एकपटक पेन्सिल बनाउने व्यक्तिले पेन्सिललाई बक्समा राख्नुअघि पेन्सिललाई एक ठाउँमा लगे। उनले पेन्सिललाई भने, “तिमीलाई संसारमा पठाउनु अघि पाँचवटा चीजहरू जान्न आवश्यक छ। तिनीहरूलाई सधैं सम्झनु र तिनीहरूलाई कहिल्यै नबिर्सनु, र तिमीहरू सबैभन्दा राम्रो पेन्सिल बन्नेछाै।”
1. “यदि तिमीले आफूलाई कसैको हातमा समात्न अनुमति दियाै भने मात्र तिमीले धेरै महान कामहरू गर्न सक्षम हुनेछौं।”
2. “तिमीले समय-समयमा पीडादायी तिखारिने अनुभवकाे सामना गर्नुपर्नेछ, ताकि याे तिमीलाई राम्रो पेन्सिल बन्नको लागि आवश्यक छ।”
3. “तिमीले गर्न सक्ने कुनै पनि गल्तीलाई सुधार्न सक्नेछाै।”
4. “तिम्रो सबैभन्दा महत्त्वपूर्ण भाग सधैं भित्रको कुरा हुनेछ।”
5. “तिमीहरूलाई प्रयोग गरिएको हरेक सतहमा, तिमीले आफ्नो छाप छोड्नुपर्छ। र जस्तोसुकै अवस्था भए पनि लेख्न जारी राख्नुपर्छ।”
पेन्सिलले सबै कुरा बुझ्यो र सबै कुराहरू सम्झने वाचा गर्यो, र आफ्नो हृदयमा उद्देश्यको वास्तविक भावना लिएर बक्समा गयो।
अब, तपाईंले त्याे पेन्सिलको ठाउँमा आफैंलाई राख्नुहाेस। यी पाँच कुराहरू सधैं सम्झनुहोस र तिनीहरूलाई कहिल्यै नबिर्सनुहोस, र तपाईं पनि सबैभन्दा असल व्यक्ति बन्न सक्नुहुनेछ।
1. “तपाईंले तब मात्र धेरै महान कामहरू गर्न सक्षम हुनुहुनेछ, जब तपाईंले आफैलाई सृष्टिकर्ता परमेश्वरको हातमा समात्न अनुमति दिनुहुन्छ। र अरू मानिसहरूलाई तपाईंसँग भएका धेरै प्रतिभाहरूमा पहुँच गर्न अनुमति दिनुभयो भने तपाईले गर्नुहुने हरेक कुरामा सधैं केही छाप छोड्नुहुनेछ।”
2. “जीवनमा विभिन्न समस्याहरूबाट गुज्रदै गर्दा तपाईंले समय-समयमा पीडादायी तीखो अनुभव गर्नुहुनेछ। तपाईलाई बलियो व्यक्ति बन्नको लागि तपाईलाई प्रत्येक समय तिखार्न आवश्यक पर्दछ। त्यो राम्रो र अधिक उपयोगी छ।”
3. “तपाईंले गरेको कुनै पनि गल्तीलाई सच्याउन सक्षम हुनुहुन्छ। बुद्धिमान बन्नुहाेस र ती गल्तीहरूदेखि पाठ सिक्दै अगाडि बढिरहनुहाेस।”
4. “तपाईंकाे सबैभन्दा महत्त्वपूर्ण भाग सधैं भित्रको कुरा हुनेछ।”
(अर्थात तपाईंको असल चरित्रहरू या गुणहरू र आत्मा)
5. “तपाईं हिड्ने हरेक सतहमा, तपाईंले आफ्नो छाप छोड्नु पर्छ। परिस्थिति जस्तोसुकै होस, आफ्नो कर्तव्यलाई निरन्तरता दिनुहाेस। परिस्थिति जस्तोसुकै भए पनि, तपाईंले गर्ने हरेक कुरामा परमेश्वरको सेवा गरिरहनुपर्छ। तपाईंले नै सृष्टिकर्तालाई यस संसारमा प्रकट गराउन सक्नुहुन्छ।”
पेन्सिलको यो दृष्टान्तले तपाईंलाई प्रोत्साहन दिन अनुमति दिनुहोस। आफूलाई कहिल्यै निराश हुन नदिनुहोस र तपाईंको जीवन तुच्छ छ र परिवर्तन गर्न सकिँदैन भन्ने विचार आउन नदिनुहाेस। जान्नुहोस कि तपाईं एक विशेष व्यक्ति हुनुहुन्छ र तपाईं जन्मेको उद्देश्य पूरा गर्न सक्ने एक मात्र व्यक्ति हुनुहुन्छ। सम्झनुहोस, तपाई को हुनुहुन्छ भन्ने सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको तपाई भित्र के छ।
