1. केटा - आजकाल केटा पक्षहरूले सुन, चाँदी, जग्गाजमिन, घर, माेटरसाईकल, फ्रीज, फर्निचर, साथै करोडौं पैसा ईत्यादी अनगिन्ती चिजहरूकाे दाइजो माग्छन।
2. केटी - आजकाल केटी पक्षहरूले पनि दाइजो माग्छन, उनीहरूले राम्रो जागिर, धन र सम्पत्ति माग्छन (तर अप्रत्यक्ष रूपमा)।
आज यी दुई किसिमको दाईजो मध्ये केटा पक्षकाे मात्रै बढी देखाइन्छ, तर केटी पक्षको दाईजोलाई कमै प्रकाशमा ल्याईन्छ।
एक सर्वेक्षण अनुसार भारतमा, 80% केटीहरूले केटाहरूसँग विवाह गर्दैनन, तर तिनीहरूले केटाहरूको जागिर र उनीहरूको सम्पत्तिसँग विवाह गर्छन।
विवाहको लागि दुलही या दुलहासँग दाइजो माग्नु भनेको भिखारीले पैसा माग्न जस्तै हो।
दाइजो कुनै एक सामाजिक परम्परा हाेईन, तर भिक्षा माग्ने सामाजिक तरिका हो।
यी दुई किसिमको भिखारीहरूलाई आफ्ना छाेरा या छोरीहरूलाई दिन बन्द गर्नुहोस। दाइजोको विरुद्धमा उभिनुहोस।
दाईजो हाम्रो समाजको विकराल समस्या हाे। दाईजो हाम्रो समाजको कुरीति, कुप्रथा र अध्यारो पक्ष हाे। दाईजो हाम्रो समाजको सडेको परम्परा हाे।
* यी दुई किसिमको दाईजोकाे बिषयमा तपाईंको बिचार के छ?

No comments:
Post a Comment