एक दिन नोबुशिगे नामको सेना गुरु हाकुइनकहाँ पुग्छ।
अनि नोबुशिगेले प्रश्न गर्छ, “के साच्चै स्वर्ग र नरक हुन्छ?”
गुरुले प्रश्न गर्छ, “तिमी को हौ?”
नोबुशिगेले भन्छ, “म एक सामुराई हुँ। एक सेना।”
गुरु हाकुइनले भन्छ, “तँ कस्तो खालको शासकको रक्षा गर्छस? तेरो अनुहार हेर्दा तँलाई दरिद्र भिखारी माग्ने मान्छे जस्तै देखिन्छ।”
नोबुशिगे रिसले चुर भएर तरवार झिक्छ।
तर पनि गुरुले भनिरहन्छ, “तेरो तरवार त यति भुत्ते छ कि सायद त्यसले मेरो टाउको काट्नै सक्तैन।”
नोबुशिगेले हाकुइनलाई काट्न भनी तरवार अघि बढाउँदै गर्दा गुरु हाकुइनले भन्छ, “अब यहाँ नरकको ढोका खोलिदै छ।”
जब सेना नोबुशिगेले गुरुबाट यो कुरा सुन्छ। उसले गुरुको उपदेश बुझ्छ। अनि आफ्नो तरवार भुइँमा राख्छ र गुरुलाई ढोग्छ।
गुरु हाकुइनले भन्छ, “अब यहाँ स्वर्गको ढोका खोलिदैछ।”
.jpg)
No comments:
Post a Comment