* यदि हामीले पेन्सिल बनाउनेको सन्देश बुझ्यौं र यी कुराहरूलाई सम्झ्यौं भने, हामी हाम्रो हृदयमा ठूलो उद्देश्यका साथ बाँच्नेछौं र हाम्रो निर्मातासँग दिनहुँ अर्थपूर्ण सम्बन्ध हुनेछ।
यसकारण लेखिएको छ,
“किनकि हामी असल कामहरूका निम्ति ख्रीष्ट येशूमा सृजना गरिएका उहाँका हातका सीप हौं। हामी तीबमोजिम हिँड़ौं भन्ने हेतुले परमेश्वरले पहिलेबाटै ती तयार गर्नुभएको थियो।” [एफिसी 2:10]
“किनभने जुन योजनाहरू मैले तिमीहरूका निम्ति बनाएको छु, ती म जान्दछु,” परमप्रभु भन्नुहुन्छ। “ती तिमीहरूका उन्नतिको निम्ति हुन, नोक्सानीको निम्ति होइनन, तिमीहरूलाई आशा र भविष्य दिनलाई।” [यर्मिया 29:11]
“जसले जस्तो वरदान पाएको छ, परमेश्वरका अनुग्रहका विभिन्न वरदान पाएका भण्डारेझैँ ती एक-अर्काको निम्ति प्रयोग गर।” [१ पत्रुस 4:10]
“उहाँले हामीलाई उद्धार गर्नुभयो, र एउटा पवित्र बोलावटद्वारा बोलाउनुभयो। हाम्रो कामको आधारमा होइन, तर उहाँको आफ्नै अभिप्राय र अनुग्रहको आधारमा हो, जो उहाँले ख्रीष्ट येशूमा युग-युग अघिदेखि हामीलाई दिनुभएको थियो।” [२ तिमोथी 1:9]
“सबै कुराभन्दा बड़ी, आफ्नो हृदयलाई सुरक्षित राख, किनभने त्यो सारा जीवनको मूल हो।” [हितोपदेश 4:23]
“हे परमेश्वर, ममा शुद्ध हृदय सृजनुहोस, र मभित्र एउटा स्थिर आत्मा पुनर्जीवित पार्नुहोस।” [भजनसंग्रह 51:10]
“हामी जान्दछौं, उहाँलाई प्रेम गर्नेहरू र उहाँका अभिप्रायअनुसार बोलाइएकाहरूका निम्ति हरेक कुरामा परमेश्वरले भलाइ नै गर्नुहुन्छ।” [रोमी 8:28]
“म तपाईंको प्रशंसा गर्छु, किनकि म भयानक र अद्भुत रीतिले बनाइएको छु। तपाईंका कार्यहरू अद्भुत छन, र त्यो कुरा म पूर्ण रूपले जान्दछु।” [भजनसंग्रह 139:14]
“तिमीहरू नै हाम्रा सिफारिश-पत्र हौ, जो सबै मानिसहरूले चिन्न र पढ्न सक्ने गरी तिमीहरूका हृदयमा लेखिएको छ।
तिमीहरूले नै देखाउँदछौ, कि तिमीहरू ख्रीष्टका पत्र हौ, अर्थात हाम्रो सेवाको फल, जुन पत्र मसीले होइन, तर जीवित परमेश्वरका आत्माले लेखिएको हो– ढुङ्गाका पाटीमा होइन, तर मासुका हृदय-पाटीमा।” [२ कोरिन्थी 3:2-3]
Sources :
1. https://www.google.com/amp/s/www.godsotherways.com/stories/2018/7/11/the-pencil-story%3fformat=amp
2. https://www.register-herald.com/news/life/parable-of-the-pencil-sharpens-our-sense-of-daily-purpose/article_2ce1f976-f05f-5022-94ab-114bb8a0cccc.html#:~:text=%2D%20You%20will%20be%20able%20to,correct%20mistakes%20you%20will%20make.

No comments:
Post a Comment