एरिस्टोटलले आफ्ना चेलाहरूलाई भने, “मेरो शिक्षालाई पछ्याउ ।”
सुकरातले आफ्ना चेलाहरूलाई भने, “मेरो शिक्षालाई पछ्याउ ।”
बुद्धले आफ्ना चेलाहरूलाई भने, “मेरो ध्यानलाई पछ्याउ ।”
कन्फुसियसले आफ्ना चेलाहरूलाई भने, “मेरो भनाईहरूलाई पछ्याउ ।”
मुहम्मदले आफ्ना चेलाहरूलाई भने, “मेरो महान स्तम्भहरूलाई पछ्याउ ।”
तर येशू ख्रीष्टले मात्रै आफ्ना चेलाहरूलाई भने, “मलाई पछ्याउ ।”
अन्य सबै धर्महरूमा, एक अनुयायीले संस्थापकसँग सम्बन्ध नराखेर पनि आफ्नो संस्थापकको शिक्षालाई पछ्याउन सक्छन।
तर येशु ख्रीष्टमा त्यस्तो छैन, हामीले पहिले उहाँसँग सम्बन्ध नराखी उहाँको शिक्षाहरू हामीले कहिल्यै पनि पछ्याउन सक्दैनौं । यही कुराले बाँकी सबै गुरूहरू र येशू ख्रीष्टकाे बिचमा आकाश र जमिनकाे फरक बनाउँछ । यसैले ख्रीष्टियन मत एक धर्म हाेईन, तर येशु ख्रीष्टसँगकाे व्यक्तिगत सम्बन्ध हाे।
यसकारण लेखिएको छ,
उहाँले तिनीहरूलाई भन्नुभयो, “मेरो पछि लाग, र म तिमीहरूलाई मानिसहरूका मछुवा तुल्याउनेछु।” [मत्ती 4:19]
तब येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “कोही मेरो पछि आउने इच्छा गर्दछ भने, उसले आफूलाई इन्कार गरोस र आफ्नो क्रूस उठाएर मेरो पछि लागोस।” [मत्ती 16:24]
“दाखको बोट म हुँ, तिमीहरूचाहिँ हाँगाहरू हौ। यदि कोही ममा रह्यो भने, र म त्यसमा रहें भने, त्यसले धेरै फल फलाउँछ, किनकि मबाट अलग रहेर तिमीहरू केही गर्न सक्दैनौ।” [यूहन्ना 15:5]

No comments:
Post a Comment