Wednesday, February 26, 2025

मण्डलीले प्रदान गर्न सक्ने र नसक्ने कुराहरू

 


 

1. मण्डली भनेको साप्ताहिक रूपमा उपासनाको लागि भेला हुने ठाउँ हो, तर म परमेश्वरको उपस्थिति अनुभव गर्छु कि गर्दिनँ भन्ने कुरा मेरो हातमा छ । [यूहन्ना ४:२४]


2. मण्डली भनेको एउटा परिवार हो, जसमा म संलग्न हुन सक्छु, तर मित्रता विकास गर्ने कुरा मेरो हातमा छ । [हितोपदेश १८:२४]

 

3. मण्डली त्यस्तो ठाउँ हो, जहाँ प्रतिभाशाली शिक्षकहरूले बाइबल र म यसलाई मेरो जीवनमा कसरी लागू गर्न सक्छु भनेर व्याख्या गर्नेछन, तर मेरो जीवनलाई परमेश्वरको सत्यतासँग मिलाउने कुरा मेरो हातमा छ । [याकूब १:२२]

 

4. मण्डली एउटा यस्तो ठाउँ हो, जहाँ म मेरा वरदान, जोश, सीप, व्यक्तित्व र जीवनका अनुभवहरूलाई सेवा गर्न प्रयोग गर्न सक्छु, तर सेवक बन्ने कि नबन्ने भन्ने कुरा मेरो हातमा छ । [मत्ती २०:२८]

 

5. मण्डली त्यस्तो ठाउँ हो, जहाँ मलाई महान आज्ञा पूरा गरेर संसार परिवर्तन गर्ने मौका मिल्छ, तर वास्तवमा प्रभावशाली व्यक्ति बन्ने कुरा मेरो हातमा छ । [रोमी १०:१४]


* के मण्डलीबाट मानिसहरूले राख्ने अवास्तविक अपेक्षाहरू पत्ता लगाउनुभएको छ ?

 

Source :

https://pastorbrianmoss.com/the-church-isnt-meeting-my-needs/





हराएकोलाई फिर्ता ल्याउँनु

 



 जब मण्डलीको बोर्डको एक सदस्य पापमा परे, पास्टरले बोर्डका अन्य सदस्यहरूलाई बोलाए । माया र करुणाका साथ उहाँले तिनीहरूलाई याे दुःखको कथा सुनाए ।


त्यसपछि उनले यो प्रश्न सोधे, “यदि तपाइँ हाम्रो भाइ जस्तै परीक्षामा परेको भए, तपाइँ के गर्नुहुने थियो ?”


पहिलो मानिसले परीक्षाको सामना गर्न सक्ने आफ्नो क्षमतामा विश्वस्त हुँदै भन्यो, “म त्यो पापमा कहिल्यै हार मान्ने थिइनँ ।”


अरु धेरैले पनि यस्तै अभिव्यक्ति दिए ।


अन्तमा, बोर्डको एक सदस्यले अरूकाे आत्मिक परिपक्वताको लागि सम्मान गरे, र भने, “पास्टर, म मेरो हृदयमा महसुस गर्छु कि यदि मलाई उहाँ जस्तै परीक्षा र जाँच गरिएको भए, म सायद उनी भन्दा धेरै तल गिर्ने थिएँ ।”


तब त्यहाँ धेरै मौनता छायाे ।


तब पास्टरले भने, “तपाईं मात्र एक हुनुहुन्छ, जो मसँग हाम्रो गल्ती गर्ने भाइसँग कुरा गर्न र उसलाई संगतिमा पुनर्स्थापित गर्ने प्रयास गर्न सक्नुहुन्छ ।”


* के मानिसहरूलाई नरकमा जानबाट राेक्नु र त्याे मार्गबाट बाहिर निकाल्नु हाम्रो काम तथा कर्तव्य होईन र ?


यसकारण लेखिएको छ,

“अरूलाई आगोबाट तानी निकालेर बचाओ, कसै-कसैलाई दया देखाउँदा होशियार गर, पापमय स्वभावद्वारा अपवित्र भएका वस्त्रसमेत घृणा गर।” [यहूदा १:२३]


“पर्खाल निर्माण गरिदिने र देश मद्वारा नष्ट नहोस भनी देशको लागि मेरो सामुन्ने धाँदोमा उभिदिने एक जना मानिस तिनीहरूका बीचमा मैले हेरें, तर मैले कोही पनि पाइनँ।” [इजकिएल २२:३०]


“यस आशामा कि मेरो आफ्नै यहूदी जातिलाई डाही बनाउन सकूँ, र तीमध्ये कसै-कसैलाई बचाउन सकूँ।” [रोमी ११:१४]


“किनभने म मानिसहरूबाट स्वतन्त्र भए तापनि अझ धेरैलाई जित्न सकूँ भनेर मैले आफैलाई सबैको दास तुल्याएँ। 

यहूदीहरूलाई जितूँ भनेर यहूदीहरूका निम्ति म यहूदीजस्तै बनें। व्यवस्थाको अधीनमा रहनेहरूलाई जितूँ भनेर म आफै व्यवस्थाको अधीनमा नभए तापनि व्यवस्थाको अधीनमा भएकाहरूका निम्ति व्यवस्थाकै अधीनमा रहेजस्तै भएँ। 

व्यवस्थाको बाहिर हुनेहरूलाई जित्न सकूँ भनेर म आफै परमेश्वरको व्यवस्थाबाट बाहिर नभई तर ख्रीष्टको व्यवस्थाको अधीनमा रही व्यवस्थाको बाहिर हुनेहरूझैं बनें। 

दुर्बलहरूलाई जितूँ भनेर दुर्बलहरूका निम्ति म दुर्बल बनें। सब प्रकारका उपायले कसै न कसैलाई बचाउन सकूँ भनेर सबैका निम्ति म सब थोक बनें। 

सुसमाचारका आशिषहरूको सहभागी हुन सकूँ भनेर सुसमाचारकै खातिर म यी सब थोक गर्दछु।” [१ कोरिन्थी ९:१९-२३]


Sources :

1. https://www.facebook.com/100070945574252/posts/pfbid038JbYPSQVrFVSqKyxasex32PKziZqYDamgjD5PjpzaK61LpVpmKkKxfa2Z8YGc6cgl/?app=fbl

2. https://www.facebook.com/100007341160225/posts/pfbid032wEoSsJ8uYp5X7sVypPKMrPvn9bpfDWqSfTmgFo2eFWKaeoSgnpmPXBkwgzAiDpVl/?app=fbl

3. https://www.facebook.com/100070945574252/posts/pfbid02sddb1V9hqKkBkugKDaBmh859xh4WnGftty7Vd5THSZenjxTxbwQ3XaZTGexzQTHil/?app=fbl






Tuesday, February 25, 2025

मण्डलीकाे समानता

 



1. मण्डली - नुन हाे । [मत्ती ५:१३]

 यसले आफ्नो स्वाद गुमाउँदैन भनेर सुनिश्चित गर्नुहोस ।


2. मण्डली - ज्याेती हाे । [मत्ती ५:१४]

 अन्धकारमा नपरोस भनेर सचेत हुनुपर्छ ।


3. मण्डली - भेडा हाे । [यूहन्ना १०:१-१५]

 बहकाउनको लागि होइन ।


4. मण्डली - हाँगा हाे । [यूहन्ना १५:१-७] 

 धेरै फल फलाउन लक्ष्य हाे ।


5. मण्डली - एक शरीर हाे । [१ कोरिन्थी १२:१२]

 एकताबद्ध निकायको रूपमा आउनुहोस ।


6. मण्डली - सूर्य हाे । [यशैया ६२:१,२]

 प्रभातझैं चम्कने र बलिरहेको मशाल झैं बल्ने हाे ।


7. मण्डली - शुद्ध दुलही हाे । [२ कोरिन्थी ११:२,३]

 यो पवित्रताबाट विचलित नहुने कुरामा ध्यान दिनुहोस ।


8. मण्डली - असल बीउ हाे । [मत्ती 13:38]

 मण्डलीमा झारपात छैन भनी सुनिश्चित गर्नुहोस ।


9. मण्डली - पहिलो जन्मेकाे जेठो हाे । [हिब्रू १२:२३]

 धर्मी मार्गमा हिड्ने पक्का हुनुहोस ।


10. मण्डली - दाखबारी हाे । [यशैया ५:१,३]

 दाखबारीमा स्याल पसेर हानी नगर्ने सुनिश्चित गर्नुहोस ।


11. मण्डली - परमेश्वरको घर हाे । [१ कोरिन्थी ३:९]

 मण्डली पवित्र हुनुपर्छ; सबै भाँडाहरू तिनीहरूको मालिकद्वारा नियन्त्रित हुनुपर्छ ।


12. मण्डली - फाराेको रथ हाे । [श्रेष्ठगीत १:९]

 मण्डलीले उत्सुकतासाथ ख्रीष्टको पछि लाग्नुपर्छ ।


13. मण्डली - जीवित पत्थरहरू हाे । [१ पत्रुस २:५]

 एक पवित्र पुजारी बन्नको लागि आत्मिक घरमा निर्माण गर्न ।


14. मण्डली - एक राजकीय पुजारी हाे । [१ पत्रुस २:९]

 मण्डलीले परमेश्वरको प्रशंसाको घोषणा गर्न सक्छ ।


15. मण्डली - एक पुरुष बालक हाे । [प्रकाश १२:४]

 मण्डलीले यो हेर्नु पर्छ कि यसमा अजिङ्गरको प्रतिरोध गर्ने शक्ति छ ।




Monday, February 24, 2025

नरकले रोक्न नसक्ने मण्डली

 


1. पहिलो शताब्दीमा जस्तै सिकाइएका कुराहरू अभ्यास गर्ने मण्डली । [प्रेरित २:४२]


2. पहिलो शताब्दीको मण्डली जस्तै यरूशलेममा सेवाको काम गर्ने मण्डली । [प्रेरित ४:१३-१९]


3. पहिलो शताब्दीको मण्डली जस्तै वचन घोषणा गर्ने मण्डली । [प्रेरित २:१४-४०]


4. पहिलो शताब्दीको मण्डली जस्तै सामाजिक काममा भाग लिने मण्डली । [प्रेरित ६:१-७]


5. पहिलो शताब्दीको मण्डली जस्तै प्रार्थना गर्ने मण्डली । [प्रेरित २:४२]


6. पहिलो शताब्दीको मण्डली जस्तै योजना बनाउने मण्डली । [प्रेरित ६]


7. पहिलो शताब्दीको मण्डली जस्तै परमेश्वरकाे प्रशंसा र आराधना गर्ने मण्डली । [प्रेरित २:४७]


यी गुणहरू भएका मण्डलीलाई नरकले पनि रोक्न सक्दैनन !


* पहिलो शताब्दीको ख्रीष्टियन

* नयाँ करारको मण्डली


* के तपाईंको मण्डलीमा पनि यी गुणहरू छन ?

 

यसकारण लेखिएको छ,

“म तिमीलाई भन्दछु, कि तिमी पत्रुस हौ। म मेरो मण्डली यस चट्टानमाथि स्थापित गर्नेछु, र नरकका ढोकाहरू त्यसमाथि विजयी हुनेछैनन ।” [मत्ती १६:१८]


Sources :

1. https://pin.it/5YA2FgZqS

2. https://www.keepbelieving.com/sermon/the-gates-of-hell-shall-not-prevail/



Saturday, February 22, 2025

शैतानले किन मण्डलीलाई रोक्न चाहन्छ ?

