Friday, October 20, 2023

अन्तिम दिनका 50 चिन्हहरू

 



 1) प्रकृतिको अस्थिरतामा वृद्धि हुनेछ।  (मत्ती २४:७, लुका २१:११)

 2) अराजकता र हिंसामा वृद्धि हुनेछ।  (मत्ती २४:१२)

 3) अनैतिकतामा वृद्धि हुनेछ।  (मत्ती २४:३७)

 4) भौतिक बस्तुकाे माेहमा वृद्धि हुनेछ।  (२ तिमोथी ३:२)

 5) सुखवादमा वृद्धि हुनेछ।  (२ तिमोथी ३:४)


 6) मानवतावादको बढ्दो प्रभावमा वृद्धि हुनेछ।  (२ तिमोथी ३:२)

 7) भ्रष्ट मनोरञ्जनमा वृद्धि हुनेछ।  (२ तिमोथी ३:४)

 8) खराबलाई असल र असललाई खराब भनिनेछ।  (२ तिमोथी ३:३, यशैया ५:२०)

 9) लागूपदार्थको प्रयोगमा वृद्धि हुनेछ।  (२ तिमोथी ३:३)

 10) निन्दा गर्ने प्रवृत्तिमा वृद्धि हुनेछ।  (२ तिमोथी ३:२)


 11) मूर्तिपूजामा वृद्धि हुनेछ।  (२ तिमोथी ३:१-४)

 12) निराशामा पनि निकै वृद्धि हुनेछ।  (२ तिमोथी ३:१)

 13) स्वर्गमा चिन्हहरू देखापर्नेछन।  (लूका २१:११,२५)

 14) मानिसको ज्ञानमा वृद्धि हुनेछ।  (दानियल १२:४)

 15) मानिसको यात्रामा वृद्धि हुनेछ।  (दानियल १२:४)


 16) असंख्य झुठो शिक्षा र शिक्षकहरूको वृद्धि हुनेछ।  (मत्ती २४:११)

 17) झूटा ख्रीष्टहरूको प्रचार-प्रसार हुनेछ।  (मत्ती २४:५)

 18) चर्चमा धर्मत्यागको वृद्धि हुनेछ।  (२ तिमोथी ४:३-५)

 19) येशूमाथि आक्रमण बढ्नेछ।  (रोमी १:१८-१९)

 20) बाइबलमाथि बढ्दो आक्रमणहरू हुनेछ।  (रोमी १:१८-१९)


 21) ख्रीष्टियनहरूमाथि शारीरिक, भाैतिक र मानसिक रूपमा सतावट वृद्धि हुनेछ।  (मत्ती २४:९)

 22) जादु र टुनामुनामा वृद्धि हुनेछ।  (१ तिमोथी ४:१)

 23) लडाइँ र युद्धको हल्लामा वृद्धि हुनेछ।  (मत्ती २४:६)

 24) सामूहिक विनाशका हतियारहरू निर्माणमा वृद्धि हुनेछ।  (लूका 21:26)

 25) अनिकालमा वृद्धि हुनेछ।  (लूका 21:11)


 26) महामारीमा वृद्धि हुनेछ।  (लूका २१:११)

 27) आधुनिक कम्प्युटर प्रविधिमा वृद्धि हुनेछ।  (प्रकाश १३:७)

 28) टेलिभिजनमा वृद्धि हुनेछ।  (प्रकाश ११:८-९)

 29) उपग्रह प्रविधिमा वृद्धि हुनेछ।  (प्रकाश ११:८-९)

 30) भर्चुअल रियालिटीमा वृद्धि हुनेछ।  (प्रकाश १३:१४-१५)


 31) युरोपकाे एकीकरणमा वृद्धि हुनेछ।  (दानियल २ र ७)

 32) सुदूर पूर्वी सैन्य शक्तिहरूमा वृद्धि हुनेछ।  (प्रकाश ९:१६ र १६:१२)

 33) सरकार, विश्व एक सरकार तर्फ अघि बढ्नेछ।  (दानियल ७:२३-२६)

