Monday, October 23, 2023

इजरायल : तीनवटा रूखसँग तुलना

 



परमेश्वरकाे बचन बाइबलमा इजरायलीहरूलाई तीनवटा रूखसँग तुलना गरिएको छ। (न्यायकर्ता 9:1-21, हबकुक 3:17-18)


1. अञ्जीरकाे रूख (नेभारा) {THE FIG-TREE}
   अञ्जीरले इजरायलीहरूकाे देशको अवस्थालाई देखाउँछ।
[मत्ती 24:32-33, 21:18-22, लुका 21:29-30, 13:6-9]


2. जैतुनकाे रूख {THE OLIVE TREE}
   जैतुतले इजरायलीहरूकाे धार्मिक अवस्थालाई देखाउँछ।
 [यर्मिया 11:16-17, राेमी 11:17-27]


3. दाखको रूख (अंगुर) {THE VINE}
   अंगुरले इजरायलीहरूकाे आत्मिक अवस्थालाई देखाउँछ।
[यशैया 5:1-2, मत्ती 21:33-41]

इजरायलीहरू बेबिलाेन साम्राज्यकाे 70 बर्षकाे लामाे दासत्वबाट फर्केपछि धार्मिक (जैतुन) त बने, तर आत्मिक (दाख) बन्न सकेनन। अर्थात अंगुरकाे फल जस्तो रसिलाे बन्न सकेनन। यसकारण परमेश्वरले A.D.70 मा इजरायल देशलाई नै काटेर फालिदिनुभयाे। (मत्ती 3:10)

दु:खकाे कुरा आज मण्डली पनि शैतानकाे दासत्वदेखि छुटकारा पाएको छ, तर मण्डली पनि इजरायलीहरू जस्तै आत्मिक हाेईन, तर धार्मिक बन्दै गईरहेकाे छ।

धार्मिक बन्नुकाे अर्थ :
नामले मात्रै परमेश्वरलाई मान्ने तर कामले उहाँलाई इन्कार गर्ने, परमेश्वरकाे भय हाेईन तर डर मानिरहेकाे छ। भित्रबाट बदलिएको छैन, तर बाहिरबाट मात्रै सुध्रिएकाे छ।
पाप गर्न चाहाना त छ, तर नरककाे सजायकाे डरकाे कारण र कसैले थाहा पाउँछ कि भन्ने डरले पाप गरिरहेको छैन। परमेश्वरकाे अगापे प्रेमलाई देखेको कारण हाेईन, तर आशिष र चंगाई पाउने लाेभले प्रेम गरिरहेको छ । सिद्धान्तहरू मात्रै थुपार्ने, तर आत्मिय सम्बन्ध नराख्ने। बाइबलकाे बचनलाई जस्ताको त्यस्तै लिने, तर त्याे वचन दिनुको पछाडिको कारण नबुझ्ने र वचनकाे आत्मिक अर्थ नबुझ्ने र बुझ्न पनि नचाहने। यस्तो थुप्रै लक्षणहरू छन, जसले मण्डली धार्मिक भएको पुष्टि गर्दछ।

“यसरी तिमीहरूले आफ्‍नो परम्‍पराको खातिर परमेश्‍वरको वचनलाई बेकम्‍मा गराएका छौ।
ढोंगी हो, यशैयाले तिमीहरूका विषयमा ठीकै अगमवाणी बोले, ‘यस जातिले मलाई ओठले मात्र आदर गर्छ, तर तिनीहरूको हृदय मबाट टाढ़ा छ।
तिनीहरू व्‍यर्थमा मेरो उपासना गर्दछन, तर तिनीहरूका शिक्षा मानिसहरूले सिकाएका विधि मात्र हुन’।” [मत्ती 15:6-9]

आत्मिक हुनुको अर्थ :
नामले मात्रै हाेईन तर काम र व्यवहारले परमेश्वरकाे भय मानेर जीवन जीउँछ। बाहिरबाट मात्रै सुध्रिएकाे देखावटीपन हाेईन तर भित्रबाट नै बदलिएको हुन्छ।
नरककाे सजायकाे डरकाे कारणले हाेईन तर परमेश्वरकाे अगापे प्रेमलाई देखेको कारण पाप गर्दैन। पापलाई हृदयदेखि घृणा पनि गर्दछ। आशिष पाउने लाेभले हाेइन, तर पाप क्षमा पाएकोले परमेश्वरलाई हृदयदेखि प्रेम गरिरहेको हुन्छ। सबै सिद्धान्तहरू सिक्ने, र साथमा आत्मिय सम्बन्ध राख्ने हुन्छ। बचनकाे आत्मिक अर्थलाई बुझ्ने र अझै बुझ्न चाहने भाेक-प्यास हुन्छ। साथै त्याे वचन दिनुको पछाडिको कारण र उद्देश्य पनि बुझ्ने गर्दछ। यस्तो थुप्रै लक्षणहरू छन, जसले ऊ आत्मिक भएको पुष्टि गर्दछ।
साथमा, साँघुरो बाटोबाट हिँड्छ, आफ्नाे क्रुस आफै उठाउँछ, आफैलाई इन्कार गर्दछ र पवित्र आत्माकाे फलहरू उसको जीवनमा फलिरहन्छ।

* परमेश्वरले मण्डली पनि दाखको फल झैं आत्मिक रूपमा रसिलाे भएको चाहानुहुन्छ।

“दाखको बोट म हुँ, तिमीहरूचाहिँ हाँगाहरू हौ। यदि कोही ममा रह्यो भने, र म त्‍यसमा रहें भने, त्‍यसले धेरै फल फलाउँछ, किनकि मबाट अलग रहेर तिमीहरू केही गर्न सक्‍दैनौ।
कोही मानिस ममा रहेन भने, त्‍यो हाँगाझैँ बाहिर मिल्‍काइन्‍छ, र त्‍यो सुकिहाल्‍छ। यस्‍ता हाँगाहरू मानिसहरूले बटुल्‍छन, र आगोमा फालिदिन्‍छन, र ती जलिहाल्‍छन।” [यूहन्ना 15:5-6]

* आज मण्डली धार्मिक बन्दैछ कि आत्मिक बन्दैछ?
* आज तपाईं धार्मिक बन्दै हुनुहुन्छ कि आत्मिक बन्दै हुनुहुन्छ?
किनकि आत्मिक फल नफलाउने हरेक रूख काटी ढालिन्‍छ, र आगोमा फालिन्‍छ।

यसकारण लेखिएको छ,
“अहिले नै रूखको फेदमा बन्‍चरो परिसकेको छ। यसकारण असल फल नफलाउने हरेक रूख काटी ढालिन्‍छ, र आगोमा फालिन्‍छ।” [मत्ती 3:10]

Sources :
1. https://www.blueletterbible.org/study/larkin/dt/29.cfm
2. http://www.pray4zion.org/TheThreeTreeofIsraelOliveFigVineJudge.html
3. https://www.stempublishing.com/authors/pollock/magazines/The_Olive_Tree_Fig_Vine.html
4. https://www.mountvernon.org/library/digitalhistory/digital-encyclopedia/article/vine-and-fig-tree/

No comments:

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...