 



1. मण्डलीद्वारा युग-युगदेखि लुप्त रहेका रहस्यको योजना र परमेश्वरका विभिन्न किसिमका ज्ञान प्रकट गरिएको छ । [एफिसी ३:८-११] 


2. परमेश्वरकाे महिमा मण्डली मार्फत ल्याइएको छ । [एफिसी ३:२१]


3. मुक्ति पाएकाहरू मण्डलीमा छन र शैतानले तिनीहरूलाई चाहन्छ । [प्रेरित २:४७, १ कोरिन्थी १२:१८]


4. मण्डली परमेश्वर पितालाई सुम्पिईनेछ । [१ कोरिन्थी १५:२४]


5. मण्डली हराएकाहरू कहाँ पुग्नको लागि प्रतिबद्ध छ । [मर्कुस १६:१५-१६]


6. ख्रीष्ट मण्डलीको शिर हुनुहुन्छ । [कलस्सी १:१८]


7. मण्डली संसार र बचाइएका बीचको विभाजन रेखा हो ।


यसकारण लेखिएको छ,

“म तिमीलाई भन्दछु, कि तिमी पत्रुस हौ। म मेरो मण्डली यस चट्टानमाथि स्थापित गर्नेछु, र नरकका ढोकाहरू त्यसमाथि विजयी हुनेछैनन।” [मत्ती १६:१८]


“यसकारण आफैलाई परमेश्वरको अधीनमा राख। दियाबलसको विरोध गर, र त्यो तिमीहरूबाट भाग्नेछ।” [याकूब ४:७]


“र दियाबलसलाई मौका नदेओ।” [एफिसी ४:२७]


“सचेत रहो, जागा रहो, तिमीहरूको शत्रु दियाबलस कसलाई भेट्टाऊँ र खाइहाँलू भनी गर्जने सिंहझैँ खोजिहिँड्छ।” [१ पत्रुस ५:८]


“किनकि हामी तिमीहरूकहाँ आउन खोजेका थियौं-- म पावलचाहिँ बारम्बार आउन चाहें-- तर शैतानले हामीलाई रोक्यो।” [१ थेसलोनिकी २:१८, राेमी १:१३, १५:२२


“तिमीले भोग्नै लागेका कष्टहरूसँग नडराओ। हेर, दियाबलसले तिमीहरूमध्ये कतिलाई तिमीहरूका जाँचको निम्ति कैदमा हाल्न आँटेको छ, र तिमीहरूलाई दशै दिन कष्ट हुनेछ। तिमी मृत्युसम्मै विश्वासी होओ, र म तिमीलाई जीवनको मुकुट दिनेछु।” [प्रकाश २:१०]


“त्यो ठूलो अजिङ्गर तल फालियो-- त्यो प्राचीन सर्प, जो सारा संसारलाई बहकाउने दियाबलस वा शैतान हो। त्यो पृथ्वीमा फ्याँकियो र त्यसका दूतहरू त्यसका साथसाथै फ्याँकिए। 

तब मैले स्वर्गमा यसो भनिरहेको एउटा ठूलो आवाज सुनें, ‘अब हाम्रा परमेश्वरको मुक्ति, शक्ति, राज्य र उहाँका ख्रीष्टको अधिकार आएको छ। किनकि हाम्रा भाइहरूलाई दोष लगाउने, जसले हाम्रा परमेश्वरको सामुन्ने तिनीहरूलाई दिनरात दोष लगाउँछ, त्यो तल फ्याँकिएको छ। 

तिनीहरूले थुमाको रगत र आफ्ना गवाहीको वचनको कारण त्यसलाई जितेका छन्, र तिनीहरूले मृत्युसम्मै पनि आफ्नो ज्यानको माया राखेनन। 

यसकारण हे स्वर्गमा रहनेहरू, तिमीहरू रमाओ। तर पृथ्वी र समुद्रलाई धिक्कार छ! किनभने आफ्नो समय अल्प छ भनी थाहा पाएर दियाबलस ठूलो क्रोधसाथ तिमीहरूकहाँ तल आएको छ’।” [प्रकाश १२:९-११]


Sources :

1. https://pin.it/2LTzRtKPG

2. https://sermons.logos.com/sermons/89847-satan-wants-to-destroy-the-church

3. https://wanda-ball.com/blog/why-satan-is-tearing-down-church-from-the-inside/

4. https://www.blueletterbible.org/faq/don_stewart/don_stewart_86.cfm

5. https://www.feedingonchrist.com/blog/post/satans-tactics-in-the-church-

6. https://www.google.com/amp/s/slideplayer.com/amp/15374979/





मण्डलीकाे आराधनामा उपस्थित नहुने बहानाहरू

 



1. “मानिसहरू धेरै मिलनसार छैनन ।”  [यूहन्ना ८:३२]


2. “केही सदस्यहरूले मलाई दुर्व्यवहार गरेका छन ।” [मत्ती ६:१४-१५; ७:३-४]


3. “मसँग राम्रो लुगा छैन ।” [१ शमूएल १६:७, मर्कूस १२:३७]


4. “मसँग मण्डलीमा कोही पनि साथीहरू छैनन ।” [हितोपदेश १८:२४]


5. “मैले शनिवार केही महत्त्वपूर्ण साथीहरूलाई भेट्नु छ ।” [मत्ती १०:३७]


6. “म बच्चाहरूलाई शनिबार बिहान ढिलो सुत्न दिन्छु ।” [एफिसी ६:४]


7. “म पूरै हप्ता कडा परिश्रम गर्छु र मनोरञ्जनको लागि शनिवार प्रयोग गर्छु ।” [हिब्रू १०:२५]


8. “धेरै तातो, धेरै चिसो, धेरै वर्षा, धेरै सुख्खा माैसम छ ।” [२ तिमोथी ४:२]


9. “मेरो जीवनमा धेरै पापहरू छन ।” [रोमी ७:२४-२५]


10. “पास्टरले मलाई आत्मिक भाेजन खुवाउँदैनन ।”


11. “मानिसहरूले मलाई न्याय गर्छन ।”


12. “उनीहरूले गाउने सबै गीतहरू पुराना छन ।”


13. “मैले अहिलेसम्म राम्रो मण्डली फेला पारेको छैन ।” [लूका ४:१६]


14. “मण्डलीमा स्वाँगी, कपटी तथा पाखण्डीहरूले भरिएका छन ।”


15. “वचन धेरै लामो हुन्छ ।”


16. “मण्डली पैसामा धेरै केन्द्रित छन ।”


* के तपाईंले पनि मानिसहरू मण्डलीकाे आराधनामा उपस्थित नहुन गर्ने बहानाहरू पत्ता लगाउनुभएको छ ?


यसकारण लेखिएको छ,

“तर तिनीहरू सबैले समान रूपले एकनासको बहाना बनाउन लागे। पहिलोले त्यसलाई भन्यो, ‘मैले एउटा खेत किनेको छु, मलाई त्यो हेर्न जानुपरेको छ। म बिन्ती गर्दछु, मलाई माफी होस’।” [लूका १४:१८]


“म कसलाई भनूँ र चेताउनी दिऊँ? कसले मेरो कुरा सुन्ला? तिनीहरूका कान बन्द भएका छन। तिनीहरू सुन्न सक्दैनन। परमप्रभुको वचन तिनीहरूका निम्ति मन नपर्ने भएको छ। तिनीहरू त्यसमा केही रुचि लिँदैनन।” [यर्मिया ६:१०]


परमप्रभु यसो भन्नुहुन्छ: “दोबाटोमा उभिएर हेर, प्राचीन मार्गहरूका विषयमा सोध। असल मार्ग कहाँ छ त्यो सोध, र त्यसैमा हिँड, र तिमीहरूले आफ्नो प्राणको निम्ति विश्राम पाउनेछौ। तर तिमीहरूले भन्यौ, 'हामी त्यसमा हिँड्नेछैनौं'। 

मैले तिमीहरूमाथि पहरादारहरू नियुक्त गरें, र भने, 'तुरहीको आवाज ध्यानसित सुन!' तर तिमीहरूले भन्यौ, 'हामी सुन्नेछैनौं'।” [यर्मिया ६:१६-१७]


“तिमीहरू धर्मशास्त्रमा खोजी गर्दछौ, किनभने त्यहाँ अनन्त जीवन पाइन्छ भनी तिमीहरू ठान्छौ। मेरो विषयमा गवाही दिने ती नै धर्मशास्त्र हुन, तापनि तिमीहरू जीवन प्राप्त गर्न मकहाँ आउन इन्कार गर्छौ।” [यूहन्ना ५:३९-४०]


Sources :

1. https://pin.it/2js5tHxBC

2. https://pin.it/7t4o8uvu3

3. https://pin.it/19EN67Gmz

4. https://www.biblecharts.org/churchofchrist/excusesfornotattendingworship.pdf

5. https://bibletalk.tv/top-10-reasons-for-missing-church

6. https://libertycofc.org/9-excuses/

7. https://www.google.com/amp/s/papashaunscorner.com/blogs/answers-to-7-popular-reasons-people-give-for-not-attending-church%3fformat=amp

8. https://68church.com/12-excuses-for-not-going-to-church-and-why-you-shouldnt-use-them-part-1/

9. https://www.facebook.com/843512807/posts/pfbid0wYTdPUSGHtjoN8reEinC2RcJAYDmEX6z3iejDAfoQFcyA4aM72p8JiJF8nDtkLQUl/?app=fbl

10. https://www.crosswalk.com/slideshows/10-excuses-christians-use-for-missing-church.html

11. https://www.mississippivalleypublishing.com/12-excuses-for-missing-church/article_02803af6-27d6-563d-aeee-3c5d4e84bfab.html

12. https://disciplesunleashed.org/10-reasons-to-not-go-to-church/

13. https://www.nairaland.com/2495580/excuses-people-give-not-attending

14. https://www.google.com/amp/s/www.ibelieve.com/slideshows/12-bad-excuses-christians-give-for-skipping-church.html%3famp=1

15. https://newspring.cc/articles/six-reasons-people-stop-coming-to-church-and-what-jesus-would-say-about-it

https://chucklawless.com/2018/12/10-bad-reasons-to-not-attend-church-this-weekend/

16. https://outreachmagazine.com/features/22628-missing-church.html

17. https://malphursgroup.com/15-reasons-why-committed-christians-do-not-attend-church/

18. https://www.crossway.org/articles/12-reasons-you-might-not-feel-like-going-to-church/


Thursday, February 20, 2025

आफ्ना बच्चाहरूलाई मण्डलीमा लानुहोस





मण्डलीका प्रीय आमाबाबु, 

आफ्ना बच्चाहरूलाई मण्डलीमा लानुहोस । तिनीहरूको जीवनलाई परमेश्वरको वचनले भर्नुहोस...


1. यदि तिनीहरू मण्डलीकाे भुइँमा सुत्छन भने पनि ।


2. उनीहरूलाई मौन राख्नको लागि सबै तरिकाले मनाउनुपर्ने भए पनि ।


3. तपाईंले तिनीहरूलाई सबै समय बोक्नुपर्ने भए तापनि ।


4. तपाईं तिनीहरूलाई शान्त गर्न कोठामा बाहिर जानु परे पनि ।


5. तपाईंको रूप आँधीबेहरीले उडाएको जस्तै भए पनि ।


6. तिनीहरू दौडिए पनि, चिच्याए पनि, तपाईंलाई व्यस्त राखे पनि र वरपरका मानिसहरूको तीखो नजरले तपाईंलाई हरेपनि । तिनीहरूलाई चर्चमा लैजानुहोस । 


7. संसारले तिनीहरूलाई “मण्डली जाने महत्त्वपूर्ण छैन” भनेर सिकाउनेछ । संसारले तिनीहरूलाई “केवल असल बन, मण्डली जान आवश्यक छैन” भनेर सिकाउनेछ ।


8. संसारले तिनीहरूलाई येशूको बारेमा सिकाउने छैन ।


9. त्यो हाम्रो कर्तव्य हो। यसबारे तिनीहरूलाई बिस्तारै सिकाउनुहोस ।


10. तिनीहरूलाई थाहा हुन दिनुहोस...

 - परमेश्वरको आराधना कसरी गर्ने ?

 - कसरी प्रार्थना गर्ने ?

 - परमेश्वरकाे वचन बाइबल किन पढ्ने ?

 - तिम्रो जीवनमा मुक्तिदाता किन आवश्यक छ ?


