बाइबलकाे यशैया 40:31 मा स्पष्ट रूपमा लेखिएको छ कि हामी गरूड जस्तै उड्नेछौं। दाऊदले भजन 55:6-8 मा प्रार्थना गरे कि उनी उड्नको लागि ढुकुरको जस्तै पखेटा भएको चाहन्छन।
यो एक अचम्मको खुलासा हो। परमेश्वरले तपाईंलाई कुखुरासँग कहिल्यै तुलना गर्नुभएन। यहाँ गरूडका पखेटाहरू र ढुकुरका पखेटाहरू प्रख्यात छन। उहाँले तपाईंलाई पखेटाहरू दिनुभएको छ।
प्रेरित 2 अध्यायमा, परमेश्वरले मण्डलीलाई पखेटा दिनुभयो, जब उहाँले तपाईंलाई उहाँको पवित्र आत्मा दिनुभयो। अब हामी उड्न सक्छौं र उहाँको महिमित उपस्थितिमा जान सक्छौं र स्वतन्त्र हुन सक्छौं।
कुखुराका पखेटा हुन्छन तर उड्दैनन। पखेटा भएर के फाइदा, जब जीवनभर हामी सधैं पिंजरामा फसेका छौ? कुखुराको पिंजरासँगै आउने नराम्रो गन्धमा फसेको तपाईंको जीवनलाई परमेश्वरले कहिल्यै पनि “पिंजराकाे जीवन” बनाउनुभएन।
यो शब्द सुन्नुहोस र अन्य धेरै खुलासाहरू जसले तपाईंलाई छक्क पार्नेछ। मलाई विश्वास छ कि धेरैले यो अविश्वसनीय शब्द सुनेपछि मुक्त हुनेछन। यो हास्यास्पद र प्रफुल्लित छ तर याे सत्य र एक शब्द जसले धेरैलाई उद्धार गर्नेछ। पिंजराकाे जीवनशैली छोड्नुहोस र गरूड जस्तै माथि जानुहोस, किनकि तपाईंसँग गरूड जस्तै पखेटा छ।
यसकारण लेखिएको छ,
हे याकूब, तँ किन भन्छस? हे इस्राएल, तँ किन यस्तो गुनासो पोखाउँछस? “मेरो बाटो परमप्रभुदेखि लुकेको छ, परमेश्वरले मेरो वास्ता गर्नुभएको छैन।”
के तँलाई थाहा छैन? के तैंले सुनेको छैनस? परमप्रभु सदासर्वदा परमेश्वर हुनुहुन्छ, पृथ्वीको पल्लो छेउसम्मका सृष्टिकर्ता हुनुहुन्छ। उहाँ न त थकित न हैरान हुनुहुन्छ, र कसैले पनि उहाँको समझलाई नाप्न सक्दैन?
उहाँले थकितहरूलाई बल दिनुहुन्छ, र कमजोरहरूको शक्ति बढ़ाइदिनुहुन्छ।
युवक पनि दुर्बल र थकित हुन्छन, र जवान मानिसहरू थाकेर लोट्छन।
तर परमप्रभुको आशा गर्नेहरूको बल फेरि नयाँ हुनेछ। तिनीहरू गरुडझैँ माथि-माथि उड्नेछन, र दगुरेर पनि तिनीहरू थाक्नेछैनन। तिनीहरू हिँड्नेछन तापनि मूर्च्छा पर्नेछैनन।
[यशैया 40:27-31]

No comments:
Post a Comment