाई सहन र बेवास्ता गर्न सिक्नुपर्छ, हामीले अरूको गल्तीलाई गाड्ने प्रयास गर्नुपर्छ र जीवनमा अगाडि बढ्नु पर्छ। 


* रिस, घृणा र असहिष्णुताले संसारका धेरैजसो समस्याहरू निम्त्याएको छ र कुनै पनि समस्या समाधान भएको छैन।


* जीवन निकै छोटो छ, थाहा छैन कति समय बाँकी छ।


* म तपाईंलाई पीडा लिन र त्यस विशेष व्यक्तिलाई क्षमा गर्न बिन्ती गर्दछु जसको विरुद्धमा तपाईंले रिस राख्नुहुन्छ, र तपाईंको गुनासोहरू हटाउनुहोस।


* हिम्मत जुटाउनुहोस र आफूले चित्त दुखाएको व्यक्तिसँग माफी माग्नुहोस।


* जीवन तपाईंसँग भएको पैसा, घर वा कम्पनीले मापन गर्दैन, तर तपाईंले अरूको जीवनमा गरेको सकारात्मक प्रभावबाट मापन गरिन्छ।


यसकारण लेखिएको छ,

परमप्रभु यसो भन्नुहुन्छ, “बुद्धिमान मानिसले आफ्नो बुद्धिमा घमण्ड नगरोस्, अथवा बलियो मानिसले आफ्नो बलमा घमण्ड नगरोस्, अथवा धनी मानिसले आफ्नो धनमा घमण्ड नगरोस, 

तर जसले घमण्ड गर्छ त्यसले यस विषयमा घमण्ड गरोस्: 'म परमप्रभुलाई जान्दछु र चिन्दछु, र उहाँ त्यही परमप्रभु हुनुहुन्छ, जसले पृथ्वीमा दया, न्याय र धार्मिकताको व्यवहार गर्नुहुन्छ। किनभने यिनैमा म प्रसन्न हुन्छु,” परमप्रभु भन्नुहुन्छ। [यर्मिया ९:२३-२४]


परमप्रभु यसो भन्नुहुन्छ: “श्रापित होस त्यो मानिस, जसले मानिसमाथि भरोसा राख्तछ, र शारीरिक शक्तिमाथि भर पर्दछ, जसको हृदय परमप्रभुदेखि तर्किगएको छ। 

त्यो उजाड़-भूमिको पोथ्रोझैँ हुनेछ। उन्नति आउँदा त्यसले देख्नेछैन। त्यो मरुभूमिका सुक्खा ठाउँहरूमा बस्नेछ, अर्थात नूनको जमिन जहाँ कोही पनि बस्दैन। 

तर त्यो मानिस धन्यको हो, जसले परमप्रभुमा भरोसा राख्तछ, जसको आशा परमप्रभु हुनुहुन्छ।” [यर्मिया १७:५]


“नाकका प्वालमा सास हुने मानिसमा तिमीहरू भरोसा नराख, किनकि त्यसको मोल नै के छ र?” [यशैया २:२२]


“म जीवनभरि परमप्रभुको प्रशंसा गर्नेछु, म जीवित रहुञ्जेल मेरा परमेश्वरको स्तुति गाई नै बस्नेछु। 

आफ्नो भरोसा संसारका शासकहरूमाथि नराख, मरणशील मानिसमाथि, जसले बचाउन सक्दैनन।” [भजनसंग्रह १४६:२-३]


“यसकारण मैले यी कुरा भोगेको पनि छु। तर म शर्माउँदिनँ, किनभने मैले कसमाथि विश्वास राखेको छु सो म जान्दछु, र मलाई निश्चय छ, जुन कुरा त्यस दिनसम्म मैले उहाँलाई सुम्पेको छु, त्यो सुरक्षित राख्न सक्ने उहाँ हुनुहुन्छ।” [२ तिमोथी १:१२]


“हाम्रा विश्वास सुरु गर्नुहुने र पूरा गर्नुहुने येशूलाई हेरौं, जसले उहाँको सामुन्ने राखिदिएका आनन्दको निम्ति अपमानलाई केहीजस्तो नठानी क्रूसको कष्ट भोग्नुभयो, र परमेश्वरको सिंहासनको दाहिनेपट्टि विराजमान हुनुहुन्छ।” [हिब्रू १२:२]



Sources :

1. https://www.linkedin.com/posts/rohit-mehta-5ab99318_nobody-is-your-enemy-anyone-that-annoys-activity-7138725636679892992-UOlv

2. https://www.facebook.com/1768549466/posts/pfbid0o47aiwaEwnBtaZumeFRoXoWq6cs2Gft6cbSB4ZWT3NH7XRnGUgSVHbR7sqtZ5EAkl/?app=fbl







Tuesday, June 25, 2024

परमेश्वरकाे बाेलावटलाई बुझ्नु

 



1. यो संसारसँग सम्बन्ध विच्छेद गर्न र यस संसारका चीजहरूबाट अलग हुनको लागि बाेलावट हो।


2. यो हाम्रो जीवनलाई या स्वयंलाई ईन्कार गर्न र ख्रीष्टको लागि बाँच्नको लागि बाेलावट हो।


