एक दिन जर्ज मुलरले आफ्ना पाँच साथीहरूको लागि परमेश्वरसँग प्रार्थना गर्न थाले ।
धेरै महिना पछि, तिनीहरूमध्ये एक जना प्रभु येशूमा विश्वासमा गरे ।
दस वर्ष पछि, अरू दुई जना येशूमा विश्वास गरे ।
चौथो व्यक्तिलाई प्रभु येशूमा विश्वास गर्न २५ वर्ष लाग्यो ।
मुलरले पाँचौं साथीको लागि आफ्नो मृत्यु नहोउन्जेल प्रार्थनामा लागि रहे, र ती ५२ वर्षहरूमा उनले ख्रीष्टलाई स्वीकार गर्ने आशा कहिल्यै त्यागेनन !
निश्चय नै एक न एक दिन त्यस मित्रले पनि प्रभु येशूको अगि घुँडा टेक्ने छ भन्ने विश्वास राखेर मूलरले त्यस मित्रको निम्ति निरन्तर रूपमा परमेश्वरसित प्रार्थना गरिरहे ।
त्यस मित्रको निम्ति प्रार्थना गरेको ५२ वर्ष बित्यो, तरै पनि उनको निम्ति मूलर प्रार्थना गर्न थाकेनन ।
उनको मृत्यु भयो । तब जुन दिन मूलरको अन्तिम संस्कार भयो । त्यसको केही समय पश्चात त्यस पाँचौ मित्रले पनि प्रभु येशूको अगि घुडाँ टेकेर आफ्नो व्यक्तिगत जीवनको प्रभु र मुक्तिदाता मानी ग्रहण गरे ।
एक पटक जर्मनीको डसेलडोर्फमा सेवा गरिरहेको बेला, मुलरलाई त्यस शहरमा एक मिसनरीले भेटे जो आफ्ना छ जना छोराहरू येशू ख्रीष्टमा विश्वास नगरेकोमा दुःखी थिए, यद्यपि उनी धेरै वर्षदेखि उनीहरूको लागि प्रार्थना गरिरहेका थिए । बुबाले के गर्नुपर्छ भन्ने प्रश्नको जवाफमा मुलरले जवाफ दिए, “आफ्ना छोराहरूको लागि प्रार्थना गरिरहनुहोस, र तपाईंको प्रार्थनाको जवाफको आशा गर्नुहोस, र तपाईंले परमेश्वरको प्रशंसा गर्नुपर्नेछ।”
छ वर्ष पछि, १८८२ को अगस्टमा, मुलर फेरि डसेलडोर्फमा सेवकाईमा फर्किए । यस पटक उनी त्यही मिसनरीबाट स्वागत पाउँदा खुसी भए जसले मुलरको सल्लाह पालना गर्ने संकल्प गरेको र आफ्ना छोराहरूको आत्मिक उन्नतिको लागि प्रार्थनामा आफूलाई अझ बढी समर्पित गरेको गवाही दिए । खुशीको परिणाम यो भयो कि १८७६ मा मुलर गएको दुई महिना पछि, त्यस मानिसका पाँच छोराहरू ख्रीष्टमा विश्वास गर्न थालेका थिए र छैटौं छोरा पनि अब त्यो प्रतिबद्धता गर्ने बारे गम्भीरतापूर्वक सोचिरहेका थिए ।
[जर्ज मूलरको जन्म २७ सेप्टेम्बर १८०५ मा प्रशियामा भएको थियो । उनको मृत्यु १० मार्च १८७८ मा बेलायतको ब्रीसटोलमा भएको थियो । उनी एक महान प्रचारक थिए । उनी आसली डाउन अनाथालयको निर्देशक पनि थिए, जसले आफ्नो जीवनकालमा १००२४ जना अनाथहरूको पालनपोषण गरे । उनले आफ्नो पढाई हल्ले-वीटनबर्गको मार्टिन लुथर विश्वबिद्यालयमा गरेका थिए । उनको विवाह मेरी ग्रोम्ससित भएको थियो तर मेरी ग्रोम्सको १८७० मा मृत्यु भएको कारण दोस्रो विवाह सुसन्नाह ग्रेस सेन्जरसित गरे ।]
* के तपाईंले पनि आफ्नो साथीहरूकाे निम्ति पनि निरन्तर प्रार्थना गरिरहनु भएको छ ?
यसकारण लेखिएको छ,
“सधैँ आनन्दित रहो।
निरन्तर प्रार्थना गरिरहो।
सबै परिस्थितिमा धन्यवाद देओ, किनकि ख्रीष्ट येशूमा तिमीहरूका लागि परमेश्वरको इच्छा यही हो।” [१ थेसलोनिकी ५:१६-१८]
“तिनीहरू सधैँ प्रार्थना गरिरहून र निराश नहोऊन भन्ने हेतुले उहाँले तिनीहरूलाई एउटा दृष्टान्त भन्नुभयो...” [लूका १८:१-८]
“यसरी पत्रुस झ्यालखानमा राखिए, तर तिनको निम्ति मण्डलीले परमेश्वरलाई बड़ो जोशसँग प्रार्थना गरिरहेको थियो।” [प्रेरित १२:५]
Sources :
1. दर्पण छायाँ - २, तिमाेथी राई, प्रथम प्रकाशन फेब्रुअरी २०१८, प्रतिष्ठा प्रकाशन, काठमाडौं, नेपाल, पृष्ठ नम्बर ३३-३४
2. https://www.georgemuller.org/devotional
3. https://www.georgemuller.org/devotional/george-muller-persistent-prayer-for-5-individuals
4. https://charactercincinnati.org/patience-praying-patiently-fifty-two-years/
5. https://www.intlmissions.org/?p=2080
6. https://gracequotes.org/quote/one-day-george-mueller-began-praying-for-five-of-his-friends-after-many-months-one-of-them-came-to-the-lord-ten-years-later-two-others-were-converted-it-took-25-years-before-the-fourth-man-was-sa/
7. https://vancechristie.com/2020/05/07/the-half-century-prayer-request-of-george-muller/
8. https://mtbethel.org/2022/03/dont-give-up-dont-give-in-pray-continually/

No comments:
Post a Comment