Saturday, May 31, 2025

वाचम्यान नी काे प्रार्थना र परमेश्वरकाे प्रबन्ध




 सन १९२२ को अन्त्यतिर, फूचाओमा केही व्यक्तिहरू प्रभुमा आइसकेका थिए, र प्रभुमा आउने क्रम बढ्दो थियो । त्यसैले एउटा पत्रिका छाप्ने मेरो हृदयमा ठूलो बोझ उत्पन्न भयो । त्यो समयमा हामीलाई धेरै कठिनाइ थियो । एक हप्ता प्रार्थना गर्याैं, दुई हप्ता प्रार्थना गर्याैं, अनि एक महिनाभन्दा बढि प्रार्थना गर्याैं, तरैपनि हामीसँग कत्ति पनि पैसा थिएन । 


एक बिहान म सबेरै उठें र भनें, “अब अरु प्रार्थना गर्न जरुरी छैन । यो विश्वासको अभाव हो । अब हामीले के गर्नुपर्छ भने हामीले लेख्न शुरु गर्नुपर्छ । के प्रभुले पहिला हाम्रो हातमा पैसा थमाइदिनुभएपछि हामीले लेख्न शुरु गर्ने हो र ? आजबाट म पैसाको लागि प्रार्थना गर्दिनँ, म अब अघि बढ्छु, लेख्न थाल्छु ।”


जब अन्तिम शब्द पनि लेखिसकियो, सबै कुरा तयार भयो, मैले भनें, “पैसा आउँछ !” अन्त्यमा प्रार्थना गर्न फेरि मैले घुँडा टेकें र परमेश्वरलाई भनें “हे परमेश्वर ! छपाइको लागि सबै लेख तयार भयो, तर अझैसम्म पनि हाम्रो हातमा पैसा छैन ।” प्रार्थना गरिसकेपछि परमेश्वरले अवश्य नै रकमको प्रबन्ध गरिदिनुहुनेथ्यो भन्ने कुराको निश्चयता मेरो मनमा भयो, त्यसैले हामीले परमेश्वरलाई धन्यवाद दिएर उहाँको प्रशंसा गर्याैं । आश्चर्यजनक घटना भयो ! 


प्रार्थना सकेर जसै हामी उठ्यौं, कसैले ढोका ढकढक्याएको आवाज आयो । मैले सोचें कि अवश्य नै कसैले केही रकम हामीकहाँ लिएर आएको हुनुपर्छ । ढोका खोलेर हेर्दा त एकजना अति नै धनाढ्य दिदी पो आएकी रहिछन, तर तिनी थिइन अति कन्जुस, तिनलाई देखेर म चकित भएँ । मैले मन-मनमा सोचें, “यस्ती कन्जुस दिदीले के पैसा लिएर आएकी हुन्थिन होला र !” 


तर मैले सोंचे विपरीत तिनले भनिन, “म एकदमै महत्वपूर्ण विषय लिएर तपाईंलाई भेट्न आएकी हुँ ।” 


मैले भनें, “कृपया के विषय थियो, भन्नुहोस ।” 


तिनले मलाई सोधिन, “ख्रीष्टियानहरूले कसरी दिनुपर्छ ?” 


मैले तिनलाई भनें, “हामीले परमेश्वरलाई दिनको लागि पुरानो करारको दशांश दिने प्रथालाई नै पछयाउनुपर्छ भन्ने छैन, तर २ कोरिन्थी ९:७ मा परमेश्वरले भन्नुभएको कुरालाई हामीले पछ्याउनुपर्छ, हरेक व्यक्तिले परमेश्वरले भन्नुभएअनुसार दिनुपर्छ, उसले आधा भाग वा एक तिहाई वा दशौं भाग वा बिसौं भाग, जति पनि दिन सक्छ ।”


“यो गिफ्ट कसलाई दिनुपर्छ ?” भनेर तिनले सोधिन । 


मैले भनें, “तपाईंले यस्ता मण्डलीहरूलाई नदिनुहोस, जसले परमेश्वरको विरोध गर्छन, अनि यस्ताहरूलाई पनि नदिनुहोस, जसले परमेश्वरको वचन बाइबललाई विश्वास गर्दैनन र जसले परमेश्वरले बहाउनुभएको रगतद्वारा प्राप्त हुने छुटकारालाई विश्वास गर्दैनन । यदि तिनीहरूलाई कसैले पनि सहयोग दिएनन भने तिनीहरूले तिनीहरूका झूठा कुराहरूलाई प्रचार गरिरहन सक्दैनन । कुनै गरिब दुःखीहरूलाई दिनुभन्दाअघि वा कुनै विशेष परमेश्वरको महिमा हुने कामको निम्ति दिनुअघि परमेश्वरलाई प्रार्थना गर्नुहोस, तर कुनै अयोग्य संगठनहरूलाई नदिनुहोस ।”


तिनले भनिन, “परमेश्वरले मलाई केही दिनदेखि भनिरहनुभएको छ, 'तिमी पैसाको अति नै भक्त छौ' पहिला त मैले यस कुरालाई वास्तै गरिनँ, तर अब म गर्न सक्छु । आज बिहान मैले प्रार्थना गरिरहँदा परमेश्वरले मलाई भन्नुभयो, 'तिमीले अब प्रार्थना गरिरहनुपर्दैन । पहिला तिमीले पैसा दिनुपर्छ' । मलाई अप्ठ्यारो लागिरहेको छ, तर यहाँ मेरो साथमा ३० डलर छ, यसलाई लिनुहोस र परमेश्वरको काममा खर्च गर्नुहोस ।” 


यो रकम १४०० प्रति “वर्तमान साक्षी” पत्रिका छाप्नको लागि पर्याप्त थियो । पछिबाट कसैले हामीलाई फेरि ३० डलर दियो, यो रकम सो पत्रिकालाई अन्यत्र पठाउँदा लाग्ने हुलाक महसुल तिर्न र अन्य आकस्मिक खर्च व्यहोर्नको लागि पर्याप्त थियो । यसरी “वर्तमान साक्षी” (The Present Testimony) नामक पत्रिकाको पहिलो अंक छापियो ।


* जब प्रार्थना तपाईंको बानी बन्छ, चमत्कार तपाईंको जीवनशैली बन्छ ।

तपाईंको बाटोमा जेसुकै आए पनि प्रार्थना गर्न कहिल्यै नछोड्नुहोस ।


[वाचम्यान नी (नोभेम्बर ४, १९०३ - मे ३०, १९७२) एक चिनियाँ मण्डलीकाे अगुवा र ख्रीष्टियन शिक्षक थिए, जसले २० औं शताब्दीमा चीनमा सेवा गरे । १९२२ मा, उनले फुजियान प्रान्तको फुचाओमा मण्डलीहरू सुरु गरे, जुन स्थानीय मण्डलीहरूको सुरुवात मानिन्छ । आफ्नो ३० वर्षको सेवकाईको अवधिमा, नीले बाइबलको व्याख्या गर्ने धेरै पुस्तकहरू प्रकाशित गरे । उनले चीनभरि मण्डलीहरू स्थापना गरे र बाइबल विद्यार्थीहरू र मण्डलीका सेवकहरूलाई तालिम दिन धेरै सम्मेलनहरू आयोजना गरे । कम्युनिस्ट क्रान्ति पछि, नीलाई आफ्नो विश्वासको लागि सताइयो र थुप्रै झुठो आरोप लगाएर जेलमा हालियो र आफ्नो जीवनको अन्तिम २० वर्ष जेलमा बिताए । उनलाई चिनियाँ मण्डलीको शहीद र चिनियाँ आदिवासी मण्डलीको सबैभन्दा महत्त्वपूर्ण अगुवाहरू मध्ये एक मानिन्छ ।]


Sources :

1. पुस्तक : “वाचम्यान नी काे गवाही”, के. एच. वेईद्वारा संकलित, प्रकाशक : कनान प्रेयर हाउस, प्रथम संस्करण : डिसेम्बर,२०१७, पृष्ठ २२-२४

2. https://en.m.wikipedia.org/wiki/Watchman_Nee

3. https://www.gotquestions.org/Watchman-Nee.html

4. https://www.bdcconline.net/en/stories/nee-watchman

5. https://www.watchmannee.org/life-ministry.html

6. https://thirdmill.org/magazine/article.asp/link/hue_mountfort%5ECH.Mountfort.watchman.nee.bio.html/at/Watchman%20Nee%20(1903-1972):%20A%20Biographical%20Study








Friday, May 30, 2025

प्रार्थनाका सात चरणहरू

 



1. प्रशंसा

 प्रशंसा गर्दै उहाँको मन्दिरमा प्रवेश गर्नुहोस । [भजनसंग्रह १००:४, १०३:१-५, ३४:१-४, दानिएल ४:३४] युगौंदेखि उहाँको भलाइ र विश्वासयोग्यताको लागि परमेश्वरको प्रशंसा गर्नुहोस ।


2. आराधना

 परमेश्वर को हुनुहुन्छ भनी आफ्नो शब्दहरू बताउनुहोस । प्रकृति र धर्मशास्त्रहरूमा प्रकट भएको उहाँको महानताको बारेमा बताउनुहोस । आत्माद्वारा परमेश्वरकाे स्तुति र आराधना गर्नुहाेस । [भजन ९५:६, एफेसी ६:१८]


3. धन्यवाद

 परमेश्वरले तपाईंको लागि के गर्नुभएको छ भनेर स्वीकार गर्नुहोस । जीवन, स्वास्थ्य र उहाँका सबै प्रबन्धहरूको लागि उहाँलाई धन्यवाद दिनुहोस । [फिलिप्पी ४:६, भजन ९५:२]


4. स्वीकार

 आफ्ना पापहरू मानिलिनु र पश्चात्ताप गर्नुहोस । [भजन ३२:५] र शत्रुलाई तपाईंलाई दोष लगाउन नदिनुहोस । यदि हामीले हाम्रो पापहरू स्विकार गर्याैँ भने प्रभुले हाम्रा सबै पापहरू क्षमा गर्नुहुन्छ । [१ यूहन्ना १:९]


5. मध्यस्थता

 अरूको लागि प्रार्थना तथा निवेदन गर्नुहोस । [१ तिमोथी २:१-४, एफेसी ६:१८] राष्ट्र, मण्डली र तपाईंको परिवार र साथीहरूको लागि प्रार्थना गर्नुहोस । परमेश्वरको सामु तिनीहरूको आवश्यकताहरू उल्लेख गर्नुहोस ।


6. अन्तरबिन्ती

 आफ्नो लागि प्रार्थना गर्नुहोस । आफ्नो आवश्यकताहरू निर्दिष्ट गर्नुहोस । [मत्ती ६:७-८, १ तिमाेथी २:१, फिलिप्पी ४:६] आफ्नो प्रार्थनाका बिषय वस्तुहरू र मितिको सूची बनाउनुहोस ।


7. पर्खनुहाेस 

 परमेश्वरलाई तपाईंसँग बोल्न दिनुहोस । चुपचाप परमेश्वरको प्रतीक्षा गर्नुहोस । उहाँको वचनमा मनन गर्नुहोस । उहाँको प्रतीक्षा गर्नेहरूलाई उहाँले नवीकरण गर्नुहुन्छ । [यशैया ४०:३१, भजन ४६:१०]


“प्रार्थना ख्रीष्टको नाउँमा, अनि पवित्र आत्माको शक्तिमा पितालाई सम्बोधित गरिएको आराधना हो ।” - डा. एच. डब्ल्यू. फ्रोस्ट 


* हाम्रो प्रार्थना सोझै परमेश्वर पितालाई सम्बोधित गरिएको हुनुपर्छ [प्रेरित १२ः५], येशू ख्रीष्टको नाउँमा [यूहन्ना १४:१३], पवित्र आत्माको शक्तिद्वारा [एफिसी ६:१८] ।


Sources :

1. https://www.facebook.com/100001676056647/posts/pfbid02oFSeMvfX4Kyo7Uu2pMobCyZDWCfduXjcPKoyycnoWEUuZqqK8XxkFNPnE6yTuqvTl/?app=fbl

2. https://www.facebook.com/100044365662151/posts/pfbid0367rcudLQKaYA1frQ7vFgXZhL7WQ7wXZUpj2pcs8GLrCKf8PPY4JovjvFMAVLf976l/?app=fbl

3. https://www.scribd.com/document/369585260/7-Steps-to-Prayer

4. https://springhill.cc/sermons/seven-steps-to-prayer-that-brings-results-4/



Wednesday, May 28, 2025

साधारण प्रार्थनाको जवाफ

 



 एउटी प्रार्थनाशील महिलाले एक महिलालाई ख्रीष्टकहाँ ल्याइन तर उनले धेरै भन्नु अघि नै, ती महिलाकाे हवाई जहाजको यात्रा भएको जानकारी पाईन । 


त्यसैले तिनले उनलाई फ्रान्सिस शेफरले लेखेको एउटा पुस्तक दिए र प्रार्थना गरे, “प्रभु, कृपया उनको उडानमा एक जना ख्रीष्टियनलाई पनि साथमा पठाउनुहोस र उनलाई थप कुराहरू बताउनुहोस ।”


विमानले उडान भर्ने बित्तिकै, महिलाले त्यो किताब पढ्न थालिन । एक जना यात्रीले पुस्तकको शीर्षक देखे र उनलाई सोधे, “यो पुस्तकको बारेमा तपाईंलाई के लाग्छ ?” 


महिलाले भनिन, “हो, म भर्खरै मात्र विश्वासी बनेकी छु । त्यसैले मलाई राम्रोसँग थाहा छैन ।”


यात्रीले फेरि भने, “के म तपाईंलाई मद्दत गर्न सक्छु ? म फ्रान्सिस शेफर हुँ !”


एउटा साधारण प्रार्थनाको चमत्कारी जवाफ मिल्यो ।


* के तपाईंले पनि यस्तै कुनै एउटा साधारण प्रार्थनाको चमत्कारी जवाफ पाउनुभएको छ ?


Source :

पुस्तक : “101 बाइबल पाठ”, ई. डी. चेल्लदुरै, Reprit 2018, Publicised by : GS Books, Pg. 216-117




Tuesday, May 27, 2025

येशू ख्रीष्टको प्रार्थनामय जीवन





1. हरेक बिहान प्रार्थना गर्नुभयो ।

 “बिहान उज्यालो हुनभन्दा धेरै अघि उठेर उहाँ बाहिर एकान्त ठाउँमा जानुभयो, र त्यहाँ प्रार्थना गर्नुभयो।” [मर्कूस १:३५]


2. सारा रात प्रार्थना गर्नुभयो ।

 “ती दिनमा उहाँ पहाड़तिर प्रार्थना गर्न जानुभयो, र परमेश्वरसँग प्रार्थना गर्दै पूरै रात बिताउनुभयो।” [लूका ६:१२]


3. आफ्नो बप्तिस्माको समयमा प्रार्थना गर्नुभयो ।

 “जब सबै मानिसहरूले बप्तिस्मा लिए, अनि येशूले पनि बप्तिस्मा लिएर प्रार्थना गरिरहनुभएको थियो, तब स्वर्ग उघ्रियो।” [लूका ३:२१]


4. एक्लै प्रार्थना गर्नुभयो ।

 “एक पल्ट येशू एकलै प्रार्थना गरिरहनुभएको थियो...” [लूका ९:१८]


5. मुहारकाे रूप परिवर्तन हुँदा प्रार्थना गर्नुभयो ।

 “उहाँले प्रार्थना गरिरहनुहुँदा उहाँको मुहारको रूप बद्लियो, र उहाँको वस्त्र बिजुली चम्केको जस्तो उज्ज्वल भयो।” [लूका ९:२९]


6. भिडबाट अलग जाँदा प्रार्थना गर्नुभयो ।

 “तर येशूचाहिँ निर्जन स्थानहरूमा गएर प्रार्थना गर्नुहुन्थ्यो।” [लूका ५:१६]

 

7. पत्रुसकाे लागि प्रार्थना गर्नुभयो ।

 “तर मैले तिम्रो विश्वास नडगमगाओस् भनेर तिम्रो निम्ति प्रार्थना गरें, र फेरि तिमी मतर्फ फर्केपछि तिम्रा भाइहरूलाई स्थिर गराऊ।” [लूका २२:३२]


8. धन्यवाद सहित प्रार्थना गर्नुभयो ।

 तिनीहरूले ढुङ्गो हटाए। अनि येशूले मास्तिर नजर उठाएर भन्नुभयो, “हे पिता, म तपाईंलाई धन्यवाद दिन्छु, किनकि तपाईंले मेरो बिन्ती सुन्नुभयो।” [यूहन्ना ११:४१]