* मण्डलीमा बच्चाहरूकाे उपस्थिति, आवाज, चिच्च्याहट र रोदन नहुनु भनेको भविष्य बिनाको मण्डली हो ।


* मण्डली भनेको हेरचाह गर्ने दोस्रो परिवार जस्तै हो ।

 

यसकारण लेखिएको छ,

“येशूले बालकहरूमाथि हात राखी प्रार्थना गरिदेऊन भनी मानिसहरूले तिनीहरूलाई उहाँकहाँ ल्याए। अनि चेलाहरूले ती मानिसहरूलाई हप्काए। 

तर येशूले भन्नुभयो, ‘बालकहरूलाई मकहाँ आउन देओ, तिनीहरूलाई नरोक। किनभने स्वर्गको राज्य यस्तैहरूको हो।’

अनि बालकहरूमाथि हात राख्नुभएपछि उहाँ त्यहाँबाट जानुभयो।” [मत्ती १९:१३-१५]


“बालकलाई ऊ हिँड्नुपर्ने बाटोमा तालीम देऊ, र वृद्धावस्थासम्म ऊ त्यसबाट तर्किएर जाँदैन।” [हितोपदेश २२:६]


“हे इस्राएल, सुन, परमप्रभु हाम्रा परमेश्वर एउटै परमप्रभु हुनुहुन्छ। 

तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा प्राणले र आफ्नो सारा शक्तिले प्रेम गर। 

मैले आज तिमीहरूलाई सुनाएका आज्ञाहरू आफ्नो मनमा राख। 

ती तिमीहरूले आफ्ना छोराछोरीहरूलाई होशियारीसाथ सिकाओ। घरमा बस्दा, बाटोमा हिँड्दा, ढल्केर सुत्दा र उठ्दा तिनको चर्चा गर।” [व्यवस्था ६:४-७]


Sources :

1. https://www.facebook.com/100064150417230/posts/pfbid02A8xx6eaYUWhVnDjSMC37vVK8LEMRxhYduEZuPrmyxxYqH7RSZ9Q9rwaNfhjSipwdl/?app=fbl

2. https://www.facebook.com/100069964932216/posts/pfbid02mWNHGKt38WQACK7zU37YcRxkp94X5N7nshwd8YetVJ5C4D5eDYnU8ovL3groep4sl/?app=fbl

3. https://www.facebook.com/share/19smwqKwoa/

4. https://donutsanddevos.com/8-reasons-to-bring-your-children-to-church/

5. https://www.parentingwithfocus.org/post/10-reasons-why-you-should-take-your-kids-to-church

6. https://rootedministry.com/giving-your-children-a-better-why-the-primary-purpose-of-going-to-church/

7. https://onpurposeparents.com/dad-tips-on-raising-kids-who-love-jesus/

8. https://homemadedisciples.com/help-your-children-be-the-church/



Wednesday, February 19, 2025

मण्डली, संगति र लक्ष्य

 


1. एकअर्कालाई प्रेम गर । [यूहन्ना १३:३४ - यो आज्ञा कम्तिमा १६ पटक आउँछ]


2. एकअर्काप्रति समर्पित रहनु । [रोमी १२:१०]


3. आफूभन्दा बढी एकअर्कालाई आदर गर । [रोमी १२:१०]


4. एकअर्कासँग मिलेर बस । [रोमी १२:१६]


5. एकअर्कालाई बलियो बनाउ । [रोमी १४:१९; १ थेसलोनिकी ५:११]


6. एकअर्काप्रति समान विचारधारा राख । [रोमी १५:५]


7. एकअर्कालाई स्वीकार गर । [रोमी १५:७]


8. एकअर्कालाई सम्झाउ । [रोमी १५:१४; कलस्सी ३:१६]


9. एकअर्कालाई अभिवादन गर । [रोमी १६:१६]


10. एकअर्काको ख्याल राख । [१ कोरिन्थी १२:२५]


11. एकअर्काको सेवा गर । [गलाती ५:१३]


12. एकअर्काको भार उठाओ । [गलाती ६:२]


13. एकअर्कालाई क्षमा गर । [एफिसी ४:२, ३२; कलस्सी ३:१३]


14. एकअर्कासँग धीरजी राख । [एफिसी ४:२; कलस्सी ३:१३]


15. प्रेममा सत्य बोल । [एफिसी ४:१५, २५]


16. एकअर्काप्रति दयालु र अनुकम्पापूर्ण व्यवहार गर । [एफिसी ४:३२]


17. एकअर्कासँग भजन, गीत र आत्मिक गीतहरू गाउ । [एफिसी ५:१९]


18. एकअर्काको अधीनमा बस । [एफिसी ५:२१, १ पत्रुस ५:५]


19. अरूलाई आफूभन्दा श्रेष्ठ ठान । [फिलिप्पी २:३]


20. एकअर्काको हितलाई हेर । [फिलिप्पी २:४]


21. एकअर्कालाई सहाे । [कलस्सी ३:१३]


22. एकअर्कालाई सिकाउ । [कलस्सी ३:१६]


23. एकअर्कालाई सान्त्वना देओ । [१ थेसलोनिकी ४:१८]


24. एकअर्कालाई प्रोत्साहन देओ । [१ थेसलोनिकी ५:११]


25. एकअर्कालाई सतर्क पार गर । [हिब्रू ३:१३]


26. एक-अर्कालाई प्रेम र असल कामकाे निम्ति उत्साहित गर । [हिब्रू १०:२४]


27. एकअर्कालाई अतिथि सत्कार गर । [१ पत्रुस ४:९]


28. परमेश्वरले हामीलाई दिनुभएका वरदानहरूलाई एकअर्काको फाइदाको लागि प्रयोग गर । [१ पत्रुस ४:१०]


29. एक-अर्काको लागि नम्रता धारण गर । [१ पत्रुस ५:५]


30. एकअर्काको लागि प्रार्थना गर । [याकूब ५:१६]


31. एकअर्कालाई आफ्ना गल्तीहरू स्वीकार गर । [याकूब ५:१६]


नकारात्मक आज्ञाहरू :

(एकअर्कालाई कसरी व्यवहार नगर्ने)


32. एकअर्कालाई झूट नबोल । [कलस्सी ३:९]


33. एकअर्कालाई दोष लगाउन बन्द गर । [रोमी १४:१३]


34. यदि तिमीहरूले एकअर्कालाई टोक्दै र निल्दै गयौ भने... तिमीहरू एकअर्काबाट नष्ट हुनेछौ । [गलाती ५:१५]


35. हामी घमण्डी, रिस उठाउने र एकअर्कालाई ईर्ष्या गर्ने नगर । [गलाती ५:२६]


36. एकअर्काको निन्दा नगर । [याकूब ४:११]


37. एकअर्काको विरुद्धमा गनगन नगर । [याकूब ५:९]


38. हामी यी सबै आज्ञा पालन गर्छौं किनकि हामी वास्तविक अर्थमा “एक अर्काका अङ्ग” हौं । [रोमी १२:५; एफिसी ४:२५]


यसकारण लेखिएको छ,

“एउटा नयाँ आज्ञा म तिमीहरूलाई दिँदछु: तिमीहरू एक-अर्कालाई प्रेम गर। तिमीहरूसँग मैले जस्तो प्रेम गरेको छु, तिमीहरूले पनि एक-अर्कालाई त्यस्तै प्रेम गर।  

यदि तिमीहरूले एक-अर्कालाई प्रेम गर्यौ भने, यसैबाट सबैले जान्नेछन, कि तिमीहरू मेरा चेलाहरू हौ।” [यूहन्ना १३:३४-३५]


Source :

https://peterjfarmer.co.uk/the-four-devotions-circling-from-house-to-house/



Tuesday, February 18, 2025

घरकाे मण्डली



1. घर-घरमा [प्रेरित २:४६]


2. घर-घरमा [प्रेरित ५:४२]


3. घर-घरमा [प्रेरित ८:३]


4. कर्नेलियसको घर [प्रेरित १०:२,२०]


5. मरियमको घर [प्रेरित १२:१२]


6. झ्यालखानाकाे हाकिमकाे घर [प्रेरित १६:३२]


7. लिडियाको घर [प्रेरित १६:४०]


8. तीतस युस्टसको घर [प्रेरित १८:७]


9. माथिल्लो कोठा [प्रेरित २०:८]


10. घर-घरमा [प्रेरित २०:२०]


11. प्रिस्का र अकिलासको घर [रोमी १६:३-५, १ कोरिन्थी १६:१९]


12. निम्फासको घर [कलस्सी ४:१५]


13. फिलेमोनको घर [फिलेमोन १:२]


पहिलो शताब्दीको मण्डली घर-घरमा संगतिकाे निम्ति भेला हुन्थे ।


* तपाईंले घरकाे मण्डलीलाई कतिको महत्त्व दिनुभएको छ ?

* घरकाे मण्डलीकाे चुनौतीहरू के के हुनसक्छन ?

* घरकाे मण्डलीकाे अवसरहरू के के हुनसक्छन ?


यसकारण लेखिएको छ,

“तिनीहरू एकै मनका भई मन्दिरमा एकसाथ उपस्थित हुन्थे, र घर-घरमा रोटी भाँच्थे, र तिनीहरू खुशी र शुद्ध हृदयले मिलीजुली खान्थे।” [प्रेरित २:४६]


“विश्वास गर्नेहरूको समूह सबै एकै हृदय र एकै आत्माका भएका थिए, र तिनीहरूमध्ये एउटाले पनि आफ्नो धन-सम्पत्तिको केही थोक यो मेरो आफ्नो हो भनी भन्दैन थियो, तर तिनीहरूका सबै थोक साझा थिए।” [प्रेरित ४:३२]


“अनि हरेक दिन तिनीहरूले मन्दिरमा र घर-घरमा गएर येशू नै ख्रीष्ट हुनुहुन्छ भनी सिकाउन र प्रचार गर्न छोड़ेनन।” [प्रेरित ५:४२]


“तपाईंहरूको लाभ हुने कुरा तपाईंहरूका सामुन्ने घोषणा गर्नदेखि र घर-घरमा सबैका सामुन्ने तपाईंहरूलाई शिक्षा दिनदेखि म पछि हटिनँ।” [प्रेरित २०:२०]


“तर शाऊलले चाहिँ घर-घरमा पसेर मण्डलीलाई संहार गरिरहेका थिए। तिनले पुरुष र स्त्रीहरूलाई घिस्स्याउँदै लगी झ्यालखानमा हालिदिन्थे।” [प्रेरित ८:३]



घरेलु मण्डलीका फाइदाहरू :


1. घरेलु मण्डलीहरूले प्रथम ख्रीष्टियनहरूले गरेको कामलाई पछ्याउँछ ।


2. घरेलु मण्डलीहरूले स्वाभाविक रूपमा पारिवारिक वातावरण प्रदान गर्छन । 


3. साना मण्डलीहरूले विश्वासीहरूसँग गहिरो सम्बन्ध निर्माण गर्न सजिलो हुन्छ।


4. घरेलु मण्डलीहरूले “साम्प्रदायिक सोच” हटाउने गर्दछ । 


5. घरेलु मण्डलीहरू मानव निर्मित धार्मिक परम्पराबाट स्वतन्त्रता हुन्छ ।


6. घरेलु मण्डलीहरूमा सबैलाई सेवामा सक्रिय रूपमा भाग लिने अवसर हुन्छ । याे अविश्वसनीय रूपमा पहुँचयोग्य हुन्छन, जसले गर्दा शारीरिक अशक्तता भएका व्यक्तिहरू, वृद्ध सदस्यहरू, वा साना बच्चाहरू भएका परिवारहरू पनि सजिलैसँग सहभागी बन्न सक्छन ।


7. बढी सुसमाचार प्रचारका अवसरहरू प्राप्त हुन्छ । यसले सुसमाचार प्रचारको सबैभन्दा प्रभावकारी विधिलाई प्रवर्द्धन गर्छ ।


8. घरेलु मण्डलीहरूले गहिरो बाइबल अध्ययनको लागि एक उत्तम वातावरण प्रदान गर्न सक्छन। 


9. घरेलु मण्डलीहरूले आत्मिक विकासको पालनपोषण साथै विश्वासमा बढ्न प्रोत्साहन र चुनौतीपूर्ण वातावरण दिन्छ ।

 

10. घरेलु मण्डलीहरूले आत्मिक वरदानहरूको विकास हुन्छ र प्रत्येक व्यक्ति सबैको सेवक बन्न सक्छ ।


11. घरेलु मण्डलीहरूमा आर्थिक बोझ कम हुन्छ । खर्चहरू कम भएको कारण हामी मानिसहरूको आवश्यकताहरू पूरा गर्न, सुसमाचार प्रचार गर्न र पृथ्वीमा येशूका प्रतिनिधिको रूपमा धेरै कुराहरू हासिल गर्न हाम्रा भेटीहरू प्रयोग गर्न सक्षम हुन्छौं।


12. घरेलु मण्डलीहरूका मानिसहरूले राम्रोसँग समन्वय गर्न र सेवा गर्न सक्छन । जसले गर्दा एकअर्काप्रति बढी जवाफदेहीता र चेला बनाउने काम गर्छ, जसले गर्दा हाम्रो दैनिक जीवनमा येशूको बढी प्रतिबिम्ब देखिन्छ।


13. घरेलु मण्डलीहरूले अनुष्ठान र औपचारिकताहरूमा कम र प्रामाणिक विश्वासमा बढी ध्यान केन्द्रित गर्छन।


