Monday, May 12, 2025

प्रार्थना र शैतानकाे आज्ञापालन

 



 एउटी धेरै गरिब महिलाले परमेश्वरसँग मद्दत माग्दै रेडियो स्टेशनमा फोन गरेर प्रार्थनाकाे बिषय राखिन । 


त्यो रेडियो कार्यक्रम सुनिरहेका एक अविश्वासीले महिलाको मजाक उडाउने निर्णय गरे । 


उनले रेडियो स्टेशनबाट महिलाको ठेगाना लिए र आफ्नो सचिवलाई ती महिलाकाे निम्ति ठूलो मात्रामा खाद्य पदार्थ बोकेर जान भने । 


यद्यपि, उनले निम्न निर्देशन दिए, “जब महिलाले खाना कसले पठाएको भनेर सोध्छिन, उनलाई भन्नु कि यो शैतानबाट आएको हो ।” 


जब सचिव महिलाको घरमा पुगे, महिला खुसी भईन र प्राप्त सहयोगको लागि आभारी भईन । 


उनले खानाका प्याकेटहरू आफ्नो सानो घर भित्र राख्न थालिन । 


त्यसपछि सचिवले उनलाई सोधिन, 

“के तपाईं जान्न चाहानुहुन्न कि खाना कसले पठाएको हो ?”


महिलाले जवाफ दिइन, 

“होइन, मलाई वास्ता छैन किनभने जब परमेश्वरले आदेश दिनुहुन्छ, तब शैतानले पनि उहाँको आज्ञापालन गर्नुपर्छ !”


जहाँ विश्वास सुरु हुन्छ, त्यहाँ चिन्ताको अन्त्य हुन्छ ।


* के तपाईंको जीवनमा पनि यस्तो कुनै अनुभव  छ ?


यसकारण लेखिएको छ,

“तब परमप्रभुले शैतानलाई भन्नुभयो, ‘लौ त, त्यसकहाँ जे-जति छन, सबै तेरै हातमा भयो। केवल अय्यूबको शरीरलाई चाहिँ नछो।’ तब शैतान परमप्रभुको उपस्थितिबाट निस्केर गयो।”  [अय्यूब १:१२]


“तब परमप्रभुको यो वचन एलियाकहाँ आयो: 

‘यो ठाउँ छोड़ेर पूर्वतिर लाग, र यर्दनको पूर्वतिर भएको करीतको खोल्सामा गएर लुकिबस। 

तैंले खोलाको पानी पिउनू, र तँलाई त्यहाँ खुवाउनलाई मैले कागहरूलाई हुकुम गरेको छु।’ 

यसैले परमप्रभुले भन्नुभएझैँ तिनले गरे। तिनी यर्दनको पूर्वतिर भएको करीत खोल्सामा गएर बसे। 

त्यहाँ कागहरूले तिनलाई बिहान रोटी र मासु र बेलुकी रोटी र मासु ल्याइदिए, र तिनले खोलाको पानी पिए।” [१ राजा १७:२-६]


“जसले कोरेसका बारेमा भन्नुहुन्छ, ‘त्यो मेरो गोठाला हो, र मेरो सबै इच्छा त्यसले पूरा गर्नेछ।’ यरूशलेमको बारेमा त्यसले यसो भन्नेछ, ‘त्यो फेरि बनाइओस,’ र मन्दिरको बारेमा चाहिँ, ‘यसको जग बसालिओस’ ।” [यशैया ४४:२८]


“पृथ्वीका सबै मानिसहरू व्यर्थका गनिन्छन। स्वर्गका शक्तिहरूलाई र पृथ्वीका मानिसहरूलाई उहाँले चाहेअनुसार गर्नुहुन्छ। कसैले पनि उहाँको हात रोक्न सक्दैन, वा ‘तपाईंले के गर्नुभयो’ भनी कसैले पनि सोध्न सक्दैन।” [दानिएल ४:३५]


Sources :

1. https://mycbseguide.com/questions/868418/

2. https://brainly.com/question/30718160

3. https://en.rattibha.com/thread/1717525581988815272

4. https://askfilo.com/user-question-answers-smart-solutions/ii-read-the-given-anecdote-and-analyse-the-similarities-and-3132343634333037

5. https://faithpixel.com/t/i-don-t-care-because-when-god-orders-even-the-devil-obeys/5210

6. https://www.linkedin.com/posts/houstongolden_whatinspiresme-success-motivation-activity-6949737437409538048-FL_T

7. https://www.facebook.com/464439913721136/posts/pfbid02dYLzBKu8EdtuSoCVRXqGJod2QErpMdERiPtL5x9QGvje9ZdvUtgJrfiNZMnLnJNxl/?app=fbl




No comments:

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...