9. आँसुसहित प्रार्थना गर्नुभयो ।

 “येशू आफ्नो शारीरिक जीवनमा हुनुहुँदा उहाँलाई मृत्युबाट बचाउन सक्नुहुनेलाई उहाँले बड़ो क्रन्दन र आँसुसहित प्रार्थना चढ़ाउनुभयो, अनि आफ्नो भक्तिपूर्ण समर्पणको कारणले उहाँको प्रार्थना र नम्र निवेदन सुनियो।” [हिब्रू ५:७]


10. भक्तिपूर्ण समर्पणकाे साथ प्रार्थना गर्नुभयो ।

 “येशू आफ्नो शारीरिक जीवनमा हुनुहुँदा उहाँलाई मृत्युबाट बचाउन सक्नुहुनेलाई उहाँले बड़ो क्रन्दन र आँसुसहित प्रार्थना चढ़ाउनुभयो, अनि आफ्नो भक्तिपूर्ण समर्पणको कारणले उहाँको प्रार्थना र नम्र निवेदन सुनियो।” [हिब्रू ५:७]


11. दृढ संकल्पका साथ प्रार्थना गर्नुभयो ।

 तिनीहरूले ढुङ्गो हटाए। अनि येशूले मास्तिर नजर उठाएर भन्नुभयो, “हे पिता, म तपाईंलाई धन्यवाद दिन्छु, किनकि तपाईंले मेरो बिन्ती सुन्नुभयो।   

मलाई थाहा छ, कि तपाईंले मेरो बिन्ती सधैँ सुन्नुहुन्छ। तर यहाँ उभिएका भीड़को खातिर मैले यो भनेको हुँ, ताकि तपाईंले मलाई पठाउनुभएको हो भनी तिनीहरूले विश्वास गरून।” [यूहन्ना ११:४१,४२]


12. भारी व्यथामा प्रार्थना गर्नुभयो । 

 “अनि भारी व्यथामा परेर उहाँले अझै यत्‍नसहित प्रार्थना गर्नुभयो; अनि उहाँको पसिना रगतका ठूला-ठूला थोपाझैं भुइँमा खसिरहेको थियो।” [लूका २२:४४] KJV


13. घुँड़ा टेकेर प्रार्थना गर्नुभयो ।

 “उहाँ तिनीहरूबाट प्राय: तीस मिटर पर गएर घुँड़ा टेकी प्रार्थना गर्नुभयो।” [लूका २२:४१]


14. पिताको इच्छा प्रार्थना गर्नुभयो ।

 “हे पिता, तपाईंको इच्छा भए, यो कचौरा मबाट हटाइदिनुहोस। तर मेरो इच्छा होइन, तपाईंकै इच्छा पूरा होस।” [लूका २२:४२]


15. शत्रुको निम्ति प्रार्थना गर्नुभयो ।

 अनि येशूले भन्नुभयो, “हे पिता, यिनीहरूलाई क्षमा गर्नुहोस्, किनकि यिनीहरूले के गर्दैछन सो जान्दैनन।” [लूका २३:३४]


16. मृत्युको समयमा प्रार्थना गर्नुभयो ।

 उच्च सोरले कराएर येशूले भन्नुभयो, “हे पिता, म मेरो आत्मा तपाईंको हातमा सुम्पन्छु।” यति भनेर उहाँले आफ्नो प्राण त्यागिदिनुभयो। [लूका २३:३४, मत्ती २७:४६, ]


* यदि येशू ख्रीष्टलाई मनुष्यत्वमा प्रार्थनााकाे यति धेरै आवश्यकता थियो भने के हामीलाई प्रार्थनाकाे आवश्यकता पर्दैन र ?


* तपाईंको प्रार्थनामय जीवन कस्तो छ ?


यसकारण लेखिएको छ,

 “तिमीहरू प्रार्थना गरिरहो, र परीक्षामा नपर।”  [लूका २२:४०]


“किनकि मैले तिमीहरूलाई एउटा उदाहरण दिएको छु, र जसो मैले तिमीहरूका निम्ति गरें, तिमीहरूले पनि त्यसै गर।” [यूहन्ना १३:१५]


“किनकि यसैको निम्ति तिमीहरू बोलाइएका हौ। ख्रीष्टले पनि तिमीहरूका निम्ति कष्ट भोग्नुभयो, अनि तिमीहरूका लागि एउटा उदाहरण छोडिजानुभयो, र तिमीहरू उहाँकै पाइलामा हिँड्नुपर्छ।” [१ पत्रुस २:२१]


“उहाँमा रहन्छु भन्ने व्यक्ति आफै पनि उहाँको चालअनुसार चल्नुपर्छ।” [१ यूहन्ना २:६]


“ख्रीष्ट येशूमा भएको विश्वास र प्रेममा तिमीले मबाट सुनेका साँचा कुराहरूका नमूनाको अनुसरण गर।” [२ तिमोथी १:१३]


“तिमीहरूमा यस्तो मन होस, जो ख्रीष्ट येशूमा पनि थियो।” [फिलिप्पी २:५]


“मेरो अनुसरण गर्ने होओ, जसरी म ख्रीष्टको अनुसरण गर्दछु।” [१ कोरिन्थी ११:१]


“यसकारण जसरी ख्रीष्टलाई तिमीहरूले ग्रहण गर्यौ, त्यसरी नै उहाँमा जीवन बिताओ। 

धन्यवाद दिनमा प्रशस्त हुँदै, तिमीहरूलाई शिक्षा दिएबमोजिम उहाँमा जरा गाडिएका र निर्माण भएका र विश्वासमा दह्रिला भएका होओ।” [कलस्सी २:६-७]


“मैले तीतसलाई जान भनी आग्रह गरें, र त्यस भाइलाई तिनको साथमा पठाएँ। के तीतसले तिमीहरूबाट केही फाइदा उठाए? के हामी एकै आत्माद्वारा चलेनौं? के हामी एकै पाइलामा हिँड़ेनौं?” [२ कोरिन्थी १२:१८]


Sources :

पुस्तक : “101 बाइबल पाठ”, ई. डी. चेल्लदुरै, Reprit 2018, Publicised by : GS Books, Pg. 216-117



Monday, May 26, 2025

प्रार्थनाकाे जवाफ थाहा नपाउने व्यक्ति

 



 नदीको किनारमा एउटा सानो गाउँ थियो । सबैजना खुसीसाथ बस्थे र गाउँको मण्डलीमा नियमित प्रार्थना गर्थे । एक पटक वर्षायाममा, ठूलो पानी पर्यो । नदी भरिएर बाढी आउन थाल्यो र गाउँमा बाढी पस्यो । सबैजना आफ्नो घर खाली गर्न थाले र सुरक्षित ठाउँमा जान लागे ।


एक जना मानिस दौडेर मण्डली तिर गयो । ऊ तुरुन्तै पास्टरको कोठामा गयो र भन्यो, “बाढीको पानी हाम्रो घरमा पसेको छ र यो द्रुत गतिमा बढ्दैछ । र पानी मण्डलीमा पनि पस्न थालेको छ । हामीले गाउँ छोड्नु पर्छ किनकि चाँडै यो पानीमा डुब्नेछैन ! सबैजना सुरक्षित ठाउँमा जान लागेका छन र तपाईं पनि आउनु पर्छ।” 


पास्टरले त्यो मानिसलाई भने, “म तिमी सबै जस्तो नास्तिक होइन र मलाई परमेश्वरमा पूर्ण विश्वास छ । मलाई परमेश्वरमा विश्वास छ कि उहाँ मलाई बचाउन आउनुहुनेछ । म मण्डली छोड्ने छैन, तिमी जान सक्छौ !” त्यसैले, त्यो मानिस त्यहाँबाट निस्कियो ।


चाँडै नै, पानीको सतह बढ्न थाल्यो र कम्मरको उचाइमा पुग्यो । पास्टर टेबुलमा चढे । केही मिनेट पछि, डुङ्गा बोकेको एक जना मानिस पास्टरलाई बचाउन आयो । उसले पास्टरलाई भन्यो, “मलाई गाउँलेहरूले भनेका थिए कि तपाईं अझै पनि मण्डली भित्र हुनुहुन्छ, त्यसैले म तपाईंलाई बचाउन आएको हुँ, कृपया डुङ्गामा चढ्नुहोस ।” तर पास्टरले फेरि पनि त्यही कारण दिँदै जान अस्वीकार गरे । त्यसैले डुङ्गा चालक त्यहाँबाट निस्कियो ।


पानी बढ्दै गयो र छतसम्म पुग्यो, त्यसैले पास्टर मण्डलीको टुप्पोमा चढे । उनले परमेश्वरलाई बचाउन प्रार्थना गरिरहे । चाँडै हेलिकप्टर आयो, उनीहरूले पुजारीको लागि डोरीको भर्‍याङ खसाले र उनलाई सुरक्षित ठाउँमा लैजान हेलिकप्टर भित्र चढ्न भने । तर पास्टरले फेरि उही कारण दिएर जान अस्वीकार गरे ! त्यसैले हेलिकप्टर अरूलाई खोज्न र मद्दत गर्न निस्कियो ।


अन्ततः जब मण्डली लगभग पानीमा डुबेको थियो, पास्टरले आफ्नो हात टाउको माथि राखेर गुनासो गर्न थाले, “हे परमेश्वर, मैले जीवनभर तपाईंको आराधना गरें र तपाईंमा मेरो विश्वास राखें ! तपाईं मलाई बचाउन किन आउनुभएन ?” 


परमेश्वर उनको अगाडि देखा पर्नुभयाे र मुस्कुराउँदै भन्नुभयो, “ए मुर्ख मान्छे, म तिमीलाई तीन पटक बचाउन आएको थिएँ ! म तिमीलाई अन्य गाउँहरू भन्दा सुरक्षित ठाउँमा जान भन्न दौडिरहेको थिएँ, म डुङ्गा लिएर आएको थिएँ, म हेलिकप्टर लिएर आएको थिएँ ! यदि तिमीले मलाई चिन्न सकेनौं भने मेरो के दोष ?”


पास्टरले आफ्नो गल्ती महसुस गरे र माफी मागे । उनलाई फेरि एक पटक सुरक्षित ठाउँमा जाने मौका मिल्यो, जुन उनले स्वीकार गरे ।


नैतिक शिक्षा :

* परमेश्वरकाे मद्दत गर्ने विभिन्न तरिकाहरू हुन्छन, तर कहिलेकाहीँ हामीले त्यसलाई चिन्दैनाैँ र गुनासो मात्रै गरेर बस्छौं ।


* कहिलेकाहीँ हामीले गरेको प्रार्थनाकाे जवाफ पाईसकेका हुन्छौं, तर त्यसलाई चिन्न असक्षम हुन्छौं । त्यसकारण प्रार्थनाकाे जवाफ चिन्नकाे लागि पनि परमेश्वरसँग ज्ञान र समझ मागाैँ ।


* जीवनमा, धेरै पटक हामी अवसरलाई चिन्न असफल हुन्छौं र गुनासो गरिरहन्छौं कि जीवनले हामीलाई सफल जीवन बिताउने अवसर दिएन । त्यसैले, जीवनलाई सफल र राम्रो बनाउनको लागि तपाईंले पाउनुहुने हरेक मौकाको सदुपयोग गर्नुहोस ।


Sources :

1. https://www.moralstories.org/way-god-helps/

2. https://moralstories26.com/priest-rescue-story-gods-ways-to-help/

3. https://independent.ng/the-way-god-helps/

4. https://mfpoetry.in/the-way-god-helps/

5. https://www.facebook.com/105756764978298/posts/pfbid02yb19uvgWvsndJsKSzLa8p2rtp14v9wsEvTygwBcAeFP85F3SVZyzaT2XoTHusaXWl/?app=fbl







सानो साेर :


 वर्षा याममा तराई क्षेत्र डुबानमा पर्यो । कति मानिस र पशुपंक्षीहरूलाई पानीले डुबायो र बगायो । एउटा ख्रीष्टियानलाई पनि पानीले बगाएर लग्यो । तर उसले वगेर एउटा लडेको रूखमा शरण लियो । त्यहाँ उसले प्रार्थना गर्यो, “प्रभु, मलाई तपाईंले बचाउनोस ।”



साँच्चै उद्धार कार्यमा लागेका मानिसहरू उसको बचाउमा डुङ्गामा चढेर आए, तर ऊ डुङ्गामा चढ्न मानेन । उसले प्रार्थनामा त्यही कुरा भन्यो, “प्रभु, मलाई तपाईंले बचाउनुहोस ।”


उसको सहाराको लागि अरू मानिसहरू, सेनाहरू आए । हेलिकोप्टर पनि बचाउको लागि आयो, तर उसले कसैको सहारा नलिएर त्यही प्रार्थना दोऱ्याइरहयो, “प्रभु, मलाई तपाईंले बचाउनोस ।”


वाढीको गति बढ्दैआयो । ऊ मर्ने अवस्थामा पुग्यो । ऊ क्रोधित भएर भन्यो, “प्रभु ! मलाई किन नबचाएको ?”


उत्तर स्वरूप सानो स्वर सुनियो, “डुङ्गा, मानिस, सेना र हेलिकप्टर तिम्रो सहायतामा आउँदा तिम्रो विश्वासचाहिँ किन नचलाएको ?”


Source :

२०० दृष्टान्त चित्रहरू, सलाेन कार्थक, वरदान प्रकाशन, दाेस्राे संस्करण, जुन, २०१३, पृष्ठ नं. ५५-५६







प्रार्थनामा दरिद्र मण्डली

 



 कुनै पनि मानिस आफ्नो प्रार्थनाको जीवनभन्दा ठूलो होइन । प्रार्थना नगर्ने पास्टरले सेवामा खेलबाड गर्दैछ; मानिसहरू जो प्रार्थना गर्दैनन, तिनीहरू बाटो बिराउँदैछन । पुलपिट कसैको प्रतिभालाई देखाउने मञ्च बन्न सक्छ, तर प्रार्थना गर्ने भित्री कोठामा कुनै देखावटीपनको अनुमति छैन ।


अहिलेको मण्डली धेरै कुरामा दरिद्र भएको छ, सबैभन्दा बढी प्रार्थनामा हो । हामीकहाँ धेरै आयोजकहरू छन, तर अरूको लागि वेदनाले भरेकाहरूचाहिँ थोरै छन; बाजावाल र पैसावाल धेरै छन, तर प्रार्थनाचाहिँ थोरै; धेरै गायकहरू छन, तर परमेश्वरलाई पक्रिनेहरूचाहिँ थोरै छन; धेरै पास्टरहरू छन, तर थोरै आत्मिक लडाइँ लड्नेहरू; धेरै डरहरू छन, तर थोरै आँसुहरू; धेरै सिँगार, तर थोरै अनुराग; धेरै बाधा ल्याउनेहरू छन, तर थोरै अन्तर्बिन्ती गर्नेहरू; धेरै लेखकहरू, तर थोरै सिपाहीहरू । यी कुराहरूमा असफल हुने हामी अरू सबै कुराहरूमा असफल हुन्छौँ ।


सफल ख्रीष्टिय जीवनको लागि दुईवटा पूर्वावश्यकहरूचाहिँ दर्शन र अनुराग हो, यी दुवैको जन्म र निरन्तरता प्रार्थनाद्वारा नै हुन्छ । प्रचार गर्ने सेवाको मौका थोरैलाई हुन्छ; तर प्रार्थना गर्ने सेवा सबैको लागि खुल्ला छ, जुनचाहिँ सबै प्रकारको सेवा र कामभन्दा उच्च छ । आत्मिक जीवनमा किशोर अवस्थामा भएकाहरूले भन्छन, “आज राति म मण्डलीमा जाने छैन, त्यो प्रार्थना सभा मात्र हो ।” प्रवचनहरूसँग शैतान डराउने कारण थोरै मात्र हुन्छ होला । तर उसको पुरानो अनुभवले उसलाई चिल्ने भएकाले आफ्नो सम्पूर्ण दुष्ट सेनालाई प्रार्थना गर्नेहरूको विरोधमा युद्ध गर्नलाई खडा गराउँछ । अहिलेको इसाईहरूलाई बाँध्नु र फुकाउनुको बारेमा थोरै मात्र थाहा हुन्छ, तर दायित्व हामीमाथि नै छ “तिमीले पृथ्वीमा जे बाँध्छाै... ।” तपाईंले अहिले भर्खरैको समयहरूमा यस्तो केही काम गर्नुभएको थियो ? परमेश्वर आफ्नो शक्तिको कुरामा उडन्ता हुनुहुन्न, तर उहाँको लागि धेरै गर्न, उहाँसँग धेरै रहनुपर्छ ।