 34) यहूदीहरू सारा विश्वबाट एकताबद्ध हुनेछन।  (यशैया ११:१०-१२)

 35) इजरायलको पुन: स्थापना हुनेछ।  (यशैया ६६:७-८)


 36) इजरायलको भूमिको पुन: प्राप्ति हुनेछ।  (इजकिएल ३६:३४-३५)

 37) बाइबलीय हिब्रू भाषाको पुनरुत्थान हुनेछ।  (सपन्याह ३:९; यर्मिया ३१:२३)

 38) यरूशलेम पुन: कब्जामा आउनेछ।  (लूका २१:२४)

 39) इजरायली सेनाको पुनरुत्थान हुनेछ।  (जकरिया १२:६)

 40) विश्व राजनीतिको पुन: ध्यान केन्द्रित इजरायलमा हुनेछ।  (जकरिया १२:३)


 41) इजरायललाई रूसीकाे धम्की मिल्नेछ।  (इजकिएल ३८ र ३९)

 42) इजरायललाई अरब देशहरूले धम्की दिनेछन।  (इजकिएल ३५ र ३६)

 43) मानिसहरूले येशूकाे दोस्रो आगमनलाई अस्वीकार गर्नेछन।  (२ पत्रुस ३:३-४)

 44) परमेश्वरद्वारा विश्वकाे सृष्टि गरिएको कुरालाई अस्वीकार गर्नेछन।  (रोमी १:१८-२२)

 45) पवित्र आत्मा खन्याईनेछ।  (योएल २:२८-२९)


 46) धेरै भाषाहरूमा बाइबलको अनुवाद हुनेछ।  (मत्ती २४:१४)

 47) विश्वव्यापी रूपमा सुसमाचार प्रचार गरिनेछ।  (मत्ती २४:१४)

 48) ख्रीष्टिय-यहूदी (Messianic Judaism) मा जागृति आउनेछ।  (रोमी 9:27)

 49) दाऊदकाे भजन र आराधनामा जागृति आउनेछ।  (आमोस 9:11)

 50) बाइबलको भविष्यवाणीहरू बुझ्नेछ। (दानियल १२:८-९)


 यो सूची धेरै विस्तार गर्न सकिन्छ, तर माथिका 50 उदाहरणहरू हामी प्रभु येशूको दाेस्राे आगमनको समयमा बाँचिरहेका छौं भनेर देखाउन पर्याप्त हुनुपर्छ। बाइबलले स्पष्ट रूपमा सिकाउँछ कि परमेश्वरले चेतावनी बिना आफ्नो क्रोध कहिल्यै खन्याउनु हुन्न किनकि उहाँ न्यायी र प्रेमीलाे परमेश्वर हुनुहुन्छ, जसले काेहि पनि नाश नहोस भन्ने चाहानुहुन्छ (२ पत्रुस ३:९)। त्यसैकारण उहाँले हामीलाई महा-सङ्कष्टको ढाेकामा बाँचिरहेका छौं भन्ने तथ्यलाई सचेत गराउन धेरै सङ्केतहरू प्रदान गर्नुभएको छ।


* परमेश्वरले हामीलाई डराउनको लागि होइन, तर हामीलाई तयार पार्न बाइबलमा भविष्यवाणीहरू दिनुभएको छ!


यसकारण लेखिएको छ,

तर भाइ हो, समय र बेलाको विषयमा तिमीहरूलाई केही लेख्‍ने आवश्‍यकता छैन।

किनकि तिमीहरू आफै राम्ररी जान्‍दछौ, प्रभुको दिन त रातमा चोर आएझैँ आउनेछ।

जब मानिसहरू “शान्‍ति र सुरक्षा” भनिरहेका हुन्‍छन्‌, तब गर्भवती स्‍त्रीलाई बेथा लागेझैँ अचानक तिनीहरूमाथि विनाश आइलाग्‍छ, र तिनीहरू कुनै रीतिले उम्‍कनेछैनन। [१ थेसलोनिकी 5:1-3]


Sources :

1. https://christinprophecy.org/articles/50-reasons/

2. https://robertwimer.com/%E2%80%8B50-reasons-living-end-times/

No comments:

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...