Saturday, October 7, 2023

हजुरआमा, नाति र पेन्सिल

 


 कुनै समय एउटा केटाले आफ्नी हजुरआमालाई चिठी लेखेको हेरिरहेको थियो। तब उसले सोध्यो,

 “हामीले गरेका कामको कथा लेख्दै हुनुहुन्छ? के यो मेरो बारेमा कथा हो?”


 उनकी हजुरआमाले उनको पत्र लेख्न छोडे र आफ्नो नातिलाई भनिन,

 “वास्तवमा, म तिम्रो बारेमा लेख्दैछु, तर शब्दहरूभन्दा महत्त्वपूर्ण मैले प्रयोग गरिरहेको पेन्सिल हो। म आशा गर्छु कि तिमी ठूलो भएपछि यो पेन्सिल जस्तै हुनेछौ।”


 केटाले जिज्ञासा राखेर पेन्सिलतिर हेर्यो। तर उनलाई त्यो त्यति महत्त्वपूर्ण लागेन। उसले भन्यो, “तर यो त मैले देखेको अन्य पेन्सिल जस्तै हो!”


 हजुरआमाले जवाफ दिइन, “तिमीले चीजहरूलाई कसरी हेर्छाै त्यसमा भर पर्छ। याे पेन्सिलमा सातवटा गुणहरू छन, यदि यसलाई तिमीले ध्यान राख्याै भने, तिमीलाई संसारमा सबैभन्दा असल र प्रभावशाली व्यक्ति बनाउनेछ।”


 पहिलो गुण: तिमीले महान चीजहरू गर्न सक्षम हुनेछाै, तर तिमीले कहिल्यै बिर्सनु हुँदैन कि त्यहाँ तिम्राे पाइलाहरूलाई निर्देशित गर्ने हात छ। हामी त्यो हातलाई परमेश्वर भन्छौं, र उहाँले सधैं उहाँको इच्छा अनुसार हामीलाई मार्गदर्शन गर्नुहुन्छ।


 दोस्रो गुण: जब पेन्सिलले लेख्न छोड्छ र तब धारदार बस्तु प्रयोग गर्नुपर्छ। यसले पेन्सिललाई केही पीडा त दिन्छ, तर पछि, त्यो धेरै तिखो हुनेछ। त्यसैले तिमीले पनि निश्चित पीडा र दु:ख सहन सिक्नुपर्छ, किनकि त्यसले तिमीलाई राम्रो मान्छे बनाउँछ।


 तेस्रो गुण: पेन्सिलले हामीलाई जहिले पनि गल्तीहरू हटाउन इरेजर प्रयोग गर्न अनुमति दिन्छ। यसको मतलब हामीले गरेको कामलाई सच्याउनु नराम्रो कुरा होइन। यसले हामीलाई न्यायको बाटोमा राख्न मद्दत गर्छ।


 चौथो गुण: पेन्सिलमा वास्तवमा महत्त्वपूर्ण कुरा यसको काठको बाहिरी भाग होइन, तर भित्रको ग्रेफाइट (कालो सिसा) हो। त्यसैले सधैं आफ्नो भित्र के भइरहेको छ भनेर ध्यान दिनुपर्छ।


 पाँचौं गुण: यसले सधैं छाप छोड्छ। त्यसैगरी, तिमीले जीवनमा गरेकाे सबै कुराहरूले छाप छोड्नेछ भन्ने कुरा तिमीले थाहा पाउनु पर्छ, त्यसैले तिमी तिम्रो हरेक कार्यमा सचेत हुने प्रयास गर्नुपर्छ। तिमीले पनि प्रयास, कडा परिश्रम र समर्पणबाट यस संसारमा छाप छोड्न सक्नेछाै।


 छैटौं गुण: यो प्रयोग गर्दा छोटो र छोटो हुन्छ, जीवन पनि हरेक दिन कम हुँदै गईरहन्छ। त्यसैले जीवनकाे हरेक पल असल काममा सदुपयोग गर्नुपर्छ।


 अन्तमा पेन्सिलको सातौं गुण हो: यसले अन्त्यसम्म लेख्छ।  तिमी पनि आफ्नो मृत्युको दिनसम्म उपयोगी र फलदायी बन्नुपर्छ।


 * पेन्सिल समाप्त हुन सक्छ, तर जब यसले छाप छोड्छ, तब याे सधैंभरि रहिरहन्छ!


Sources :
1. https://www.linkedin.com/pulse/seven-qualities-pencil-aditya-gupta
2. https://www.google.com/amp/s/www.citehr.com/amp.php%3ft=173062
3. https://steemit.com/story/@oj1/story-of-pencil-7916cac8113c1

No comments:

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...