Saturday, October 21, 2023

धेरै अर्थ भएका छ वटा साना कथाहरू

 



1. एकपटक सबै गाउँलेहरूले वर्षाको लागि प्रार्थना गर्ने निर्णय गरे। प्रार्थनाको दिन, सबै मानिसहरू भेला भए, तर एउटा मात्र केटाले छाता लिएर आयो। त्यो हो, “विश्वास”!

2. जब तपाइँ बच्चाहरूलाई हावामा फाल्नुहुन्छ, तिनीहरू हाँस्छन किनभने उनीहरूलाई थाहा छ कि तपाइँ तिनीहरूलाई समात्नुहुनेछ। त्यो हो, “भराेसा”!

3. हरेक रात हामी भोलिपल्ट बिहान जीवित हुने कुनै आश्वासन बिना ओछ्यानमा जान्छौं, तर पनि हामी उठ्नको लागि अलार्म मिलाउने गर्छौं। त्यो हो, “आशा”!

4. हामी भविष्यको शून्य ज्ञानको बाबजुद भोलिको लागि ठूला योजनाहरू बनाउँछौं। त्यो हो, “आत्मविश्वास”!

5. हामी संसारलाई दु:खी देख्छौं, तर पनि, हामी विवाह गर्छौं र बच्चाहरू जन्माउँछौं। त्यो हो, “प्रेम”!

6. एक वृद्धको शर्टमा एउटा वाक्य लेखिएको थियो, “म 80 वर्षको छैन, तर म 64 वर्षको अनुभवको साथमा 16 वर्षको ठिटो हुँ।” त्यो हो, “मनोवृत्ति”!

तपाईको दिन आशिषित रहोस र यी छ कथाहरू जस्तै जीवन बिताउनुहोस। सधै याद गरनुहाेस, असल साथीहरू जीवनका दुर्लभ गहना हुन, ती पाउन गाह्रो र प्रतिस्थापन गर्न असम्भव छ।


Sources :

1. https://www.linkedin.com/pulse/six-little-stories-lot-meaning-tommy-moch

2. https://heytherefriends.com/2022/08/13/six-little-stories-with-lots-of-meaning/


No comments:

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...