Sunday, December 18, 2022

मोबाइलको सहि सदुपयोगकाे बारेमा महत्त्वपूर्ण जानकारी :

 


1. धन्य हो ती गरिबहरू जसले स्मार्ट फोन किन्न सक्दैनन, किनकि तिनीहरू याे बिना नै शान्तिको आनन्द लिनेछन।


2. धन्य हो ती मानिसहरू जो सामाजिक सञ्जाल एप्सहरूमा सन्देशहरू पढ्न र लेख्न नसक्ने कारणले शोक गर्छन, किनभने तिनीहरूको जीवनमा वास्तविक साथीहरू हुनेछन।


3. धन्य हो ती मानिसहरू जसले केवल एक नम्बर र एक वास्तविक खाता प्रयोग गर्छन, किनभने तिनीहरू भरोसा गरिनेछ।


4. धन्य ती हुन जसले साँचो र सत्य सन्देशहरूलाई अगाडि बढाउँछन, तिनीहरू सन्तुष्ट हुनेछन।


5. धन्य ती व्यक्तिहरू जसले आफ्नो स्टेटसमा नक्कली कुराहरू अपलोड गर्दैनन र यसरी सत्य देखाउँछन, उनीहरूले पनि दया पाउनेछन।


6. धन्य ती मानिसहरू जसले शुद्ध र सभ्य सन्देशहरू पठाउँछन, किनभने तिनीहरूको हृदय सफा हुनेछ।


7. धन्य हो ती मानिसहरू जसले शान्ति र सद्भाव भंग गर्न उत्तेजक सन्देशहरू पठाउँदैनन, किनभने तिनीहरू सम्मानित हुनेछन।


8. धन्य हो ती मानिसहरू जसले सामाजिक सञ्जालहरूमा गफ गरेर अरूलाई सताउँदैनन, किनकि तिनीहरूले यहाँ पृथ्वीमा आनन्द अनुभव गर्नेछन।


9. धन्य ती मानिसहरू जो हजारौं अप्रासंगिक फर्वार्ड सन्देशहरूको कारण रिस उठेका छन, दुखित छन र समस्यामा छन, किनकि तिनीहरूले धैर्यताको गुण सिक्नेछन।


एउटा अन्तिम कुरा, तपाईले कसैलाई यो शिक्षाहरू केबल साझा गरेर मात्रै पनि मद्दत गर्न सक्नुहुनेछ।



Sunday, December 11, 2022

साँचो प्रेम

 


 

कुनै एउटा ठाउँमा एउटा केटा थियो। त्यो केटा एक बिहान सबेरै उठेर सुर्याेदय हेर्नलाई कुनै बगैचामा गएछ, जहाँबाट सुर्याेदय प्रष्ट देखिन्थ्यो। ऊ त्यहाँ पुगेर सुर्याेदय हेर्दै, परमेश्वरको सुन्दर सृष्टिको निम्ती धन्यबाद दिंदै र उहाँको सृष्टिको प्रसंशा गर्दै, त्यहीं बगैचामा भएको एउटा कुर्चीमा बस्न गएछ। जसै ऊ त्यहाँ बस्यो उसले प्रभु येशुको उपस्थिती महशुस गरेछ..


येशुले सोध्नु भएछ, “के तिमि मलाई प्रेम गर्छौ ?”

केटा, “बिल्कुल प्रभु, म तपाईंलाई प्रेम गर्छु नि, किनकि तपाईं मेरो प्रभु हुनुहुन्छ।”


त्यस पछि उहाँले सोध्नु भएछ, “यदि तिमि शरिरमा अपांग भएको भए, के तिमि मलाई अझै पनि प्रेम गर्थ्यौ ?”


[केटा अकमक पर्यो र आफ्नो हाथ खुट्टा हेर्दै, बाँकी शरिरलाई पनि हेर्यो र मनमा बिचार गर्यो, साँच्चै कि उ कति कुराहरु गर्ने योग्यको हुँदा हुँदै पनि केहि नगरेको थाहा गर्यो !]


केटाले बिस्तारै भन्यो, “प्रभु, मेरो लागी यो गार्‍हो कुरा हुन्थ्यो, यद्यपि म तपाईंलाई प्रेम गर्थे, किनभने तपाईं मेरो उद्धारकर्ता हुनुहुन्छ।”


फेरि प्रभुले भन्नुभयो, “यदि तिमि अन्धा भएको भए, के तिमि अझै पनि मेरो सृष्टिलाई प्रेम गर्थ्यौ?”


[कुनै कुरालाई नदेखी म कसरी प्रेम गर्न सक्थे र ! त्यसपछि उसले संसार भरीका ति सबै अन्धाहरुको बारेमा सोचेछ र कतिले त अझै पनि परमेश्वर र उहाँको सृष्टिहरुलाई प्रेम गर्छन !]


अनि उसले जवाफ दिएछ, “यो मेरो लागी गार्‍हो छ, प्रभु तर पनि म तपाईंको सृष्टिलाई प्रेम गर्थे।”


अनि फेरि प्रभुले सोध्नु भएछ, “यदि तिमि बहिरो भएको भए, के अझै पनि तिमि मेरा वचनहरु सुन्थ्यौ ?”


[केटा - यदि म बहिरो भएको भए कसरी, म केहि सुन्न सक्थे र ? अनि उसले बुझेछ कि परमेश्वरको वचन सुन्नलाई केवल हाम्रो कान होइन तर हृदय चाहिँदो रहेछ।]


अनि उसले भनेछ, “प्रभु, मलाई गार्‍हो नै हुन्थ्यो तर पनि म तपाईंका वचनहरु सुन्थे।”


प्रभुले फेरि सोध्नु भएछ, “यदि तिमि गुङ्गो भएको भए, के तिमि मेरो नाउँको प्रसंशा गर्थ्यौ ?”