यो संसार नरकको बाटोमा यति छिटो अगाडि बढ्दै छ, कि हामीसँग भएको सबैभन्दा छिटो चल्ने हवाईजहाज पनि त्यसको तुलनामा कछुवा जस्तो देखिन्दछ । हाय ! तर संसारलाई हल्लाउने खालका जागृतिको लागि परमेश्वरको उपस्थितिमा पर्खदै रातको निद्रालाई गुमाएकाहरू थोरै मात्र होला । हाम्रो हृदयहरू दयाले भरेको छैन । खलबललाई नयाँ सृष्टि, हल्लिनुलाई अभिषेक र होहल्लालाई जागृति भनी हामी झुक्किने कारण, स्वर्गीय शक्तिलाई फिक्का रूपमा व्याख्या गर्ने अहिलेका प्रचारहरू नै हो ।


प्रार्थना गर्नुमा भएको रहस्यचाहिँ गुप्तमा प्रार्थना गर्नु हो । पाप गर्ने मानिसले प्रार्थना गर्न छोड्छ; प्रार्थना गर्ने मानिसले पाप गर्न छोड्छ । हामी दयनीय र दरिद्र भएका छौँ, तर हाम्रो आत्माहरू तोडिएको छैन, न ता अलिकति झुकेको छ ।


प्रार्थना सामान्य कुरा हो, तर गहन कुरा हो । प्रार्थनाचाहिँ उच्चारण गर्न प्रयास गर्ने एउटा बालकले बोल्न सक्ने साधारण वाक्य हो, तर यति गहिरो कुरा पनि हो कि त्यो सबै विषयभन्दा विशाल छ र मानिसको शब्दसंग्रह त्यसमा रित्तिन्छ । बलिरहेको शब्दहरूलाई बाढी जस्तै खन्याएको कारणले परमेश्वर प्रभावित हुनुभयो भनी भन्न सक्दैन । पुरानो करारको एउटा अन्तर्बिन्ती कर्तालाई भाषा थिएन, “तिनका ओठ चले तापनि स्वरचाहिँ सुनिँदैनथ्यो” यहाँ कुनै भाषा विज्ञ छैन ! “शब्दहरूले व्याख्या गर्न नसक्ने सुस्केराहरू” मात्र छन ।


हाम्रा पुर्खाहरूको ऐतिहासिक विश्वासलाई बुझ्न नसक्ने, तर हाम्रा वरिपरि भएकाहरूको उन्मादक विश्वासलाई मात्र बुझ्न सक्ने गरी हामी के नयाँ करारको इसाईत्वको स्तरबाट तल गिरिसकेका छौँ त ? व्यापारीको लागि लगानी जति महत्त्वको हुन्छ, विश्वासीको लागि प्रार्थना त्यति नै महत्त्वको हुन्छ।


आजको मण्डलीहरूको मुख्य चिन्ताको विषय पैसा हो भन्ने कुरालाई कसैले इन्कार गर्न सक्छ त ? तर अहिलेको मण्डलीहरूलाई जुन कुराले बढी परीक्षामा पारिरहेकोछ, त्यो कुरा, सुरुको मण्डलीहरूलाई सबैभन्दा कम असर पार्ने कुरा थियो । हामीले विशेष ध्यान, पैसालाई दिन्छौँ, तिनीहरूले प्रार्थनालाई दिन्थे । हामीले पैसा दिँदा ठाउँ किनियो; उनीहरूले प्रार्थना गर्दा ठाउँ हल्लियो !


नयाँ करारको कुराहरूमा, नरकलाई हल्लाउने, संसारलाई उथलपुथल पार्ने आत्माद्वारा प्रेरित प्रार्थनाप्रति, यति ठूलो बेवास्ता यति धेरै मानिसहरूद्वारा अहिले जस्तै कहिल्यै भएको थिएन ।


यस्तो प्रकारको प्रार्थनाको विकल्प अरू केही छैन । हामी त्यो गर्छौं नत्र मछौँ !


“भावना र संवेदनाले मात्र भरिएको धर्म, मानिसहरूमाथि आउन सक्ने सबै श्रापहरूभन्दा डरलाग्दो श्राप हो । सत्यको अनुपस्थिति नै धेरै दुःख लाग्ने कुरा भइसक्यो, अझ बहाना गर्नु डरलाग्दो पाप हो ।” - एस. च्याडविक


“विश्वास छानिएको कुनै मानिसहरूको आत्मिक बहादुरीपन हो भन्ने धारणालाई हटाउनु असल हुन्छ । विश्वासद्वारा बहादुर भएकाहरू छन, तर विश्वासचाहिँ बहादुरहरूको लागि मात्र होइन । योचाहिँ आत्मिक रूपमा प्रौढ (पुरुष) बन्नु हो र परिपक्वताको कुरा हो ।” - पी.टि. फोर्सिथ


“परमेश्वरले आफ्नो मानिसहरूको लागि महान अनुग्रह दिन चाहँदा उहाँले गर्ने पहिलो काम तिनीहरूलाई प्रार्थना गर्न लगाउनु हो ।” - म्याथ्यु हेनरी


“क्रूसको बोलावटचाहिँ, ख्रीष्टको यो अनुरागमा प्रवेश गर्नु हो । हामीले आफूमाथि त्यो काँटीको छाप बोक्नुपर्छ ।” - गोर्डन वाट


“मेरो आवश्यकताले तपाईंको महान पूर्णतालाई भेटोस, मैले चाहेको सबै थोक तपाईंमा छ ।” - अज्ञात


Source :

पुस्तक : जागृति किन ढिलो हुँदैछ ?, लियाेनार्ड रेवेन्हील, पहिलो प्रकाशन २०७६, पृष्ठ १२-१५



Saturday, May 24, 2025

संकटमा पार्ने प्रार्थना

 



 पेसिफिकको एउटा टापुमा दुई युवा मिसिनरीहरू रक्तपिपासु आदिवासीहरूको भूमिमा अचानक प्रवेश भए ।


सीमा उलङ्घन गरेको अभियोगमा दुवैलाई मृत्युदण्ड भयो । तर टापुको मुखिया विरामी परेकाले तत्कालै मृत्युदण्ड दिइएन । 


मुखियाको चङ्गाइको लागि टापुभरिका तन्त्रमन्त्र गर्नेहरूले कोसिस गरे । मुखियालाई वीसको उन्नाईस भएन । 


यो अवधिमा यी दुई मिसनरीहरूलाई प्रभुको सन्देश वाँड्ने र प्रार्थना गर्ने मौका प्राप्त भयो । मिसिनरीले प्रार्थना गरेको तुरुन्तैपछि मुखिया मर्यो । मिसिनरीहरू ठूलो सङ्कटमा परे । 


तर मुखियाको मृत्यु भएको केही समयपछि पुनः मुखियाले श्वासप्रश्वास लिन थाले । मुखिया जीवित भएर गुन्द्रीमा बसे । मुखियाले मृत्युको अनुभव बताउँदै मिसनरीहरूले सुनाएको वचन सत्य हो भनी सबैलाई बताए । आफ्ना मानिसहरूलाई दृढतासाथ मिसनरीहरूका वचन पालन गर्नुपर्ने कुरो दोहोऱ्याए । त्यसपछि तत्काल तिनको प्राण अन्त्य भयो ।


यी दुई मिसिनरीहरूका वचनलाई सो टापुवासीहरूले खुसीसाथ सुने, पालन गरे । टापुका सारा मानिसहरू विश्वासमा आए ।


* कहिलेकाहीँ प्रार्थनाले संकटमा पार्न सक्छ, तर धैर्य गर्नुहाेस त्यसमा पनि परमेश्वरकाे इच्छा हुन्छ । 


Source :

२०० दृष्टान्त चित्रहरू, सलाेन कार्थक, वरदान प्रकाशन, दाेस्राे संस्करण, जुन, २०१३, पृष्ठ नं.६६-६७



सबै कुरा परिवर्तन गर्ने प्रार्थना




1. प्रार्थनाले स्वर्गको सेनालाई सक्रिय बनाउँछ । [भजनसंग्रह ३४:७]


2. प्रार्थनाले परमेश्वरलाई आमन्त्रित गर्छ । [यर्मिया ३३:३]


3. प्रार्थनाले किल्लाहरू तोड्छ । [२ कोरिन्थी १०:४]


4. प्रार्थनाले तपाईंलाई उहाँको इच्छासँग मिलाउँछ । [मत्ती ६:१०]


5. प्रार्थनाले शत्रुलाई चुप लगाउँछ । [प्रस्थान ११:७]


6. र प्रार्थनाले तपाईंलाई रूपान्तरण गर्छ । [फिलिपी ४:६-७, राेमी ८:२६-२७]


* के प्रार्थनाले सबै कुरा परिवर्तन गर्दैन र ? 


प्रार्थना केवल एउटा दिनचर्या मात्र होइन, तर यो एउटा अलौकिक हतियार हो ।


प्रार्थना अन्तिम समयको समाधान होइन, तर यो आत्मिक युद्धमा तपाईंको पहिलो चाल हो । 


केवल कामना मात्रै नगर्नुहाेस, तर प्रार्थना गर्नुहाेस ।


 केवल आशा मात्रै नगर्नुहाेस, तर घोषणा गर्नुहाेस । 


केवल अन्य शब्दहरू मात्रै नबाेल्नुहाेस, तर परमेश्वरकाे वचन बाेल्नुहाेस ।


प्रार्थना गर्दा हामीले सधैं तीन कुरा सम्झनु पर्छ :

1. हामीले परमेश्वरको प्रेमलाई सम्झनु पर्छ, जसले सधैं हाम्रो लागि जे उत्तम छ त्यही मात्र चाहानुहुन्छ ।


2. हामीले परमेश्वरको बुद्धिलाई सम्झनु पर्छ, जसले मात्र हाम्रो लागि के उत्तम छ भनेर जान्नुहुन्छ ।


3. हामीले परमेश्वरको शक्तिलाई सम्झनु पर्छ, जसले मात्र हाम्रो लागि उत्तम कुरा ल्याउन सक्नुहुन्छ ।


Sources :

1. https://pin.it/1gJWiP0MU

2. https://www.facebook.com/100002360473375/posts/pfbid0ChKq4sfbRSFPC8K2R8hcuq5smsZqVLhrXUZkvk1aatahCSjQYdtzCqJKzKtD5T6xl/?app=fbl


Friday, May 23, 2025

घरबारविहीन मानिसकाे प्रार्थना

 


 एक घरबारविहीन मानिस सडकमा घुँडा टेकेर प्रार्थना गर्दै र परमेश्वरलाई धन्यवाद दिइरहेको भेटियो । 


जब उनलाई सोधियो, “केही नभएको घरबारविहीन मानिसले किन परमेश्वरलाई धन्यवाद दिँदैछ ?” 


उनले जवाफ दिए, “परमेश्वरले मलाई कहिल्यै त्याग्नुहुनेछैन र मसँग भौतिक कुराहरूमा धेरै नभए पनि, मसँग सबैभन्दा ठूलो उपहार “उद्दार” छ । यसको निम्ति येशू ख्रीष्टलाई धन्यवाद चढाउन प्रार्थना गर्छु ।”


उनले फेरि भने, “मेरो धन, मानिस र पैसाबाट होइन, तर हाम्रा स्वर्गीय पिताबाट आउँछ ।”


साँच्चिकै त्याे मानिस घरबारविहीन भएतापनि ऊ संसारकै सबैभन्दा धेरै धनी व्यक्ति थियोे । किनकि ऊ सँग सारा सृष्टिको मालिक परमेश्वर हुनुहुन्थ्यो र साथमा उहाँले दिनुभएको सित्तैकाे उपहार “उद्दार” थियोे ।


* के उद्दार पाएको व्यक्ति संसारकै सबैभन्दा धेरै धनी व्यक्ति हाेईन र ?

* के तपाईंले अभावमा पनि परमेश्वरलाई धन्यवाद दिनु र प्रार्थना गर्नुहुन्छ ?


यसकारण लेखिएको छ,

“आफ्नो आशामा आनन्द गर, सङ्कष्टमा धैर्य धारण गर, प्रार्थनामा निरन्तर लागिरहो।” [रोमी १२:१२]


अय्यूबले जवाफ दिए, “तिमी एक मूर्ख आइमाईजस्तै कुरा गर्दछ्यौ। परमेश्वरबाट हामीले सुखचाहिँ ग्रहण गर्ने र दु:ख ग्रहण नगर्ने?” यी सबै कुरामा आफूले बोलेको कुरामा अय्यूबले पाप गरेनन। [अय्यूब २:१०]


“चाहे अञ्जीरका रूखमा मुना नलागोस, र दाखका बोटमा फल नफलोस, चाहे जैतून रूखमा फल नलागोस, र खेतले अन्न नउब्जाओस, खोरमा भेड़ाबाख्रा नभए पनि र गोठमा गाईबस्तुहरू रहेनन भने पनि, म परमप्रभुमा रमाहट गर्नेछु, म मेरो उद्धार गर्नुहुने परमेश्वरमा रमाउनेछु। 

परमप्रभु परमेश्वर मेरो बल हुनुहुन्छ, उहाँले मेरा खुट्टा हरिणका खुट्टाझैँ पार्नुहुन्छ, उहाँले मलाई अग्ला-अग्ला स्थानहरूमा जाने योग्यको तुल्याउनुहुन्छ।” [हबकूक ३:१७-१९]


Sources :

1. https://www.facebook.com/208205510113680/posts/pfbid02FmmofaN57KkmkWqVig9SQKU6xVAhE2pjZhtkCp8JLsrPiXC8p8AYJrxDmxY8PERtl/?app=fbl

2. https://www.linkedin.com/posts/myroan-brown-bbb274150_homeless-man-activity-7317380034493652994-q6bC

3. https://pin.it/78ifPOxas



Wednesday, May 21, 2025

इतिहास परिवर्तन गर्ने प्रार्थना

 



 जोन नक्सले प्रार्थना गरे, र नतिजा स्वरूप रानी मेरीले भन्न थालिन कि उनी स्कटल्याण्डका सबै सेनाहरूसँग भन्दा जोन नक्सको प्रार्थनासँग बढी डराउँछिन ।


जोन वेस्लीले प्रार्थना गरे, र इङ्गल्याण्डमा ठुलो जागृति आयो, जसले गर्दा त्यो राष्ट्र फ्रान्सेली क्रान्तिको भयावह अवस्थाबाट बच्यो ।


जोनाथन एडवर्ड्सले प्रार्थना गरे, र अमेरिकी उपनिवेशहरूमा ठुलो जागृति फैलियो । प्रार्थनाको कारणले गर्दा इतिहास समय-समयमा परिवर्तन भएको छ । यदि मानिसहरूले विश्वासपूर्वक घुँडा टेकेर प्रार्थना गरे भने इतिहास फेरि परिवर्तन हुन सक्छ ।


समय आशारहित हुँदा र संसारले परमेश्वरलाई घृणा गर्दा पनि, परमेश्वर आफ्ना जनहरूको प्रार्थना मार्फत काम गर्नुहुन्छ ।


आज तपाईंले आफ्नो राष्ट्र, र सारा संसारकाे जागृतिको लागि प्रार्थना गर्नुहाेस ।


* के आज तपाईंले आफ्नो राष्ट्र, र सारा संसारकाे जागृतिको लागि प्रार्थना गर्नुहुन्छ ?


