Monday, April 1, 2024

संसार र येशू ख्रीष्ट

 





1. संसारले शान्ति चाहन्छ, तर शान्तिका राजकुमारलाई अस्वीकार गर्दछ।


2. संसारले प्रेम चाहन्छ, तर प्रेमको लेखकलाई अस्वीकार गर्दछ।


3. संसारले जीवन चाहन्छ, तर तिनीहरूलाई बचाउनको निम्ति आफ्नो जीवन नै दिनुहुनेलाई अस्वीकार गर्दछ।


4. संसारले येशूलाई तीव्र रूपमा चाहन्छ, तर उहाँ मात्रै उत्तर हुनुहुन्छ भन्ने महसुस गर्न तिनीहरू यति धेरै व्यस्त छन कि अन्तमा तिनीहरूले उहाँलाई नै अस्वीकार गर्छन।


यसकारण लेखिएको छ,

“यसैकारण परमप्रभु आफैले तिमीहरूलाई एउटा चिन्ह दिनुहुनेछ। हेर, कन्याले गर्भधारण गर्नेछिन, र तिनले एउटा पुत्र जन्माउनेछिन, र उहाँको नाउँ इम्मानुएल राखिनेछ।” [यशैया ७:१४]


“किनभने हाम्रा निम्ति एक जना बालकको जन्म भएको छ। हाम्रा निम्ति एक जना छोरो दिइएको छ। शासन उहाँको काँधमा हुनेछ। उहाँ अचम्मका सल्लाहकार, शक्तिशाली परमेश्वर, अनन्तका पिता, शान्तिका राजकुमार कहलाइनुहुनेछ।” [यशैया ९:६]


“शिमियोनले तिनीहरूलाई आशीर्वाद दिए, र उहाँकी आमा मरियमलाई भने, ‘हेर, यो बालक इस्राएलमा धेरैको पतन र उत्थानको निम्ति र धेरैबाट विरोधमा बोलिने एउटा चिन्हको निम्ति नियुक्त गरिएको छ, ताकि धेरै हृदयका विचारहरू प्रकट होऊन। अनि तरवारले तिम्रो आफ्नै हृदय पनि छेड्नेछ’।” [लूका २:३४-३५]


“यसकारण तिमीहरू जसले विश्वास गर्छौ तिमीहरूका निम्ति त उहाँ बहुमूल्य हुनुहुन्छ, तर विश्वास नगर्नेहरूका निम्ति चाहिँ, ‘जुन ढुङ्गालाई भवन निर्माण गर्नेहरूले रद्द गरे त्यहीचाहिँ कुनाको शिर-ढुङ्गा बन्यो।’

र, ‘एउटा ढुङ्गो, जसले मानिसहरूलाई ठेस खान लगाउँछ, एउटा चट्टान, जसले तिनीहरूलाई लोट्न लगाउँछ।’ किनकि तिनीहरू वचन उल्लङ्घन गर्छन र लोट्छन। तिनीहरूका निम्ति यस्तै हुन तोकिएको थियो।” [१ पत्रुस २:७-८]


“को बुद्धिमान छ? उसले यी कुराहरू याद गर्नेछ। को समझदार छ? त्यसले यी कुराहरू बुझ्नेछ। परमप्रभुका मार्ग ठीक छन। धर्मी जन तिनैमा हिँड्छन, तर बागीहरू तिनमा ठेस खान्छन।” [होशे १४:९]


“किनकि नष्ट भइरहेकाहरूका निम्ति क्रूसको सन्देश मूर्खता हो, तर हामी उद्धार पाइरहेकाहरूका निम्ति परमेश्वरको शक्ति हो।” [१ कोरिन्थी १:१८]


“किन सकेन? किनकि धार्मिकता कर्महरूमाथि आधारित छ भन्ठानेर तिनीहरूले विश्वासद्वारा धार्मिकता खोजेनन। तिनीहरू ठेस लाग्ने ढुङ्गामा ठक्कर खाएर लड़ेका छन। 

जस्तो लेखिएको छ, ‘हेर, म सियोनमा एउटा ढुङ्गा राख्तछु, जसमा मानिसहरूलाई ठेस लाग्छ, एउटा चट्टान, जसले तिनीहरूलाई लड़ाउँछ, तर उहाँमा भरोसा राख्ने कोही शर्ममा पारिनेछैन’।” [रोमी ९:३२-३३]


धर्मशास्त्र भन्छ, “उहाँमाथि भरोसा राख्ने कोही लाजमा पर्नेछैन।” [रोमी १०:११]



No comments:

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...