[आवाज नै नभई म कसरी तपाईंको नाउँलाई प्रसंशा गर्न सक्थे र ? त्यसपछि उसको मनमा यस्तो कुरा खेल्यो कि परमेश्वरले हाम्रो हृदय र आत्माले उहाँको नाउँको प्रसंशा गरेको चाहनु हुँदो रहेछ ! सधै भजन गाउनु परमेश्वरको नाउँको प्रसंशा गर्नु होइन रहेछ र प्राय: हामी सताईदा मात्र परमेश्वरलाई धन्यबादको शब्दले मात्र प्रसंशा गर्छौ !]


केटाले जवाफ दिएछ, “प्रभु, मैले शारीरिक रूपमा गाउन नसकेता पनि, म तपाईंको नाउको प्रशंसा गर्थे !”


प्रभुले फेरि सोध्नु भयो, “के तिमि मलाई साँच्चै प्रेम गर्छौ ?”


केटाले पुरा दृढ बिश्वास र साहसका साथ भनेछ,  “हजुर प्रभु, म तपाईंलाई प्रेम गर्छु किनकि तपाईं एक मात्र सत्य परमेश्वर हुनुहुन्छ !”

[त्यती भनेपछि उसले सोच्यो ठिक जवाफ दिए।]


प्रभुले भन्नुभयो, “त्यसो भए तिमि किन पाप गर्छौ ?”


केटाले भनेछ, “किनकि म मान्छे हो, र म सिद्ध छैन, प्रभु !”


प्रभुले भन्नुभयो, “त्यसो भए किन शान्तिको समयमा तिमि म देखी टाढा बस्छौ ? किन सतावटको समयमा मात्र तिमिले प्रार्थना गर्छौ ?”


[केटाले केहि जवाफ दिएन तर धुरु धुरु रुन थाल्यो र आँखाबाट आँशु बरर झार्न थाल्यो !]


प्रभुले भन्नुभयो, “त्यसो भए किन तिमि सङ्गतिमा मात्र मेरो निम्ती गाउँछौ र फर्किन्छौ ? किन मलाई उपासनाको समयमा मात्र खोज्छौ ? किन चीजहरू यति स्वार्थपुर्ण रुपले माग्छौ ? किन चीजहरू अविश्वासका साथ माँग्छौ ?”


[केटा चुपचाप घोप्टो भयो र निरन्तर अँखाबाट आँशु झार्दै रोइ रह्यो !]


प्रभु, “किन तिमि म सँग सर्माउछौ ? किन तिमि मेरो सुसमाचार फैलाउदैनौं ? सतावटको समयमा रुनलाई मैले तिमिलाई मेरो काँध दिँदा, तिमि किन अरु कहाँ गएर रुन्छौ ? मैले मेरो नाउँमा सेवा गर्ने अवसरहरू दिँदा तिमि किन बाहना बनाउँछौ?”


[केटा जवाफ दिने कोसिस गर्छ, तर दिनलाई केहि जवाफ पाएन!]


प्रभु, “तिम्रो जीवन धन्यको छ। मैले तिमिलाई बनाए र यो वरदान फाल्नलाई होईन। मलाई सेवा गर्न सक भनी मैले तिमिलाई धेरै योग्यताहरुले आशिष दिए, तर पनि तिमि निरन्तर म बाट टाढा भागी रह्यौ।

मैले तिमिलाई मेरो वचन प्रकट गरे, तर तिमिले बुझ्न चाहेनौँ। मैले पुकारे तिमीलाई तर तिम्रो कान बन्द थियो। मैले तिमिलाई मेरो आशिषहरू देखाए तर तिम्रो आँखा म बाट टाढा राख्यौ। मैले तिम्रो लागी भनी मेरो सेवकहरू पठाए तर तिमिले तिनिहरुलाई बेवास्ता गर्यौ, म बाट लखेटिएकालाई झैँ दुर्ववहार गर्यौ, मैले तिम्रो हरेक प्रार्थनाहरु सुने र मैले ती सबैको उत्तर पनि दिएँ।”


प्रभु, “के तिमि मलाई साँच्चै प्रेम गर्छौ ?”


केटा केहि बोलेन र भन्यो, “कसरी म तपाईंलाई प्रेम गर्न सक्छु र ?”


केटा आफ्नो बिश्वास प्रती धेरै लज्जित भयो, उ सँग कुनै बाहाना थिएन, उसले के नै भन्न सक्थ्यो र ? केटा हृदयबाट नै टुटेर धुरु धुरु रोइ रह्यो र प्रभुलाई भन्यो, “प्रभु, कृपया मलाई क्षमा गर्नुहोस... म तपाईंको छोरा हुने योग्यको छैन !”


प्रभुले भन्नुभयो, “त्यही नै मेरो अनुग्रह हो, छोरा !”


केटाले सोध्यो, “प्रभु, तपाइले मलाई निरन्तर क्षमा गर्नुहुन्छ, अनि प्रेम पनि गर्नुहुन्छ किन, प्रभु ?”


