Thursday, April 4, 2024

यहूदी विवाह प्रणाली र ख्रीष्टको दुलही




1. सम्झौता 

2. तयारी

3. दुलही ल्याउने

4. विवाह समारोह

5. विवाह भोज

6. थुमाको पत्नीको घर


 येशूको पहिलो आगमनको समयमा लागू भएको यहूदी विवाह प्रथाको गहन जाँच गर्दा विश्वासीहरूले ख्रीष्टलाई स्वर्गीय दुलहा र मण्डलीलाई उहाँको दुलहीको रूपमा उल्लेख गर्ने धर्मशास्त्र बाइबलका वचनहरूको सामना गर्नु परेको छ। यो विशेष गरी यो पुरातन विवाह प्रणालीको विभिन्न चरणहरू हो, जसले हामीलाई उहाँको दुलहीको रूपमा ख्रीष्टसँगको हाम्रो विशेष सम्बन्धको साथसाथै हामीले आफूलाई भेट्ने समयलाई अझ राम्रोसँग बुझ्न मद्दत गर्न सक्छ।


1. सम्झौता 

 यहूदी विवाह प्रणालीको पहिलो चरण सम्झौता हो। दुलहाको बुबा र दुलहीका बुबाले विवाहको व्यवस्था गर्छन। त्यस समय दुलहीको मूल्य तिरिन्छ।


 ख्रीष्टको दुलहीको सम्बन्धमा, मूल्य पुत्रको रगत थियो। “...ख्रीष्टले पनि मण्डलीलाई प्रेम गर्नुभयो, र त्यसको निम्ति आफूलाई अर्पण गर्नुभयो।” [एफिसीहरू ५:२५, यूहन्ना ३:१६] यसरी सम्झौता रगतले छाप लगाईएकाे थियो।


2. तयारी

 दोस्रो चरण तयारी हो। यसले विवाहको अवधिलाई समेट्छ, जुन न्यूनतम एक वर्ष वा त्याे भन्दा केही लामो समयसम्म रहन सक्छ। यस अवधिमा, दुलहीलाई पत्नीको भूमिका लिनको लागि तयार र तालिम दिइन्छ र उनको शुद्धता र विश्वासयाेग्यताकाे अवलोकन गरिन्छ। 


 पावलले लेखे, “ईश्वरीय डाहले म तिमीहरूप्रति डाही भएको छु। एउटै पतिकी पवित्र दुलहीको रूपमा तिमीहरूलाई प्रस्तुत गर्न मैले ख्रीष्टसँग तिमीहरूको मगनी गरिदिएँ।” [२ कोरिन्थी ११:२]


 परमेश्वरको वचन मार्फत, दुलहीलाई आफ्नो भावी पतिको लागि अलग गरिएको छ ताकि “यस हेतुले कि उहाँले त्यसलाई पानीले धोएर वचनद्वारा पवित्र पार्न सकून, र उहाँले दाग वा चाउरी नभएको, अथवा यस्ता कुनै कुरा नभएको तेजस्वी मण्डली आफैकहाँ प्रस्तुत गर्न सकून, र त्योचाहिँ पवित्र र निष्खोट होस।” [एफिसी ५:२६-२७]


 भविष्यमा दुलहीको महिमा हुनेछ। उनको महिमापूर्ण अवस्थामा, दुलहीको कुनै दाग वा चाउरी हुँदैन, यसको मतलब उनीसँग कुनै पनि प्रकारको बाहिरी वा भित्री अशुद्धता हुनेछैन र त्यहाँ उमेरको कुनै प्रमाण हुनेछैन।


 तयारी वा विवाहको चरणमा, बेहुलीलाई दुलहा उसलाई लिन आउँछन भन्ने सुरक्षा या प्रमाण के छ? मण्डलीको युगमा (पेन्टेकोस्टदेखि र्याप्चरसम्म), प्रत्येक विश्वासीले बप्तिस्मा लिन्छ र त्यसैले एकताबद्ध वा “ख्रीष्टमा” राखिएको हुन्छ [१ कोरिन्थी १२:१३]। यसबाहेक, दुलहीलाई उपहारहरू दिइन्छ [१ कोरिन्थी १२-१४; एफिसी ४] र पवित्र आत्माले छाप लगाइन्छ, जसले स्वामित्व र सुरक्षालाई प्रमाणित गर्छ।


 मगनी र विवाहको बिचकाे अवधिमा दुलहाले के गर्छ? 

