नरक
1. रुने र दाँत किट्ने ठाउँ हाे। (मत्ती 13)
2. यातनाको स्थान हाे। (लूका 16)
3. अनन्त यातनाको ठाउँ हाे। (प्रकाश 20)
4. अनन्त दण्डको स्थान हाे। (मत्ती 25)
5. अनन्त निन्दाको स्थान हाे। (मर्कुस 3)
6. अनन्त न्यायको स्थान हाे। (हिब्रू 6)
7. अनन्त विनाशको ठाउँ हाे। (२ थेस्सलोनिकी 1)
8. तिर्खाको स्थान हाे। (लूका 16)
9. कीराहरूको स्थान हाे। (मर्कुस 9)
10. फिर्ता नहुने ठाउँ हाे। (लूका 16)
11. सम्झनाको ठाउँ हाे। (लूका 16)
12. दुष्ट मरेको ठाउँ हाे। (लूका 10)
13. दुष्ट प्रेतहरूको स्थान हाे। (२ पत्रुस 2)
14. अथाह खाडलको स्थान हाे। (लूका 8)
15. जलिरहेको फोहोर फाल्ने ठाउँ हाे। (मत्ती 23)
16. बाहिरी अन्धकारको स्थान हाे। (मत्ती 8)
17. आगोको स्थान हाे। (प्रकाश 20)
18. आगोको तालको ठाउँ हाे। (प्रकाश 20)
19. अनन्त आगोको स्थान हाे। (मत्ती 18)
20. निभाउन नसकिने आगोको स्थान हाे। (मर्कुस 9)
स्वर्ग
1. परमेश्वरको बासस्थान हाे। (भजन 2)
2. स्वर्गदूतहरूको बासस्थान हाे। (मत्ती 18)
3. स्वर्गीय देश हाे। (हिब्रू 11)
4. एक पवित्र स्थान हाे। (यशैया 57)
5. पूर्ण शुद्धताको ठाउँ हाे। (प्रकाश 21)
6. परमेश्वरको महिमाले भरिएको ठाउँ हाे। (प्रकाश 21)
7. अनन्त स्थान हाे। (२ कोरिन्थी 5)
8. पाप बिनाको ठाउँ हाे। (प्रकाश 21)
9. आँसु बिनाको ठाउँ हाे। (प्रकाश 21)
10. शोक बिनाको ठाउँ हाे। (प्रकाश 21)
11. दुख नभएको ठाउँ हाे। (प्रकाश 21)
12. मृत्यु बिनाको ठाउँ हाे। (प्रकाश 21)
13.अनन्त स्वर्गलाेक हाे। (1 कोरिन्थी 12:4, लुका 23:43, प्रकाश 2:7)
14. सुनको सडक भएको ठाउँ हाे। (प्रकाश 21)
15. मोतीको ढोका भएको ठाउँ हाे। (प्रकाश 21)
16. बहुमूल्य रत्नहरूको आधार भएको ठाउँ हाे। (प्रकाश 21)
17. अनन्त विश्रामको ठाउँ हाे। (प्रकाश 14)
18. अनन्त आनन्दको ठाउँ हाे। (प्रकाश 7)
19. दुष्टता बिनाको ठाउँ हाे। (प्रकाश 22)
20. अन्धकार बिनाको ठाउँ हाे। (प्रकाश 21)
स्वर्गका विशेषताहरू
1. यो विश्रामको ठाउँ हो। (प्रकाश 14:13)
2. यो आनन्दको ठाउँ हो। (लूका 15:7, 10)
3. यो धार्मिकताको ठाउँ हो। (2 पत्रुस 3:13)
4. यो इनाम हो। (मत्ती 5:11, 12)
5. यो उत्तराधिकार हो। (1 पत्रुस 1:4, कल 1:12)
6. यो महिमित छ। (रोमी 8:18; कल 3:4)
7. यो राम्रो र स्थायी छ। (हिब्रू 10:34)
