दाईजोकाे बारेमा संसारकाे परम्परा र बाइबलकाे शिक्षामा
आकाश र जमिनकाे फरक छ। संसारमा दुलही पक्षले दुलहा पक्षलाई दाईजो दिनुपर्छ, तर बाइबलमा दुलहा पक्षले दुलही पक्षलाई दाईजो दिनुपर्छ। के याे अचम्मको परम्परा हाेईन र? एशिया महादेशमा बिशेषगरी नेपाल र भारत देशमा दुलही पक्षले दुलहा पक्षलाई उनीहरूकाे मनमर्जी या माग अनुसार दाईजो दिनुपर्छ। तर केही जाती र समुदायभित्र भने दुलहा पक्षले दुलही पक्षलाई दाईजो दिनुपर्ने चलन या परम्परा अहिले पनि विद्यमान छ।
बाइबल र यहुदी परम्परा अनुसार दाईजो भन्नाले दुलहाले दुलहीकाे निम्ति तिर्नुपर्ने रकम हाे। यस विषयमा बाइबलभित्र केहि उदाहरणहरू पाउन सक्छौं।
1. आदमले हब्बाकाे निम्ति दाइजो तिरे। [१]
आदमले सृष्टिको क्रममा आफ्नी पत्नी हव्वालाई दाइजो तिरेका थिए। त्यसैले परमेश्वरले दाइजोलाई सम्मान गर्नुहुन्छ, त्यसैले उहाँले हव्वा (स्त्री) लाई उत्पादन गर्न आदमको करङहरू मध्ये एउटा (दाइजो) को रूपमा प्रयोग गरेर यसको परिचय दिनुभयो। आदमले करङ मात्र प्रयोग गरेर उनको कुल दाइजो भुक्तानी दिए। [उत्पत्ति २:२१-२३]
2. इसहाकले रिबेकाकाे निम्ति दाईजो तिरे।
अब्राहमकाे दास एलिएजरले इसहाककाे तर्फबाट सुन र चाँदीका गहनाहरू र लुगाहरू निकालेर रिबेकालाई दिए। साथै तिनले तिनको दाजु र आमालाई पनि बहुमूल्य चीजहरू दिए। [उत्पत्ति २४:२२, ५१-५३]
3. याकूबले राहेल र लेआकाे निम्ति दाईजो तिरे।
याकूबले राहेलसँग विवाह गर्न उनको बुबा, लाबानको लागि सात वर्ष काम गरे। याकूब धेरै गरिब थिए, यसकारण उनले आफ्नी पत्नीहरूलाई दाइजोको भुक्तानीको अन्य माध्यमहरू प्रयोग गर्न सक्छन। त्यसैले उनले पहिलो सात राम्रा वर्षहरू काम गरे। पहिलो सम्झौता समाप्त भयो र राहेलको सट्टा लेआलाई दिइँदा उसलाई धोका दिइयो। दाइजो तिर्ने बदलामा राहेलकाेकाे निम्ति थप सात वर्षको लागि श्रम गर्ने याकूब र उनका काका लाबानबीच दोस्रो सम्झौता भयो। दाइजो प्रकृयाले उनलाई दुई श्रीमतीका लागि १४ चौध वर्ष काम गरे। [उत्पत्ति २९:१५-३०, ३१:१४-१५]
याकूबको समयमा, राहेललाई दाइजो दिनु अपेक्षित सांस्कृतिक अभ्यास थियो। दाइजोमा काम गर्ने व्यवस्था पनि एक स्वीकृत अभ्यास थियो। [२]
4. शेकेमले दीनाकाे निम्ति दाईजो दिन खाेजे।
“दाइजो र विवाहको उपहार जत्तिसुकै भन्नुहुन्छ माग्नुहोस, र तपाईंहरूले भन्नुभएबमोजिम म दिनेछु। केवल त्यो कन्यासँग मलाई विवाह गर्न दिनुहोस।” [उत्पत्ति ३४:१२]
5. बाेअजले रूथकाे निम्ति दाईजो तिरे।
बाेअजले नाओमीकाे पैतृक-सम्पत्ति किनेर रूथलाई आफ्नी पत्नी बनाए। [रूथ ४:५-९]
6. दाऊदले मीकलकाे निम्ति दाईजो दिए।
दाऊदले राजा शाऊलका शत्रुहरूलाई मारेर आफ्नी पत्नीको मूल्य चुकाएका थिए। अनि शाऊलले तिनलाई आफ्नी छोरी मीकललाई पत्नीको रूपमा दिए। [१ शमूएल १८:२०-२७]
7. परमेश्वरकाे व्यवस्था अनुसार दुलहीको दाम तिर्नुपर्थ्याे।
“यदि कसैले मगनी नभएकी कन्ये-केटीलाई फकाएर त्यससित सुत्यो भने, त्यस मानिसले दुलहीको दाम दिएर त्यसलाई आफ्नी पत्नी तुल्याओस।
तर त्यस केटीको बुबाले त्यो केटी त्यसलाई दिन इन्कार गर्यो भने, त्यसले कन्ये-केटीको रीतिबमोजिम दुलहीको दाम दिनुपर्छ।” [प्रस्थान २२:१६-१७]
