Sunday, April 7, 2024

यहूदी विवाह र मण्डलीकाे विवाहकाे बिचमा समानताहरू

 



1. दुलहाको बुबाले मेल (शिदुखिन) बनाउँछ र दुलही छान्छ र दुलहाले छनोटलाई अनुमोदन गर्दछ।

  पिताले हामीलाई दुलही छान्नुहुन्छ, र येशूले छनोटलाई अनुमोदन गर्नुभयो।

  [यूहन्ना १०:२८, १५:१६]


2. दुलहीले पूरा गर्ने प्रतिज्ञाको रूपमा दुलहीका लागि विवाहको करार (केतुबा) लिखित रूपमा बनाइन्छ।

  हाम्रो लागि (दुलही) परमेश्वरको लिखित वचनमा नयाँ करार बनाइएको छ। पुरानो करारको प्रतिज्ञा पूरा भएको छ।

  [२ कोरिन्थी ३:५-६]


3. त्यसपछि तिनीहरूले रोटी भाँच्ने र कचौराबाट पिउने गरी विवाह (किद्दुशिन) र नयाँ करारमा छाप लगाउनेछन।

  उहाँले रोटी भाँच्नुहुन्छ र कचौराबाट अन्तिम रात्रिभोजमा पिउनुहुन्छ र उहाँको रगतमा उहाँको नयाँ करारलाई छाप गर्नुहुन्छ।

  [मत्ती २६:२७-२९, लूका २२:१४-२०]


4. दुलहाले दुलहीलाई आफ्नो प्रेम देखाउँदै मूल्य (मोबर) तिर्छ।

  येशूले क्रूसमा हाम्रो लागि मूल्य चुकाउनु भयो। यसले हामीलाई (दुलहीलाई) देखाउँछ कि याे भन्दा ठूलो प्रेम अरू छैन।

  [१ कोरिन्थी ६:२० यूहन्ना १५:२३]


5. दुलहाले आफ्नी दुलहीलाई उनको लागि छिट्टै आउनेछ भनी वचन दिन्छ।

  येशूको भनाईहरू हामीलाई उहाँको दुलहीको प्रतिज्ञाको रूपमा रेकर्ड गरिएको छ, कि उहाँ चाँडै हाम्रो लागि फेरि आउनुहुनेछ।

  [यूहन्ना १४:१-३]


6. दुलहाले आफ्नो दुलहीको लागि ठाउँ तयार पार्छ र आफ्नो बुबाको घरमा कोठा थप्छ।

  येशूले भन्नुहुन्छ कि उहाँ आफ्नो पिताको घरमा हाम्रो लागि ठाउँ तयार गर्न जानुहुन्छ, जहाँ धेरै कोठाहरू छन।

  [यूहन्ना १४:१-३]


7. दुलहीलाई लिन आउने दिन र समय दुलहाकाे पितालाई मात्र थाहा हुन्छ।

  येशूले भन्नुभयो कि पिता बाहेक अरू कसैलाई उहाँको दुलहीलाई लिन आउने दिन वा समय थाहा छैन।

  [मर्कूस १३:३२-३३]


8. दुलहाले दुलहीलाई प्रेम उपहार (मट्टन) दिन्छ।

  येशू हाम्रो दुलहाले हामीलाई (दुलही) प्रेम, अनन्त जीवन, शान्ति इत्यादिको उपहार दिनुहुन्छ।

  [यूहन्ना १०:२२-२८, यूहन्ना १४:१३-१४, २७]


9. पिताले दुलहीलाई नयाँ जीवनको लागि, एक विरासतको रूपमा सुसज्जित गर्न उपहार (शिलुहिम) दिनुहुन्छ।

  हामीलाई पवित्र आत्माका वरदानहरू दिइएको छ र हाम्रा आत्मिक वरदानहरू उहाँमा र उहाँसँगको हाम्रो नयाँ जीवनमा हाम्रा लागि पिताबाट हुन।

  [यूहन्ना १४:१६-१७, २ कोरिन्थी १:२१-२२, गलाती ५:२२]


10. दुलहीले त्यसपछि शुद्ध स्नान वा मिक्भीच लिनेछ... जुन बप्तिस्माको लागि हिब्रू शब्द हो।

