Thursday, October 5, 2023

घमण्ड के हाे ?

 



1. घमण्ड भनेको आफूलाई सर्वेसर्वा सम्झने भाव वा गुण हो।   याे अरु भन्दा आफू श्रेष्ठ हुँ भन्ने उच्च गर्वको भाव हो।

2. धन-सम्पत्ति, विद्या, बुद्धि, रुप, सौन्दर्य, कला, सीप, पद, प्रतिष्ठा ईत्यादीबाट घमण्ड उत्पन्न हुन्छ।

3. घमण्ड भनेको नकारात्मक स्वभावको एक तत्व हो। घमण्डले आफ्नो मात्र आत्म-सम्मान, सुख-सुबिधा र प्रगति हेर्छ।

4. घमण्डको अन्तिम सत्य भनेको पतन नै हो। उदाहरणको रुपमा लुसिफर र फाराे राजालाई लिन सक्छौ।

5. जहाँ घमण्ड हुन्छ, त्यहाँ प्रेम भाव हुँदैन। अविवेक र अज्ञानताबाटै घमण्डको जन्म हुन्छ।

6. जबसम्म मनमा घमण्ड रहन्छ, तबसम्म शान्ति प्राप्त हुँदैन। त्यसैले घमण्डलाई त्याग्नुपर्दछ।  

7. प्रेम, नम्रता र सदाचारले भरिएको भद्र, शालिन र सरल जीवन जीउन सक्नु नै जीवन जिउने साँचो तरिका हो।


8. घमण्डले धाेका दिन्छ। (ओबदिया 1:3)

9. घमण्डले आत्मिक अन्धो बनाउँछ। (मत्ती 13:15-16)

10. घमण्डले विचारहरूमा हाम्रो नेतृत्वलाई समाप्त गर्दछ। (भजनसंग्रह 10:4)

11. घमण्डले अन्य पापहरू तिर लान्छ। (भजनसंग्रह 73:6-8)

12. घमण्डलाई परमेश्वरले सहनुहुन्न। (भजनसंग्रह 101:4-5)

13. घमण्डले विपत्ति ल्याउँछ। (यशैया 3:9)

14. घमण्डीहरूलाई परमेश्वरले विरोध गर्नुहुन्छ। (1 पत्रुस 5:5)


र अन्तमा तपाईंको निम्ति प्रश्न याे छ कि,

के तपाईंले घमण्डलाई चिन्नुभयाे?


यसकारण हितोपदेश 16:18 मा लेखिएको छ,

“सर्वनाशको अघि अभिमान र पतनको अघि घमण्‍डी आत्‍मा आउँछ।”


No comments:

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...