प्रभुले भन्नुभयो, “किनकि तिमि मेरो सृष्टि हौ, तिमि मेरो छोरा हौ ! म तिमिलाई कहिले त्याग्ने छैन, जब तिमि रुनेछौ म दयालु हुनेछु र तिमिसँगै रुनेछु।

जब तिमि आनन्दित हुनेछौ, म पनि तिमिसँगै हाँस्नेछु। जब तिमि निराश हुनेछौ, म तिमिलाई हौसला दिनेछु। जब तिमि लड्नेछौ, म तिमिलाई माथी उठाउनेछु।

जब तिमि थाक्नेछौ, म तिमिलाई मेरो शक्तिशाली काँधमा बोक्नेछु ! म युगको अन्तिम दिनसम्म तिम्रो साथमा हुनेछु र म तिमिलाई सधै प्रेम गर्नेछु !”


[केटा उदास भयो र हृदयबाट नै यति रोयो कि त्यसरी ऊ जीवनमा पहिले कहिले पनि रोएको थिएन...]


उसले मनमनै भन्यो, “प्रभु प्रती म यति कठोर कसरी भए ? मैले यस्तो किन गरे ? किन मेरो प्रभुकाे मनलाई दुखाएँ ?”


अनि केटाले प्रभुलाई सोधेछ, “प्रभु, तपाईले मलाई कति धेरै प्रेम गर्नुहुन्छ ?”


प्रभु येशुले आफ्नो दुबै हाथ फैलाउनु भयो र केटाले उहाँको हातमा काँटी ठोकिएका प्वालका डाम देख्ने बितिक्कै प्रभु येशु ख्रीष्टको पाउ निर घुँडा टेकि घोप्टो परि दण्डवत गर्यो !


केटाले त्यहाँ जीवनमा पहिलो पटक साँचो हृदयले प्रार्थना गर्यो !


यसकारण लेखिएको छ -

“तर परमेश्‍वरले हाम्रा निम्‍ति उहाँको प्रेम यसैमा देखाउनुहुन्‍छ, कि हामी पापी छँदै ख्रीष्‍ट हाम्रा निम्‍ति मर्नुभयो।”

[रोमी 5:8]

Saturday, December 10, 2022

“म एक ख्रीष्टियन हुँ” किन भन्छु ?

 



जब मैले “म एक ख्रीष्टियन हुँ” भन्छु, तब मसँग पवित्र जीवनशैली छ भनेर चिच्याइरहेको हुँदैन।
तर म भनिरहेको हुन्छु, “म हराएको थिएँ, र अब भेट्टाईएकाे छु र मैले मेराे सबै पापहरूदेखि क्षमा पाएकाे छु।”

जब मैले “म एक ख्रीष्टियन हुँ” भन्छु, तब म घमण्डकाे साथ यो कुरा गरिरहेको हुँदैन।
तर म स्वीकार गरिरहेको हुन्छु, “मलाई पनि ठक्कर लाग्छ, र मलाई मेरो अगुवाईकाे निम्ति येशू ख्रीष्टकाे आवश्यक छ।”

जब मैले “म एक ख्रीष्टियन हुँ” भन्छु, तब म बलियो बन्न खोजिरहेको छैन।
तर मैले याे स्विकार गरिरहेकाे हुन्छु, “मँ दुर्बल छु र मलाई अगाडि बढ्न उहाँबाटकाे बल आवश्यक छ।”

जब मैले “म एक ख्रीष्टियन हुँ” भन्छु, तब म आफ्नाे सफलताको बढाई गरिरहेकाे हुँदैन।
तर म याे स्वीकार गरिरहेकाे हुन्छु, “म पनि असफल भएको छु र मेरो कमजोरीहरूलाई सुधार गर्न परमेश्वर चाहिन्छ।”

जब मैले “म एक ख्रीष्टियन हुँ” भन्छु, तब म सिद्ध छु, भनेर दावी भनेर दावी गरिरहेको हुँदैन।
तर मेरा देखिने त्रुटिहरू पनि धेरै नै छन, तर परमेश्वरले विश्वास गर्नुहुन्छ कि एकदिन म याेग्यकाे बन्नेछु।

जब मैले “म एक ख्रीष्टियन हुँ” भन्छु, तब म अझै गहिरो पीडाहरूको महसुस गर्दछु।  मसँग पनि जीवनका धेरै दु:ख-कष्ट र पिडाका अनुभवहरू छन, त्यसैले म उहाँको नाममा पुकार्छु।

जब मैले “म एक ख्रीष्टियन हुँ” भन्छु, तब म पनि तपाईंभन्दा पवित्र छैन, म त एक पापी नै हुँ, जसले परमेश्वरबाट एक किसिमको अनुग्रह पाउँदछ!

– माया एन्जोलो

[Maya Angelou (1928-2014) अमेरिकी लेखक, कवि र सामाजिक कार्यकर्ता थिइन। उनले सात आत्मकथाहरू, निबन्धका तीन पुस्तकहरू, कविताको धेरै पुस्तकहरू प्रकाशित गरे र ५० बर्ष भन्दा बढी प्रायः प्लेहरू, चलचित्रहरू, र टेलिभिजन शोहरूको सूचीमा उनलाई श्रेय दिने गरिन्छ। उनले दर्जनौं पुरस्कार र ५० भन्दा बढी सम्मानित डिग्री पाएकी छिन।]


Thursday, December 8, 2022

एक साँचो ख्रीष्टियनकाे विशेषताहरू के-के हुन ?