यसकारण लेखिएको छ,

“...धार्मिक मानिसको प्रार्थना शक्तिशाली र प्रभावशाली हुन्छ।” [याकूब ५:१६]


“परमप्रभुको नजर धर्मात्माहरूमाथि रहन्छ, र उहाँले तिनीहरूको पुकारा सुन्नुहुन्छ।” [भजनसंग्रह ३४:१५]


“हामी जान्दछौ कि परमेश्वर पापीहरूका कुरा सुन्नुहुन्न, तर परमेश्वरको भय मान्ने र उहाँको इच्छा पालन गर्ने व्यक्तिको कुरा परमेश्वरले सुन्नुहुन्छ।” [यूहन्ना ९:३१]


“परमप्रभु दुष्टदेखि टाढ़ै रहनुहुन्छ, तर उहाँले धर्मीको प्रार्थना सुन्नुहुन्छ।” [हितोपदेश १५:२९]


“तिमीहरूले मेरो नाउँमा जेसुकै मागे तापनि पुत्रमा पिताको महिमा होस् भनेर म त्यो गर्नेछु।” [यूहन्ना १४:१३]


“यदि मेरो आफ्नै नाउँ दिइएको मेरो प्रजाले आफैलाई नम्र पारेर प्रार्थना गर्छ, र मलाई खोजेर आफ्ना दुष्ट चालहरूबाट फर्कन्छ, तब म स्वर्गबाट तिनीहरूको प्रार्थना सुन्नेछु, र तिनीहरूका पाप क्षमा गर्नेछु, र तिनीहरूको देशलाई म स्वस्थ्य पार्नेछु।” [२ इतिहास ७:१४]


Sources :

1. https://aboverubies.org/index.php/ar-blogs/womens-daily-encouragement-blog/entry/prayer-is-your-greatest-weapon

2. https://bibleportal.com/bible-quote/john-knox-prayed-and-the-results-caused-queen-mary-to-say-that-she-feared-the-prayers-of-john-knox-more

3. https://lifebible.com/bible

4. https://www.ccsh.com.au/2025/01/daily-devotion-how-effective-are-you-in-the-kingdom-of-god/

5. https://www.thegatewaychurch.info/tag/revival/

6. https://www.facebook.com/groups/123755984449068/permalink/2693239140834060/?app=fbl




 

Tuesday, May 20, 2025

प्रार्थनाकाे निम्ति राम्रो दिन

 



 एक दिन, एउटा सानो केटाले एक वृद्ध मानिसलाई सोध्यो, “महाशय, प्रार्थना गर्नको लागि सबैभन्दा राम्रो दिन कुन हो ?”


बुद्धिमान वृद्धले जवाफ दिए, “मेरो छोरा, प्रार्थना गर्ने सबैभन्दा राम्रो दिन मर्नु अघिको दिन हो ।”


केटा छक्क पर्यो र भन्यो, “महाशय, म मेरो मृत्युको दिन कसरी थाहा पाउन सक्छु ?”


अनि वृद्धले जवाफ दिए, “कसैलाई पनि आफ्नो मृत्युको दिन थाहा छैन, त्यसैले हामीले हरेक दिन प्रार्थना गर्नुपर्छ ।”


* कहिँ तपाईंले पनि प्रार्थनाकाे निम्ति राम्रो दिन पर्खिरहनु भएको त छैन ?


Sources :

1. https://disciplesofhope.wordpress.com/2016/03/10/which-is-the-best-day-to-pray/

2. https://pastord.blog/2024/07/08/an-eager-life-2/

3. https://thelivingmessage.com/2020/12/14/today-tomorrow-the-next-day/



WHEN ASKED, "WHAT IS MORE IMPORTANT: PRAYER OR READING THE BIBLE?" 

I ASK, "WHAT IS MORE IMPORTANT: BREATHING IN OR BREATHING OUT?"
- Charles Spurgeon


Monday, May 19, 2025

सुरक्षाको लागि प्रार्थना

 



1. परमेश्वरको ज्योतिले मलाई घेरेको हाेस ।


2. परमेश्वरको प्रेमले मलाई अङ्कमाल गरेकाे हाेस ।


3. परमेश्वरको शक्तिले मलाई रक्षा गरेकाे हाेस ।


4. परमेश्वरको उपस्थितिले मलाई हेरिरहेको हाेस ।


5. परमेश्वरको मनले मलाई डोऱ्याएकाे हाेस ।


6. परमेश्वरको जीवन ममा बगिरहेको हाेस ।


7. परमेश्वरको व्यवस्थाले मलाई दिशा निर्देश गरेको हाेस ।


8. परमेश्वरको शक्ति म भित्र रहिरहाेस ।


9. परमेश्वरको आनन्दले मलाई उत्साहित बनाओस ।


10. परमेश्वरको सामर्थ्यले मलाई नवीकरण गराेस ।


11. परमेश्वरको सुन्दरताले मलाई प्रेरणा देओस ।


12. जहाँ म छु, त्यहाँ परमेश्वर हुनुहुन्छ र सबै ठीकठाक हुनेछ । आमेन ।


* यो प्रार्थना दोस्रो विश्वयुद्धको समयमा सबै सिपाहीहरूका लागि जेम्स फ्रीम्यानले लेखेका थिए । यो आज पनि त्यतिबेला जत्तिकै शक्तिशाली छ ।




Sources :

1. https://www.ntunity.org/prayer-protection

2. https://www.unitybayareahouston.org/unity-prayer

3. https://spiritualquotestoliveby.wordpress.com/tag/prayer/

4. https://appleseeds.org/Prayer-of-Protection_Freeman.htm

5. https://pin.it/50DBnpZqb

6. https://www.facebook.com/423340077726561/posts/pfbid0d1zPaZNwyYXvJCtY73PPdTJFQNJo2TMbTcJHQhsg8uff3PXh4okRKGdnNGn2v4bil/?app=fbl




Sunday, May 18, 2025

प्रार्थनाका योद्धाहरू

 



स्कटल्याण्डकी रानी मेरीले भन्थिन, 

“मलाई वेलायत र फ्रान्सका संयुक्त सेनाहरूको शक्तिभन्दा जोन नक्सको प्रार्थनासँग बढी डर लाग्छ ।”


डा. यङ्गी चो ले दिनमा तीनदेखि चार घण्टा प्रार्थना गर्ने गर्थे । त्यो बेला उनलाई दक्षिण कोरियाको राष्ट्रपतिले भेट्न चाहे पनि पास्टर योङ्गी चो ले सो समय दिँदैन थिए । उनले भन्ने गर्थे, 

“यो समय सारा भूमण्डलको अध्यक्षसँग बिताउने समय हो र उहाँभन्दा कम ओहोदाका व्यक्तिले वाधा पुऱ्याउनुहुँदैन ।”


* के तपाईं पनि प्रार्थनाका योद्धाहरू मध्ये एक बन्नुहुनेछ ?


Sources :

1. २०० दृष्टान्त चित्रहरू, सलाेन कार्थक, वरदान प्रकाशन, दाेस्राे संस्करण, जुन, २०१३, पृष्ठ नं.६६-६७

2. https://prevailinggrace.wordpress.com/2015/12/27/why-i-pray-so-much-2/


जर्ज मुलरकाे महत्त्वपूर्ण भनाईहरू

 



1. “प्रार्थनाको जवाफले दिने आनन्द वर्णन गर्न सकिँदैन, र तिनीहरूले आत्मिक जीवनलाई दिने प्रेरणा अत्यन्तै ठूलो छ ।”


2. “प्रार्थना र ध्यानको जीवनले मात्र मालिकको प्रयोगको लागि तयार भाँडो बनाउनेछ ।”


3. “प्रार्थनामा परमेश्वरलाई नभईकन कहिल्यै पनि कुनै पनि काम सुरु नगर्नुहोस ।” 


4. “मलाई विश्वास छ कि परमेश्वरले मेरो प्रार्थना सुन्नुभएको छ । उहाँले आफ्नो उचित समयमा यो प्रकट गर्नुहुनेछ कि उहाँले मेरो कुरा सुन्नुभएको छ । मैले मेरा बिन्तीहरू रेकर्ड गरेको छु कि जब परमेश्वरले तिनीहरूलाई जवाफ दिनुहुन्छ, उहाँको नाम महिमित हुनेछ ।”


5. “उत्तर नआएसम्म प्रार्थना गर्न कहिल्यै नछोड्नुहाेस ।”


6. “म प्रार्थनाको आत्मामा बाँच्छु; म हिँड्दा, सुत्दा र उठ्दा प्रार्थना गर्छु, र उत्तरहरू सधैं आउँदैछन ।”


7. “म त्यही अनुसार आफ्नो कोठामा गएँ, र ढोका बन्द गरें, र बाइबललाई कुर्सीमा राखेर, म कुर्सीमा घुँडा टेकेर बसें । त्यहाँ म धेरै घण्टासम्म परमेश्वरको वचनमा प्रार्थना र ध्यानमा बसें; र म तपाईंलाई भन्न सक्छु कि मैले यस तरिकाले बिताएको ती तीन घण्टामा, पहिले धेरै महिना सिकेको भन्दा बढी सिकें । यसरी मैले ईश्वरीय आत्माको शिक्षा प्राप्त गरें, र म तपाईंलाई भन्न सक्दिन कि यो मेरो आफ्नै आत्माको लागि कति आशिष थियो । म आत्मामा प्रार्थना गर्दै थिएँ, र आत्माको शक्तिमा मेरो भरोसा राख्दै थिएँ, जस्तो कि मैले पहिले कहिल्यै गरेको थिइनँ ।”


8. “मेरो नजर कुहिरोको घनत्वमा होइन, तर मेरो जीवनको हरेक परिस्थितिलाई नियन्त्रण गर्ने जीवित परमेश्वरमा छ ।”


9. “ख्रीष्टियनले कहिल्यै पनि भोलिको बारेमा चिन्ता गर्नु हुँदैन वा भविष्यको सम्भावित आवश्यकताको कारणले थोरै दिनु हुँदैन । प्रभुको सेवा गर्नको लागि केवल वर्तमान क्षण हाम्रो हो, र भोलि कहिल्यै नआउन सक्छ... जीवन त्यति नै मूल्यवान छ जति यो प्रभुको सेवामा खर्च गरिन्छ ।”


10. “चिन्ताको सुरुवात विश्वासको अन्त्य हो, र साँचो विश्वासको सुरुवात चिन्ताको अन्त्य हो ।”


11. “ढुक्क हुनुहोस, यदि तपाईं परमेश्वरसँगै हिँड्नुभयो, परमेश्वरलाई हेर्नुभयो र परमेश्वरबाट मद्दतको अपेक्षा गर्नुभयो भने, परमेश्वरले तपाईंलाई कहिल्यै निराश पार्नुहुनेछैन ।”


12. “म यो सेवामा जति लामो समयसम्म लाग्छु, त्यति नै प्रार्थना र विश्वासले हरेक कठिनाइलाई पार गर्न सक्छ भन्ने मलाई लाग्छ ।”


13. “पैसाको वास्तवमा त्यति मूल्य छैन जति यसलाई प्रभुको काम पूरा गर्न प्रयोग गर्न सकिन्छ । जीवन त्यति नै मूल्यवान छ जति यसलाई प्रभुको सेवामा खर्च गरिन्छ ।”


14. “स्वर्गमा धनसम्पत्ति थुपार्दा हृदय स्वर्गतिर आकर्षित हुनेछ ।”


15. “प्रभुले हाम्रो विश्वासको जाँच गरिसकेपछि, उहाँको हृदयको प्रेममा, उहाँले हामीलाई प्रशस्त मात्रामा दिनुहुन्छ । उहाँको नामको महिमा र हाम्रो विश्वासको परीक्षाको लागि, उहाँले हामीलाई गरिब हुन दिनुहुन्छ र त्यसपछि अनुग्रहपूर्वक हाम्रा आवश्यकताहरू पूरा गर्नुहुन्छ ।”


16. “बाइबलका लेखक परमेश्वर हुनुहुन्छ, र यसमा भएको सत्यले मात्र मानिसहरूलाई साँचो आनन्दतर्फ डोऱ्याउनेछ ।”


17. “परमेश्वर आफ्ना सन्तानहरूको विश्वास बढाउन खुसी हुनुहुन्छ । परीक्षाहरू, अवरोधहरू, कठिनाइहरू र कहिलेकाहीं पराजयहरू, विश्वासको भाेजन हुन ।”


18. “बाटोमा आइपरेका कठिनाइहरूको महानतामा मलाई गोप्य सन्तुष्टि थियो । तिनीहरूको कारणले गर्दा तल झर्नुको सट्टा, तिनीहरूले मेरो आत्मालाई आनन्दित तुल्याए ।”


19. “एक दिन थियो जब म मरें; मेरो विचार, प्राथमिकता, रुचि र इच्छाको लागि मरे; संसार, यसको अनुमोदन वा निन्दाकाे निम्ति मरें; मेरा भाइहरू वा साथीहरूको अनुमोदन वा दोषको लागि पनि मरे; र त्यसबेलादेखि मैले आफूलाई परमेश्वरमा अनुमोदित देखाउन मात्र अध्ययन गरेको छु ।”


20. “मैले पहिलेभन्दा धेरै स्पष्ट देखेँ, कि मैले हरेक दिन उपस्थित हुनुपर्ने पहिलो महान र प्राथमिक काम भनेको मेरो आत्मालाई प्रभुमा खुशी राख्नु थियो । चिन्ता गर्नुपर्ने पहिलो कुरा यो थिएन कि म प्रभुको कति सेवा गर्न सक्छु, म कसरी प्रभुको महिमा गर्न सक्छु; तर म मेरो आत्मालाई कसरी खुशी अवस्थामा पुर्‍याउन सक्छु, र मेरो भित्री मानिसलाई कसरी पोषण दिन सक्छु... मैले देखेँ कि मैले गर्नुपर्ने सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको परमेश्वरको वचन पढ्न र त्यसमा ध्यान गर्न आफूलाई समर्पित गर्नु थियो ।”


21. “वचनबाट आनन्द लिनको लागि, हामीले यसलाई निरन्तर पढ्नुपर्छ, र प्रार्थनाको भावना प्राप्त गर्ने तरिका भनेको प्रार्थना गरिरहनु हो; किनकि हामी परमेश्वरको वचन जति कम पढ्छौं, त्यति नै कम पढ्न चाहन्छौं, र जति कम प्रार्थना गर्छौं, त्यति नै कम प्रार्थना गर्न चाहन्छौं ।”


22. “विश्वास सम्भवको क्षेत्रमा काम गर्दैन । मानव रूपमा सम्भव भएको कुरामा परमेश्वरको लागि कुनै महिमा छैन । विश्वास त्यहाँबाट सुरु हुन्छ जहाँ मानिसको शक्ति समाप्त हुन्छ ।”


23. “विश्वासको क्षेत्र त्यहाँबाट सुरु हुन्छ, जहाँ सम्भावनाहरू समाप्त हुन्छन र दृष्टि र इन्द्रिय असफल हुन्छन ।”


24. “हाम्रो विश्वासको परीक्षा हुन सक्ने अवसरहरूबाट हामीले पछि हट्नु हुँदैन । विश्वासमा म जति धेरै जाँच हुने स्थितिमा हुन्छु, त्यति नै धेरै मलाई परमेश्वरको सहयोग र छुटकारा देख्ने अवसर मिल्नेछ । उहाँले मलाई मद्दत गर्ने र छुटकारा दिने हरेक नयाँ घटनाले मेरो विश्वास बढाउनेछ । विश्वासीले आफ्नो विश्वासको परीक्षा हुन सक्ने परिस्थिति, स्थिति वा परिस्थितिहरूबाट पछि हट्नु हुँदैन, तर उसले परमेश्वरको हात मद्दत र छुटकाराका लागि फैलिएको हेर्ने अवसरहरूको रूपमा खुशीसाथ तिनीहरूलाई अँगाल्नु पर्छ । यसरी उसको विश्वास बलियो हुनेछ ।”


25. “परमेश्वरले हाम्रा पाइलाहरूको मात्र आदेश दिनुहुन्न, उहाँले हाम्रा रोकाइहरूको पनि आदेश दिनुहुन्छ ।”


26. “बलियो विश्वास सिक्ने एक मात्र तरिका भनेको ठूला परीक्षाहरू सहनु हो ।”


27. “परीक्षा जति ठूलो हुन्छ, जित त्यति नै मीठो हुन्छ ।”


28. “सबैभन्दा ठूला कठिनाइहरूमा, सबैभन्दा कठिन परीक्षाहरूमा, सबैभन्दा गहिरो गरिबी र आवश्यकताहरूमा, उहाँले मलाई कहिल्यै निराश पार्नुभएको छैन; तर उहाँको अनुग्रहले मलाई उहाँमाथि भरोसा गर्न सक्षम बनाएको हुनाले उहाँ सधैं मेरो सहयोगको लागि देखा पर्नुभएको छ । उहाँको नामको राम्रो कुरा बोल्न पाउँदा मलाई खुशी लाग्छ ।”


29. “परमेश्वरको सेवकको एउटै मात्र मालिक हुन्छ । सेवकले त्यो संसारमा धनी, महान र सम्मानित हुन खोज्नु गलत हो जहाँ उसको प्रभु गरिब, नीच र तुच्छ हुनुहुन्थ्यो ।”


30. थोरै कमाई भएको एक भाइले मलाई सोधे, “के मैले पनि दिनुपर्छ ? मेरो कमाई पहिले नै यति थोरै छ कि मेरो परिवारले मुश्किलले गुजारा चलाउन सक्छ ।” 

