Tuesday, May 13, 2025

पाँच औंलाकाे प्रार्थना

 




 लूका ११:१ मा, चेलाहरूले येशूलाई भन्छन, “प्रभु, हामीलाई प्रार्थना गर्न सिकाउनुहोस ।”


प्रार्थनाका धेरै तरिका र प्रकारहरू छन । तल तपाईंले प्रार्थनाका पाँच फरक प्रकार/विधिहरू पाउनुहुनेछ । हामी आशा गर्छौं कि तपाईंले याे विधीलाई प्रयास गर्नुहुनेछ । महत्त्वपूर्ण कुरा यो हो कि हामी प्रत्येकले प्रार्थना गर्ने एउटा तरिका फेला पार्छौं जुन हामीलाई मन पर्छ (याद गर्नुहोस जोन वेस्लीले सिकाउनुभएको थियो कि हामीले प्रार्थनाको आनन्द लिनुपर्छ !) र हामी प्रार्थना गर्ने मानिसहरू बन्न प्रतिबद्ध छौं ! हामी प्रत्येकले परमेश्वरसँग फरक-फरक तरिकाले जोडिन्छौं, र प्रार्थना गर्ने फरक-फरक तरिकाहरू छन ।


प्रत्येक औंलाले प्रार्थना गर्नुपर्ने मानिसहरूको समूहलाई प्रतिनिधित्व गर्दछ ।


1. पहिलो औंला (तपाईंको नजिकका मानिसहरू)


 जब तपाईं हात जोड्नुहुन्छ, बुढी औंला तपाईंको सबैभन्दा नजिक हुन्छ । त्यसैले सुरुमा तपाईंका नजिकका व्यक्तिहरू, आफ्ना प्रियजनहरूका लागि प्रार्थना गर्नुहोस । तिनीहरूलाई सम्झन सबैभन्दा सजिलो हुन्छ । तिनीहरूलाई मार्गदर्शन र निर्देशन दिनको लागि परमेश्वरसँग प्रार्थना गर्नुहोस । हाम्रा प्रियजनहरूको लागि प्रार्थना गर्नु, सी.एस. लुईसले एक पटक भनेझैं, “मिठो कर्तव्य” हो ।


2.  दोस्रो औंला (सूचक/बाटो देखाउने मानिसहरू)


 दोस्रो औंलाले हाम्रो गुरूहरूलाई संकेत गर्छ । हामीलाई सिकाउने, निर्देशन दिने र सही दिशामा देखाउने प्रयास गर्नेहरूका लागि प्रार्थना गर्नुहोस । मण्डलीका अगुवाहरू/शिक्षकहरू र प्रचारकहरू, बच्चाहरूलाई सिकाउनेहरू, हाम्रा गुरुहरू आदि पनि समावेश छन । अरूलाई सही दिशामा देखाउन उनीहरूलाई सहयोग र ज्ञान चाहिन्छ । त्यसैले उहाँहरूलाई आफ्नो प्रार्थनामा राख्नुहोस ।


3. तेस्रो औंला (अधिकारमा रहेका व्यक्तिहरू)


 तेस्रो औंला सबैभन्दा अग्लो औंला हो । यसले तपाईंलाई आफूमाथि अधिकार भएकाहरूका लागि प्रार्थना गर्न सम्झाउँछ । राष्ट्र प्रमुख, व्यापार र उद्योगका नेताहरू र प्रशासक अधिकारीहरू, राष्ट्रिय र स्थानीय नेताहरू र काममा तपाईंको पर्यवेक्षकहरूको लागि प्रार्थना गर्नुहोस । यी मानिसहरूले हाम्रो राष्ट्रलाई, हाम्रो जीवनलाई, संसारलाई आकार दिन्छन र जनमतलाई मार्गदर्शन गर्छन । तिनीहरूलाई परमेश्वरको मार्गदर्शन चाहिन्छ ।


जब निनवेका राजाले परमेश्वरलाई प्रार्थना गरे, र उनले आफ्नो राष्ट्रलाई विनाशबाट बचाए (योना ३:६-१०)। हामीले हाम्रा निर्णयकर्ताहरूले पश्चात्ताप गरून र हामीलाई डोऱ्याउँदै परमेश्वरको इच्छा खोजून भनेर प्रार्थना गर्नुपर्छ ।


4. चौथो औंला (कमजोर मानिसहरू)


