Tuesday, April 2, 2024

ईजेबेलकाे आत्माकाे मखुन्डाे खाेल्नु

 



1. अगमवक्ताहरू, भविष्यवाणीकाे वरदान भएका मानिसहरू र परमेश्वरका सेवकहरूलाई घृणा गर्दछ।

2. कपट गर्ने आत्मा हुन्छ।

3. शक्ति पाउने र अरूलाई नियन्त्रण गर्ने चाहाना हुन्छ।

4. यो हत्या गर्ने आत्मा हो।

5. आफुभन्दा माथिकाे व्यक्तिको अधिनमा बस्दैन।

6. आफूभन्दा कमजोर व्यक्तिहरूप्रति आकर्षित हुन्छ।


7. समातिएको बेला उसले कहिल्यै जिम्मेवारी लिदैन।

8. छल र भ्रमको जाल बुन्ने गर्दछ।

9. आफ्नो लक्ष्य र इच्छा प्राप्त गर्न लगातार झूट बाेल्नमा कुनै लज्जा भाव हुँदैन।

10. धूर्त, आकर्षक र प्रभावशाली हुन्छ।

11. घमण्डी हुन्छ र कहिल्यै नम्र हुँदैन।

12. यसले यौन विकृतिमा काम गर्छ।


समाधान :

* लडाईंको लागि तपाईंलाई पवित्र आत्माको नेतृत्व चाहिन्छ।

* आत्मालाई पराजित गर्ने रणनीतिको लागि परमेश्वरसँग सोध्नुहोस।

* यो आत्मा भएको व्यक्तिको लागि प्रार्थना गर्नुहोस, ताकि तिनीहरूले यो प्रभावलाई स्वीकार गरून र पश्चात्ताप गरून।


ईजेबेल प्रकट हुने अरू तरिकाहरू :

1. नेतृत्वमा मानिसहरूका लागि रक्षकको रूपमा कार्य गर्दछ।

2. समूहमा विवाद निम्त्याउँछ र त्यसपछि मध्यस्थको रूपमा कार्य गर्दछ।

3. बोक्सीविद्याद्वारा संचालित, ठेस लाग्नको लागि तपाईंको विरुद्धमा अन्य आत्माहरू प्रयोग गर्दछ। अर्थात (अभाव, सीमितता र ढिलाइको भावना)। यसले तपाईंको प्रतिष्ठामा आक्रमण गरेर तपाईंको चरित्रलाई आक्रमण गर्छ।

4. झगडाको माध्यमबाट नेतृत्वलाई फेर्न प्रयास गर्न अरूबाट समर्थन खोज्छ।

5. यो कपटपूर्ण, धूर्ततापुर्ण र विवादास्पद छ।

6. यसकाे प्रमुख बानी भनेको झूटो हो।

7. तपाईं नजिकका मानिसहरूसँग प्रयोग गरेर तपाईंलाई पनि आफ्नो प्रभावमा पार्नेछ।



No comments:

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...