एकजना मित्रको अमेरिका जाने कुरा भइरहेको थियो। त्यसैबेला धेरैले उनलाई विवाह गरेरमात्र जानु भन्ने सल्लाह दिए। केटी खोजिदिने व्यक्तिले केटी र उनका परिवारलाई त्यही सन्देशद्वारा आश्वस्त गराए। केटी विवाह गर्न तयार भइन। मगनी पछि चाँडै नै विवाहको समय तय भयो। विवाह केही महिना भित्रै सम्पन्न भयो।
केटाले अमेरिकाको भिसाको निम्ति अन्तर्वार्ता दिए। परिणाम नकारात्मक निस्कियो। उनले अमेरिका जानलाई भिसा पाउन सकेनन। अन्तमा, केटाले त्यही शहरमा बसेर सेवकाइ गर्ने विचार गरे तर उहाँको पत्नी उहाँसँग बस्न मानिनन। त्यसपछिका दिनहरू सुखद रहेनन। गलत उद्देश्य र आशामा गरिएका हरेक योजनाहरू पूरा नहुँदा चाँडै मानिस निराश बन्छन। वचनले भन्दछ, “मानिसले बाहिरी कुरा हेर्छन तर परमेश्वरले हृदय हेर्नुहुन्छ।” [१ शमुएल १६:८]
उनको पति अमेरिकाको भिसा पाउने कुरामा विश्वस्त थिए। उनको अध्ययनको निम्ति छात्रवृति पनि निश्चित भएको थियो तर सोचेजस्तै नतिजा आउन सकेन। साँचो प्रेमले असफलताको बीचमा पनि आफ्नो पतिलाई स्वीकार गर्न सक्दछ।
किन यो जोडीमा निराशा आयो? किनकि उनीहरूको विवाहको जग प्रेम होइन तर भौतिक अनि शारीरिक चाहानाहरूमा अडेको थियो। तर प्रेममा त कहिल्यै त्यस्तो हुँदैन। चाहे मेरो प्रेमी सफल होस या नहोस हामीलाई थाहा छ, प्रेम कहिल्यै टल्दैन।
राजा सोलोमन लेख्छन, “म मेरा प्रेमीकी हुँ र उहाँको तृष्णा मेरो निम्ति छ।” [श्रेष्ठगीत ७:१०]
पावल लेख्छन, “प्रेमले सबै कुरा सहन्छ, सबै कुरा पत्यार गर्छ, सबै कुरामा आशा राख्छ, र सबै कुरामा स्थिर रहन्छ।” [१ को. १३:७]
* संसारमा कयौँ विवाहहरू गलत उद्देश्यले गरिएका छन वा जोडिने काम भएको छ। कतिले धन प्राप्त गर्न, कति दाइजो प्राप्त गर्न र कतिले गलत सन्देश प्रवाह गरेर पनि कसैलाई आकर्षण गरेका छन र विवाहमा जोडिएका छन। विवाहमा सबै चाहाना पुरा नहुँदा उनीहरूले विवाहलाई तोडेका छन। नेपाली समाजमा यस्ता कयौँ घटनाहरू छन, जहाँ पत्नीले दाइजो नदिएको रीसमा पत्नीलाई जिउँदै जलाइएका छन। कति दुःखदायी बिडम्बनापूर्ण घटनाहरू हामी सुन्ने गर्छौँ।
Source :
पुस्तक : स्वस्थ विवाह र परिवार, लेखक: लाजरस थुलुङ, प्रकाशक: एकता बुक्स डिस्ट्रिब्युटर्स प्रा. लि., प्रथम संस्करण: २०६७, पृष्ठ नं. 128-129
.jpg)
No comments:
Post a Comment