* आर्थिक अभाव, ठाउँको अभाव र सरकारद्वारा धार्मिक उत्पीडनको कारणले घरहरूमा भेला हुनु उत्तम विकल्प हाे । 


Sources :

1. https://peterjfarmer.co.uk/they-continued-from-house-to-house/

2. https://www.crosswalk.com/headlines/contributors/dr-james-emery-white/the-biblical-truth-behind-early-church-meetings-in-homes.html

3. https://jhm.scilla.org.uk/2020/08/12/new-situation-new-old-ways/

4. https://outreachmagazine.com/features/82022-following-the-early-church-model-to-a-fault.html

5. https://pin.it/53XgClQlW

6. https://www.churchandculture.org/blog/2024/9/26/should-churches-meet-in-houses 


Sources :

1. https://chasingalion.com/top-10-benefits-of-home-church/

2. https://www.ulc.org/ulc-blog/exploring-the-benefits-of-home-churches

3. https://ourjof.com/about/benefits-of-a-house-church/

4. https://ministry127.com/christian-living/why-every-christian-needs-a-church-home

5. https://mattdabbs.com/2023/05/22/five-benefits-of-house-church-you-may-have-never-considered/

6. https://faithfullyplanted.com/need-church-home/

7. https://www.biblestudytools.com/bible-study/topical-studies/14-things-to-know-about-attending-a-house-church.html

8. https://sermoncentral.com/sermons/10-benefits-of-home-cell-groups-jeff-seaman-sermon-on-friendship-new-friends-35565

9. https://corechristianity.com/resources/articles/10-benefits-of-church-small-groups



मण्डलीकाे सदस्यहरूकाे नैतिक सिद्धान्त

 



1. एउटा मात्र मण्डलीको सदस्य बन्नुहोस :

 सिद्धान्त सरल छ । तपाईं एकै समयमा दुईवटा मण्डलीहरू हुन सक्नुहुन्न, वा तपाईंले एउटालाई प्रेम गर्नुहुनेछ र अर्कोलाई घृणा गर्नुहुनेछ, वा एकप्रति समर्पित र अर्कोलाई घृणा गर्नुहुनेछ । [मत्ती ६:२४]


2. अन्य मण्डलीहरूलाई आदर गर्नुहोस :

 अरू मण्डलीहरूका सदस्यहरूलाई तपाईंको मण्डलीमा सामेल हुन आमन्त्रित नगर्नुहोस, यदि तपाईंलाई लाग्छ कि तपाईंको मण्डली राम्रो छ । साना मण्डलीहरूले अनौठो चुनौतीहरूको सामना गर्छन, र तिनीहरूबाट सदस्यहरू लिनुले हामीलाई कुनै मद्दत गर्दैन । अल्छी नहुनुहोस - आत्माहरू जित्नुहोस ! संसारमा अनगिन्ती मानिसहरू छन जो ख्रीष्टसँग सम्बन्ध राखेका छैनन - तिनीहरूको लागि जानुहोस !


3. तपाईंको मण्डलीलाई अझ राम्रो बनाउन मद्दत गर्नुहोस : 

 “राम्रो” मण्डलीमा स्थानान्तरण नगर्नुहोस ।


4. सिद्ध मण्डली खोज्न बन्द गर्नुहोस : 

 संसारमा कुनै पुर्णतया सिद्ध मण्डली छैन !


5. सुझाव दिनुहाेस : 

 जब तपाईं मण्डलीकाे सदस्य हुनुहुन्छ, तपाईंसँग सुझाव दिने अधिकार हुन्छ । यद्यपि, तपाईं आफ्नो सुझावहरूको भाग हुन पनि इच्छुक हुनुपर्छ । यदि तपाईंका सुझावहरू कार्यान्वयन भएन भने, आक्रोशित र उदास नहुनुहोस । सुझावहरू केबल सुझावहरू मात्र हुन !


6. तपाईंका कार्यहरूले अरूलाई असर गर्छ :

 तपाईं के गर्नुहुन्छ होसियार हुनुहोस किनभने तपाईंका कार्यहरूले अरूलाई पनि असर गर्छ । मण्डली ख्रीष्टको शरीर हो, र हामी सबै त्यस शरीरका सदस्यहरू हौं । जसरी एउटा अंगमा भएको समस्याले सम्पूर्ण शरीरलाई असर गर्छ, त्यसरी नै हाम्रो कार्यले अरूलाई असर गर्छ । यो बुझ्न परिपक्वता चाहिन्छ ।


7. आफ्नो भेटी दिनुहोस : 

 सर्वप्रथम, तपाईं सदस्य भएको मण्डलीलाई आफ्नो भेटी वा आर्थिक सहयोग दिनुहोस, तर कुनै संस्था वा विदेशकाे मण्डलीलाई वा अन्यत्र मात्रै होइन । तपाईंलाई हँसाउनको लागि, यो दृष्टान्तलाई विचार गर्नुहोस... यदि तपाईंले के.एफ.सी. मा खानुभयो र म्याकडोनाल्डमा भुक्तान गर्नुभयो भने के यो बेतुका (दु:खद) हुनेछैन ?


8. मण्डलीकाे समारोहहरू :

 यदि तपाईं विवाह गर्दै हुनुहुन्छ भने, नैतिक कुरा भनेको तपाईंको आफ्नै पास्टरले तपाईंको विवाहको संचालन गर्नु हो, जबसम्म उहाँसँग विवाह गर्ने अनुमति छैन । यो बाल समर्पण, घर, कार, व्यवसाय, र अन्य घटनाहरूको समर्पण वा आशीर्वादमा पनि लागू हुन्छ ।


9. तपाईंले मण्डली छोड्ने समय : 

 कहिलेकाहीँ सदस्यहरूले एउटा मण्डली छोडेर अर्कोमा स्थानान्तरण गर्नुपर्ने हुन्छ । जब यस्तो हुन्छ, तब मिलापमा छोड्नुहोस । तपाईंले छोड्नु भएको मण्डलीको नेतृत्वसँग कुराहरू मिलाउनुहोस । छोड्ने निर्णयमा उनीहरूको आशीर्वाद माग्नुहोस । बिना सरसल्लाहमात्र नजानुहोस । यदि तपाईंले त्यो बाटो छोड्नुभयो भने परमेश्वरले तपाईंलाई आशिष दिन सक्नुहुन्न । [मत्ती ५:२३] अरूलाई तपाईंसँग स्थानान्तरण गर्न प्रभावित वा प्रोत्साहन नगर्नुहोस । तपाईं बाहिर जाँदा मण्डली वा यसका अगुवाहरूलाई गाली नगर्नुहोस ।


10. मण्डलीबाट भाग्नु : 

 अगुवाहरूले तपाईंको पापको बारेमा तपाईंलाई दाेषी ठहर्‍याएको कारणले मण्डली नछोड्नुहोस । यदि अगुवाहरूले तपाईंको वास्ता राखेनन भने, अगुवाहरूले तपाईंलाई सुधार गर्न समय बर्बाद गर्दैनन । [गलाती ६:१-२]


11. सिद्ध पास्टर :

 पास्टर तथा अगुवाहरू अपूर्ण छन भनेर चर्च नछोड्नुहोस । याद गर्नुहाेस कि तपाईं जाँदै गरेको मण्डलीकाे पास्टरमा पनि केही न केही कुरामा अपुर्णता छन । परमेश्वरले सिद्ध पास्टर प्रयोग गर्न सक्नुहुन्न किनभने संसारमा कुनै पनि पुर्णतया सिद्ध पास्टर छैनन ।


12. विश्वासीहरूको नराम्रो व्यवहार :

 पुरानो विश्वासीहरूको नराम्रो व्यवहारकाे कारणले मण्डली नछोड्नुहोस । छोड्नुको कारणहरू जाँच गर्नुहोस । तपाईंको कारणहरूको लागि बाइबलीय समर्थन खोज्नुहोस । यदि तपाईंले कुनै पनि फेला पार्न सक्नुहुन्न भने, तपाईंले पुनर्विचार गर्नुपर्छ । भावनात्मक कारण वैध कारण हुन सक्दैन । ख्रीष्टियनहरूको रूपमा, हामी परमेश्वरको वचनद्वारा शासित छौं, हाम्रा भावनाहरूद्वारा होइन ।


* आफ्नो मण्डलीलाई माया गर्नुहोस । आफ्नो मण्डलीलाई समर्थन गर्नुहोस । आफ्नो मण्डलीको कदर गर्नुहोस । 


Source :

https://www.facebook.com/100070294625604/posts/508501918169625/



Monday, February 17, 2025

मण्डलीकाे कर्तव्य

 



1. मण्डलीकाे उद्देश्य :

 * परमप्रभु आफ्ना परमेश्वरलाई आफ्नो सारा हृदयले, र आफ्नो सारा प्राणले, र आफ्नो सारा समझले प्रेम गर्नू ।

 * आफ्नो छिमेकीलाई आफैलाई जस्तै प्रेम गर्नू । [मत्ती २२:३७-४०]


2. मण्डलीकाे ढाँचा :

 एक शरीर बन्नु हाे । याे शरीर प्रत्येक जोर्नीद्वारा जोडिएको र बाँधिएको भई प्रत्येक भागले ठीक-ठीक काम गरी सुगठित हुनेछ र प्रेममा वृद्धि हुँदैजानेछ । [एफिसी ४:१६]


3. मण्डलीकाे दर्शन :

 गएर सबै देशका जातिहरूलाई चेला बनाउनु हाे । [मत्ती २८:१८-२०]


4. मण्डलीकाे चरित्र :

 परमेश्वर जस्तो पवित्र हुनुहुन्छ, त्यस्तै पवित्र बन्नु हाे । [१ पत्रुस १:१५-१६]


5. मण्डलीकाे सामर्थ्य :

 पवित्र आत्मा परमश्वरकाे ईश्वरीय सामर्थ्य हाे । [लुका २४:४९, प्रेरित १:८, २ पत्रुस १:३]


 * मण्डली हामी सबै आधारभूत कुराहरूमा फर्कौं !


Sources :

1. https://mintools.com/blog/back-to-the-basics.htm

2. https://trainchurchleaders.com/leader-basics.htm

3. https://pin.it/25weWHWX7



Saturday, February 15, 2025

मण्डलीमा प्रचारकहरू र शिक्षकहरू किन अत्यावश्यक छ ?

 


प्रचार किन ?

1. शुभ समाचार घोषणा गर्न । [रोमी १०:१५]


2. श्रोतालाई सुधार गर्न । [१ थेसलाेनिकी ५:११]


3. श्रोतालाई सूचित गर्न । [मत्ती २८:१९-२०]


4. सत्य प्रस्तुत गर्न । [यूहन्ना ८:३२]


5. विश्वास उत्पादन गर्न । [रोमी १०:१७]


6. कुमार्गमा लाग्नेलाई हप्काउन । [२ तिमोथी ४:२]


7. त्रुटिलाई गलत प्रमाणित गर्न । [याकुब ५:१९-२०]


8. त्रुटिलाई पुनर्स्थापित गर्न । [याकूब ५:१६]


9. पापको नतिजा प्रकट गर्न । [रोमी ६:२३]


10. ख्रीष्टियन जीवनलाई प्रोत्साहन गर्न । [२ पत्रुस १:५-११]


11. दुःखमा परेकाहरूलाई सान्त्वना दिन । [रोमी १२:१५]


12. आत्माहरू बचाउन । [मर्कूस १६:१५-१६]


शिक्षा किन ?

1. त्रुटि पुनर्स्थापना गर्न । [याकुब ५:१६]


2. धार्मिकतामा निर्देशन दिन । [२ तिमोथी ३:१६-१७ प्रेरित १०:६ रोमी १:१७]


3. मानिसहरूलाई चेतावनी दिन । [१ पत्रुस ४:१७-१८, २ थेसलाेनीकी १:७-९]


4. अनियन्त्रितलाई पुनरुत्थान गर्न । [प्रेरित १३:१० प्रेरित ७:५१-५३]


5. सम्झनामा ल्याउन । [२ पत्रुस १:१२, १ तिमोथी ४:६]


6. मानिसहरूकाे गल्ती देखाउन । [२ कोरिन्थी ५:१०-११, प्रेरित २६:२८-२९]


7. मानिसहरूकाे चेतावनी दिन । [१ पत्रुस ४:१७, २ द १:७-९]


8. कमजोरहरूलाई सान्त्वना दिन । [१ थेसलाेनिकी ४:१८, ५:१४]


9. विश्वासयोग्य बन्नकाे लागि आग्रह गर्न । [प्रेरित २:४०, ११:२२-२३, १४:७२]


एक सेवकको लक्ष्य :

“न्यायकाे दिनमा, ‘मैले तपाइँलाई प्रचार गरेको सुनेको छु, तर तपाइँले मलाई सत्य भन्नुभएन’ भनेर केवल एक हराएको आत्माले भन्नु भन्दा, ‘हामीले तपाइँलाई प्रचार गरेको सुन्यौं, र तपाइँले हाम्रो भावनालाई चोट पुर्याउनुभयो’ भनेर मलाई हजारौंले भनेकाे चाहन्छु ।” - जोन टी. लुइस


* अनन्तकाललाई हेरेर वचन सुन्नुहोस र पालन गर्नुहोस ! 