मेरो जवाफ छ, “के तपाईंले कहिल्यै सोच्नुभएको छ कि तपाईंको कमाई यति थोरै रहनुको कारण तपाईंले आफ्नो सबै खर्च आफैंमा गर्नु हो ? यदि परमेश्वरले तपाईंलाई धेरै दिनुभएको भए, तपाईंले को बिरामी छ वा कसलाई कुनै काम छ भनेर हेर्नुको सट्टा आफ्नो आराम बढाउन मात्र प्रयोग गर्नुहुन्थ्यो ताकि तपाईंले तिनीहरूलाई मद्दत गर्न सक्नुहोस ।”


31. “कुनै पनि काम गर्नु अघि परमेश्वरको इच्छा पत्ता लगाउनु कति महत्त्वपूर्ण छ, किनकि त्यसो गर्दा हामी हाम्रो आफ्नै आत्मामा मात्र आशिषित हुँदैनौं, तर हाम्रा हातको काम पनि सफल हुनेछ ।”


32. “प्रभुको इच्छा पत्ता लगाउन, हामीले धर्मशास्त्रीय माध्यमहरू प्रयोग गर्नुपर्छ । प्रार्थना, परमेश्वरको वचन, र उहाँको आत्मा एकसाथ एकताबद्ध हुनुपर्छ । हामीले प्रार्थनामा बारम्बार प्रभुकहाँ जानुपर्छ, र उहाँको वचन मार्फत उहाँको आत्माद्वारा हामीलाई सिकाउन उहाँलाई बिन्ती गर्नुपर्छ  ”


[जर्ज मुलर (१८०५ -१८९८) इङ्गल्याण्डका एक मिसनरी थिए, जसले परमेश्वरले प्रार्थना सुन्नुहुन्छ र जवाफ दिनुहुन्छ भनेर देखाउन निस्केका थिए । विवाहको तीन हप्ता पछि उनले र उनकी श्रीमतीले आफ्ना आवश्यकताहरू पूरा गर्न केवल परमेश्वरमा भर पर्ने निर्णय गरे । फेरि कहिल्यै मानिसहरूलाई तिनीहरूको बारेमा सम्पर्क नगर्ने - यो निर्णय उनले आफ्नो बाँकी ६८ वर्षसम्म कायम राखे । आवश्यकता जतिसुकै दबाबपूर्ण भए पनि, जर्जले आफ्नो प्रार्थनालाई जारी राखे, परिणामस्वरूप पाँच भवनहरूमा बसोबास गर्ने लगभग २,००० अनाथहरूको कुल आवश्यकताको लागि, लगभग २०० मिसनरीहरूको लागि सहयोग, ९,००० विद्यार्थीहरू भएको लगभग १०० विद्यालयहरूको समर्थन, र लगभग ४० लाख पर्चा र दशौं हजार बाइबलहरूको प्रकाशन र वितरणकाे निम्ति खाना वा पैसा सधैं आउँथ्यो । उनलाई प्रार्थनाको लगभग ५०,००० विशिष्ट उत्तरहरू थाहा थियो । यी उत्तरहरूमा लगभग साढे सात मिलियन डलर समावेश थिए, जुन अरू कुनै पनि व्यक्तिले परमेश्वरबाट प्राप्त गरेको भन्दा बढी मानिन्छ । उनको सेवा विश्वास र शक्तिमा आधारित सेवकाई थियो ।]


Sources :

1. https://www.goodreads.com/author/quotes/5825213.George_M_ller#:~:text=I%20live%20in%20the%20spirit,the%20answers%20are%20always%20coming.

2. https://www.georgemuller.org/quotable-quotes.html

3. https://www.azquotes.com/author/10538-George_Muller

4. https://www.brainyquote.com/authors/george-muller-quotes#google_vignette

5. https://www.path2prayer.com/famous-christians-their-lives-and-writings-including-free-books/george-mller-founder-of-bristol-orphanage/quotations-of-george-muller

6. https://www.auberry.church/blog/24-of-my-favorite-george-muller-quotes

7. https://www.wisdomly.net/george-muller-3815.php

8. https://charactercincinnati.org/patience-praying-patiently-fifty-two-years/

9. https://www.intlmissions.org/?p=2080

10. https://www.facebook.com/1582153965358006/posts/pfbid02Pg1n8PCJJzBNZ88NdwFUkUxGyFZzo1thDTQ8xw8P4yEZ98i3uM25zLZmdPUjDN4il/?app=fbl


Saturday, May 17, 2025

प्रार्थनाको शक्ति

 



 यो सन १८७६ को घटना हो । अमेरिकाको मिनिसोटा राज्यमा लगाइएका प्रायः सबै खेतीपाती फटेग्राँले खाएर सिध्याइदिएका थिए । जसको कारण सन १८७७ को वसन्त ऋतुमा मिनिसोटाका सारा मानिसहरू अति ससंङ्कित बनेका थिए । किनकि यो गहुँको खेतीको समय थियो । 


उनीहरूलाई लागेको थियो, कि त्यस प्रकारको प्रकोप फेरि पनि आउनेछ र हजारौं मानिसहरूमाथि भयानक संकट आइपर्नेछ र हजारौं मानिसहरूले अनिकालको सामना गर्नु पर्नेछ । मिनिसोटाको परिस्थिति अति भयावह थियो । 


यसैकारण सन १८७७ को अप्रिल २६ को दिनलाई उपवास र प्रार्थनाको दिन भनी घोषणा गरियो । त्यहाँको राज्यपाल जोहन एस. पिल्सबरीले सारा मिनिसोटावासी (बृद्ध, वयस्क, जवान र बाल-बालिकाहरू सबै) लाई त्यस उपवास र प्रार्थनामा सहभागी हुन आह्वान गरे, ताकि त्यस प्रकारको प्रकोप फेरि पनि फर्केर नआओस । 


अप्रिल २६ को दिन सारा मिनिसोटाभरिका पाठशालाहरू, पसलहरू, सरकारी, गैर सरकारी कार्यालयहरू, उद्योगधन्धाहरू सबै बन्द गरियो । सम्पूर्ण मानिसहरू पश्चात्ताप गर्दै भक्तिको साथ उपवास बसिकन प्रार्थनामा जुटेका थिए ।


सारा मिनिसोटाको वातावरण शान्तमय थियो । २ । २७ अप्रिलको मौसम अति उज्यालो र सफा थियो । अप्रिल महिना भए तापनि त्यस दिनको मौसम मध्यग्रीष्म ऋतुको जस्तो भएको थियो । अप्रिल महिनामा यस्तो हुनु अस्वभाविक थियो । मानिसहरू छक्क परिरहेका थिए । सारा मिनिसोटाभरि अरबौं फटेग्राँले अण्डा पारेर थुपारे । 


तीन दिनसम्म प्रचण्ड गर्मी भयो । अण्डाबाट बच्चाहरू फुटिनिस्किए । तिनीहरू अन्नबाली खाने अवस्थामा आउन अघि नै यस्तो प्रचण्ड गर्मी भएको थियो । 


चौथो दिनमा अचानक मौसममा आमुल परवर्तन आयो, गर्मीको तापक्रम घट्यो र सारा मिनिसोटाभरि रातभरि तुषारो पर्यो । जुन तुषारोले फटेग्राँका सबै बच्चाहरू र अन्य भए भरका किराहरू पनि आगोले जलाएसरह र विष लगाएसरह मारिदियो । यो मिनिसोटाको इतिहासमा घटेको घटना हो । यो २६ अप्रिलको दिन गरिएको उपवास र प्रार्थनाको उत्तर थियो ।


तर दुर्भाग्यको कुरा यी दिनहरूमा मानिसहरूले यस प्रकारको उपवास र प्रार्थना गर्न छाडिसकेकाछन ।


यसकारण लेखिएको छ,

“यदि मेरो आफ्नै नाउँ दिइएको मेरो प्रजाले आफैलाई नम्र पारेर प्रार्थना गर्छ, र मलाई खोजेर आफ्ना दुष्ट चालहरूबाट फर्कन्छ, तब म स्वर्गबाट तिनीहरूको प्रार्थना सुन्नेछु, र तिनीहरूका पाप क्षमा गर्नेछु, र तिनीहरूको देशलाई म स्वस्थ्य पार्नेछु। 

अब यस ठाउँमा गरिएका प्रार्थना ध्यानसित सुन्न मेरा कान र हेर्न मेरा आँखा खुला रहनेछन।” [२ इतिहास ७:१४-१५]


“हामी आफ्ना चाल जाँचेर हेरौं, र हामी परमप्रभुतिर फर्कौं। 

हामी हाम्रा हात अनि हृदय स्वर्गका परमेश्वरतिर उठाऔं, अनि भनौं:” [विलाप ३:४०-४१]


“यसकारण तिमीहरू एकले-अर्कासँग आ-आफ्ना पाप स्वीकार गर। तिमीहरू निको हुनलाई एउटाले अर्काको निम्ति प्रार्थना गर। धार्मिक मानिसको प्रार्थना शक्तिशाली र प्रभावशाली हुन्छ। 

एलिया पनि त हामीहरूको जस्तै स्वभाव भएका मानिस थिए। तिनले पानी नपरोस् भनेर भक्तिसाथ प्रार्थना गरेका थिए, र तीन वर्ष छ महिनासम्म पृथ्वीमा पानी परेन। 

तिनले फेरि प्रार्थना गरे, र आकाशबाट वर्षा भयो, र भूमिले उब्जनी दियो।” [याकूब ५:१६-१८]


Source :

पुस्तक : दर्पण छायाँ - २, तिमाेथी राई, प्रथम प्रकाशन फेब्रुअरी २०१८, प्रतिष्ठा प्रकाशन, काठमाडौं, नेपाल, पृष्ठ न. ४९


Thursday, May 15, 2025

जर्ज मुलरको प्रार्थना र भाेजनकाे प्रबन्ध

 



 मुलर इङ्गल्याण्डको ब्रिस्टलमा एक पास्टर थिए, जहाँ उनले एक अनाथालय पनि चलाउँथे ।


एक बिहान, मुलरलाई भनियो, “बालबालिकाहरू लुगा लगाएर स्कूलको लागि तयार छन, तर उनीहरूलाई खानको लागि खाना छैन ।” 


मुलरले उनलाई ३०० बालबालिकालाई भोजन कक्षमा लैजान र टेबलमा बस्न आग्रह गरे । प्लेटहरू र कपहरू वा कचौराहरू टेबलमा थिए । टेबलमा खाली भाँडाहरू बाहेक केही थिएन । भाँडोमा खाना थिएन, र आवश्यकता पूरा गर्न पैसा थिएन । बच्चाहरू नास्ताको लागि पर्खिरहेका थिए । 


मुलरले भने, “बालकहरू, तिमीहरूलाई थाहा छ हामी स्कूलको लागि समयमै पुग्नुपर्छ ।” 


त्यसपछि हात उठाएर परमेश्वरसँग उनले प्रार्थना गरे, “प्रिय बुबा, तपाईंले हामीलाई खान दिनुभएको कुराको लागि हामी तपाईंलाई धन्यवाद दिन्छौं ।” 


त्यसपछि परमेश्वरलाई धन्यवाद दिए र पर्खे । जर्जलाई थाहा थियो कि परमेश्वरले सधैं जस्तै बच्चाहरूको लागि खाना उपलब्ध गराउनुहुनेछ । केही मिनेटमै, एक बेकरले ढोका ढकढक्यायो ।  ढाेका खाेलेपछि ती बेकरले भने, “श्री मुलर, हिजो राती म निदाउन सकिन । आज बिहान तपाईंका नानीहरूलाई खानको निम्ति केही पनि छैन भन्ने कुराको जानकारी परमेश्वरले मलाई दिनुभयो । प्रभुले मलाई तपाईंलाई केही पठाउन चाहनुहुन्थ्यो । त्यसैले म राति दुई बजे उठेँ र केही ताजा रोटी बनाएर तपाईं कहाँ लिएर आएको छु ।”


मुलरले बेकरलाई धन्यवाद दिए र उनको हेरचाहको लागि परमेश्वरको प्रशंसा गरे । 


तुरुन्तै ढोकामा फेरि दोस्रो पटक ढकढक्याइयो । यस पटक दूधवाला थिए जसले घोषणा गरे कि उनको दूधको गाडा अनाथालय बाहिर बिग्रिएको छ, र उनी बच्चाहरूलाई आफ्नो ताजा दूधको क्यान दिन चाहन्छन, ताकि उनी आफ्नो गाडा खाली गर्न सकून र मर्मत गर्न सकून । किनकि गाडा मर्मत गर्दासम्ममा त्यो दूध बिग्रिसकेको हुनेछ । 


दूधवाला दसवटा ठूला क्यान दूध ल्याएको बेला जर्ज मुस्कुराए । किनकि यो ३०० तिर्खाएका बच्चाहरूको लागि पर्याप्त थियो ।


साँच्चै हाम्रा परमेश्वर सबै कुरा जान्नुहुने र जुटाउनुहुने परमेश्वर हुनुहुन्छ ।


आफ्नो परिस्थितिमा हार नमान्नुहोस र आफ्नो परिस्थितिमा भर नपर्नुहोस । आफ्नो जीवन, आफ्नो परिवार र उहाँको मण्डलीको लागि परमेश्वरसँग उत्तम कुरा माग्नुहोस ।


हार नमान्नुहोस । निराश नहुनुहोस । प्रार्थनाको जीवनशैली अपनाउनुहोस र निरन्तर प्रार्थना गर्नुहोस !

 

यसकारण लेखिएको छ,

“तिमीहरूले मेरो नाउँमा जेसुकै मागे तापनि पुत्रमा पिताको महिमा होस भनेर म त्यो गर्नेछु।  

तिमीहरूले मेरो नाउँमा कुनै थोक माग्यौ भने म गरिदिनेछु।” [यूहन्ना १४:१३-१४]


“माग त तिमीहरूलाई दिइनेछ, खोज त तिमीहरूले भेट्टाउनेछौ, ढकढक्याओ त तिमीहरूका निम्ति उघारिनेछ।   

किनकि जसले माग्छ, त्यसले पाउँछ, जसले खोज्छ, त्यसले भेट्टाउँछ, जसले ढकढक्याउँछ, त्यसको निम्ति ढोका उघारिनेछ।” [मत्ती ७:७-८]


“...यसकारण ‘के खाऔंला?’ कि ‘के पिऔंला?’ कि ‘के पहिरौंला?’ भनेर फिक्री नगर।   

किनकि अन्यजातिहरूले यी सब थोक खोज्दछन, र तिमीहरूका स्वर्गमा हुनुहुने पिताले तिमीहरूलाई यी सबै थोकको खाँचो छ भनी जान्नुहुन्छ।   

तर पहिले उहाँको राज्य र उहाँका धार्मिकताको खोजी गर, र यी सबै थोक तिमीहरूका निम्ति थपिनेछन...।” ( मत्ती ६:२५-३४)।


“तिनीहरू सधैँ प्रार्थना गरिरहून र निराश नहोऊन...।” [लुका १८:१]


“सधैँ आनन्दित रहो। 

निरन्तर प्रार्थना गरिरहो। 

सबै परिस्थितिमा धन्यवाद देओ, किनकि ख्रीष्ट येशूमा तिमीहरूका लागि परमेश्वरको इच्छा यही हो।” [१ थेसलोनिकी ५:१६-१८]


“हे परमप्रभुका पवित्र जन हो, उहाँको भय मान। किनकि उहाँको भय मान्नेहरूलाई केही कुराको खाँचो पर्दैन। 

जवान सिंहहरू कमजोर होलान, र तिनीहरू भोकाउँछन, तर परमप्रभुको खोजी गर्नेहरूलाई कुनै उत्तम कुराको अभाव हुँदैन।” [भजनसंग्रह ३४:९-१०]


Sources :

1. दर्पण छायाँ - २, तिमाेथी राई, प्रथम प्रकाशन फेब्रुअरी २०१८, प्रतिष्ठा प्रकाशन, काठमाडौं, नेपाल, पृष्ठ नम्बर ३४

2. https://www.georgemuller.org/devotional

3. https://mtbethel.org/2022/03/dont-give-up-dont-give-in-pray-continually/

4. https://www.path2prayer.com/famous-christians-their-lives-and-writings-including-free-books/george-mller-founder-of-bristol-orphanage/george-mller-bread-provided#:~:text=There%20was%20no%20food%20in,to%20give%20us%20to%20eat.