 



एक साँचो ख्रीष्टियन जीवन यी कुराहरूद्वारा थाहा लाग्दैन । जस्तै ;

1. प्रचार गर्नु

2. वचन पाेष्ट गर्नु

3. हरेक दिन वचन लेखेर पठाउनु

4. आराधना गर्नु

5. Comment मा Amen या Praise The LORD लेख्नु

6. सधै मण्डली जानू

7. बाइबल सधै अध्ययन गर्नु

8. प्रार्थना गर्नु या प्रार्थनामा जानू

9. धार्मिक/सामाजिक कामहरू गर्नु

10. दान/भेटी दिनु ईत्यादि...


यी सबै कुराहरूद्वारा एक साँचो ख्रीष्टियन जीवन चलिरहेको छ भन्ने कुरा थाहा लाग्दैन । यी कामहरूद्वारा पनि हामी धाेखा खान सक्छौँ !


तर यी निम्न कुराहरूद्वारा एक साँचो ख्रीष्टियन जीवन चलिरहेको छ भन्ने कुरा थाहा लाग्छ । जस्तै ;

1. मन शान्तिले भरिएको हुन्छ ।

2. ऊ आफ्नाे जीवनमा सन्तुष्ट हुन्छ, र हरेक कुराकाे लागि प्रभुलाई धन्यवाद दिदँछ ।

3. उसमा धेरै धीरज र संयम हुन्छ ।

4. सम्पूर्ण मनदेखि प्रभु येशू पट्टी फर्केको हुन्छ ।

5. संसारका चीजहरूमा उसको मन हुँदैन, तर उसले संसारका वस्तुहरूलाई फाेहाेर र कसिङ्गर सम्झेर त्याग्नेछ ।

6. निस्वार्थ र शर्तरहित प्रेमले भरिएको हुन्छ ।

7. येशूमाथि पूर्ण विश्वास र भराेसा हुन्छ ।

8. आफैलाई सानो बनाउने गुण हुन्छ ।

9. नम्र र दीन हुन्छ ।

10. सहने र खप्ने गुण हुन्छ ।


11. धीरज र संयम गर्नेवाला हुन्छ ।

12. क्षमा गर्ने गुण हुन्छ ।

13. लडाइँ, झगडा गर्नेवाला हुनेछैन ।

14. बाइबलकाे वचन अनुसार हिँड्नेछ ।

15. प्रभु येशूलाई आफ्नाे जीवनमा पहिलो स्थान दिनेछ ।

16. परिवारको आत्मिक चिन्ता गरेर, तिनिहरूलाई वचनमा परमेश्वरसँग बढाउनेछ ।

27. प्रार्थना र बाइबल अध्ययनलाई बढी महत्त्व दिनेछ ।

28. साँचो हुनेछ, सत्य बाेल्नेछ र सत्यमा चल्नेछ ।

29. पवित्र आत्माकाे अगुवाइमा हिँड्नेछ ।

30. येशू ख्रीष्टमाथि आश्रित हुनेछ ।


31. उसको लक्ष्य र मन सफा हुनेछ ।

32. गिरे तापनि ऊ फेरि उठ्नेछ ।

33. पवित्र आत्माकाे साथ सम्बन्ध र कुरा हुन्छ ।

34. मनमा र मुखमा खराब कुराहरू हुनेछैनन ।

35. घमण्ड हुँदैन ।

36. स्वार्थी हुँदैन ।

37. लाेभी हुँदैन ।

38. अरूको चिन्ता गर्नेवाला स्वभाव हुन्छ ।

39. देखावटी जीवन हुँदैन ।

40. अरूहरूकाे निम्ति प्रार्थना गर्नेछ ।


41. प्रभुको निम्ति पुरा जीवन समर्पण गरेको हुन्छ ।

42. धुम्रपान र मद्यपानदेखि टाढा हुन्छ ।

43. अरूलाई गाली गर्नेवाला हुँदैन ।

44. दुई रङ्गी जीवन जीउदैन ।

45. भाेग बिलासमा हुँदैन ।

46. एक पति या एक पत्नी मात्रै हुनेछ ।

47. धाेखा दिनेवाला हुँदैन ।

48. उसलाई वचनकाे ज्ञान हुनेछ ।

49. अनुग्रह गर्नेवाला हुनेछ ।

50. पवित्र जीवन जीउनेछ ।


यसकारण लेखिएको छ ;

“तिमीहरूमा यस्‍तो स्वभाव होस, जो ख्रीष्‍ट येशूमा पनि थियो।”

[फिलिप्पी 2:5]


“यसरी नै तिमीहरूको ज्‍योति मानिसहरूका सामुन्‍ने चम्‍कोस, र तिनीहरूले तिमीहरूका सुकर्म देखून, र स्‍वर्गमा हुनुहुने तिमीहरूका पिताको महिमा गरून।”

[मत्ती 5:16]


“अन्‍यजातिहरूका बीचमा तिमीहरूको चालचलन असल होस। कसैले तिमीहरूलाई कुकर्मी भनी तिमीहरूका विरुद्धमा बोले तापनि तिनीहरूले तिमीहरूका असल कामहरू देखून, र आगमनको दिनमा तिनीहरूले परमेश्‍वरको महिमा गरून।”

[१ पत्रुस 2:12]


* के म एक साँचो ख्रीष्टियन हुँ ?

Wednesday, December 7, 2022

परिपक्व ख्रीष्टियनकाे चिन्हहरू :

 


Signs of Matured Christians :


1. तिनीहरू सधैं साँचो बाेल्दछन।

  They speak the truth at all times.


2. तिनीहरू राम्रो श्राेता हुन्छन।

  They are good listeners.


3. तिनीहरू मुश्किलले दुःख मान्दछन।

 They hardly take offense.