यसकारण लेखिएको छ,

“किनकि यदि मैले सुसमाचार प्रचार गरें भने त्यसमा मैले घमण्ड गर्ने केही कारण छैन। किनकि यसो गर्न म बाध्य छु। यदि सुसमाचार प्रचार गरिनँ भने मलाई धिक्कार छ!” [१ कोरिन्थी ९:१६]


“पावल पूरा दुई वर्षसम्म आफ्नै खर्चमा रोममा बसे, र तिनीकहाँ आउनेहरू सबैलाई तिनले स्वागत गरे। 

तिनले खुल्लमखुल्ला र विनारोकटोक परमेश्वरका राज्यको प्रचार गर्थे, र प्रभु येशू ख्रीष्टको बारेमा शिक्षा दिन्थे।” [प्रेरित २८:३०-३१]


“वचन प्रचार गर, समय र बेसमयमा तत्पर बस, अर्ती देऊ, हप्काऊ, उत्साह देऊ र धैर्यमा र शिक्षा दिने कुरामा नचुक।” [२ तिमोथी ४:२]


“म नआउञ्जेलसम्म धर्मशास्त्र पाठ गरी सुनाउनमा, प्रचार गर्नमा र शिक्षा दिनमा ध्यान देऊ।” [१ तिमोथी ४:१३]


“यी कुराहरूको घोषणा गर, पूरा अधिकारसहित अर्ती-उपदेश देऊ र हप्काऊ। कसैले तिम्रो अवहेलना नगरोस।” [तीतस २:१५]


“हे मेरा परमेश्वर, तपाईंको इच्छाबमोजिम गर्न म चाहन्छु, तपाईंको व्यवस्था मेरो हृदयभित्र छ।

म ठूलो सभामा उद्धारको सुसमाचार सुनाउँछु। मेरा ओठहरू म बन्द गर्दिनँ, हे परमप्रभु, तपाईंलाई यो थाहा छ। 

तपाईंको धार्मिकता म मेरो हृदयभित्र लुकाउँदिनँ। तपाईंको विश्वस्तता र तपाईंबाट हुने उद्धारको विषयमा म बोल्दछु। तपाईंको। तपाईंको प्रेम र तपाईंको सत्यता म ठूलो सभाबाट लुकाउँदिनँ।” [भजनसंग्रह ४०:८-१०]


“तर जसलाई विश्वास गरेकै छैनन् उहाँलाई मानिसहरूले कसरी पुकार्ने? जसको विषयमा सुनेकै छैनन् उहाँमाथि तिनीहरूले कसरी विश्वास गर्ने? र प्रचारकविना तिनीहरूले कसरी सुन्ने? 

र कसैले नपठाईकन मानिसहरूले कसरी प्रचार गर्ने? जस्तो लेखिएको छ, ‘सुसमाचार प्रचार गर्नेहरूका पाउ कति सुन्दर’!” [रोमी १०:१४-१५]


“तिमीहरूका खातिर मलाई दिइएको ईश्वरीय कार्यअनुसार परमेश्वरको वचन सम्पूर्ण रूपले प्रचार गर्न म धर्म-सेवक भएँ-- 

प्रत्येक मानिसलाई चेताउनी दिँदै, र प्रत्येक मानिसलाई सारा बुद्धिमा सिकाउँदै हामी उहाँलाई घोषणा गर्दछौं, यस हेतुले कि प्रत्येक मानिसलाई ख्रीष्टमा परिपक्व बनाई प्रस्तुत गर्न सकौं। 

मेरो अन्तस्करणमा उहाँले नै जोड़सँग प्रेरणा दिनुभएको शक्तिअनुसार म यसैको निम्ति कठोर परिश्रम गर्दछु।” [कलस्सी १:२५,२८,२९]


“किनकि तिमीहरूलाई थाहै छ, बाबुले आफ्ना छोरा-छोरीहरूलाई जस्तै गरी हामीले तिमीहरू प्रत्येकलाई कसरी अर्ती-उपदेश दिँदै र साहस पनि दिँदै तिमीहरूलाई आदेश दियौं, 

यस हेतुले कि तिमीहरूको चालचलन परमेश्वरको योग्य होस, जसले तिमीहरूलाई उहाँको आफ्नै राज्य र महिमामा बोलाउनुहुन्छ।” [१ थेसलोनिकी २:११-१२]


“भाइ हो, हामी तिमीहरूलाई अर्ती दिन्छौं कि अल्छेहरूलाई चेताउनी देओ। हरेस खानेहरूलाई दिलासा देओ। कमजोरीहरूलाई मदत गर। ती सबैसँग सहनशीलता देखाओ।” [१ थेसलोनिकी ५:१४]


“यी कर्तव्यहरू पालन गर। तिनीहरूमा नै लागिबस, ताकि तिम्रो प्रगति सबैले देखून। 

आफ्नो विषयमा र आफ्नो शिक्षाको विषयमा होशियार बस। यी कुरामा लागिरह। यसो गर्नाले तिमीले आफैलाई र सुन्नेहरूलाई समेत बचाउनेछौ।” [१ तिमोथी ४:१५-१६]


Friday, February 14, 2025

मण्डली र एकता

 



येशू ख्रीष्टले आफ्नो मण्डलीमा निम्न एकता चाहनुहुन्छ...

1. संगठनको एकता चाहनुहुन्छ ।


2. उपासनाको एकता चाहनुहुन्छ ।


3. संगतिको एकता चाहनुहुन्छ ।


4. विश्वासको एकता चाहनुहुन्छ ।


5. सिद्धान्तको एकता चाहनुहुन्छ ।


6. आज्ञाकारिताको एकता चाहनुहुन्छ ।


7. उद्देश्यको एकता चाहनुहुन्छ ।


8. सेवाकाे काममा एकता चाहनुहुन्छ ।


9. प्रेमको एकता चाहनुहुन्छ ।


10. मार्गदर्शनको एकता चाहनुहुन्छ ।


11. उद्देश्यको एकता चाहनुहुन्छ ।


12. प्रार्थनाको एकता चाहनुहुन्छ ।


13. एकताको लागि एकता चाहनुहुन्छ ।


* येशू ख्रीष्टले एकताको लागि प्रार्थना गर्नुभयो । [यूहन्ना १७ अध्याय]


* येशू ख्रीष्टले एउटा मण्डली स्थापना गर्नुभयो, धेरै मण्डलीहरू छैनन । [मत्ती १६:१८; प्रेरित २ अध्याय]


यसकारण लेखिएको छ,

“दाजुभाइहरू एकतामा बस्नु कति भलो र मनोहर कुरा हुन्छ। 

यो त शिरमा लगाइएको मूल्यवान तेलजस्तो हुन्छ, जो हारूनको दाह्रीसम्म बगिआउँछ, जो तिनका पोशाकको कठालोसम्मै बगेर जान्छ। 

त्यो हेर्मोन डाँड़ाको शीत सियोन पर्वतमा परेजस्तै हुन्छ। किनकि त्यहीँ परमप्रभुले सदाकाल जीवनको आशिष खन्याउनुहुन्छ।” [भजनसंग्रह १३३:१-३]


“म यिनीहरूका निम्ति मात्र प्रार्थना गर्दिनँ, तर यिनीहरूका सन्देशद्वारा ममाथि विश्वास गर्नेहरूका निम्ति पनि प्रार्थना गर्छु,   

कि तिनीहरू सबै एक होऊन। हे पिता, जसरी तपाईं ममा हुनुहुन्छ, र म तपाईंमा, त्यसरी तिनीहरू पनि हामीमा होऊन, र तपाईंले मलाई पठाउनुभयो भनी संसारले विश्वास गरोस।  

जुन महिमा तपाईंले मलाई दिनुभएको छ, मैले तिनीहरूलाई दिएको छु, ताकि हामी एक भएझैँ तिनीहरू पनि एक होऊन।  

म तिनीहरूमा, अनि तपाईं ममा, र तिनीहरू पूर्ण रूपले एक होऊन, र तपाईंले मलाई पठाउनुभएको हो, अनि मलाई प्रेम गर्नुभएजस्तो तपाईंले तिनीहरूलाई पनि प्रेम गर्नुभयो भनी संसारले जानोस।” [यूहन्ना १७:२०-२३]


“अब भाइ हो, हाम्रा प्रभु येशू ख्रीष्टको नाउँमा म तिमीहरूलाई आग्रह गर्दछु, कि तिमीहरू सबै एक-अर्कासँग सहमत होओ, र तिमीहरूको माझमा केही फूट नहोस। तर तिमीहरू एकै मन र एकै विचारका होओ।” [१ कोरिन्थी १:१०]


Sources :

1. https://churchofchristborger.com/tag/unity-2/

2. https://churchofchristborger.com/2021/01/

3. https://images.app.goo.gl/wCugXTdi9HFLCmgw7

4. https://images.app.goo.gl/s6oDAyS6DstAd4WL7




Thursday, February 13, 2025

परमेश्वरको वेदीलाई अपमान नगर्नुहोस

 



1. परमेश्वरकाे अन्य सेवकहरूको आलोचना गर्नको लागि वेदीकाे प्रयोग गरेर परमेश्वरको वेदीलाई अपवित्र पार्ने गल्ती नगर्नुहोस, किनभने तपाईंलाई तिनीहरूको भन्दा धेरै अनुग्रह दिइएको छ ।


2. पापमा जीउने मानिसहरूलाई वेदीमा सेवा गर्न अनुमति दिएर परमेश्वरको वेदीलाई अपवित्र गर्ने गल्ती नगर्नुहोस ।


3. परमेश्वरको वेदीलाई आफ्नो लाभको लागि मानिसहरूलाई जबरजस्ती दिएर अपवित्र गर्ने गल्ती नगर्नुहोस ।


4. परमेश्वरको महिमा लुट्दै, उहाँको सट्टा तपाईंको बारेमा सेवा गरेर परमेश्वरको वेदीलाई अपवित्र गर्ने गल्ती नगर्नुहोस ।


5. मानिसहरूलाई सत्य बताउनको सट्टा तिनीहरूलाई खुसी पारेर परमेश्वरको वेदीलाई अपवित्र बनाउने गल्ती नगर्नुहोस ।


6. संसारिक वा भौतिक ज्ञानमा महान शिक्षा दिएर तर प्रभु र मुक्तिदाताको रूपमा तपाईंको सन्देशहरूमा येशूलाई हटाएर परमेश्वरको वेदीलाई अपवित्र बनाउने गल्ती नगर्नुहोस ।


तर यसको सट्टा, येशू ख्रीष्टलाई तपाईंको मुख्य कुने-ढुङ्गोकाे रूपमा परमेश्वरको राज्यको निर्माणकर्ता बन्नुहोस ।


* कहिँ तपाईंले पनि परमेश्वरको वेदीलाई अपमान गर्नुभएको त छैन ?

 पश्चाताप गर्नुहाेस !