 उसले आफ्नी दुलहीको लागि ठाउँ तयार गर्न जान्छ।

 “मेरा पिताको घरमा बस्ने ठाउँहरू धेरै छन। त्यसो नभए, के म तिमीहरूलाई भन्नेथिएँ र, कि तिमीहरूका निम्ति ठाउँ तयार पार्न म गइरहेछु?  

अनि गएर मैले तिमीहरूका निम्ति ठाउँ तयार पारेपछि म फेरि आउनेछु, र तिमीहरूलाई मकहाँ लैजानेछु, र जहाँ म छु, त्यहाँ तिमीहरू पनि हुनेछौ।” [यूहन्ना १४:२-३]


3. दुलही ल्याउने

 यहूदी विवाह प्रणालीको तेस्रो चरण दुलही ल्याउने हो। दुलहाले विवाहको दिन दुलहीको घरमा उसलाई आफ्नो घरमा ल्याउन जान्छ। परमेश्‍वरले यस घटनालाई कराउने र तुरही बजाएर घोषणा गर्नुहुनेछ र ख्रीष्टले विश्वव्यापी मण्डलीलाई लिन वायुमण्डलीय स्वर्गमा देखा पर्नुहुनेछ। [१ थेसलोनिकी ४:१५-१६] पेन्टेकोस्टदेखि र्‍याप्चरसम्म सबै विश्वासीहरूले “ख्रीष्टमा” बप्तिस्मा लिएका छन र उनीहरूलाई लगिनेछ। र्‍याप्चरको समयमा, “ख्रीष्टमा” मरेकाहरू मात्र पुनरुत्थान हुनेछन, यसको अर्थ तिनीहरूका आत्माहरू तिनीहरूको पुनरुत्थान, महिमित शरीरहरूसँग एकताबद्ध हुनेछन। मण्डली युगका विश्वासीहरू “ख्रीष्टमा” जो अझै पनि शारीरिक रूपमा जीवित छन परिवर्तन हुनेछन। शारीरिक मृत्युको अनुभव नगरी र आँखाको झिल्कामा, तिनीहरूले आफ्नो नश्वर शरीरलाई महिमित शरीरहरूको लागि बदल्नेछन। [१ कोरिन्थी १५:५०-५४; १ थेसलोनिकी ४:१३-१८]


4. विवाह समारोह

 चौथो चरण दुलहाले दुलहीलाई आफ्नो निजी घरमा लान्छ। याे विवाहको भोज होइन, तर याे केबल विवाह समारोह मात्रै हाे। पेन्टेकोस्टभन्दा पहिले मृत्यु भएका विश्वासीहरूले यो विवाह समारोहमा “दुलहाका साथीहरू” [यूहन्ना ३:२९] को रूपमा उपस्थित हुनेछन। स्वर्गमा विवाह समारोह हुनुभन्दा ठीक अघि, मण्डली युगका विश्वासीहरू ख्रीष्टको न्यायको आसनको अगाडि देखा पर्नेछन (रोमी १४:१०-१२; १ कोरिन्थी ३:१०-१५; २ कोरिन्थी ५:१०)। यो न्याय, दण्ड दिन वा दाेषी ठहर्‍याउन समय होइन। [रोमी ८:१] तर मण्डली युगका विश्वासीहरूलाई उनीहरूको मुक्तिपछि गरिएका योग्य कामहरूको लागि पुरस्कृत गर्न हाे। 