5. https://www.georgemuller.org/devotional/a-famous-story-about-mullers-faith

6. https://sola.network/article/the-prayer-life-of-george-muller/

7. https://www.path2prayer.com/famous-christians-their-lives-and-writings-including-free-books/george-mller-founder-of-bristol-orphanage/mller-receiving-bread-and-milk-for-breakfast




परमेश्वरमाथि जर्ज मुलरको दृढ भरोसा :

एक दिन दयालु हृदय भएको एउटा मान्छेले जर्ज मुलरलाई करिब १५,००० रुपियाँको चेक पठायो । चेकसँगै पठाइएको चिठीमा लेखिएको थियो, "मेरो विचारमा केही रुपियाँ-पैसा तपाईंले आफ्नो निम्ति खर्च गर्नुभयो भने राम्रै हुन्छ । यो एउटा सुरुआत मात्र हो । मलाई आशा छ कि तपाईं र तपाईंको परिवारलाई सहयोग गर्न थुप्रै असल खीष्टियानहरूले यस कोषमा थप्दै लानेछन ।"

तर त्यसरी जिउनु परमेश्वरको इच्छा थियो भनी जर्ज मुलरलाई लागेन । परमेश्वरमाथि भरोसा गर्नुको साटो बैङ्कको खातामा भरोसा गर्नु एक प्रकारको परीक्षा हो भनी ठाने तिनले । तर त्यस मान्छेले पठाएको रुपियाँको अर्थ परीक्षा होइन भनी मुलरलाई थाहा थियो । तसर्थ, तिनले नम्रतापूर्वक जवाफ पठाए ।

"प्रिय मित्र, तपाईंको सहयोगपूर्ण चिठी र चेकको लागि धेरै धन्यवाद छ । तथापि, मेरो आफ्नै नाउँमा कुनै सम्पत्ति छैन न ता मेरी श्रीमतीको नाउँमा कुनै सम्पत्ति छ । विगत छब्बिस वर्षसम्म मैले एक रुपियाँ पनि नियमित तनखाको रूपमा लिएको छैनँ । जब मलाई कुनै कुरोको खाँचो पर्छ तबघुँडा टेकी परमेश्वरलाई बिन्ती चढाउँछु

मेरो अन्तरबिन्तीलाई परमेश्वरले कसैको हृदयमा राखिदिनुहुन्छ । अनि उमार्फत मेरो खाँचो टर्छ ।

विगत छब्बिस वर्षदेखि मेरा सबै आवश्यकताहरू यसरी नै परिपूर्ति हुँदै आएका छन । म भन्न सक्छु कि आजको दिनसम्म मलाई कुनै कुरोको कमी भएको छैन । यसरी जिउने शैलीमा मेरी श्रीमती र हाम्री एउटी मात्र छोरी पनि राजी छन । यस्तो किसिमको जिउने तरिकाबाट हामी थाकेका छैनौं । वास्तवमा दिनप्रतिदिनको अनुभवले यो अझै उत्तम तरिका हो भनेर हामीलाई सिकाएको छ ।

भविष्यको लागि जोहो गर्नु वा मेरो आफ्नै लागि वा परिवारको निम्ति साँची राख्ने कुरोलाई मैले कहिल्यै आवश्यकताको रूपमा हेरिनँ । त्यसैले, जब कुनै वृद्धा, बिरामी वा आशाविहीन शिशुलाई खाँचो परेको देख्छु त्यस बेला मसँग भएको जुनसुकै कुरो सित्तैंमा दिन्छु । मलाई थाहा छ कि जब म खाँचोमा पर्छु परमेश्वरले मलाई जुटाउनुहुनेछ । परमेश्वरमा भरोसा गर्नुबाहेक मैले आफ्नो निम्ति सांची राख्नु आवश्यक छैन ।

तसर्थ, हाम्रो लागि नियमित तनखा स्थापना गर्ने उद्देश्यले उद्धार हृदयबाट पठाइएको यस रकमलाई स्वीकार गर्न म असक्षम छु । म यसलाई तपाईंकहाँ नै फर्काउँदै छु ।

मलाई वा परमेश्वरको कामको लागि दिइएको कुनै पनि कुरो म धन्यवादसहित ग्रहण गर्दछु यदि परमेश्वरको निर्देशनअनुसार मैले यसलाई अरूको निम्ति प्रयोग गर्न पाएँ भने । मेरो हेरविचारको निम्ति म दैनिक उहाँमाथि आश्रित हुन्छु । तपाईंको रकमले मेरो त्यो भरोसालाई कम बनाउँछ कि जस्तो मलाई लागेको छ । यसलाई स्वीकार गर्नु भनेको परमेश्वरमा भन्दा रुपियाँ-पैसामाथि बढी भरोसा गर्न थालेको जस्तो देखिन्छ ।

तथापि तपाईंको दयाको निम्ति म तपाईंको कदर गर्दछु । परमेश्वरले तपाईंलाई प्रशस्त आशिष दिनुभएको होस भन्ने मेरो प्रार्थना छ ।

तपाईंकै हितैषी
जर्ज मुलर

"नूनले स्वादिलो पारेजस्तो तिमीहरूको बोलीवचन सधैं कृपालु होस, ताकि प्रत्येकलाई कसरी जवाफ दिनुपर्ने हो, सो तिमीहरू जान" (कलस्सी ४:६) ।

प्रेरक प्रसङ्गहरू, कमल अधिकारी, प्रथम संस्करण २०१४, पृष्ठ २८-३०





जर्ज मुलरको अर्धशताब्दीको प्रार्थना र उत्तर

 





 एक दिन जर्ज मुलरले आफ्ना पाँच साथीहरूको लागि परमेश्वरसँग प्रार्थना गर्न थाले ।


धेरै महिना पछि, तिनीहरूमध्ये एक जना प्रभु येशूमा विश्वासमा गरे ।


दस वर्ष पछि, अरू दुई जना येशूमा विश्वास गरे । 

 

चौथो व्यक्तिलाई प्रभु येशूमा विश्वास गर्न २५ वर्ष लाग्यो । 


मुलरले पाँचौं साथीको लागि आफ्नो मृत्यु नहोउन्जेल प्रार्थनामा लागि रहे, र ती ५२ वर्षहरूमा उनले ख्रीष्टलाई स्वीकार गर्ने आशा कहिल्यै त्यागेनन !


निश्चय नै एक न एक दिन त्यस मित्रले पनि प्रभु येशूको अगि घुँडा टेक्ने छ भन्ने विश्वास राखेर मूलरले त्यस मित्रको निम्ति निरन्तर रूपमा परमेश्वरसित प्रार्थना गरिरहे । 


त्यस मित्रको निम्ति प्रार्थना गरेको ५२ वर्ष बित्यो, तरै पनि उनको निम्ति मूलर प्रार्थना गर्न थाकेनन । 


उनको मृत्यु भयो । तब जुन दिन मूलरको अन्तिम संस्कार भयो । त्यसको केही समय पश्चात त्यस पाँचौ मित्रले पनि प्रभु येशूको अगि घुडाँ टेकेर आफ्नो व्यक्तिगत जीवनको प्रभु र मुक्तिदाता मानी ग्रहण गरे ।


 एक पटक जर्मनीको डसेलडोर्फमा सेवा गरिरहेको बेला, मुलरलाई त्यस शहरमा एक मिसनरीले भेटे जो आफ्ना छ जना छोराहरू येशू ख्रीष्टमा विश्वास नगरेकोमा दुःखी थिए, यद्यपि उनी धेरै वर्षदेखि उनीहरूको लागि प्रार्थना गरिरहेका थिए । बुबाले के गर्नुपर्छ भन्ने प्रश्नको जवाफमा मुलरले जवाफ दिए, “आफ्ना छोराहरूको लागि प्रार्थना गरिरहनुहोस, र तपाईंको प्रार्थनाको जवाफको आशा गर्नुहोस, र तपाईंले परमेश्वरको प्रशंसा गर्नुपर्नेछ।”


छ वर्ष पछि, १८८२ को अगस्टमा, मुलर फेरि डसेलडोर्फमा सेवकाईमा फर्किए । यस पटक उनी त्यही मिसनरीबाट स्वागत पाउँदा खुसी भए जसले मुलरको सल्लाह पालना गर्ने संकल्प गरेको र आफ्ना छोराहरूको आत्मिक उन्नतिको लागि प्रार्थनामा आफूलाई अझ बढी समर्पित गरेको गवाही दिए । खुशीको परिणाम यो भयो कि १८७६ मा मुलर गएको दुई महिना पछि, त्यस मानिसका पाँच छोराहरू ख्रीष्टमा विश्वास गर्न थालेका थिए र छैटौं छोरा पनि अब त्यो प्रतिबद्धता गर्ने बारे गम्भीरतापूर्वक सोचिरहेका थिए ।


[जर्ज मूलरको जन्म २७ सेप्टेम्बर १८०५ मा प्रशियामा भएको थियो । उनको मृत्यु १० मार्च १८७८ मा बेलायतको ब्रीसटोलमा भएको थियो । उनी एक महान प्रचारक थिए । उनी आसली डाउन अनाथालयको निर्देशक पनि थिए, जसले आफ्नो जीवनकालमा १००२४ जना अनाथहरूको पालनपोषण गरे । उनले आफ्नो पढाई हल्ले-वीटनबर्गको मार्टिन लुथर विश्वबिद्यालयमा गरेका थिए । उनको विवाह मेरी ग्रोम्ससित भएको थियो तर मेरी ग्रोम्सको १८७० मा मृत्यु भएको कारण दोस्रो विवाह सुसन्नाह ग्रेस सेन्जरसित गरे ।] 


* के तपाईंले पनि आफ्नो साथीहरूकाे निम्ति पनि निरन्तर प्रार्थना गरिरहनु भएको छ ?


यसकारण लेखिएको छ,

“सधैँ आनन्दित रहो। 

निरन्तर प्रार्थना गरिरहो। 

सबै परिस्थितिमा धन्यवाद देओ, किनकि ख्रीष्ट येशूमा तिमीहरूका लागि परमेश्वरको इच्छा यही हो।” [१ थेसलोनिकी ५:१६-१८]


“तिनीहरू सधैँ प्रार्थना गरिरहून र निराश नहोऊन भन्ने हेतुले उहाँले तिनीहरूलाई एउटा दृष्टान्त भन्नुभयो...” [लूका १८:१-८]


“यसरी पत्रुस झ्यालखानमा राखिए, तर तिनको निम्ति मण्डलीले परमेश्वरलाई बड़ो जोशसँग प्रार्थना गरिरहेको थियो।” [प्रेरित १२:५]


Sources :

1. दर्पण छायाँ - २, तिमाेथी राई, प्रथम प्रकाशन फेब्रुअरी २०१८, प्रतिष्ठा प्रकाशन, काठमाडौं, नेपाल, पृष्ठ नम्बर ३३-३४

2. https://www.georgemuller.org/devotional

3. https://www.georgemuller.org/devotional/george-muller-persistent-prayer-for-5-individuals

4. https://charactercincinnati.org/patience-praying-patiently-fifty-two-years/

5. https://www.intlmissions.org/?p=2080

6. https://gracequotes.org/quote/one-day-george-mueller-began-praying-for-five-of-his-friends-after-many-months-one-of-them-came-to-the-lord-ten-years-later-two-others-were-converted-it-took-25-years-before-the-fourth-man-was-sa/

7. https://vancechristie.com/2020/05/07/the-half-century-prayer-request-of-george-muller/

8. https://mtbethel.org/2022/03/dont-give-up-dont-give-in-pray-continually/




Tuesday, May 13, 2025

पाँच औंलाकाे प्रार्थना

 




 लूका ११:१ मा, चेलाहरूले येशूलाई भन्छन, “प्रभु, हामीलाई प्रार्थना गर्न सिकाउनुहोस ।”


प्रार्थनाका धेरै तरिका र प्रकारहरू छन । तल तपाईंले प्रार्थनाका पाँच फरक प्रकार/विधिहरू पाउनुहुनेछ । हामी आशा गर्छौं कि तपाईंले याे विधीलाई प्रयास गर्नुहुनेछ । महत्त्वपूर्ण कुरा यो हो कि हामी प्रत्येकले प्रार्थना गर्ने एउटा तरिका फेला पार्छौं जुन हामीलाई मन पर्छ (याद गर्नुहोस जोन वेस्लीले सिकाउनुभएको थियो कि हामीले प्रार्थनाको आनन्द लिनुपर्छ !) र हामी प्रार्थना गर्ने मानिसहरू बन्न प्रतिबद्ध छौं ! हामी प्रत्येकले परमेश्वरसँग फरक-फरक तरिकाले जोडिन्छौं, र प्रार्थना गर्ने फरक-फरक तरिकाहरू छन ।


प्रत्येक औंलाले प्रार्थना गर्नुपर्ने मानिसहरूको समूहलाई प्रतिनिधित्व गर्दछ ।


1. पहिलो औंला (तपाईंको नजिकका मानिसहरू)


 जब तपाईं हात जोड्नुहुन्छ, बुढी औंला तपाईंको सबैभन्दा नजिक हुन्छ । त्यसैले सुरुमा तपाईंका नजिकका व्यक्तिहरू, आफ्ना प्रियजनहरूका लागि प्रार्थना गर्नुहोस । तिनीहरूलाई सम्झन सबैभन्दा सजिलो हुन्छ । तिनीहरूलाई मार्गदर्शन र निर्देशन दिनको लागि परमेश्वरसँग प्रार्थना गर्नुहोस । हाम्रा प्रियजनहरूको लागि प्रार्थना गर्नु, सी.एस. लुईसले एक पटक भनेझैं, “मिठो कर्तव्य” हो ।


2.  दोस्रो औंला (सूचक/बाटो देखाउने मानिसहरू)


 दोस्रो औंलाले हाम्रो गुरूहरूलाई संकेत गर्छ । हामीलाई सिकाउने, निर्देशन दिने र सही दिशामा देखाउने प्रयास गर्नेहरूका लागि प्रार्थना गर्नुहोस । मण्डलीका अगुवाहरू/शिक्षकहरू र प्रचारकहरू, बच्चाहरूलाई सिकाउनेहरू, हाम्रा गुरुहरू आदि पनि समावेश छन । अरूलाई सही दिशामा देखाउन उनीहरूलाई सहयोग र ज्ञान चाहिन्छ । त्यसैले उहाँहरूलाई आफ्नो प्रार्थनामा राख्नुहोस ।


3. तेस्रो औंला (अधिकारमा रहेका व्यक्तिहरू)


 तेस्रो औंला सबैभन्दा अग्लो औंला हो । यसले तपाईंलाई आफूमाथि अधिकार भएकाहरूका लागि प्रार्थना गर्न सम्झाउँछ । राष्ट्र प्रमुख, व्यापार र उद्योगका नेताहरू र प्रशासक अधिकारीहरू, राष्ट्रिय र स्थानीय नेताहरू र काममा तपाईंको पर्यवेक्षकहरूको लागि प्रार्थना गर्नुहोस । यी मानिसहरूले हाम्रो राष्ट्रलाई, हाम्रो जीवनलाई, संसारलाई आकार दिन्छन र जनमतलाई मार्गदर्शन गर्छन । तिनीहरूलाई परमेश्वरको मार्गदर्शन चाहिन्छ ।


जब निनवेका राजाले परमेश्वरलाई प्रार्थना गरे, र उनले आफ्नो राष्ट्रलाई विनाशबाट बचाए (योना ३:६-१०)। हामीले हाम्रा निर्णयकर्ताहरूले पश्चात्ताप गरून र हामीलाई डोऱ्याउँदै परमेश्वरको इच्छा खोजून भनेर प्रार्थना गर्नुपर्छ ।


4. चौथो औंला (कमजोर मानिसहरू)


 याे सामान्यतया हाम्रो औंलाहरू मध्ये सबैभन्दा कमजोर औंला हो । धेरैलाई अचम्म लाग्छ कि यो हाम्रो सबैभन्दा कमजोर औंला हो (जसलाई पियानो शिक्षकले प्रमाणित गर्न सक्छन)। 


यसले हामीलाई कमजोर, समस्यामा, आवश्यकतामा वा पीडामा परेकाहरूका लागि प्रार्थना गर्न सम्झाउँछ । तिनीहरूकाे लागि दिनरात तपाईंको प्रार्थनाको आवश्यकता छ ।


5. कान्छी औंला (आफ्नै आवश्यकताहरू) 


 र अन्त्यमा, यसले तपाईंलाई परमेश्वरको महानताको सम्बन्धमा तपाईं कति सानो हुनुहुन्छ भनेर सम्झना गराउँछ । तपाईंको सानो औंलाले तपाईंलाई आफ्नो लागि प्रार्थना गर्न सम्झाउनु पर्छ । जसरी प्रत्येक औंला हातको एक भाग हो, त्यसरी नै तपाईं पनि परमेश्वरको एक भाग र तपाईं महत्त्वपूर्ण हुनुहुन्छ । 


जबसम्म तपाईंले अन्य चार समूहहरूको लागि प्रार्थना गर्नुहुनेछ, तपाईंको आफ्नै आवश्यकताहरूलाई उचित दृष्टिकोणमा राखिनेछ र तपाईं आफ्नो लागि अझ प्रभावकारी रूपमा प्रार्थना गर्न सक्षम हुनुहुनेछ । तपाईंले परमेश्वरलाई तपाईंको समस्याहरू कति ठूलो छ भनेर बताउनुहुने छैन, तर तपाईं आफैलाई र परमेश्वरलाई परमेश्वर कति महान शक्तिशाली हुनुहुन्छ भनेर बताउनुहुनेछ ! 