4. तिनीहरूले चाँडै क्षमा गर्दछन।

 They are quick to forgive.


5. तिनीहरू भराेसा गर्न लायक हुन्छन।

  They are reliable.


6. तिनीहरू सहयोगी हुन्छन।

  They are supportive.


7. तिनीहरूमा प्रार्थना र उपवास गर्ने भाेक हुन्छ।

  They have appetite for prayer and fasting.


8. तिनीहरू परमेश्वरकाे वचनमाथि भरोसा राख्छन।

They rely on the Word of God.


9. परमेश्वरले तिनीहरूलाई जति उठाउनु हुन्छ, त्यति नै नम्र हुन्छन।

The more God lifts them up, the more they become humble.


10. तिनीहरू मुश्किलसँग आफ्नाे बचाव गर्दछन।

They hardly defend themselves.


11. तिनीहरू चाँडै पश्चाताप गर्दछन।

They are quick to repent.


12. तिनीहरू शान्तिलाई खाेज्दछन र त्यसैलाई पछ्याउँछन।

They seek peace and pursue it.


13. तिनीहरू मानिसहरूलाई प्रेम गर्नेवाला हुदँछन।

They love people and they are compassionate.


14. तिनीहरू जान्दछन कि कहिले चुप रहने र कहिले बाेल्ने।

They know when to talk and when to be quiet. 


15. तिनीहरू जीवनको हरेक परिस्थितिमा कसरी रहने बारेमा बुद्धिले परिपुर्ण हुन्छन।

They are full of wisdom in many aspects of life.


16. तिनीहरू मानिसहरूलाई आदर दिदँछन र उनिहरूकाे भावनाहरू प्रति संवेदनशील हुन्छन।

They respect people and are very sensitive to people's feelings.


17. तिनीहरूमा धेरै नै धैर्य हुन्छ र तुरुन्तै रिसाउँदैनन।

They have a lot of patience and they are not short tempered.


18. तिनीहरूमा परमेश्वरकाे भय हुँदछ।

They fear God.


19. जहाँ जरुरी छ त्यहाँ तिनीहरूले अरूलाई सम्मान दिदँछन।

They give honour where it is due.


20. तिनीहरूसँग जे छ, त्यसैमा सन्तुष्ट रहन्छन।

They are content with what they have.


21. तिनीहरूमा असल नेतृत्वको गुण हुँदछ।

They have good leadership skills.


22. तिनीहरू अतिथि सत्कार गर्ने वाला हुदँछन।

They are hospitable.


23. तिनीहरू हरेक प्रकारकाे गलत शिक्षामा फस्दैनन।

They are not carried away by all kinds of teachings.


24. तिनीहरू एक असल अनुयायी हुँदछन।

They are good followers.


25. तिनीहरू भित्र त्यागपूर्ण आत्मा हुँदछ।

They have a sacrificial spirit.


26. तिनीहरू कुरा कात्ने या खराब कुराहरू फैल्याउँदैनन र मानिसहरूलाई तल देखाउँदैनन।

They don't gossip and look down on people.


27. तिनीहरूमा विश्वास हुँदछ।

They have faith.


28. तिनीहरू मण्डलिकाे गतिविधिहरूमा भाग लिन्छन र नियमित रूपमा चर्च जान्छन।

They take part in church activities and attend church regularly.  


29. तिनीहरू जीवनकाे हरेक पक्षमा स्वच्छ हुन्छन।

They are clean in every aspect of life.


30. तिनीहरू आत्म संवेदनशील हुँदछन र पापलाई घृणा गर्दछन।

Their spirits are sensitive, they hate sin.


31. तिनीहरू आफुलाई अरू भन्दा धेरै पवित्र भएकाे ठान्दैनन।

They don't act holier than others.


32. तिनीहरू अरूहरूसँग प्रतिस्पर्धा गर्दैनन।

They don't compete with others.


स्वयं आफैसँग साेध्नुहाेस - के म परिपक्व ख्रीष्टियन हुँ ?

Ask Yourself - Are You A Matured Christian ?


यसकारण लेखिएको छ -

“यसकारण ख्रीष्‍टसम्‍बन्‍धी प्राथमिक सिद्धान्‍तहरूलाई छोड़ेर हामी परिपक्‍वतातर्फ बढ़ौं।”

[हिब्रू 6:1]


“तिमीहरूमा यस्‍तो मन होस्, जो ख्रीष्‍ट येशूमा पनि थियो।”

[फिलिप्पी 2:5]


आत्मिक रूपमा मर्न लागेको 10 संकेतहरू :

 



1. आत्मिक कुरा प्रतिको जोश गुमाउनु

2. गलत प्राथमिकताहरू 

3. सधै एक्लै रहन खाेज्नु

4. गुनासो मात्रै गर्ने मनोवृत्ति

5. बहानाले भरिएको

6. चाहिने भन्दा बढी नै संवेदनशील हुनु

7. नकारात्मक कुरा मात्रै खोज्नु

8. पढ्ने तर नसिक्ने

9. सुन्ने तर नबुझ्ने

10. आत्मिक अधिकारमाथि आक्रमण गर्नु


यदि यी मध्ये कुनै पनि लक्षण रहिरह्यो भने, आफ्नो सृष्टिकर्तासँग परामर्श लिनुहोस !