  हामीलाई शुद्ध र पवित्र पार्नुहुने पवित्र आत्मामा हामी बप्तिस्मा लिन्छौं।

  [प्रेरित 1:4]


11. दुलहीका अविवाहित साथीहरू (लाेकन्ती) दुलहीसँगसँगै बस्छन, र तिनीहरूले रातमा चोर जस्तै आउने दुलहालाई उज्यालो प्रदान गर्छन।

  राती चोर झैँ आउने दुलहाको लागि दुलही तयार हुन्छ भनेर हामी हाम्रो ज्योति चम्काएर दुलहीलाई तयार गर्छौं।

  [मत्ती २५:१-१३]


12. दुलहा आउँछन, बेहुलाका पुरुषहरू अगाडि दौडिन्छन र शोफर (तुरही) फुकेर आउँदैछन भनेर कराउँछन।

  जब हाम्रो दुलहा आउनुहुन्छ, यो तुरहीको स्वरको साथ हुनेछ कि येशू आउँदै हुनुहुन्छ।

  [प्रकाश ४:१, १ थेस. ४:१६-१७, १ कोरिन्थी १५:५१-५२]


13. दुलहाले आफ्नी दुलहीलाई अचानक उठाएर लैजानेछ।

  येशू, हाम्रो दुलहाले हामीलाई आफ्नो दुलहीको रूपमा अचानक उठाएर लाँदा हामीलाई हर्षित पार्नुहुनेछ।

  [लूका १७:३४-३६]


14. दुलहाले आफ्नी दुलहीलाई कोठामा लैजान्छ: तिनीहरूले प्रमोदकाल (निसुइन) उपभोग गर्छन, र सात (शवुआ) दिनको अवधिको लागि उत्सव मनाउँछन।

  येशूले हामीलाई उहाँको दुलही कक्षमा लैजानुहुन्छ, जहाँ हामीले सात (शवुआ) वर्षको अवधिको लागि समापन र उत्सव मनाउनेछौं।

  [योएल २:१५-१६, दानियल ९:२७]


15. दुलहाले आफु पुर्ण सन्तुष्ट भएको कुरा एकजना मानिसले नबताउञ्जेल मानिसहरूले बाहिर पर्खन्छन। त्यसपछि पाहुनाहरू सात दिनसम्म रमाउँछन।

  हाम्रो सात वर्षको उत्सवको समयमा, संसारले सात वर्षको महा सङ्कष्टबाट गुज्रिरहेको हुनेछ।

  [प्रकाश १९:७-८]


16. विवाह समारोहपछि एक ठूलो भोज (विवाह भोज) समारोह हुन्छ।

  हामीले पनि, सात वर्षको उत्सवपछि, थुमाको(येशूकाे) विवाह उत्सव छ।

  [प्रकाश १९:९]


17. विवाहमा तीन समूहहरू उपस्थित हुन्छन: दुलहा, दुलही र आमन्त्रित अतिथिहरू।

  थुमाको विवाहमा पनि संलग्न व्यक्तिहरूको तीन समूहहरू हुनेछन: दुलहा-येशू, दुलही-मण्डली र सात वर्षको महा सङ्कष्टको अन्त्यमा र्याप्चरपछि बचेका अतिथिहरू।

  [२ कोरिन्थी ११:२, एफिसी ५:२३-२७, प्रकाश २१:९-१०, प्रकाश ७:१३-१४]


18. दुलहीको नयाँ घर यरूशलेम थियो र यो दुलहा थियो जो दुलहीसँग बस्न आएको थियो।

  मण्डलीकाे नयाँ घर नयाँ यरूशलेम हुनेछ। यो नयाँ यरूशलेमबाट हो कि ख्रीष्ट युग, वा सहस्राब्दीको समयमा ख्रीष्टमा विश्वास गर्नेहरूले ख्रीष्टसँगै शासन गर्नेछन।

  [प्रकाश २१:१-४ इजकिएल ४३:१-२,७ यशैया २:२-४ मीका ४:१-५]








https://free.messianicbible.com/feature/ancient-jewish-wedding-customs-and-yeshuas-second-coming/


https://www.bible.ca/marriage/ancient-jewish-three-stage-weddings-and-marriage-customs-ceremony-in-the-bible.htm



No comments:

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...