धेरैजसो मानिसहरूले साेँच्छन कि विवाह भनेको आफूले चाहेका सबै चीजहरूले भरिएको एउटा सुन्दर बाकस हो। जस्तैः प्रेम, आदर, विश्वास, नम्रता, घनिष्ठता, आत्मीयता, मित्रता, क्षमा ईत्यादी।
तर सत्य यो हो कि विवाह सुरुमा एउटा खाली बाकस जस्तै हो। तपाईले त्याे बाकसबाट केहि बाहिर निकाल्नु अघि तपाईले केहि राख्नुपर्छ।
विवाहमा प्रेम हुँदैन, प्रेम मानिसमा हुन्छ, र मानिसहरूले प्रेम विवाहमा राख्छन।
विवाहमा प्रणय (रोमान्स) हुँदैन, र तपाईंले यसलाई आफ्नो विवाहमा जोड्नुपर्छ।
विवाहित दम्पतीले एकअर्कालाई माया गर्ने, सेवा गर्ने, प्रशंसा गर्ने बानी बसाल्नुपर्छ, र यसरी विवाहको बाकस भरेर दिने कला सिक्नुपर्छ।
यदि तपाईंले बाकस भित्र राख्नुभन्दा बढी निकाल्नुभयो भने, बकस खाली हुनेछ!
Sources :
1. https://disciplerofself.com/marriage/the-marriage-boxr/
2. https://realtruelove.wordpress.com/2013/12/04/the-marriage-box-relationships-are-about-what-we-put-into-them-not-what-we-get-out-of-them/

No comments:
Post a Comment