“चोर त चोर्न, मार्न र नाश पार्न मात्र आउँछ। म त तिनीहरूले जीवन पाऊन, र त्‍यो प्रशस्‍त मात्रामा पाऊन भन्‍ने हेतुले आएँ।”

[यूहन्ना 10:10]

Tuesday, December 6, 2022

तपाईंको प्रार्थनाकाे जीवनलाई मार्ने 7 चीजहरू :

 



1. अत्याधिक भाेजन

राति आवश्यक भन्दाबढी खानाले तपाईको शरीरलाई कमजोर बनाउँछ। जसले तपाईंको प्रार्थनामा अल्छीपना ल्याउँनेछ।


2. निद्रा

तपाईंले शरीरलाई कम सुत्न र जागा रहन तालिम दिनुपर्छ। निद्राले प्रार्थना गर्ने शक्तिलाई चुस्छ। सत्य यो हो, केहि निद्रा एक आक्रमण हो।


3. प्राण र आत्माको अशुद्धता

अश्लील साहित्य, सेक्स च्याट र अशुद्ध विचार प्रार्थनाकाे उर्जाकाे हत्यारा हो। तपाईंको भित्री मनुष्यत्व र तपाईंको आत्मालाई सधैं फोहोर र कामुक सामग्री खुवायाैँ भने त्याे पराजित हुनेछ।


4. खराब वातावरण

तपाईंले सिर्जना गर्नुभएको वातावरण धेरै महत्त्वपूर्ण छ। यदि तपाईं प्रार्थना कमजोरीहरू, गपशप र शारीरिक विश्वासीहरू बीच हुनुहुन्छ भने तपाईंको प्रार्थनाकाे आगो मर्नेछ। गपशप र कुरा काट्ने बानीले तपाईलाई निराश पार्नेछ।


5. तपाईंको भित्री मानिसकाे खराब खाना

भित्री मानिस (Inner Man) लाई नयाँ/आत्मिक मनुष्य पनि भनिन्छ । यदि तपाईंको आत्मिक मानिसलाई राम्रोसँग खुवाइएको छैन भने तपाईं प्रार्थना च्याम्पियन हुन सक्नुहुन्न। तपाईंले उपदेशहरू सुन्नुहुन्न, तपाईंले शब्द वा क्रिस्चियन लेखहरू कमै अध्ययन गर्नुभयो भने तपाईंको प्रार्थना जीवन भोकै मर्नेछ।


6. चिन्ता

कुनै चिन्ता गर्ने व्यक्ति प्रार्थना योद्धा बन्दैन। तपाईंको प्रार्थनालाई जीवन दिन तपाईंको चिन्तालाई मार्नुहोस।


7. सामाजिक सञ्जालको लत

तपाईंको प्रार्थना जीवनलाई टिभी, मिडिया, सामाजिक सञ्जालको लत र प्रेमी वा प्रेमिकाकाे चक्करले पनि तपाईंको प्रार्थना जीवनलाई समाप्त गर्नेछ।


यसकारण लेखिएको छ -

“निरन्‍तर प्रार्थना गरिरहो।”

[१ थेसलोनिकी 5:17]


“सतर्क भएर धन्‍यवादसहित स्‍थिर भई प्रार्थनामा लागिरहो।”

[कलस्सी 4:2]


“आफ्‍नो आशामा आनन्‍द गर, सङ्कष्‍टमा धैर्य धारण गर, प्रार्थनामा निरन्‍तर लागिरहो।”

[रोमी 12:12]


“कुनै कुरामा चिन्‍तित नहोओ, तर हरेक कुरामा प्रार्थना र निवेदनद्वारा धन्‍यवादसहित तिमीहरूका बिन्‍ती परमेश्‍वरमा जाहेर होऊन।”

[फिलिप्पी 4:6]


“परमप्रभु दुष्‍टदेखि टाढ़ै रहनुहुन्‍छ, तर उहाँले धर्मीको प्रार्थना सुन्‍नुहुन्‍छ।”

[हितोपदेश 15:29]




Sunday, December 4, 2022

मानिसकाे जीवन के हाे ?

 





परमेश्वरले आफ्नाे सृष्टिकाे सबै थाेकहरू मध्ये केवल मानिसलाई मात्रै सर्वश्रेष्ठ प्राणीकाे रूपमा सृष्टि गर्नुभएको थियो। यसकारण मानिसलाई सृष्टिको ताज (Crown Of Creation) पनि भनिन्छ।

मानिसको जीवन सृष्टिकर्ताद्दारा दिईएकाे एउटा सुन्दर उपहार पनि हाे। मानिसको जीवन यति बहुमुल्य छ कि यसलाई संसारको कुनैपनि बहुमुल्य थाेकसँग तुलना गर्न, नाप्न र जाेख्न सकिदैन।

मानिस बहुमुल्य छ, किनकि यसलाई आत्मा, प्राण र शरीरमा बनाईएकाे छ। [1 थेसलोनिकी 5:23] यसकारण मानिसको जीवन यी तीन कुराहरू आत्मा, प्राण र शरीरकाे ज्ञानद्दारा मात्रै जान्न र बुझ्न सकिन्छ। शरीर, प्राण र आत्माकाे विवरण तथा कामहरू यसप्रकार छन;


1. शरीर (Body)

