बाइबलमा येशू ख्रीष्ट र मण्डलीलाई दुलहा र दुलहीसँग तुलना गरिएको छ। आज अधिकांश मण्डली पनि दुलहालाई हाेईन तर दुलहाकाे धन-सम्पत्तिलाई हेरेर विवाह गर्दैछन, यसैलाई आशिषकाे प्रचार (Prosperity Gospel) र चंगाई (Healing) पनि भनिन्छ।
आज प्रायः मानिसहरू येशूकाे प्रेम, गुण, स्वभाव र चरित्र हेरेर हाेईन, तर येशूबाट मिल्ने आशिष, चंगाई र फाईदाहरूलाई हेरेर मात्रै येशूमा विश्वास गरिरहेका छन। याे तिनीहरूकाे निम्ति ठुलो धाेखा हाे।
येशू ख्रीष्टकाे दुलही त्याे मात्रै बन्न सक्छ, जसले दुलहाबाटकाे आशिष, चंगाई र वरदानहरूलाई भन्दा बढी दुलहा येशूलाई हृदयदेखि प्रेम गर्दछ। बाँकी त सबै लाेभी र लालची मात्रै हुन।
* के तपाईं पनि येशूबाट दाइजो (फाईदाहरू) पाउने आशामा विवाह त गर्दै हुनुहुन्न?
यसकारण लेखिएको छ,
“यसरी तिमीहरूले आफ्नो परम्पराको खातिर परमेश्वरको वचनलाई बेकम्मा गराएका छौ।
ढोंगी हो, यशैयाले तिमीहरूका विषयमा ठीकै अगमवाणी बोले,
‘यस जातिले मलाई ओठले मात्र आदर गर्छ, तर तिनीहरूको हृदय मबाट टाढ़ा छ।
तिनीहरू व्यर्थमा मेरो उपासना गर्दछन, तर तिनीहरूका शिक्षा मानिसहरूले सिकाएका विधि मात्र हुन’।” [मत्ती १५:६-९]
“मलाई ‘प्रभु, प्रभु’ भन्ने सबै स्वर्गको राज्यमा प्रवेश गर्नेछैनन। स्वर्गमा हुनुहुने मेरा पिताको इच्छा पालन गर्ने मानिसले मात्र परमेश्वरको राज्यमा प्रवेश गर्नेछ।
त्यो दिन धेरैले मलाई भन्नेछन, ‘प्रभु, प्रभु, के हामीले तपाईंको नाउँमा अगमवाणी बोलेनौं? तपाईंको नाउँमा भूतहरू धपाएनौं। र तपाईंको नाउँमा अनेक शक्तिशाली काम गरेनौं र?’
अनि म तिनीहरूलाई सफासँग भन्नेछु, ‘मैले तिमीहरूलाई कहिल्यै चिनेको छैनँ। ए अधर्म काम गर्नेहरू हो, मबाट दूर होओ’।” [मत्ती 7:21-23]

No comments:
Post a Comment