यसकारण लेखिएको छ,

“के म मानिसहरूको निगाह खोज्दैछु, कि परमेश्वरको? अथवा के मैले मानिसहरूलाई खुशी पार्न खोज्दैछु? यदि मैले अझै मानिसहरूलाई खुशी पार्न कोसिस गरेको भए म ख्रीष्टको दास हुनेथिइनँ।” [गलाती १:१०]


“तर जसरी सुसमाचार हाम्रो जिम्मामा सुम्पनका निम्ति परमेश्वरले हामीलाई योग्य ठान्नुभयो, त्यसरी नै मानिसलाई प्रसन्न पार्न होइन, तर हाम्रो हृदय जाँच्नुहुने परमेश्वरलाई प्रसन्न पार्न हामी बोल्दछौं।” [१ थेसलोनिकी २:४]


तर पत्रुस र यूहन्नाले तिनीहरूलाई उत्तर दिए, “परमेश्वरको कुरा सुन्नुभन्दा तपाईंहरूको कुरा सुन्नु परमेश्वरको दृष्टिमा ठीक हो कि होइन तपाईंहरू आफै विचार गर्नुहोस ।” [प्रेरित ४:१९]


तर पत्रुस र प्रेरितहरूले भने, “हामीले मानिसहरूको होइन तर परमेश्वरको आज्ञा पालन गर्नैपर्छ।” [प्रेरित ५:२९]


“यसैकारण चाहे हामी शरीरमै होऔं, चाहे अलग रहौं, उहाँलाई प्रसन्न तुल्याउनु नै हाम्रो लक्ष्य हुन्छ। 

किनकि हामी सबै ख्रीष्टका न्याय-आसनको सामुन्ने खड़ा हुनुपर्छ, यसरी शरीरमा हुँदा आफूले गरेबमोजिम हरेकले असल वा खराब प्रतिफल पाउनेछ।” [२ कोरिन्थी ५:९-१०]


“मानिसहरूलाई खुशी पार्नेले झैँ आँखाको अगि मात्र देखावटी काम नगर, तर ख्रीष्टका दासहरूझैँ साँचो हृदयले परमेश्वरको इच्छा पूरा गर। 

मानिसहरूका निम्ति होइन, तर प्रभुको निम्ति जस्तै गरी सदिच्छाले सेवा गर, 

यो जानेर कि चाहे त्यो कमारा होस, चाहे फुक्का, जसले असल काम गर्दछ, त्यसले प्रभुबाट सोहीबमोजिम पाउनेछ।” [एफिसी ६:६-८]


तिनीहरूले आफ्ना चेलाहरूलाई हेरोदी दलका मानिसहरूसँग उहाँकहाँ पठाए। तिनीहरूले भने, “हे गुरुज्यू, हामी जान्दछौं, तपाईं सत्य हुनुहुन्छ, र परमेश्वरको मार्ग साँचो गरी सिकाउनुहुन्छ, र तपाईं कसैको भय मान्नुहुन्न, किनकि तपाईं मानिसहरूका मुख हेरेर काम गर्नुहुन्न।” [मत्ती २२:१६]


“यहूदी त्यो हो, जो भित्री रूपले यहूदी हो, र साँचो खतनाचाहिँ हृदयको कुरो हो, यो आत्मिक कुरा हो, लिखित व्यवस्थाको कुरा होइन। यस्तो मानिसको प्रशंसा मानिसहरूबाट होइन, तर परमेश्वरबाट हुन्छ।” [रोमी २:२९]


“कमारा हो, प्रत्येक कुरामा यस संसारका आफ्ना मालिकहरूलाई आँखाका अगाडि खुशी तुल्याउने मात्र होइन, तर साँचो हृदयले प्रभुको डर राखेर तिनीहरूका अधीनमा बस।” [कलस्सी ३:२२]


“त्यो घराना प्रेरितहरू र अगमवक्ताहरूको जगमाथि बसालेर निर्माण भएको छ, र ख्रीष्ट येशू आफैचाहिँ मुख्य कुने-ढुङ्गो हुनुहुन्छ। 

उहाँमा पूरै घर ठीकसँग एकैसाथ जोडिएर प्रभुमा एउटै पवित्र मन्दिर हुनलाई बढ्दैजान्छ। 

अनि पवित्र आत्मामा परमेश्वरको वासस्थान हुनलाई तिमीहरू पनि उहाँमा एकसाथ निर्माण हुँदैजान्छौ।” [एफिसी २:२०-२२]




Wednesday, February 12, 2025

आराधना गर्नुकाे उद्देश्यहरू




1. परमेश्वरको आज्ञाहरू पूरा गर्न ।


2. अरूलाई सुधार र प्रोत्साहन गर्न ।


3. मुक्तिदातालाई याद गर्न ।


4. आफ्नो विचार सफा र शुद्ध गर्न ।


5. परमेश्वरलाई महिमा दिन ।


6. मानिसको चाहना पूरा गर्न ।

 - सुरक्षित हुन 

 - विचलित आत्मालाई ढाढस दिन र शान्त पार्न 

- परमेश्वरमा कति बलियो र शक्तिशाली छाैँ भनेर पहिचान गर्न 

- प्रेम र कृतज्ञता व्यक्त गर्न


परमेश्‍वरले मानिसलाई आराधना गर्न मात्र भन्नुभएको छैन (यूहन्ना ४:२४) तर आराधना कसरी गर्ने भनेर उहाँले हामीलाई निर्देशन दिनुभएको छ ।


प्रत्येक प्रभुको दिन जब हामी आराधना गर्न भेट्छौं...


1. हामी भजन र आत्मिक गीत गाउँछौं । [एफेसी ५:१९]


2. हामी हाम्रा प्रभु येशू ख्रीष्ट मार्फत परमेश्वरलाई प्रार्थना गर्दछौं । [एफेसी ५:२०]


3. हाम्रा मुक्तिदाता येशू ख्रीष्टको शरीर र रगतलाई सम्झन हामी प्रभुको टेबुलको वरिपरि भेला हुन्छौं । [एफेसी ५:१९]


4. हामी समृद्ध भएकाले दिन्छौं । [१ कोरिन्थी १६:१-२]


5. हामी परमेश्वरको वचन प्रचार गर्छौं र सिकाउँछौं । [१ तिमोथी ४:२]


6. हामी आराधना गर्न प्रार्थना भवनमा प्रवेश गर्छौं, हामी अरूको सेवा गर्न प्रार्थना भवनबाट बाहिर निस्कन्छौं ।


7. प्रभुको मण्डली बोल्नेछ जहाँ बाइबल बोल्छ, मौन रहनेछ जहाँ बाइबल मौन छ ।


Sources :

https://pin.it/4u5GAhcFp
https://pin.it/6txyqwyDx





Tuesday, February 11, 2025

आराधना सेवाहरूमा उपस्थित हुने कारणहरू





1. हामीले परमप्रभुलाई प्रेम गर्छौं । [मत्ती १८:२०]


2. हामीले एउटा उदाहरण दिनुपर्छ । [मत्ती ५:१६]


3. अगुवाहरूको अधीनमा हुन । [हिब्रू १३:७, १७]


4. हाम्रो आत्मिक जोश कायम राख्न । [मत्ती २४:१२]


5. हाम्रो अनुपस्थितिले धेरै कुरा दर्शाउँछ । [हिब्रू १०:२५]


6. हामी जानु आवश्यक छ, किनकि त्यहाँ हाम्रो आवश्यक छ । [मत्ती १८:२०]


7. हामी पनि अरूहरू उपस्थित हुने अपेक्षा गर्छौं । [मत्ती ७:१-५]


8. हाम्रो आत्मिक भोक तृप्त गर्न जान्छौं । [मत्ती ५:६]


9. विवेकलाई जागृत गर्न जान्छौं । [१ तिमोथी ४:२]


10. विश्वासबाट पछि हट्नदेखि रोक्न । [१ कोरिन्थी ११:२०-३०]


11. परमेश्वरको अनाज्ञाकारी हुनबाट जोगिन । [हिब्रू १०:२५]


12. येशू त्यहाँ हुनुहुन्छ । [मत्ती १८:२०]


13. पाप गर्नबाट जोगाउन । [याकूब ४:१७]


14. प्रारम्भिक मण्डलीका सन्तहरूको पाइलामा हिंड्न । [प्रेरित २:४२]


15. मण्डलीकाे ढाेका बन्द हुनबाट राेक्न ।


* तपाईं आराधना सेवाहरूमा कुन कारणले उपस्थित हुन जानुहुन्छ ?



Sources :

1. https://pin.it/3qO5OfzFQ

2. https://pin.it/1ATR2UMTo


Monday, February 10, 2025

अस्वीकार्य आराधना

 


आराधना कहिले अस्वीकार्य हुन्छ ?


1. जब परमेश्वर नै हाम्रो आराधनाको मुख्य विषयवस्तु हुँदैन, न त उहाँ हाम्रो जीवनको केन्द्रविन्दु हो । [यूहन्ना ४:२४]


 • कपट र असत्यता परमेश्वरलाई स्वीकार्य छैन ।


2. जब हामी परमेश्वरको स्तर भन्दा पनि आफ्नै स्तर अनुसार आराधना गर्छौं । [गन्ती ३:१-५ ]


 • एक व्यक्तिलाई मनपर्ने कुराको सट्टामा परमेश्वरले मन पराउनुहुने कुरालाई प्रतिस्थापन गर्दैन ।


3. जब हामी उहाँले मागेको भन्दा पनि हाम्रो सबैभन्दा राम्रो लागेकाे कुरा परमेश्वरलाई अर्पण गर्दछौं । [उत्पत्ति ४:३]


 • कसैको उत्तम कुराले परमेश्वरका आज्ञाहरूलाई प्रतिस्थापन गर्दैन ।


4. जब हाम्रो आराधना आत्मा र सत्यमा हुँदैन । [यूहन्ना ४:२४]


 • मानिसले उपासनाका धेरै स्तरहरू आविष्कार गरेको छ, जबकि परमेश्वरले अझै एउटा मात्र स्तर स्वीकार गर्नुहुन्छ ।


5. जब परमेश्वरले निर्देशित गरेको कुरालाई भन्दा मानिसहरूको आराधना गर्ने तरिकाहरूलाई प्राथमिकता दिन्छन । [मत्ती १५:९]


 • परमेश्वरले आज्ञा गर्नुभएको कुरालाई त्याग्नु र मानिसले चाहेको कुरासँग बदल्नु स्वीकार्य आराधना होइन ।


6. जब मानिसहरूले पुरानो करार अन्तर्गत आराधना गर्ने प्रयास गर्छन, जुन अब बाध्यकारी छैन । [हिब्रू ९:९, कलस्सी २:१४]


 • जुन कुरा परमेश्वरले हटाइदिनुभएको छ, त्यो मानिसले फिर्ता ल्याउनु हुँदैन ।


* के तपाईंको आराधना परमेश्वरकाे नजरमा स्वीकार्य छ ?


यसकारण लेखिएको छ,

“के म मानिसहरूको निगाह खोज्दैछु, कि परमेश्वरको? अथवा के मैले मानिसहरूलाई खुशी पार्न खोज्दैछु? यदि मैले अझै मानिसहरूलाई खुशी पार्न कोसिस गरेको भए म ख्रीष्टको दास हुनेथिइनँ।” [गलाती १:१०]


“म मेरो निम्ति एउटा विश्वास योग्य पूजाहारी नियुक्त गर्नेछु, जसले मेरो मनमा र हृदयमा भएको कुराअनुसार गर्नेछ। म त्यसको परिवारलाई स्थिर गराउनेछु, र त्यसले मेरो अभिषिक्त मानिसको सामु पुस्तौँसम्म सेवा गर्नेछ।” [१ शमूएल २:३५]


तब स्वर्गबाट यो वाणी आयो, “यिनी मेरा प्रिय पुत्र हुन, यिनीसँग म अति प्रसन्न छु।” [मत्ती ३:१७]


तिनी बोल्दाबोल्दै, चम्किलो बादलले तिनीहरूलाई ढाकिहाल्यो, र त्यस बादलबाट एउटा आवाज आयो, “यिनी मेरा प्रिय पुत्र हुन, यिनीसँग म अति प्रसन्न छु, यिनको कुरा सुन।” [मत्ती १७:५]


“किनकि मैले तिमीहरूलाई दुःखित तुल्याएँ भने मैले दुःखित तुल्याएको त्यस मानिसबाहेक अरू कसले मलाई खुशी तुल्याउने र?” [२ कोरिन्थी २:२]


“तब तिमीहरूलाई साँचो भनेको कारणले के म तिमीहरूको शत्रु भएको छु र?” [गलाती ४:१६]


Source :

https://images.app.goo.gl/futjkcwxbwugPxbU8



Sunday, February 9, 2025

आराधना र विश्वासीकाे कर्तव्य

 



1. आराधनामा मौन रहनुहोस ।


2. आराधनामा गम्भीर हुनुहोस ।


3. आराधनामा ध्यान दिनुहोस ।


4. आराधनामा अरूको लागि सहयोगी हुनुहोस ।


5. आराधनामा विनयशील हुनुहोस ।


6. आराधनामा आभारी हुनुहोस ।


7. आराधनामा विचारशील हुनुहोस ।


8. आराधनामा समयमा पुग्नुहोस ।


9. आराधनामा अरूसँग संलग्न हुनुहोस ।


सेवा अघि, परमेश्वरसँग बोल्नुहोस ।

सेवाको बखत, परमेश्वरलाई तपाईंसँग बोल्न दिनुहोस ।

सेवा पछि, अरूसँग कुरा गर्नुहोस ।


यसकारण लेखिएको छ,

जब तिनीहरूले मलाई भने, “परमप्रभुको भवनमा हामी जाऔं,” तब म आनन्दित भएँ। [भजनसंग्रह १२२:१]