शरीर पाँच अंगहरू (आँखा, नाक, कान, छाला र जिब्रो) मिलेर बनेको हुन्छ। जसलाई पाँच इन्द्रिय पनि भनिन्छ। यी पाँच इन्द्रियहरूकाे पनि अलग-अलग काम छन, जाे यस प्रकार छ;

   a. आँखा (Eyes) - देख्ने शक्ति हुन्छ।

   b. नाक (Nose) - सुँघ्ने शक्ति हुन्छ।

   c. कान (Ears) - सुन्ने शक्ति हुन्छ।

   d. छाला (Skin) - महशुस या स्पर्श गर्ने शक्ति हुन्छ।

   e. जिब्रो (Tongue) - चाख्ने या स्वाद थाहा पाउने शक्ति हुन्छ।

* याे शरिरलाई संसारको थाेकहरूलाई चिन्न, जान्न, बुझ्न र सम्बन्ध राख्न बनाईएकाे हाे।


2. प्राण (Soul)

प्राणमा पनि निर्णय शक्ति, बुद्धि र भावना गरि तीन अंगहरू मिलेर बनेकाे हुन्छ र यसका कामहरू पनि अलग-अलग छन।


 a. निर्णय लिने शक्ति (Free Will)

याे प्राणकाे एउटा स्वतन्त्र अङ्ग हाे। कुनै कामलाई गर्ने या नगर्ने भनी निर्णय लिने शक्तिलाई प्रकट गर्ने वाला अङ्ग यही हाे। निर्णय शक्ति बिना मानिस मेशिन समान हुन्छ।  उदाहरण :

* पानी तान्ने मेशिनले टंकीमा पानी भरियाे भने पनि माेटरले भयाे भन्दैन वा निर्णय गरेर आफै बन्द गर्दैन।

* परमेश्वरले हरेक मानिसलाई निर्णय शक्ति दिनुभएको छ।


 b. बुद्धि (Mind)

याे मानिसको साेच विचार गर्ने वाला अंग हाे। हाम्रो मानसिक क्षमता वा ज्ञान आदि यसैमा छ। बुद्धि बिना मानिस पुर्ण रूपमा मुर्ख हाे।

* परमेश्वरले हरेक मानिसलाई बुद्धि दिनुभएको छ।


 c. भावना (Emotion)

याे भावनाहरू उत्पन्न गराउनेवाला अंग हाे। प्रेम, घृणा, खुशी, दुःख, रीस, ईर्ष्या आदि भावनाहरू यसै अंगद्दारा प्रकट हुँदछ। हरेक मानिसलाई परमेश्वरले भावना दिनुभएको छ। भावनाकाे विना मानिस काठ अथवा ढुङ्गाकाे समान हुन्छ। उदाहरण :

* कुनै मानिस मर्याे भने हामी भावनामा आएर रून शुरू गर्छ।

* काेही झगडा गर्न आयाे भने हामी भावनामा आएर त्यसको विरोधमा लड्न शुरू गर्दछौं।

* काेही फुटबल खेल्दै छन र गाेल गर्याे भने हामी भावनामा आएर चिच्याउन शुरू गर्दछौं।


यसकारण प्राणद्दारा [निर्णय शक्ति, बुद्धि र भावना] स्वयंलाई चिन्न सक्छौं। कुनै मानिसको व्यक्तित्व यही अंगद्दारा थाहा पाउन सकिन्छ। 


3. आत्मा (Spirit)

आत्मा पनि विवेक, अनर्तज्ञान र संगति गरि तीन अंगहरू मिलेर बनेको हुन्छ र यी अंगका कामहरू पनि अलग-अलग छन, जाे यस प्रकार छन;


a. विवेक (Conscience) 

याे अंगले असल र खराब (सहि र गलत) चिन्ने गर्छ। याे अंग बुद्धिद्दारा प्रभावित हुदैन र स्यंम आफैद्दारा न्याय गर्छ। हाम्रो साेच विचारलाई पनि खण्डन गर्ने गर्छ। विवेककाे काम निष्पक्ष एवं स्वतन्त्र हुन्छ र बाहिरी परिस्थितीले प्रभावित हुँदैन। यदि कुनै मानिसले गल्ती गर्दा बित्तिकै त्यसकाे विवेकले दाेषी ठहर्‍याउँछ।

परमेश्वर मानिससँग उसको विवेकद्दारा कुरा गर्नुहुन्छ। 

परमेश्वरले हरेक मानिसलाई (बुद्धिमान र अनपढ) याे विवेक दिनुभएको छ। उदाहरण :

* यदि कुनै दुई बिरालो आपसमा लडे र एउटाले आर्काेलाई मार्याे। त्याे जीवित बिरालो थकाइकाे कारणले त्यही मरेकाे बिरालोकाे छेउमा गएर सुत्छ, किनकि त्यसमा दाेष दिने विवेक हुँदैन तर मानिस एक अर्कासँग लडेर एक जना मर्याे भने त्यो जीवित मानिसले मारेको अरू कसैले देखेकाे छैन र सारा प्रमाणहरू मेटाई दिए तापनि त्यो त्यस ठाउँमा बसिरहन सक्दैन, भागेर अर्को ठाउँमा जान्छ कारण त्यसको विवेकले त्यसलाई तँ हत्यारा हाेस, तैले पाप गरिस, तँ पापी हाेस भनेर दाेष दिई नै रहन्छ।

* दुर्घटना भएको बसकाे ड्राइभर भागेर जान्छ किनकि त्यसको विवेकले त्यसलाई दाेष लगाई रहेकाे हुन्छ।

* पाकेटमारले गाेजी काट्न जाँदा उसको विवेकले उसलाई चेतावनी दिन्छ र त्यसैले हात काप्दछ तर त्यसले विवेककाे चेतावनीलाई वास्ता गरेन भने त्यसलाई फेरि-फेरि चेतावनी आउँन छाेड्छ र फेरि निर्धक्क चाेरि शुरू गर्न थाल्छ।