3. यो संसारको व्यवस्थालाई “होइन” भन्नु र परमेश्वरकाे इच्छालाई “हो” भन्नु हो।


4. यो ख्रीष्टको आज्ञाकारी हुन आह्वान हो।


5. यो पवित्र जीवन जिउन आह्वान हो।


6. याे धार्मिकताको असल कार्य अभ्यास गर्न आह्वान हो।


7. यो पवित्र आत्माको नेतृत्वलाई पछ्याउनको लागि आह्वान हो।


8. यो आतिथ्य सत्कार अभ्यास, अनाथ, घरबारविहीन र गरिबहरूलाई दान गर्ने आह्वान हो।


9. यो ईश्वरभक्ति अभ्यास गर्न आह्वान हो।


10. यो ख्रीष्टको पाइला पछ्याउन र हिंड्नको लागि आह्वान हाे।


11. यो एक अर्कालाई सत्यतामा माया गर्ने आह्वान हो।


12. यो पापलाई घृणा गर्नेहरू बन्ने आह्वान हो।


13. याे पवित्र जीवन जिउने आह्वान हो। यदि परमेश्वर पवित्र हुनुहुन्छ भने, हामी परमेश्वरकाे अनुकरण गर्ने, पवित्रतामा हिंड्ने बनौं।


14. यो परमेश्वरकाे भय राख्ने आह्वान हो। किनकि परमेश्वरको भय नै बुद्धिको सुरुवात हो।


15. यो हाम्रो मुक्तिदाता येशू ख्रीष्टमा मात्र ध्यान केन्द्रित गर्न आह्वान हो।


16. याे ख्रीष्ट फेरि नआउनुभएसम्म परमेश्वरलाई पर्खन आह्वान हाे।


17. याे आफ्नो विश्वास नछोड्ने आह्वान हो।


18. याे विश्वासयाेग्य बनिरहने आह्वान हो। अन्तसम्म वफादार रहनुहोस, तपाईंमा असल काम सुरु गर्नुहुने असल परमेश्वरले अवश्य पूरा गर्नुहुनेछ।


19. तपाईं समाप्त गर्न लाग्दै हुनुहुन्छ, बलियो हुनुहोस र हार नमान्नुहोस।


20. तपाईंको मुक्ति दिनहुँ नजिक आउँदैछ, त्यसैले परमेश्वरले तपाईंमा सुरु गर्नुभएको विश्वासलाई अस्वीकार नगर्नुहोस, तर बलियो र साहसी हुनुहोस।


21. येशू ख्रीष्ट चाँडै आउँदै हुनुहुन्छ, त्यसैले आफ्नो विश्वास कहिल्यै नछोड्नुहोस।


यसकारण लेखिएको छ,

“तब परमप्रभुका आत्मा शक्तिसित तपाईंमा उत्रनुहुनेछ, र तपाईं पनि तिनीहरूसित अगमवाणी बोल्नुहुनेछ, अनि तपाईं अर्कै मानिसमा बद्लिनुहुनेछ।” [१ शमूएल १०:६] 


“तर पवित्र आत्मा तिमीहरूमा आउनुभएपछि तिमीहरूले शक्ति पाउनेछौ, र तिमीहरू यरूशलेममा, सारा यहूदियामा, सामरियामा र पृथ्वीको अन्तिम छेउसम्म मेरा साक्षी हुनेछौ।” [प्रेरित १:८]


Source :

https://www.facebook.com/100070945574252/posts/pfbid038FpVPQxPvj4qrHkZv84ahe6hXtY9rKFnS4AFPwpb5vrB2C88tX9dYgV1H835UHMul/?app=fbl


Monday, June 24, 2024

अरूकाे लागि जिउनु

 



नदीहरूले आफ्नाे पानी आफै पिउँदैनन।
रूखहरूले आफ्नो फल आफै खाँदैनन।
घाम आफ्नै लागि उज्यालो हुँदैन।
र फूलहरूले आफ्नै लागि सुगन्ध फैलाउँदैनन।

यसैले अरुको लागि जिउनु प्रकृतिको नियम नै हो।

हामी सबै एक अर्कालाई सहयोग गर्न जन्मेका हौं।
जतिसुकै गाह्रो भए पनि... जीवन राम्रो हुनेछ, जब तपाईं खुसी हुनुहुन्छ।
तर जीवन धेरै राम्रो हुनेछ, जब तपाईंको कारणले अरु खुशी हुन्छन।

यसकारण लेखिएको छ,
“कसैले पनि आफ्नो भलाइ नखोजोस, तर आफ्नो छिमेकीको भलाइ खोजोस।
जसरी म पनि मैले गर्ने सबै काममा सबै मानिसहरूलाई प्रसन्न राख्ने कोसिस गर्दछु, म आफ्नै होइन, तर धेरैको हित खोज्दछु, ताकि तिनीहरूको उद्धार होस।” [१ कोरिन्थी १०:२४,३३]

“मानिसहरूले तिमीहरूसँग जस्तो व्यवहार गरून भन्ने तिमीहरू चाहन्छौ, तिमीहरूले पनि तिनीहरूसँग त्यस्तै व्यवहार गर, किनभने यही नै व्यवस्था र अगमवक्ताका शिक्षाको सारांश हो।” [मत्ती ७:१२]

“तिमीहरू हरेकले आफ्नै हित मात्र नखोज, तर अरूका हितलाई पनि हेर।
तिमीहरूमा यस्तो मन होस, जो ख्रीष्ट येशूमा पनि थियो।” [फिलिप्पी २:४]


Sources :

1. https://www.linkedin.com/posts/apashroy_rivers-do-not-drink-their-own-water-trees-activity-7061956649531375616-H01b
2. https://medium.com/@jennifer_30066/living-for-others-9d80373a399d



परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...