 याे सामान्यतया हाम्रो औंलाहरू मध्ये सबैभन्दा कमजोर औंला हो । धेरैलाई अचम्म लाग्छ कि यो हाम्रो सबैभन्दा कमजोर औंला हो (जसलाई पियानो शिक्षकले प्रमाणित गर्न सक्छन)। 


यसले हामीलाई कमजोर, समस्यामा, आवश्यकतामा वा पीडामा परेकाहरूका लागि प्रार्थना गर्न सम्झाउँछ । तिनीहरूकाे लागि दिनरात तपाईंको प्रार्थनाको आवश्यकता छ ।


5. कान्छी औंला (आफ्नै आवश्यकताहरू) 


 र अन्त्यमा, यसले तपाईंलाई परमेश्वरको महानताको सम्बन्धमा तपाईं कति सानो हुनुहुन्छ भनेर सम्झना गराउँछ । तपाईंको सानो औंलाले तपाईंलाई आफ्नो लागि प्रार्थना गर्न सम्झाउनु पर्छ । जसरी प्रत्येक औंला हातको एक भाग हो, त्यसरी नै तपाईं पनि परमेश्वरको एक भाग र तपाईं महत्त्वपूर्ण हुनुहुन्छ । 


जबसम्म तपाईंले अन्य चार समूहहरूको लागि प्रार्थना गर्नुहुनेछ, तपाईंको आफ्नै आवश्यकताहरूलाई उचित दृष्टिकोणमा राखिनेछ र तपाईं आफ्नो लागि अझ प्रभावकारी रूपमा प्रार्थना गर्न सक्षम हुनुहुनेछ । तपाईंले परमेश्वरलाई तपाईंको समस्याहरू कति ठूलो छ भनेर बताउनुहुने छैन, तर तपाईं आफैलाई र परमेश्वरलाई परमेश्वर कति महान शक्तिशाली हुनुहुन्छ भनेर बताउनुहुनेछ ! 


“पाँच औंलाकाे प्रार्थना” अरूको लागि प्रार्थना गर्दा प्रयोग गर्नको लागि एक उत्तम मार्गदर्शक हो । यो बच्चाहरूलाई सिकाउनको लागि प्रार्थनाको एक सरल रूप हो, तर सबै उमेरका मानिसहरूका लागि पनि यो एक राम्रो विधि हो । यो परिवारको प्रार्थनाकाे समयमा प्रयोग गर्नको लागि एक राम्रो तरिका हुन सक्छ । यदि धेरैले हरेक दिन सँगै प्रार्थना गर्न समय निकाले भने उनीहरूको परिवारमा सकारात्मक प्रभाव देख्ने सम्भावना हुन्छ ।


​याद राख्नुहोस, तपाईंले प्रार्थनाको जुनसुकै तरिका प्रयोग गर्नुभयो भने तापनि, सबैभन्दा महत्त्वपूर्ण कुरा यो हो कि तपाईं प्रार्थनामा प्रतिबद्ध चेला बन्नको लागि कदम चाल्दै हुनुहुन्छ !


निरन्तर प्रार्थना गरिरहनुहोस । तपाईंको परिवार तथा साथीहरू, मण्डलीका अगुवा तथा शिक्षकहरू, तपाईंको राष्ट्र र अधिकारीहरू, कमजोर तथा बिमारीहरू, स्वयंकाे लागि र विश्व शान्तिको लागि प्रार्थना गर्नुहोस ।


Sources :

1. https://corporationyou.wordpress.com/2017/06/09/five-finger-prayer/

2. https://www.minormemorial.org/committed-to-prayer

3. https://www.frontlinegr.com/parentresource/2021/11/2/kids-amp-prayer

4. https://pin.it/2xZ7KQuRU

5. https://www.unityfh.com/the-five-finger-prayer/

6. https://thepracticaldisciple.com/how-to-pray-the-five-finger-prayer-method/

7. https://karinasussanto.wordpress.com/2013/05/13/the-five-finger-prayer/

8. https://liturgy.co.nz/five-finger-prayer

9. https://corporationyou.wordpress.com/2017/06/09/five-finger-prayer/

10. https://247moms.com/2014/12/five-finger-prayer-teaching-kids-to-pray-for-others/

11. https://ronstadt.wordpress.com/2015/02/21/five-finger-prayer/

12. https://www.unityfh.com/the-five-finger-prayer/

13. https://www.changingkingdoms.com/post/intimacy-with-god-simple-steps

14. https://ministry-to-children.com/five-finger-prayer/

15. https://slideplayer.com/slide/12702477/





No comments:

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...