“पाँच औंलाकाे प्रार्थना” अरूको लागि प्रार्थना गर्दा प्रयोग गर्नको लागि एक उत्तम मार्गदर्शक हो । यो बच्चाहरूलाई सिकाउनको लागि प्रार्थनाको एक सरल रूप हो, तर सबै उमेरका मानिसहरूका लागि पनि यो एक राम्रो विधि हो । यो परिवारको प्रार्थनाकाे समयमा प्रयोग गर्नको लागि एक राम्रो तरिका हुन सक्छ । यदि धेरैले हरेक दिन सँगै प्रार्थना गर्न समय निकाले भने उनीहरूको परिवारमा सकारात्मक प्रभाव देख्ने सम्भावना हुन्छ ।


​याद राख्नुहोस, तपाईंले प्रार्थनाको जुनसुकै तरिका प्रयोग गर्नुभयो भने तापनि, सबैभन्दा महत्त्वपूर्ण कुरा यो हो कि तपाईं प्रार्थनामा प्रतिबद्ध चेला बन्नको लागि कदम चाल्दै हुनुहुन्छ !


निरन्तर प्रार्थना गरिरहनुहोस । तपाईंको परिवार तथा साथीहरू, मण्डलीका अगुवा तथा शिक्षकहरू, तपाईंको राष्ट्र र अधिकारीहरू, कमजोर तथा बिमारीहरू, स्वयंकाे लागि र विश्व शान्तिको लागि प्रार्थना गर्नुहोस ।


Sources :

1. https://corporationyou.wordpress.com/2017/06/09/five-finger-prayer/

2. https://www.minormemorial.org/committed-to-prayer

3. https://www.frontlinegr.com/parentresource/2021/11/2/kids-amp-prayer

4. https://pin.it/2xZ7KQuRU

5. https://www.unityfh.com/the-five-finger-prayer/

6. https://thepracticaldisciple.com/how-to-pray-the-five-finger-prayer-method/

7. https://karinasussanto.wordpress.com/2013/05/13/the-five-finger-prayer/

8. https://liturgy.co.nz/five-finger-prayer

9. https://corporationyou.wordpress.com/2017/06/09/five-finger-prayer/

10. https://247moms.com/2014/12/five-finger-prayer-teaching-kids-to-pray-for-others/

11. https://ronstadt.wordpress.com/2015/02/21/five-finger-prayer/

12. https://www.unityfh.com/the-five-finger-prayer/

13. https://www.changingkingdoms.com/post/intimacy-with-god-simple-steps

14. https://ministry-to-children.com/five-finger-prayer/

15. https://slideplayer.com/slide/12702477/





Monday, May 12, 2025

प्रार्थना र शैतानकाे आज्ञापालन

 



 एउटी धेरै गरिब महिलाले परमेश्वरसँग मद्दत माग्दै रेडियो स्टेशनमा फोन गरेर प्रार्थनाकाे बिषय राखिन । 


त्यो रेडियो कार्यक्रम सुनिरहेका एक अविश्वासीले महिलाको मजाक उडाउने निर्णय गरे । 


उनले रेडियो स्टेशनबाट महिलाको ठेगाना लिए र आफ्नो सचिवलाई ती महिलाकाे निम्ति ठूलो मात्रामा खाद्य पदार्थ बोकेर जान भने । 


यद्यपि, उनले निम्न निर्देशन दिए, “जब महिलाले खाना कसले पठाएको भनेर सोध्छिन, उनलाई भन्नु कि यो शैतानबाट आएको हो ।” 


जब सचिव महिलाको घरमा पुगे, महिला खुसी भईन र प्राप्त सहयोगको लागि आभारी भईन । 


उनले खानाका प्याकेटहरू आफ्नो सानो घर भित्र राख्न थालिन । 


त्यसपछि सचिवले उनलाई सोधिन, 

“के तपाईं जान्न चाहानुहुन्न कि खाना कसले पठाएको हो ?”


महिलाले जवाफ दिइन, 

“होइन, मलाई वास्ता छैन किनभने जब परमेश्वरले आदेश दिनुहुन्छ, तब शैतानले पनि उहाँको आज्ञापालन गर्नुपर्छ !”


जहाँ विश्वास सुरु हुन्छ, त्यहाँ चिन्ताको अन्त्य हुन्छ ।


* के तपाईंको जीवनमा पनि यस्तो कुनै अनुभव  छ ?


यसकारण लेखिएको छ,

“तब परमप्रभुले शैतानलाई भन्नुभयो, ‘लौ त, त्यसकहाँ जे-जति छन, सबै तेरै हातमा भयो। केवल अय्यूबको शरीरलाई चाहिँ नछो।’ तब शैतान परमप्रभुको उपस्थितिबाट निस्केर गयो।”  [अय्यूब १:१२]


“तब परमप्रभुको यो वचन एलियाकहाँ आयो: 

‘यो ठाउँ छोड़ेर पूर्वतिर लाग, र यर्दनको पूर्वतिर भएको करीतको खोल्सामा गएर लुकिबस। 

तैंले खोलाको पानी पिउनू, र तँलाई त्यहाँ खुवाउनलाई मैले कागहरूलाई हुकुम गरेको छु।’ 

यसैले परमप्रभुले भन्नुभएझैँ तिनले गरे। तिनी यर्दनको पूर्वतिर भएको करीत खोल्सामा गएर बसे। 

त्यहाँ कागहरूले तिनलाई बिहान रोटी र मासु र बेलुकी रोटी र मासु ल्याइदिए, र तिनले खोलाको पानी पिए।” [१ राजा १७:२-६]


“जसले कोरेसका बारेमा भन्नुहुन्छ, ‘त्यो मेरो गोठाला हो, र मेरो सबै इच्छा त्यसले पूरा गर्नेछ।’ यरूशलेमको बारेमा त्यसले यसो भन्नेछ, ‘त्यो फेरि बनाइओस,’ र मन्दिरको बारेमा चाहिँ, ‘यसको जग बसालिओस’ ।” [यशैया ४४:२८]


“पृथ्वीका सबै मानिसहरू व्यर्थका गनिन्छन। स्वर्गका शक्तिहरूलाई र पृथ्वीका मानिसहरूलाई उहाँले चाहेअनुसार गर्नुहुन्छ। कसैले पनि उहाँको हात रोक्न सक्दैन, वा ‘तपाईंले के गर्नुभयो’ भनी कसैले पनि सोध्न सक्दैन।” [दानिएल ४:३५]


Sources :

1. https://mycbseguide.com/questions/868418/

2. https://brainly.com/question/30718160

3. https://en.rattibha.com/thread/1717525581988815272

4. https://askfilo.com/user-question-answers-smart-solutions/ii-read-the-given-anecdote-and-analyse-the-similarities-and-3132343634333037

5. https://faithpixel.com/t/i-don-t-care-because-when-god-orders-even-the-devil-obeys/5210

6. https://www.linkedin.com/posts/houstongolden_whatinspiresme-success-motivation-activity-6949737437409538048-FL_T

7. https://www.facebook.com/464439913721136/posts/pfbid02dYLzBKu8EdtuSoCVRXqGJod2QErpMdERiPtL5x9QGvje9ZdvUtgJrfiNZMnLnJNxl/?app=fbl




Sunday, May 11, 2025

प्रार्थनाको जवाफ दिने परमेश्वरकाे तरिका

 



 परमेश्वरले तीन तरिकाले प्रार्थनाको जवाफ दिनुहुन्छ ।

1. हुन्छ, 2. पर्ख, 3. हुँदैन ।


1. हुन्छ ।

 यदि परमेश्वरले तपाईंको प्रार्थनाको जवाफ दिनुहुन्छ भने, परमेश्वरले तपाईंको विश्वास बढाउँदै हुनुहुन्छ । 


कहिलेकाहीँ परमेश्वरलाई थाहा हुन्छ कि यो हाम्रो लागि उत्तम छ भने उहाँले “हुन्छ” भनेर जवाफ दिनुहुन्छ । 


जब हिजकियाहले बाँच्नको लागि प्रार्थना गरे, परमेश्वरले उनलाई पन्ध्र वर्ष थप दिनुभयो । [२ राजा २०:१-६]


कार्मेल पर्वतमा परमेश्वरले एलियाको प्रार्थनाको जवाफ दिनुभयो । [१ राजा १८:३६-३९]


परमेश्वरले हन्नालाई उनको प्रार्थनाको जवाफमा एउटा छोरा दिनुभयो । [१ शमूएल १:९-२०]


हिजकियाहको प्रार्थनाको जवाफमा, परमेश्वरले यहूदालाई अश्शूरीहरूबाट बचाउनुभयो । [यशैया ३७:१५-३६]


2. पर्ख ।

 यदि परमेश्वरले ढिलाइ गर्नुभयो भने, परमेश्वरले तपाईंको धैर्य बढाउँदै हुनुहुन्छ । 


कहिलेकाहीँ परमेश्वरले “पर्ख” भन्नुहुन्छ । हाम्रो अनुरोध सही हुन सक्छ, तर यो गलत समयमा सोधिएको हुन सक्छ । [१ कोरिन्थी १:२५] यो हामीले धैर्य सिक्न सक्ने एउटा तरिका हो । [याकूब १:३] 


परमेश्वरले प्रतिज्ञा गर्नुभएको छोराको लागि अब्राहामले पच्चीस वर्ष पर्खनु पर्यो । 


इस्राएललाई स्वतन्त्रतामा डोऱ्याउन परमेश्वर तयार हुनुभन्दा अघि मोशाले ४० वर्ष पर्खनु पर्यो ।


3. हुँदैन ।

 यदि परमेश्वरले तपाईंको प्रार्थनाको जवाफ दिनुहुन्न भने, उहाँले तपाईंको लागि अझ उत्तम कुराहरू तयारी गर्दै हुनुहुन्छ ।


कहिलेकाहीँ परमेश्वरले “हुँदैन” भनेर जवाफ दिनुहुन्छ जब उहाँलाई थाहा हुन्छ कि यो हाम्रो लागि उत्तम छ । [याकूब ४:३, १ यूहन्ना ५:१४]


ईजेबेलले उनलाई मार्न खोज्दा एलियाले मर्नकाे लागि परमेश्वरलाई प्रार्थना गरे । [१ राजा १९:४, २ राजा २:११]


पावलले उनको शरीरकाे काँडा हटाउन तीन पटक बिन्ती गरे, तर परमेश्वरले यसलाई हटाउनुभएन । [२ कोरिन्थी १२:७-९]


* यी तीन तरिका मध्ये कुन तरिकाबाट तपाईंलाई परमेश्वरले बढी प्रार्थनाकाे जवाफ दिनुभएको छ ?


Sources :

1. https://ladyflor47.wordpress.com/2013/09/19/god-answers-our-prayer/

2. https://claudettechevrier.wordpress.com/2015/01/26/if-god-answers-your-prayer/

3. https://www.linkedin.com/posts/mindykalsibansal_if-god-answers-your-prayers-he-is-increasing-activity-7052554887699582976-VtDc



Saturday, May 10, 2025

प्रार्थना र माकुराकाे जालो

 



 दोस्रो विश्वयुद्धको समयमा, एक सिपाही टापुमा आफ्नो युनिटबाट अलग भए । लडाई तीव्र थियो, धुवाँ र क्रस फायरमा उनले आफ्ना साथीहरूसँग सम्पर्क गुमाएका थिए ।


उनले शत्रु सिपाहीहरू आफ्नो दिशामा आउँदै गरेको थाहा पाए । उनले आफैंलाई लुकाउन चट्टानमा धेरै साना गुफाहरू सम्म पुग्ने बाटो फेला पारे । उनी हतार हतार एउटा गुफा भित्र पसे ।


केही क्षणको लागि सुरक्षित भए पनि, उनले महसुस गरे कि उनलाई खोजिरहेका शत्रु सिपाहीहरूले तुरुन्तै सबै गुफाहरू खोज्नेछन र उनी मारिनेछन । पर्खिरहँदा, उनले प्रार्थना गरे, “प्रभु, कृपया मेरो जीवन बचाउनुहोस । म तपाईंलाई प्रेम गर्छु र भरोसा गर्छु । आमेन ।”  


प्रार्थना गरिसकेपछि उनी चुपचाप सुतेर बसे, तब शत्रु नजिक आउन थाल्यो । उनले सोचे, “ठीक छ, मलाई लाग्छ कि प्रभुले मलाई यसबाट बाहिर निस्कन मद्दत गर्नुहुनेछैन ।”  त्यसपछि उनले आफ्नो गुफाको अगाडि एउटा माकुराले जालो बनाउन थालेको देखे ।


मनमनै हाँस्दै उनले सोँचे, “मलाई चाहिने एउटा इट्टाको पर्खाल हो, तर प्रभुले मेरो लागि माकुराको जालो पठाउनुभएको छ । परमेश्वरसँग यतिकाे समझ पनि छैन ।”


जब शत्रु नजिक आउँदै थिए, तब उनले आफ्नो लुकेको अन्धकार गुफाबाट हेरे र शत्रुले एक पछि अर्को गुफा खोजिरहेको देखे । जब तिनीहरू उनीकहाँ पुगे, उनले आफ्नो अन्तिम समय भएको र मर्न तयार भए, तर उनले सिपाहीहरूको कमान्डरले यसो भनेको सुने, “तिमीहरूले यो गुफामा हेर्नलाई बेवास्ता गर्न सक्छौ... यदि ऊ यहाँ प्रवेश गरेको भए यो जालो हुँदैनथ्यो !”


त्यसैले तिनीहरू त्यस गुफालाई छाेडेर अघि बढे र उनले शत्रुहरूबाट छुटकारा पाए । किनकि तिनीहरूले महसुस गरे कि प्रवेशद्वारमा माकुराको जालोले गुफामा भर्खरै कोही पसेको छैन भनेर देखाउँछ ।


उनलाई याे घटनाले छक्क पर्यो र उनले प्रार्थना गरे,

“प्रभु, मलाई माफ गर्नुहोस । मैले बिर्सेको थिएँ कि तपाईंमा माकुराको जालो इँटाको पर्खाल भन्दा बलियो हुन्छ ।” 


जब तपाईं सोच्नुहुन्छ कि यो अर्थपूर्ण छैन, तापनि सँधै परमेश्वरमा भरोसा गर्नुहोस । यदि तपाईं उहाँमा विश्वास गर्नुहुन्छ भने परमेश्वर तपाईंको संरक्षक हुनुहुन्छ । उहाँले यस संसारको सबैभन्दा मूर्ख चीजहरूलाई बुद्धिमानीहरूलाई भ्रमित गर्न प्रयोग गर्नुहुनेछ ।


सधैं परमेश्वरमा आफ्नो आशा राख्नुहोस, किनकि उहाँसँग, केवल माकुराको जालो सुरक्षाको पर्खाल हुन सक्छ । परमेश्वरसँग, सबै कुरा सम्भव छ ।


कहिलेकाहीं प्रार्थनाले परिस्थिति परिवर्तन गर्दैन । तर यसले परिस्थितिप्रति हाम्रो दृष्टिकोण परिवर्तन गर्छ र हामीलाई आशा दिन्छ जसले हाम्रो सम्पूर्ण जीवन परिवर्तन गर्छ ।


* के तपाईंसँग जीवनकाे कठिन परिस्थितिमा पनि परमेश्वरसँग प्रार्थना गर्नुभएको र उहाँबाट अद्भुत जवाफ पाउनुभएको अनुभव छ ?