* विवेक यस्तो चिज हाे, जाे चाैबाटाेमा रहेको ट्राफिक बत्ती जस्तो हाे, राताे, पहेँलो र हरियो! राताे बत्ती बल्याे भने एक चेतावनी हाे, त्यहाँ कुनै गेट लगाईएकाे हुँदैन तर कतिपय गाडीहरू राताे बत्ती बल्दा पनि अगाडि जान्छन र दुर्घटना पनि हुन सक्छ, त्यस्तै परमेश्वरले प्रत्येकसँग विवेकद्दारा कुनै खराब या गलत काम गर्न जाँदैछाैं भने राताे बत्ती बल्छ, अर्थात चेतावनी मात्रै दिन्छ। यदि त्यसलाई बेवास्ता गर्दै अगाडि बदयाै भने दुर्घटना हुनेछ।


 b. अनर्तज्ञान (Intuition)

 याे अंग तुरुन्तै भित्रकाे ज्ञान दिने वाला अंग हाे। याे आत्माकाे चेतना सम्बन्धि र हाम्रो इन्द्रिय भन्दा परको कुराहरू सम्झने गुण भएको अंग हाे। याे अंगद्वारा नै हामीले परमेश्वरलाई चिन्न सक्छौँ।


  c. संगति ( Fellowship) 

याे अंगद्दारा परमेश्वरसँग या शैतानसँग पनि संगति गर्न सकिन्छ। उदाहरण :

* ध्यान(Meditation) द्दारा मानिसको आत्मा शिरकाे शीर्षसम्म आउँदछ तब वायुमण्डलमा करोडौं दुष्ट आत्माहरू मानिससँग सम्पर्क गर्नकाे लागि तयार रहन्छन, तब बाहिरका दुष्ट शैतानी आत्माहरूले मानिसको आत्मासँग सम्पर्क गर्दछन। यसप्रकार दुष्ट शैतानी आत्मासँग सम्पर्क भएका मानिसहरूले अदभूत चिन्हहरू र ठुला-ठुला कामहरू गर्दछन। आश्चार्य कामहरू गर्दछन, बिमारीहरू निकाे पार्दछन, टाढा-टाढाका गुप्त कुराहरू बताउँदछन। यसरी दुष्ट आत्माकाे आश्चार्य कामहरू देखेर लाखौं मानिसहरूले धाेका खाँदछन र याे बुझ्दछन कि यहीँ परमेश्वर पिताको काम हाे।


* याे आत्मा परमेश्वरसँग मात्रै सम्बन्ध राख्नकाे निम्ति बनाईएकाे हाे। यसकारण जबसम्म एक व्यक्ति परमेश्वरसँग सम्बन्ध जाेडिदैन, तबसम्म ऊ कहिल्यै पनि सन्तुष्ट बन्न सक्दैन।


याे त हाम्रो जीवनकाे केही झलक मात्रै हाे, यदि शरीर, प्राण र आत्माको सम्पुर्ण कार्यहरू हेर्ने र बुझ्ने काेशिष गर्याैँ भने हामी अझै अचम्मित पर्नेछाैँ। मानिसकाे नजरमा सृष्टिकर्ता परमेश्वर त्यति महत्त्वपूर्ण नहुन सक्छ, कारण मानिसलाई स्व-ईच्छा(Free Will) दिईएकाे छ, तर मानिसकाे जीवन सृष्टिकर्ता परमेश्वरकाे निम्ति निकै महत्त्वपूर्ण छ, किनकि उहाँले मानिसलाई आफ्नै स्वरूप र प्रतिरुपमा बनाउनुभएको छ। मानिस सृष्टिकर्ताको अद्भुत, बहुमुल्य र महत्त्वपूर्ण सृष्टि हाे। के साँच्चिकै हाम्रो जीवन बहुमुल्य छैन र? यसकारण राजा दाऊदले आफ्नाे जीवनलाई हेरेर यसाे भनेका थिए;

“तपाईंले नै मेरा भित्रका अङ्ग-प्रत्‍यङ्ग बनाउनुभयो, तपाईंले मलाई मेरी आमाको गर्भमा रच्‍नुभयो।

म तपाईंको प्रशंसा गर्छु, किनकि म भयानक र अद्भुत रीतिले बनाइएको छु।

तपाईंका कार्यहरू अद्भुत छन, र त्‍यो कुरा म पूर्ण रूपले जान्‍दछु।”

[भजनसंग्रह 139:13-14]

“मानिस के हो, र तपाईं त्‍यसको वास्‍ता राख्‍नुहुन्‍छ? मानिसको छोरो के हो, र तपाईं त्‍यसको फिक्री गर्नुहुन्‍छ?

तपाईंले त्‍यसलाई स्‍वर्गीय प्राणीहरूभन्‍दा केही मात्र सानो बनाउनुभयो, र त्‍यसलाई महिमा र आदरको मुकुट पहिराउनुभएको छ।

आफ्‍नो हातका कामहरूमाथि तपाईंले त्‍यसलाई शासक बनाउनुभएको छ। सबै थोक तपाईंले त्‍यसका पैतालामुनि राखिदिनुभएको छ।”

[भजनसंग्रह 8:4-6]

* तपाईंको यस पृथ्वीकाे छाेटाे जीवनद्दारा अनन्तकालकाे निम्ति सृष्टिकर्ता परमेश्वरकाे सिद्ध इच्छा र याेजना पूरा हुन सकाेस भनी हामी प्रार्थना गर्दछाैँ।


#Back_To_The_Creator #God


परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...