 प्रकाश १९:७-८ ले विवाह समारोहको वर्णन गर्दछ, जहाँ एक महिमित दुलहीले आफ्नो दुलहासँग विवाह गर्छिन, “हामी रमाऔं र अत्यन्त खुशी होऔं, र उहाँलाई महिमा दिऔं! किनकि थुमाका विवाहको दिन आएको छ, र उहाँकी दुलही स्वयम तयार भएकी छिन। चहकिलो र स्वच्छ मलमलको वस्त्र पहिरन तिनलाई दिइयो। चहकिलो मलमलको वस्त्र सन्तहरूका धार्मिक कार्य हुन।”


5. विवाह भोज

 निजी विवाह समारोहपछि सार्वजनिक विवाह भोज (पाँचौ चरण) आउँछ। पिताले धेरैलाई आफ्नो पुत्रको विवाह भोजमा उपस्थित हुन आमन्त्रित गर्नुहुन्छ, तर विश्वासीहरू मात्र उपस्थित हुन सक्छन। [मत्ती २२:१-१४] जहाँ विवाह समारोह स्वर्गमा हुनेछ, विवाह भोज पृथ्वीमा हुनेछ। सात वर्षको सङ्कष्ट अवधि [मत्ती २२:४४; हिब्रू २:८] को समयमा पिताले सबै ख्रीष्टका शत्रुहरूलाई आफ्नो पाउदान बनाउनुभएपछि, ख्रीष्ट दाऊदकाे राज्यको सन्दर्भमा मसीही राज्य स्थापना गर्न पृथ्वीमा फर्कनुहुनेछ। पुरानो नियमका सन्तहरू र क्लेशका सन्तहरू पनि विवाह भोजमा उपस्थित हुनेछन। [यशैया २५:६; २६:१९; दानियल १२:२; प्रकाश १९:९; २०:४-६] याे विवाह भोज मसीही राज्यकाे साथमा सुरु हुनेछ।


6. थुमाको पत्नीको घर

 मसीहको राज्य एक हजार वर्षको लागि अवस्थित हुनेछ, त्यसपछि अन्तिम विद्रोह हुनेछ, ख्रीष्टले त्यसपछि सबै समयका सबै अविश्वासीहरूलाई ठूलो सेतो सिंहासनको न्यायमा न्याय गर्नुहुनेछ र त्यसपछि मसीही राज्य अनन्त व्यवस्थामा विलय हुनेछ। [१ कोरिन्थी १५:२०- २८; प्रकाश २०:१-१५] थुमाकी पत्नीको अन्तिम वास अनन्त क्रममा नयाँ यरूशलेम हुनेछ। [प्रकाश २१:९-२२:५]


 निष्कर्ष :

 दुलहाको रूपमा, ख्रीष्टले आफ्नी दुलहीको लागि क्रूसकाे मृत्युद्वारा आफ्नो प्रेमको अथाह गहिराइ देखाउनुहुन्छ। उहाँले उनलाई विवाह गर्नुभएको छ, र उनी वचनको धुलाईद्वारा पवित्र गरिँदैछिन। अहिले मण्डलीलाई ख्रीष्टको दुलही भनिन्छ। तर चाँडै विवाह समारोह स्वर्गमा हुनेछ र महिमित दुलही थुमाको पत्नी हुनेछ। त्यसपछि पृथ्वीमा राज्यमा विवाह भोज हुनेछ। उहाँले गर्नुभएका महान कामहरू, उहाँले गरिरहनुभएको महान कामहरू र उहाँले अझै गर्नुहुने महान कामहरूकाे निम्ति ख्रीष्टको महिमा होस! आमेन!!


Source :
https://faithequip.org/the-jewish-wedding-system-and-the-bride-of-christ/

No comments:

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...