“कुनै पुरुष मगनी नभएकी कुमारीलाई बलात्कार गरेको फेला पर्यो भने, त्यस पुरुषले त्यस केटीको बुबालाई चाँदीका पचास सिक्का दिनुपर्छ। त्यस पुरुषले त्यस केटीलाई बलात्कार गरेको हुनाले त्यसलाई आफ्नो पत्नी बनाउनुपर्छ, र त्यसलाई जीवनभरि त्याग्न पाउनेछैन।” [व्यवस्था २२:२८-२९]
8. यहुदी परम्परा अनुसार दुलहीको निम्ति मूल्य तिर्नुपर्छ। [३]
यहूदी विवाहको परम्परा अनुसार पुरुषले मंगनी गरिएको स्त्रीलाई उपहारहरु दिइन्छ साथै दुलहीको निम्ति मुल्य अथवा दाम तिर्नुपर्ने हुन्छ। यो परम्परालाई माेहर (Mohar) भनिन्छ।
यहुदी परम्परा अनुसार दुलहीको मूल्य सामान्यतया 50 शेकेल चाँदीमा सिक्का तय गरिएको थियो। विवाह समारोहभन्दा पहिले नै केटी पक्षको अभिभावकलाई दाइजो तिर्नु महत्त्वपूर्ण छ।
9. येशू ख्रीष्टले आफ्नो दुलही (मण्डली) काे निम्ति दाईजो तिर्नुभयाे।
पहिलो मानिस आदमले आफ्नो करङको हड्डीले दाईजो तिरेका थिए, त्यसैगरी अन्तिम आदम (येशू ख्रीष्ट) ले आफ्नो रगतले हाम्रा (मण्डली) पापहरूको लागि तिर्नुभयो। [हिब्रू १०:४-५ मत्ती २६:२७-२८; कलस्सी १:२०; एफिसी १:७]
वचन अनुसार हामी पनि दाम तिरिएका छौ। येशुले हाम्रो पापको मुल्य चुकाउभयो। [१कोरिन्थी ६:२०, ७:२३] हामी पनि एउटा चोखी कन्याको रुपमा एउटै पुरुषसँग मंगनी गरिएको छौ। हाम्रो दुलहा येशु ख्रीष्ट हुनुहुन्छ। [२कोरिन्थी ११:२]
* अन्तमा दाईजो अर्थात दुलहीको निम्ति दुलहाले तिर्नुपर्ने मूल्य सम्बन्धि बाइबलकाे सबै घटनाहरू र यहुदी परम्पराले येशू ख्रीष्टले पापकाे दलदलमा फसेको सम्पुर्ण मानव जातीकाे उद्दारकाे निम्ति तिर्नुहुने आफ्नो बहुमुल्य बलिदानकाे छायाँ थियोे।
यसकारण लेखिएको छ,
तब कचौरा पनि लिएर धन्यवाद दिई उहाँले (येशूले) तिनीहरूलाई यसो भनेर दिनुभयो, “तिमीहरू सबैले यसबाट पिओ। किनभने यो नयाँ करारको मेरो रगत हो, जो धेरैका निम्ति पापको प्रायश्चितको लागि बगाइन्छ।” [मत्ती २६:२७-२८]
“उहाँको अपार अनुग्रहअनुसार ख्रीष्टको रगतद्वारा हामी उहाँमा उद्धार, हाम्रा पापको क्षमा, पाउँछौं।” [एफिसी १:७]
“तिमीहरू जान्दछौ, कि आफ्ना पिता-पुर्खाबाट आएका व्यर्थका कुराहरूदेखि, सुन वा चाँदीजस्ता नाश हुने थोकहरूद्वारा दाम तिरी तिमीहरू छुट्ट्याइएका होइनौ, तर निष्खोट र निष्कलङ्क थुमाको जस्तो ख्रीष्टको अनमोल रगतद्वारा दाम तिरी छुट्ट्याइएका छौ।” [१ पत्रुस १:१८-१९]
“तिमीहरू मोल तिरेर किनिएका हौ। यसकारण तिमीहरूका शरीरमा परमेश्वरको महिमा गर।” [१ कोरिन्थी ६:२०, ७:२३]
“र परमेश्वरले उहाँका क्रूसको रगतद्वारा शान्ति गराएर पृथ्वीको होस् वा स्वर्गको होस, उहाँद्वारा नै सबै थोकलाई आफूसँग मिलापमा ल्याउनुभयो।” [कलस्सी १:२०]
Sources :
१. https://www.linkedin.com/pulse/biblical-view-dowry-bishop-prof-rudolph-q-kwanue-sr-q-kwanue-sr-
२. https://www.gotquestions.org/purpose-dowry.html
३. https://www.bible.ca/marriage/ancient-jewish-three-stage-weddings-and-marriage-customs-ceremony-in-the-bible.htm

No comments:
Post a Comment