1. जब तूफानहरू तपाईंको बाटोमा आउँछन...
तब तपाईंले हावाको मालिकलाई चिन्नुहुन्छ भनी याद गर्नुहोस।
2. जब रोगले तपाईंलाई फेला पार्छ...
तब तपाईं महान चिकित्सकलाई चिन्नुहुन्छ भनी आफैलाई सम्झाउनुहोस।
3. जब तपाईंको हृदय टुट्छ...
तब म एक उत्कृष्ट कुमालेलाई चिन्छु भनी आफैलाई भन्नुहाेस।
4. हामीले जीवनमा के सामना गर्छौं वा के जान्दछौं, यसले केही फरक पार्दैन...
तर येशू नै बाटो, सत्य र जीवन हुनुहुन्छ भनी हामीले बुझ्नुपर्छ। र उहाँ नै हामीलाई चाहिने सबै थोक हुनुहुन्छ।
यसैले तिमोथी केलरले भन्छन,
“येशूले हामीलाई जीवनका प्रश्नहरूको उत्तर दिन आउनुभएन, तर उहाँ स्वयं नै उत्तर बनेर आउनुभयो।”
यसकारण लेखिएको छ,
“मेरा परमेश्वरले आफ्नो महिमामा उहाँको सम्पत्तिअनुसार तिमीहरूको हरेक खाँचो ख्रीष्ट येशूमा पूरा गरिदिनुहुनेछ।” [फिलिप्पी ४:१९]
“किनकि यहूदी र अन्यजातिमा केही भेद छैन। उहाँ एउटै प्रभु सबैका प्रभु हुनुहुन्छ, र उहाँलाई पुकार्नेहरू सबैलाई आफ्नो प्रशस्त आशिष दिनुहुन्छ।” [रोमी १०:१२]
“उहाँलाई, जसले हामीभित्र काम गर्ने उहाँको शक्तिअनुसार हामीले मागेको वा चिताएको भन्दा ज्यादै प्रशस्त मात्रामा गर्न सक्नुहुन्छ।” [एफिसी ३:२०]

No comments:
Post a Comment