“तर बेला आइरहेछ, र त्यो बेला अहिल्यै हो, जब सच्चा आराधकहरूले पितालाई आत्मा र सत्यतामा आराधना गर्नेछन। किनकि आराधना गर्ने यस्तै आराधकहरूलाई नै पिताले खोज्नुहुन्छ।   

परमेश्वर आत्मा हुनुहुन्छ, र उहाँका आराधकहरूले आत्मा र सत्यतामा आराधना गर्नुपर्छ।” [यूहन्ना ४:२४]


“किनकि परमेश्वरलाई आत्मामा पुज्ने र ख्रीष्ट येशूमा गर्व गर्ने र शरीरमा भरोसा नराख्ने साँचो खतना हामी नै हौं।” [फिलिप्पी ३:३]


Saturday, February 8, 2025

मण्डलीको आराधना

 



1. आत्मामा आराधना गर्नुहोस । [यूहन्ना ४:२४]


2. सत्यमा आराधना गर्नुहोस । [यूहन्ना ४:२४]


3. हृदयले आराधना गर्नुहोस । [एफिसी ५:१९, २ कोरिन्थी ९:७]


4. बुझेर आराधना गर्नुहोस । [१ कोरिन्थी १४:१५]


5. आराधनामा निम्न कामहरू पनि समावेश छ,


 प्रार्थना [फिल. ४:६,७; १ थेस. ५:१७]


 भजन गाउने [एफिसी ५:१९; कल. ३:१६]


 शिक्षा र प्रचार [प्रेरित २०:७; २:४२]


 प्रभुको भोज [प्रेरित २०:७]


 भेटी दिने [१ कोरिन्थी १६:२]


* पहिलो शताब्दीको मण्डलीले हप्ताको पहिलो दिन परमेश्वरकाे आराधना गरे । [प्रेरित २०:७; १ कोरिन्थी १६:२; मर्कूस १६:१-११; प्रकाश १:१०] 


Source :

https://images.app.goo.gl/C455YPVuvSPtP8bo9


Thursday, February 6, 2025

मण्डलीमा भजन गीत गाउनुकाे उद्देश्यहरू



1. मण्डलीमा भजन गाउने भनेको एक सिकाउने माध्यम हो ।


2. मण्डलीमा भजन गाउने भनेको प्रोत्साहन वा चेतावनी दिने माध्यम हो ।


3. मण्डलीमा भजन गाउने भनेको आनन्द व्यक्त गर्ने माध्यम हो ।


4. मण्डलीमा भजन गाउने भनेको सहानुभूति व्यक्त गर्ने माध्यम हो । (विशेषगरी अन्त्येष्टिकाे समयमा) 


5. मण्डलीमा भजन गाउने भनेको परमेश्वरको महिमा गर्ने माध्यम हो ।


6. मण्डलीमा भजन गाउने भनेको परमेश्वरलाई धन्यवाद व्यक्त गर्ने माध्यम हो ।


7. मण्डलीमा भजन गाउने भनेको परमश्वरसँग संगति गर्ने एक माध्यम हो ।


8. मण्डलीमा भजन गाउने भनेको धर्मशास्त्रको वचन पालना गर्ने माध्यम हो ।


* येशू ख्रीष्टले पनि आफ्नो सेवकाईमा भजन गीतहरू गाउनु भयाे । [मत्ती २६:३०, मर्कुस १४:२६]


यसकारण लेखिएको छ,

“ख्रीष्टको वचन तिमीहरूमा प्रशस्ततासँग वास गरोस। पूरा बुद्धिमानीसाथ एउटाले अर्कालाई सिकाओ र अर्ती देओ, र परमेश्वरप्रति आफ्नो हृदयमा रहेको कृतज्ञतासाथ भजन, स्तुति र आत्मिक गान गाओ।” [कलस्सी ३:१६]


“एउटाले अर्कासँग भजन, गीत र आत्मिक गानमा बोल्दै र आफ्नो सम्पूर्ण हृदयले प्रभुको निम्ति गाउँदै र धुन निकाल्दै, सधैँ सबै कुराका निम्ति हाम्रा प्रभु येशूको नाउँमा परमेश्वर पितालाई धन्यवाद चढ़ाओ।” [एफिसी ५:१९-२०]


“अब मैले के गर्ने त? म आत्माले प्रार्थना गर्नेछु, र दिमागले पनि प्रार्थना गर्नेछु। आत्माले स्तुति गर्नेछु, र म दिमागले पनि स्तुति गर्नेछु।” [१ कोरिन्थी १४:१५]


“अनि एउटा भजन गाएर उहाँहरू निस्केर जैतून डाँड़ातिर जानुभयो।” [मर्कुस १४:२६]


Sources :

1. https://images.app.goo.gl/VrmeJnuoMLZhGggMA

2. https://slideplayer.com/slide/9063024/


Wednesday, February 5, 2025

नाेआको जहाज र मण्डली

 




1. एक निर्माणकर्ता

 नाेआ : परमेश्वरको विश्वासयाेग्य सेवक [उत्पत्ति ६:९, १३-२२, रोमी १५:४]

 ख्रीष्ट : परमेश्वरको प्रीय पुत्र [मत्ती १६:१८, ३:१७, १ पत्रुस ३:२१]


2. एउटा सामग्री

 गोपेरकाे काठ [उत्पत्ति ६:१४]

 जीवित पत्थरहरू [१ पत्रुस २:५]


3. एक बत्ती

 झ्याल [उत्पत्ति ६:१६]

 बाइबल [भजन ११९:१०५, १३०]


4. एउटा प्रवेश

 ढोका [उत्पत्ति ६:१६]

 ख्रीष्ट [यूहन्ना १०:९, १४:६]


5. एउटा परिवार

 नाेआको परिवार [उत्पत्ति ६:१८, १ पत्रुस ३:२०]

 मण्डली [गलाती ३:२६, एफिसी ३:१५, यूहन्ना १७:२०]


6. एउटा नाम

 आठ जना व्यक्ति [उत्पत्ति ६:१८]

 ख्रीष्टियन [प्रेरित ११:२६, ४:१२, ११:२६, १ पत्रुस ४:१६]


7. एउटा भवन

 जहाज [उत्पत्ति ६:१४]

 मण्डली [एफिसी ३:८-११, १९]


8. एक मुक्ति

 जहाजमा [उत्पत्ति ७:२१-२३]

 ख्रीष्ट र मण्डलीमा सुरक्षित गरिएको [प्रेरित २:४७, गलाती ३:२७, १ पत्रुस २:१-२, एफिसी १:३,७, ५:२३]


9. एक विनाश

 जहाज बाहिर भएका सबै [उत्पत्ति ७:२१]

 ख्रीष्ट बाहिर भएका सबै [२ थेस्स. १:७-९]


10. एउटा आशा

 नयाँ संसारमा जीवन [उत्पत्ति ८ अध्याय]

 अनन्त जीवन [१ पत्रुस १:३-४, एफेसी ४:४, प्रकाश २२:१४,१७]


Sources :

1. https://pin.it/6HT9p3riD

2. https://pin.it/31E5Tfcx1

3. https://www.facebook.com/127941153941447/posts/pfbid028zEF4t18cP21p9WbSZV8oYUvrLhhX67oziK7yE2kDzXwDYnMojXvWiBArXqGMotyl/?app=fbl

4. https://pin.it/6i7MSIfOH

5. https://johntpolkll.com/charts-from-donnie-barnes

6. https://images.app.goo.gl/oukA4Uu6RZEvNHaH6

7. https://www.granbychurchofchrist.org/Sermons/pages/2015/the-ark-and-the-church.htm

8. https://sermons.logos.com/sermons/59484-noah%27s-ark-and-the-church-%28lhcoc%29

9. https://preachinghelp.org/sermons/ark-church.pdf

10. https://biblehub.com/sermons/auth/ness/noah_was_a_type_and_christ_the_antitype_in_sundry_particulars.htm




नोआको जहाज र ख्रीष्टको मण्डली :


1. एउटा जहाज (उत्पत्ति ६:१४)

 एउटा मण्डली (मत्ती १६:१८: एफिसी १:२२-२३, ४:४)


2. एउटा ढोका (उत्पत्ति ६:१६)

 एउटा प्रवेशद्वार (यूहन्ना ३:३-५, १०:९)


3. प्रकाशको एउटा स्रोत (झ्याल) (उत्पत्ति ६:१६)

 एउटा ज्योति (यूहन्ना ३:१९)


4. एउटा परिवार भित्र (उत्पत्ति ७:१, ७)

 एउटा परिवार (१ तिमोथी ३:१५; गलाती ३:२८-२९)


5. नूहको लागि काम (उत्पत्ति ६:२१)

 मण्डलीमा भएकाहरूका लागि काम गर्नुहोस (मत्ती २८:१६-२०; १ कोरिन्थी १५:५८)


6. पानीद्वारा बचाइयो (१ पत्रुस ३:२०)

 बप्तिस्माद्वारा बचाइयो (१ पत्रुस ३:२१)


7. जहाज भित्र सुरक्षित (उत्पत्ति ६-७)

 ख्रीष्ट र उहाँको मण्डलीमा बचाइयो (प्रेरित २:४७, एफिसी ५:२३, २ तिमोथी २:१०)


8. बाहिर हराएको (उत्पत्ति ७:२०-२२)

 मण्डली बाहिर भएका सबैको विनाश (२ थेसलोनिकी १:७-९)


9. नयाँ संसारमा एउटा आशा (उत्पत्ति ८:४-१९)

 एउटा आशा: स्वर्गमा नयाँ घर (मत्ती २५:४६; एफिसी ४:४)


* परमेश्वर अचम्मको हुनुहुन्छ । भविष्यका चीजहरूको छायाँ अतीतमा अरू कसैले राख्न सक्दैन। छाँया र प्रतिकहरू भविष्यको पूर्वनिर्धारित परमेश्वरको उदाहरण हुन । 


Sources :

1. https://gladtidingspublishing.com/products/the-tabernacle-and-the-ark-of-noah-as-types-of-the-church-pack-of-10-info-cards-or-oversize-bookmarks

2. https://pin.it/1JoIA1dXH

3. https://pin.it/59ajx8ep6

4. https://pin.it/4us1MWF3m





Tuesday, February 4, 2025

इजरायल र मण्डली

 



१. इजराइल बाछो र बाख्राको रगतद्वारा पवित्र पारियो । [हिब्रू ९; लेवी ११:४४-४५]

 मण्डली क्रिष्टको रगतद्वारा पवित्र पारियो । [हिब्रू ९; तीतस २:१४]


२. इजराइल अब्राहाममा चुने छ । [व्यवस्था ७:८; ६:१०; ४:३७; प्रस्थान ३३:१]

 मण्डली ख्रीष्टमा चुनुन छ । [एफिसी १:४; युहन्ना १७:६]


३. इजराइललाई सशर्त प्रेम छ । [प्रस्थान १९:५; व्यवस्था २८:९; आमोस ३:२; लेवी २६:४१-४२; हिब्रू ८:९]

 मण्डलीलाई शर्त बिना प्रेमण छ । [१ यूहन्ना ३:१६; ४:९-१०; रोमी ५:८; ८:३५; एफिसी २:८; तीतस ३:४-५]


४. इजरायल येशू ख्रीष्टलाई जन्म दिन बोलियो। [उत्पत्ति १२:३; रोमी ९:५]

 मण्डली येशू ख्रीष्टको हुन बोलेको छ । [रोमी १:६,७; ८:३०; १ कोरिन्थी १:२]


५. इजरायललाई इजरायलको साँझ भनिएको छ । [प्रस्थान १२:६; गन्ती १४:५; लेवी १६:३३]

 मण्डलीलाई ख्रीष्टको सभा (समूह) भनिएको छ । [हिब्रू १२:२३; प्रेरित २०:२८; एफिसी ५:२३,२५]


६. इमेल ईश्वरको बगाल हे। [इज। ३४:१७-२०; भजन ७७:२०, ७८:५२-५३, ५६-५९; ९५:१०-११; प्रस्थान २०:३८; हिब्रू ८:९]