यसकारण लेखिएको छ,

“परमेश्वरको विषयमा भन्ने हो भने, उहाँको मार्ग सिद्ध छ, परमप्रभुको वचन सच्चा छ। उहाँमा शरण लिनेहरू सबैका निम्ति उहाँ ढाल हुनुहुन्छ।” [२ शमूएल २२:३१]


 परमप्रभुको बारेमा म भन्नेछु, “उहाँ मेरो शरणस्थान र किल्ला हुनुहुन्छ, मेरा परमेश्वर, जसमाथि म भरोसा राख्तछु।” [भजनसंग्रह ९१:२, १८:२]


“परमप्रभुको नाउँ एक बलियो धरहरा हो, धर्मीहरू त्यहाँ दगुर्दै जान्छन् र सुरक्षित हुन्छन।” [हितोपदेश १८:१०]


“उहाँले हामीलाई यस्तो भयानक जोखिमबाट छुटाउनुभयो, अनि उहाँले हामीलाई छुटाउनुहुनेछ। उहाँमाथि नै हामीले हाम्रो भरोसा राखेका छौं, कि उहाँले हामीलाई फेरि पनि छुटाउनुहुनेछ।” [२ कोरिन्थी १:१०]


यसकारण निर्धक्क भएर हामी भन्दछौं, “प्रभु मेरा सहायक हुनुहुन्छ, म डराउनेछैनँ। मानिसले मलाई के गर्न सक्छ?” [हिब्रू १३:६]


“तर बुद्धिमान्हरूलाई शर्ममा पार्न परमेश्वरले संसारका मूर्ख कुराहरूलाई छान्नुभयो, र शक्तिशालीलाई शर्ममा पार्नलाई परमेश्वरले संसारका निर्बल कुराहरूलाई छान्नुभयो।” [१ कोरिन्थी १:२७]


Sources :

1. https://www.fatherduffy.com/god-and-the-spider/

2. https://www.sawanonlinebookstore.com/a-miracle-for-tom/

3. https://www.incoc.org/Resources/Allegories.asp?Qid=26

4. https://mygoodtimestories.com/2014/06/02/a-story-of-the-soldier-and-a-spider/

5. https://www.linkedin.com/pulse/story-goes-world-war-ii-us-marine-separated-from-his-unit-pollard

6. https://www.artpal.com/lanchon40?i=63027-3

7. https://www.facebook.com/100027509782143/posts/1173692696891045/?app=fbl

8. https://www.facebook.com/legitngnews/photos/a.293854010711503/606254802804754/?type=3&app=fbl


Friday, May 9, 2025

परमेश्वरसँग प्रार्थना गर्ने अवसरहरू

 



1. जब तपाईंको जीवनमा नयाँपन आउँछ ।

2. जब तपाईंलाई केहि चाहिन्छ ।

3. जब अस्तव्यस्त सिर्जना हुन्छ ।

4. जब संकट आउँछ ।

5. जब पाप तपाईंको बाटोमा खडा हुन्छ ।

6. जब तनावले तपाईंको जीवनलाई नाश गर्छ ।

7. जब तपाईं आशीषले भरिनुहुन्छ ।

8. जब बोझले तपाईंलाई थिच्दछ ।

9. जब कसैले अनुरोध गर्छ ।

10. जब तपाईं आनन्दित हुन सक्नुहुन्छ ।



1. जब तपाईंको जीवनमा नयाँपन आउँछ ।


 जब तपाईंको जीवनमा केहि नयाँ कुरा आउँछ, यसको बारेमा प्रार्थना गर्न र परमेश्वरलाई समर्पण गर्न केही समय बिताउनु उचित हुन्छ । यो नयाँ घर, कार, साथी, भर्खरै येशूलाई आफ्नो हृदय दिने व्यक्ति वा जीवनको नयाँ दिन हुन सक्छ ।


तपाईंको जीवनमा अहिले प्रार्थना गर्न सकिने नयाँ कुरा के छ ?


2. जब तपाईंलाई केहि चाहिन्छ ।


 हाम्रो जीवनमा हरेक दिन विभिन्न आवश्यकताहरू उत्पन्न हुन्छन । परमेश्वरलाई यी आवश्यकताहरू के हुन भनेर थाहा छ र उहाँ तपाईंकहाँ आउन र ती आवश्यकताहरूमा तपाईंलाई पूरा गर्न आतुर हुनुहुन्छ । सायद तपाईंको आर्थिक आवश्यकता छ, भावनात्मक आवश्यकता छ, शारीरिक आवश्यकता छ वा आत्मिक आवश्यकता छ ।


3. जब अस्तव्यस्त सिर्जना हुन्छ ।


 यशैया ५५:९ ले भन्छ कि परमेश्वरका विचारहरू हाम्रा विचारहरू भन्दा उच्च छन ।


जीवन जटिल र अस्तव्यस्त छ । हामी भविष्य देख्न सक्दैनौं, त्यसैले हामीले सोचेजस्तो किन केही काम भइरहेको छैन भनेर सोच्दै अस्तव्यस्तको समय आउनु सक्छ ।

जब जीवन अस्तव्यस्त हुन्छ, प्रार्थनामा परमेश्वरकहाँ जानुहोस । उहाँका विचारहरू हामीभन्दा उच्च छन, उहाँले कुनै पनि परिस्थितिलाई सम्हाल्न सक्नुहुन्छ ।


तपाईंको जीवनमा अहिले के कुराले अलमल्लमा पारिरहेको छ र त्यसलाई अझ स्पष्ट रूपमा हेर्नको लागि तपाईंले परमेश्वरसँग मद्दत माग्न चाहनुहुन्छ ?


4. जब संकट आउँछ ।


सायद, तपाईं संकटको समयमा हुनुहुन्छ । यदि होइन भने, मलाई लाग्छ तपाईं त्यस्तो व्यक्तिको बारेमा सोच्न सक्नुहुन्छ जो संकटमा छ र तपाईंको प्रार्थनाको प्रयोग गर्न सक्नुहुन्छ ।


मानिसहरूले सामाजिक सञ्जाल मार्फत र अनलाइनमा सधैं भइरहेका संघर्षहरूको बारेमा पोस्ट गर्छन । आफ्नो सामाजिक सञ्जाल फिडहरू मध्ये एक हेर्नुहोस र जब तपाईं कसैलाई संकटमा देख्नुहुन्छ वा देख्नुहुन्छ तब तिनीहरूको निम्ति प्रार्थना गर्नुहोस ।


यी परिस्थितिहरूलाई प्रार्थनामा परमेश्वर समक्ष उठाउन एक क्षण समय निकाल्नुहोस ।


5. जब पाप तपाईंको बाटोमा खडा हुन्छ ।


 पापले जस्तो तपाईंको प्रार्थना जीवनलाई अरू कुनै कुराले रोक्दैन, विशेष गरी यदि तपाईंले स्वीकार गर्न र परमेश्वरमा समर्पण गर्न अस्वीकार गर्नुभयो भने ।


परमेश्वर पितासँग स्वस्थ सम्बन्ध पुनर्स्थापित गर्न हामीले क्षमाको लागि प्रार्थना गर्नुपर्छ र पश्चात्ताप गर्नुपर्छ । त्यसैले प्रायः पापप्रति हाम्रो प्रारम्भिक प्रतिक्रिया यसलाई स्विकार गर्नु, खारेज गर्नु र यसलाई बिर्सेर अगाडि बढ्नु हो ।


हामीले कहिल्यै पनि हाम्रो मायालु परमेश्वरभन्दा सानो पापलाई माथि राख्नु हुँदैन । यदि तपाईंले परमेश्वरलाई आफ्नो पाप स्वीकार गर्ने बानी बसाल्नुभयो भने, तपाईंले आफ्नो जीवनका सबै क्षेत्रहरूमा आफूलाई धेरै पटक उहाँकहाँ आउने पाउनुहुनेछ । किन? किनभने तपाईं त्यो पापको बोझबाट मुक्त हुनुहुन्छ ।


तपाईंले स्वीकार गर्नुपर्ने विशेष पापहरूको नाम लेख्नुहोस, र परमेश्वरले तपाईंलाई क्षमा गरून र त्यस क्षेत्रमा तपाईंको हृदयलाई निको पारून भनेर प्रार्थना गर्नुहोस । बरु उहाँमा तपाईंको सन्तुष्टि पाउन मद्दतको लागि उहाँसँग प्रार्थना गर्नुहोस ।


6. जब तनावले तपाईंको जीवनलाई नाश गर्छ ।


 हामीलाई थाहा छ कि अहिले पनि तपाईंको मनमा केही न केही कुराले पिरोलिरहेको छ, सायद तपाईंले गर्नुपर्ने केही कुराले, वा सायद कुनै सम्बन्ध जुन चुनौतीपूर्ण छ ।


जीवनका दैनिक तनावहरूबाट टाढा रहन गाह्रो छ । यद्यपि, तिनीहरू हाम्रो जीवनमा दैनिक समस्या भएकाले, हामीले रोकिएर ती तनावहरूलाई हाम्रा पिताकहाँ ल्याउने बानी बसाल्नुपर्छ ।


एकछिन समय निकाल्नुहोस र यस समयमा तपाईंलाई तनाव भएको तीनवटा मुख्य कुराहरू लेख्नुहोस र ती तनावपूर्ण क्षणहरूमा परमेश्वरलाई उहाँको आवश्यकताको सम्झना गराउनुहोस ।


7. जब तपाईं आशीषले भरिनुहुन्छ ।


 परमेश्वर सधैं असल हुनुहुन्छ र उहाँ आफ्ना सन्तानहरूलाई असल उपहारहरू दिन चाहनुहुन्छ । [मत्ती ७:११] हाम्रो जीवनको अन्धकारमय समयमा पनि, हामी परमेश्वरले हामीलाई दिनुभएका धेरै आशिषहरूको सूची बनाउन सक्छौं ।


आनन्द कृतज्ञता पछि आउँछ । परमेश्वरले आफू असल भएको प्रमाणित गर्नुभएको समयलाई सम्झनुहोस र त्यसको लागि उहाँलाई धन्यवाद दिनुहोस ।


8. जब बोझले तपाईंलाई थिच्दछ ।


 “हे सबै थाकेका र बोझले दबिएका हो, मकहाँ आओ, म तिमीहरूलाई विश्राम दिनेछु।” [मत्ती ११:२८]


परमेश्वर चाहनुहुन्छ कि हामीले हाम्रा बोझहरू उहाँकहाँ पुर्‍याऔं । चाहे त्यो हराएकाहरूको लागि होस, हाम्रो संस्कृतिको लागि होस, असाध्यै खाँचोमा परेकाहरूको लागि होस वा बीचमा भएका सबै कुराको लागि होस ।


मनमा आउने केही बोझहरू ध्यान दिनुहोस र ती प्रभुकहाँ ल्याइदिनुहोस ।


9. जब कसैले अनुरोध गर्छ ।


 यो प्रायः प्रार्थनाको स्वतःस्फूर्त भाग हो जुन सजिलै आउँछ । जब अरूले प्रार्थनाको लागि अनुरोध गर्छन, हामीले तिनीहरूलाई माथि उठाउनुपर्छ । परमेश्वरले पनि चाहनुहुन्छ कि हामीले हाम्रा अनुरोधहरू उहाँकहाँ ल्याएको होस तर सही मनसायले त्यसो गरेको होस । याकूब ४:३ यसबारे स्पष्ट छ:

"तिमीहरू माग्छौ तर पाउँदैनौ, किनकि तिमीहरू गलत मनसायले माग्छौ, ताकि तिमीहरूले त्यो आफ्नो सुख-विलासमा खर्च गर्न सक।"


परमेश्वरकहाँ आफ्ना अनुरोधहरू ल्याउँदा गर्ने एउटा राम्रो अभ्यास भनेको आफ्नो मनसाय सही ठाउँमा छ कि छैन भनेर निश्चित गर्न जाँच गर्नु हो । हामीले कहिल्यै पनि वासना, लोभ वा घमण्डले हाम्रो प्रार्थनालाई प्रेरित गर्न दिनु हुँदैन ।


10. जब तपाईं आनन्दित हुनहुन्छ ।


 “प्रभुमा सधैँ आनन्द गर। म फेरि पनि भन्दछु, आनन्द गर।” [फिलिप्पी ४:४]


कठिन समयमा पनि हामीसँग आनन्दित हुन धेरै कुराहरू छन: सफलताहरू, उपलब्धिहरू, उत्तर दिइएका प्रार्थनाहरू र उत्सवहरूले परमेश्वरलाई प्रशंसा र धन्यवादको प्रार्थनाहरू प्रेरित गर्नुपर्छ ।


दिनभरि प्रार्थना कसरी गर्न ?

अब तपाईंसँग प्रार्थना गर्ने सम्भावित अवसरहरू छन, केही व्यावहारिक सम्झनाहरू लिएर आउनुहोस । तपाईं रणनीतिक स्थानहरूमा नोटहरू झुण्ड्याउन सक्नुहुन्छ, आफ्नो फोनमा सम्झनाहरू सेट गर्न सक्नुहुन्छ वा एकअर्कालाई जवाफदेही बनाउन साथीसँग मिलेर प्रार्थना गर्न सक्नुहुन्छ ।


तपाईंले आफ्नो जीवनमा परमेश्वरसँगको कुराकानीलाई दैनिक लयमा ल्याउने बानी जति धेरै बसाल्नुहुन्छ, त्यति नै धेरै तपाईंले दिनदिनै परमेश्वरको उपस्थिति र मार्गदर्शन महसुस गर्न सक्नुहुन्छ ।


* के तपाईंले परमेश्वरसँग कुराकानी गर्ने अन्य अवसरहरू भेट्टाउनू भएको छ ?


“निरन्तर प्रार्थना गरिरहो।” [१ थिस्सलोनिकी ५:१७]


Source :

https://www.lifeway.com/en/articles/when-you-should-talk-to-god-battle-plan-for-prayer-bible-study-alex-stephen-kendrick




Thursday, May 8, 2025

प्रार्थना गर्दा तपाईंले के गुमाउनु हुन्छ ?

 



 एक पटक एउटी महिलालाई सोधियो,

“परमेश्वरलाई नियमित रूपमा प्रार्थना गर्दा तपाईंले के प्राप्त गर्नुहुन्छ ?”


उनले जवाफ दिइन,

“सामान्यतया मैले केहि पाउँदैन, बरु मैले थुप्रै कुराहरू गुमाउँछु ।”


र परमेश्वरलाई नियमित रूपमा प्रार्थना गर्दा उनले गुमाएको सबै कुराहरू उद्धृत गरिन,

 “मैले मेरो घमण्ड गुमाएँ ।”

 “मैले मेरो अहंकार गुमाएँ ।”

 “मैले मेरो लोभ गुमाएँ ।”

 “मैले मेरो आवेग गुमाएँ ।”

 “मैले मेरो रिस गुमाएँ ।”

 “मैले मेरो चाहना गुमाएँ ।”

 “मैले झुट बोल्ने स्वाद गुमाएँ ।”

 “मैले पापको स्वाद गुमाएँ ।”

 “मैले अधीरता, डर, निराशा र निरूत्साह गुमाएँ ।”


कहिलेकाहीं हामी प्रार्थना गर्छौं, केहि प्राप्त गर्न होइन, तर केही कुराहरू गुमाउनको लागि पनि हाे, जसले हामीलाई आत्मिक रूपमा बढ्न दिँदैन ।


प्रार्थना गर्ने पुरुष या महिला हुनुहोस !


प्रार्थनाले हामीलाई ज्ञान दिन्छ, बलियो बनाउँछ र निको पार्छ । प्रार्थना भनेको हामीलाई सीधै परमेश्वरसँग जोड्ने बाटो हो ।


* प्रार्थना गर्दा तपाईंले अहिलेसम्म के-के कुराहरू गुमाउनु भयाे ? 


Sources :

1. https://theletteredcottage.net/thoughtfull-thursday-prayer/

2. https://www.markalanwilliams.net/post/2017/12/21/man-asked-gain-regularly-praying-to-god/

3. https://www.linkedin.com/posts/chadfrizzell_a-woman-was-once-asked-what-do-you-gain-activity-7264276206533947392-IgHP

4. https://www.facebook.com/100078816102013/posts/pfbid02ngtN6wqrtuTur7D7kaW29kqUuHoyC77UpRtSAvZdbbHU5gEX8JPTjQHjWrzBPuoWl/?app=fbl

5. https://www.facebook.com/100001921474650/posts/pfbid02HQfmVTiQkR1xwkSpfbb4FVpMS3MYsAsby7XCxMdgCVzctG61vrgg5LU8PErM3wNnl/?app=fbl


परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...