Saturday, May 17, 2025

प्रार्थनाको शक्ति

 



 यो सन १८७६ को घटना हो । अमेरिकाको मिनिसोटा राज्यमा लगाइएका प्रायः सबै खेतीपाती फटेग्राँले खाएर सिध्याइदिएका थिए । जसको कारण सन १८७७ को वसन्त ऋतुमा मिनिसोटाका सारा मानिसहरू अति ससंङ्कित बनेका थिए । किनकि यो गहुँको खेतीको समय थियो । 


उनीहरूलाई लागेको थियो, कि त्यस प्रकारको प्रकोप फेरि पनि आउनेछ र हजारौं मानिसहरूमाथि भयानक संकट आइपर्नेछ र हजारौं मानिसहरूले अनिकालको सामना गर्नु पर्नेछ । मिनिसोटाको परिस्थिति अति भयावह थियो । 


यसैकारण सन १८७७ को अप्रिल २६ को दिनलाई उपवास र प्रार्थनाको दिन भनी घोषणा गरियो । त्यहाँको राज्यपाल जोहन एस. पिल्सबरीले सारा मिनिसोटावासी (बृद्ध, वयस्क, जवान र बाल-बालिकाहरू सबै) लाई त्यस उपवास र प्रार्थनामा सहभागी हुन आह्वान गरे, ताकि त्यस प्रकारको प्रकोप फेरि पनि फर्केर नआओस । 


अप्रिल २६ को दिन सारा मिनिसोटाभरिका पाठशालाहरू, पसलहरू, सरकारी, गैर सरकारी कार्यालयहरू, उद्योगधन्धाहरू सबै बन्द गरियो । सम्पूर्ण मानिसहरू पश्चात्ताप गर्दै भक्तिको साथ उपवास बसिकन प्रार्थनामा जुटेका थिए ।


सारा मिनिसोटाको वातावरण शान्तमय थियो । २ । २७ अप्रिलको मौसम अति उज्यालो र सफा थियो । अप्रिल महिना भए तापनि त्यस दिनको मौसम मध्यग्रीष्म ऋतुको जस्तो भएको थियो । अप्रिल महिनामा यस्तो हुनु अस्वभाविक थियो । मानिसहरू छक्क परिरहेका थिए । सारा मिनिसोटाभरि अरबौं फटेग्राँले अण्डा पारेर थुपारे । 


तीन दिनसम्म प्रचण्ड गर्मी भयो । अण्डाबाट बच्चाहरू फुटिनिस्किए । तिनीहरू अन्नबाली खाने अवस्थामा आउन अघि नै यस्तो प्रचण्ड गर्मी भएको थियो । 


चौथो दिनमा अचानक मौसममा आमुल परवर्तन आयो, गर्मीको तापक्रम घट्यो र सारा मिनिसोटाभरि रातभरि तुषारो पर्यो । जुन तुषारोले फटेग्राँका सबै बच्चाहरू र अन्य भए भरका किराहरू पनि आगोले जलाएसरह र विष लगाएसरह मारिदियो । यो मिनिसोटाको इतिहासमा घटेको घटना हो । यो २६ अप्रिलको दिन गरिएको उपवास र प्रार्थनाको उत्तर थियो ।


तर दुर्भाग्यको कुरा यी दिनहरूमा मानिसहरूले यस प्रकारको उपवास र प्रार्थना गर्न छाडिसकेकाछन ।


यसकारण लेखिएको छ,

“यदि मेरो आफ्नै नाउँ दिइएको मेरो प्रजाले आफैलाई नम्र पारेर प्रार्थना गर्छ, र मलाई खोजेर आफ्ना दुष्ट चालहरूबाट फर्कन्छ, तब म स्वर्गबाट तिनीहरूको प्रार्थना सुन्नेछु, र तिनीहरूका पाप क्षमा गर्नेछु, र तिनीहरूको देशलाई म स्वस्थ्य पार्नेछु। 

अब यस ठाउँमा गरिएका प्रार्थना ध्यानसित सुन्न मेरा कान र हेर्न मेरा आँखा खुला रहनेछन।” [२ इतिहास ७:१४-१५]


“हामी आफ्ना चाल जाँचेर हेरौं, र हामी परमप्रभुतिर फर्कौं। 

हामी हाम्रा हात अनि हृदय स्वर्गका परमेश्वरतिर उठाऔं, अनि भनौं:” [विलाप ३:४०-४१]


“यसकारण तिमीहरू एकले-अर्कासँग आ-आफ्ना पाप स्वीकार गर। तिमीहरू निको हुनलाई एउटाले अर्काको निम्ति प्रार्थना गर। धार्मिक मानिसको प्रार्थना शक्तिशाली र प्रभावशाली हुन्छ। 

एलिया पनि त हामीहरूको जस्तै स्वभाव भएका मानिस थिए। तिनले पानी नपरोस् भनेर भक्तिसाथ प्रार्थना गरेका थिए, र तीन वर्ष छ महिनासम्म पृथ्वीमा पानी परेन। 

तिनले फेरि प्रार्थना गरे, र आकाशबाट वर्षा भयो, र भूमिले उब्जनी दियो।” [याकूब ५:१६-१८]


Source :

पुस्तक : दर्पण छायाँ - २, तिमाेथी राई, प्रथम प्रकाशन फेब्रुअरी २०१८, प्रतिष्ठा प्रकाशन, काठमाडौं, नेपाल, पृष्ठ न. ४९


No comments:

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...