 मण्डली ख्रीष्टको बगाल हाे । [यूहन्ना १०:१-१८; २१:१५-१७; प्रेरित २०:२८; मत्ती २५:३२-३४]


७. इजरायलसारिक जन्म र विधीहरू बाहिरी रूपमा शारीरिक राष्ट्र हाे । [प्रस्थान १९:५; लेवी २०:२२-२६; व्यवस्था २६:१९; १४:२१; उत्पत्ति १७:७-१४]

 मण्डली आत्मिक जन्म र विश्वासद्वारा आत्मिक राष्ट्र भित्रबाट अलग हुन्छ । [१ पत्रुस २:९; युहन्ना १:१२-१३; ३:३; १८:३६; लुका १७:२१; मत्ती ५:३; कलसी १:१३; प्रकाश १:५]


८. इजरायल शारीरिक बलिदान चढाउने पुजारीको राज्य हाे । [प्रस्थान १९:५; हिब्रू ९:९-१०; लेविके पुस्तक]

 मण्डली आत्मिक बलिदान चढ प्रदान पुजारीको राज्य हे । [१ पत्रुस २:५, ९; रोमी १२:१, १५:१६; हिब्रू १३:१५; प्रकाश १:५]


९. इजराइल एक समयको लागि विशेष खजाना हाे । [प्रस्थान १९:५,६; व्यवस्था ७:६;२८]

 मण्डली सधैंका अनौठो खजाना हाे । [१ पत्रुस २:९; तीतस २:१४]


१०. इजरायल बाहिरी रूपमा परमेश्वरका जनहरू [उत्पत्ति १७:८; लेवी २६:१२] जो उहाँका मानिसहरू भानन [हाशे १:९, हिब्रू ८:६-१३]। 

 मण्डली भित्री रूपमा ईश्वरका जनहरू हुन सक्छन् । [होशे १:९-११, रोमी ९:२४-२६, हिब्रू ८:६-१३, १ पत्रुस २:१०]


11. इजराइल पवित्र मानिसहरू हुन। [व्यवस्था ७:६]

 मण्डली पवित्र मानिसहरू हुन। [१ पत्रुस १:१५]


१२. इजरायल अब्राहाम नियमन उत्तराधिकारी प्राप्त व्यक्ति हुन । [व्यवस्था ४:१, २०, ३७; प्रेरित १३:१९]

 मण्डली ख्रीष्टद्वारा उत्तराधिकारी मानिसहरू हुन । [एफिसी १:११-१४,१८; मत्ती २५:३४; गलाती ४:३०; हिब्रू ९:१५; १ पत्रुस १:४]


१३. इजरायल ईश्वरको बाह्य/पार्थिव पाल हे । [लेवी २६:११; प्रस्थान: २९४५, २५:८; २६:१; हिब्रू ९:१-२, २३]

 मण्डली ईश्वरको /आत्मिक पाल हे । [यूहन्ना १:१४; १ कोरिन्थी ६:१६-२०]


14. इजरायल ईश्वर तिनीहरूका बीचमा हिँडे। [लेवी २६:१२]

 मण्डली भगवान तिनीहरूका बीचमा हिँडे। [२ कोरिन्थी ६:१६]


१५. इजराइल बाहिर कुलपतिहरू (गाेत्रहरू) सुरुबाट सुरु हुन्छ।

 मण्डली बाह्र निर्देशकहरू सुरु हुँदैछ । (कुलपतिहरू न)


१६. इजरायलका भगवान् विवाहवाद छ [प्रस्थान २४; यर्म ३१:३२], स्वार्थलाई विश्वासघातको जोडविच्छेद [हिब्रु ८:७,९,१३; हाशे १:९]

 मण्डलीके ख्रीष्ट विवाह छ [एफसी ५:२२; २ कोरिन्थी ११:२; हिब्रू ८:९-१०], जो ख्रीष्ट कायम विश्वासेग्य छन [१ कोरिन्थी १:३०; २ कोरिन्थी ५:२१; फिलिप्पी ३:८-९]


१७. इजराइल छाँया हाे । [उत्पत्ति १७:७-१४ रोमी ९:५; गलाती ४:२१-३१]

 मण्डली छाँयाका वास्तविकता हाे । [गलाती ६:१६; रोमी २:२९; ९:६, २२-२६, ११:२६; गलाती ३:१६, २९; ४:२१-३१]


* के अपन इजरायल र मण्डलीका बिचमा भिन्नता देख्नु भया ?






स्रोतहरू:

1. https://contrast2.wordpress.com/2016/02/09/israel-and-the-church-see-the-difference/

2. https://oestandartedecristo.com/semelhancas-e-diferencas-entre-israel-ea-igreja-por-brandom-adams/

3. https://x.com/5Solas2/status/1875498186669998537


Jerusalem as a Type of the Church :
https://gladtidingspublishing.com/products/types-antitypes-manna-as-a-type-of-christ-and-jerusalem-as-a-type-of-the-church-pack-of-10-info-cards-or-oversize-bookmarks





Monday, February 3, 2025

भेट हुने पाल र मण्डली

 


1. मोशालाई भेट हुने पालको नमुना दिइएको थियो । [हिब्रू ८:५]

 येशूले मण्डलीको लागि एउटा नमुना दिनुभयो । [हिब्रू ८:१-५]


2. मोशा भेट हुने पालका लागि व्यवस्थाकर्ता थिए । [व्यवस्था ३१:९]

 येशू असल प्रतिज्ञाहरूसहितको उत्तम करारको व्यवस्थाकर्ता हुनुहुन्छ । [हिब्रू ८:६]


3. भेट हुने पालका लागि पूजाहारीहरू लेवी कुलबाट मात्र आउनुपर्थ्यो । [गन्ती ३:६१]

सबै ख्रीष्टियनहरू पुजारी हुन । [१ पत्रुस २:५,९]


4. पूजाहारीहरू र मानिसहरूका पापहरूको लागि होमबलिको वेदीमा बलिहरू चढाइयो । [प्रस्थान ४०:२९, लेवी ९:७]

 ख्रीष्टियनहरूको पाप ख्रीष्टको बलिदानले ढाकिएको छ । [गलाती १:४: एफिसी ५:२५]


5. भेट हुने पाल र वेदीको बीचमा पानीको बाटा राखिएको थियो, जहाँ पुजारीले भेट हुने पालमा प्रवेश गर्नु अघि धुन्थ्यो । [प्रस्थान ३०:१८-२१]

 पापीहरू मण्डलीमा प्रवेश गर्नु अघि ख्रीष्टको रगतमा धोइनुपर्छ । [प्रेरित २२:१६; १ कोरिन्थी ६:११: रोमी ६:३:१ पत्रुस ३:२१]


6. बत्तीले भेट हुने पालमा उज्यालो दियो । [गन्ती ८:२-४]

 परमेश्वरको वचनले मण्डलीको लागि प्रकाश दिन्छ । [२ पत्रुस १:१९; २ तिमोथी ३:१६-१७]


7. पूजाहारीहरूले रोटीको टेबुलबाट खाए । प्रत्येक शबाथको दिन रोटी बदलिएको थियो । [प्रस्थान २५:३०]

 ख्रीष्टियनहरूले हप्ताको प्रत्येक पहिलो दिन प्रभुको टेबुलमा वचनकाे खाना खान्छन । [१ कोरिन्थी ११:२०-२९; प्रेरित २०:७]


8. पूजाहारीहरूले धूपको वेदीमा धूप जलाए । [प्रस्थान ३०:१,७-८]

 ख्रीष्टियनहरूको प्रार्थनाले धूपको ठाउँ लिन्छ । [प्रकाश ५:८:८:४१]


Sources :

1. https://gladtidingspublishing.com/products/the-tabernacle-and-the-ark-of-noah-as-types-of-the-church-pack-of-10-info-cards-or-oversize-bookmarks

2. https://pin.it/4TuHwW05i

3. https://pin.it/4uSdZl4z2

4. https://www.bible.ca/prophecy/Tabernacle-church-double-dual-messianic-bible-prophecy-Midrashic-type-antitype-veil-heaven-law-baptism-priests.htm

5. https://georgemethodist.co.za/?ctc_sermon=deeper-life-session-4-the-tabernacle-and-the-story-of-aaron-and-moses

6. https://teach7g-education.blogspot.com/2020/06/the-cross-in-tabernacle-temple-symbols.html?m=1

7. https://biblestudentsdaily.com/2017/03/01/study-9-the-gate-the-door-the-vail/

8. https://specialspace.ca/positioning-for-revival/


Sunday, February 2, 2025

येशू ख्रीष्टको मण्डलीकाे विभिन्न नामहरू

 


1. परमेश्वरको मण्डली [१ काेरन्थी १:२, १ तिमाेथी ३:५,१५]


2. प्रभुको मण्डली [प्रेरित २०:२८]


3. मण्डली [प्रेरित ८:१]


4. पहिला जन्मेकोहरूका मण्डली [हिब्रू १२:२३]


5. मेरो मण्डली [मत्ती १६:१६]


6. ख्रीष्टको दुलही [२ कोरिन्थी ११:२]


7. परमेश्वरको घराना [हिब्रू ३:६]


8. परमेश्वरको परिवार [एफिसी ३:१५]


9. जीवित परमेश्वरको मण्डली [१ तिमोथी ३:१५]


10. परमेश्वरको बगाल [प्रेरित २०:२८]


माथिका सबै नामहरू ख्रीष्टले बनाउनु भएको मण्डलीको वर्णन गर्न प्रयोग गरिन्छ । ख्रीष्टको मण्डली कुनै सम्प्रदाय होइन !


ख्रीष्टको मण्डली पवित्र आत्माबाट पुनर्स्थापना  गरिएका मानिसहरू हुन, जाे बाइबलमा फर्कन चाहन्छन । यसरी हाम्रो समयमा मूल नयाँ करारकाे मण्डली पुनर्स्थापना हुनेछ ।


* ख्रीष्टको मण्डली सत्यको स्तम्भ र आधार हाे । जसको मुख्यालय स्वर्गमा छ [हिब्रू १२:२३], र यसको स्थापना ३३ ए.डी. मा भएको थियोे ।


Sources :

1. https://www.whatchristianswanttoknow.com/other-names-for-the-church-in-the-bible/

2. https://carm.org/about-the-church/what-are-some-other-names-for-the-church/

3. https://www.bible-topics.com/Titles-and-Names-of-the-Church.html

4. https://www.facebook.com/518535531829869/posts/pfbid0BqTrR2u19bG3xZyk6CYjLFUnGsi4Li89cFB3Wtzc5DKihGTUNvgbmqKyaVt787h5l/?app=fbl

5. https://www.arlingtoncoc.com/resources/a-call-for-new-testament-christianity/



Saturday, February 1, 2025

स्थानीय मण्डली र विश्वासी

 



स्थानीय मण्डली बिनाको विश्वासी...

1. शिशुगृह बिनाको बच्चा जस्तै हाे ।


2. सेना बिनाको सिपाही जस्तै हाे ।


3. टोली बिनाकाे खेलाडी जस्तै हाे ।


4. विद्यालय बिनाको विद्यार्थी जस्तै हाे ।


5. परिवार बिनाको बच्चा जस्तै हाे ।


* मण्डली भनेको तपाईंले जाने कुरा मात्रै होइन, यो तपाईंसँग सम्बन्धित परिवार हो ।


यसकारण लेखिएको छ,

“कति जनाको सङ्गतिमा नजाने बानी हुन्छ, तर हामीचाहिँ एकसाथ भेला हुन नछोडौं। तर प्रभुको दिन नजिक आइरहेको तिमीहरूले देखेका हुनाले एउटाले अर्कालाई झन प्रोत्साहन देओ।” [हिब्रू १०:२५]


“किनकि जहाँ दुई कि तीन जना मेरो नाउँमा भेला हुन्छन, त्यहाँ म तिनीहरूका माझमा हुनेछु।” [मत्ती १८:२०]


Sources :

1. https://www.facebook.com/100075957623360/posts/pfbid025XHEy2jR3wXeVZy7F9FQVe8by9yZpi77aMujXs7MKk46TMwQB6CJfYo5oBRiPYmTl/?app=fbl

2. https://www.facebook.com/104107001431005/posts/pfbid02oFA99k9bsA2sK9AdH7PosvSdGHiRDMRWHg4McuWHapF6kyyFeok4i3Qzw11rKGf3l/?app=fbl

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...