8. यो मृत्यु वा पीडा नभएको ठाउँ हो। (प्रकाश 21:4)
9. यो अमरताको ठाउँ हो। (1 कोरिन्थी 15:42, 50)
10. त्यहाँ कुनै अन्धकार वा सूर्य हुनेछैन। (प्रकाश 22:5)
11. त्यहाँ कुनै दुष्टता हुनेछैन। (प्रकाश 22:15; 1 पत्रुस 1:4)
12. त्यहाँ शरिर र रगत हुनेछैन। (1 कोरिन्थी 15:50)
13. त्यहाँ कुनै दु:ख हुनेछैन। (प्रकाश 7:17, 21:4)
यसकारण लेखिएको छ,
“यदि तिम्रो हातले तिमीलाई बाधा दिन्छ भने त्यसलाई काटिदेऊ। दुई हात भएर नरकको ननिभ्ने आगोमा जानुभन्दा डुँड़ो भएर जीवनमा पस्नु तिम्रो निम्ति असल हो।
नरकमा त न कीराहरू मर्दछन, न आगो नै निभ्दछ।
अनि तिम्रो खुट्टाले तिमीलाई बाधा दिन्छ भने त्यसलाई काटिदेऊ। दुई खुट्टा भएर नरकमा फालिनुभन्दा त खोरन्डो भएर जीवनमा पस्नु तिम्रो निम्ति असल हो।
नरकमा न कीराहरू मर्दछन, न आगो नै निभ्दछ।
यदि तिम्रो आँखाले तिमीलाई बाधा दिन्छ भने त्यसलाई झिकेर फालिदेऊ। दुई आँखा भएर नरकमा फालिनुभन्दा त एक आँखा भएर परमेश्वरको राज्यमा पस्नु तिम्रो निम्ति असल हो।
नरकमा न कीरा मर्दछन, न आगो नै निभ्दछ।” [मर्कुस 9:43-48]
“मानिसको पुत्रले आफ्ना दूतहरू पठाउनेछ, र पाप गर्न लाउने प्रत्येक थोक र दुष्ट काम गर्नेहरू सबैलाई तिनीहरूले उसको राज्यबाट बटुल्नेछन,
र उनीहरूलाई आगोको भट्टीमा फालिदिनेछन। त्यहाँ मानिसहरू रुनेछन र दाह्रा किट्नेछन।
तब धर्मी जनहरू आफ्ना पिताको राज्यमा सूर्यजस्ता चम्किला हुनेछन। जसको कान छ, त्यसले सुनोस।” [मत्ती 13:41-43]
तब मैले नयाँ आकाश र नयाँ पृथ्वी देखें, किनकि पहिलो आकाश र पहिलो पृथ्वी बितिगएका थिए। समुद्र त अब छँदैथिएन।
अनि मैले परमेश्वरबाट दुलहाको निम्ति दुलही जस्तै गरी सिङ्गारिएर तयार पारिराखेकी, अर्थात पवित्र सहर, नयाँ यरूशलेम स्वर्गबाट तलतिर झरिरहेको देखें।
सिंहासनबाट यसो भन्ने एउटा चर्को सोर मैले सुनें, “हेर, परमेश्वरको वास मानिसहरूसँग भएको छ। उहाँ तिनीहरूसँग वास गर्नुहुनेछ, र तिनीहरू उहाँका प्रजा हुनेछन, र परमेश्वर आफै तिनीहरूका परमेश्वर भएर तिनीहरूसँग रहनुहुनेछ।
उहाँले तिनीहरूका आँखाको आँसु पूर्ण रूपले पुछिदिनुहुनेछ, र फेरि मृत्यु नै हुनेछैन, र शोक र पीडा पनि हुनेछैन। किनकि पहिलेका कुराहरू बितिसकेका छन।” [प्रकाश 21:1-4]

No comments:
Post a Comment