Friday, June 30, 2023

दश आज्ञाहरूको बारेमा चकित पार्ने तथ्यहरू :

 





1. मोशाले वास्तवमा तिनीहरूलाई “दश आज्ञा” भनेर उल्लेख गर्दैनन।
“दश आज्ञा” बाइबलको सबैभन्दा प्रसिद्ध खण्डहरू मध्ये एक हाे। तर अनौठो कुरा, तिनीहरूलाई वास्तवमा कहिले पनि दस आज्ञा भनिदैन (प्रस्थान 20:1-2)। यसैले प्रस्थान 20 लाई अक्सर Decalogue [dekálogos] भनेर चिनिन्छ। deka को ग्रीक शब्द “दश” र logos को अर्थ “शब्द” हो। यसकारण यसको शाब्दिक अर्थ “दश शब्दहरू” हुन्छ, जुन पुरानो नियममा तीन पटक आउँछ (प्रस्थान 34:28; व्यवस्था 4:13; 10:4)। यी दश शब्दहरू हुन जुन परमेश्वरले सिनाई पर्वतमा इस्राएलीहरूलाई दिनुभएको थियो।

2. दश आज्ञाहरू मोशाको सम्पूर्ण व्यवस्थाको आधार वा सारांश हुन।
जसरी येशूले मत्ती 22:35-40 मा सिकाउनुभयो “सारा व्‍यवस्‍था र अगमवक्ताहरूका शिक्षाको आधार नै यी दुई आज्ञाहरू हुन।”

3. दश आज्ञाहरू आदमलाई थाहा थिएन।
उनीसँग एउटा मात्र व्यवस्था थियो र उनले त्यो ताेडेर पाप गरे र उनीद्दारा नै सम्पुर्ण मानवजाती दाेषी भएको छ (उत्पत्ति 2:17; रोमी 5:12-21)। आदमले आदर गर्ने कोही बाबु वा आमा थिएनन, कोहीसँग व्यभिचार गर्ने थिएनन, न त चोर्ने कोही थिए। उनीसँग सबै थोकको स्वामित्व थियो।

4. दश आज्ञाकाे पाटीहरूमा अगाड़ि र पछाड़ि दुवैपट्टि लेखिएका थिए।
वास्तविकता यो पाटीहरू एकपट्टीमात्रै हाेईन, तर अगाडि र पछाडि कोरिएका थिए। (प्रस्थान 32:15)

5. दश आज्ञाहरू सिनैभन्दा पहिले इस्राएलमा चिनिएनन। (व्यवस्था 4:७7-8; व्यवस्था 5:2-3; नेह. 9:13-14)
दश आज्ञाहरू अब्राहाम, इसहाक, याकूब र इजरायलका अन्य पुर्खाहरूलाई सीनै अघि थाहा थिएन (व्यवस्था 5:2-3)। अब्राहाम र तिनको सन्तानलाई चौध आज्ञाहरू थिए (उत्पत्ति 12:1; उत्पत्ति 26:5), मनुष्य शासनको युगमा नियमहरू नूहबाट दिइएको (उत्पत्ति 9:1-18)। सिनाई आज्ञाहरू (प्रस्थान 16:28 मा उल्लेख गरिएको) अघि इस्राएलमा कानूनहरू त्यस समयसम्म मोशालाई दिइएको 184 आज्ञाहरू थिए, दस आज्ञाहरू होइनन।

6. दश आज्ञाहरूलाई “करार” भनिन्थ्यो।
किनभने तिनीहरू सीनैमा परमेश्वर र इस्राएल बीचको करार सम्झौताको आधार थिए (प्रस्थान 34:28; व्यवस्था 4:13)।
तिनीहरू परमेश्‍वर र मोशाको व्यवस्थाको पूर्णता थिएनन, केवल परमेश्‍वरद्वारा सुनिने गरी बोलिएको करारको पहिलो भाग थियोे (व्यवस्था 5:22)। परमेश्वरको व्यवस्थाको अन्त्य भएको कारणले होइन, तर इस्राएलले उहाँको सोर अब नसुन्‍न बिन्ती गरे, नत्रता तिनीहरू मर्नेछन (व्यवस्था 5:23-29; हिब्रू 12:18-21)।

7. दश आज्ञाभित्र पनि 613 आज्ञाहरू छन।
जबकि दश आज्ञाहरू धेरै धूमधामका साथ दिइयो, तिनीहरू वास्तवमा सिनाईमा मोशालाई सन्देश पठाइएका 613 ​​आज्ञाहरूको नमूना मात्र हुन। दश आज्ञाहरू परमेश्वरको व्यवस्थाको सारांश थिए। यी दश आज्ञाहरू जति महत्त्वपूर्ण छन, 613 आज्ञाहरू पनि त्यति नै महत्त्वपूर्ण छन।

8. दश आज्ञाका दुई सेटहरू थिए।
बाइबल अनुसार, दश आज्ञाका दुई सेटहरू थिए, अर्थात त्यसलाई दुई पटक बनाईएकाे थियोे। इजरायलका सन्तानहरूले सुनको बाछोको पूजा गरेको देखेर क्रोधित हुँदा मोशाले परमेश्‍वरद्वारा लेखिएका पहिलो दस आज्ञाहरू चकनाचुर पारेका थिए (प्रस्थान 32:4, 19-20)। दस आज्ञाहरूको दोस्रो सेटपछि मोशाद्वारा काटिएको थियो र परमेश्वरद्वारा पुन: लेखिएको थियो।

9. दश आज्ञालाई दुई भागमा विभाजन गर्न सकिन्छ।
दश आज्ञाहरू दुईवटा ढुङ्गाहरूमा लेखिएका थिए। पहिलो पाँच आज्ञाहरू मुख्य रूपमा परमेश्वरतर्फ मानिसकाे दायित्वसँग सम्बन्धित छन, र पछिल्लो पाँच आज्ञाहरू अन्य व्यक्तिहरूसँगकाे पारस्परिक सम्बन्ध कसरी राख्ने भनेर नियमन गर्नमा केन्द्रित  छ।

10. वास्तवमा दश आज्ञाहरू परमेश्वरले लेख्नुभएको थियोे, मोशाले होइन।
यो प्रायः भन्ने गरिन्छ कि जब परमेश्वरले प्रस्थान अध्याय 20 मा आज्ञाहरू बोल्नुभयो, मोशाले तिनीहरूलाई लेखे। तर पाटीहरू परमेश्वरको औंलाले कुँदिएका थिए। (प्रस्थान 31:18, 32:15-16)

11. दश आज्ञाहरू बाइबलमा दुई ठाउँमा फेला पार्न सकिन्छ।
दश आज्ञाहरू टोरामा दुई पटक रेकर्ड गरिएको छ। पहिलो पटक प्रस्थान 20 मा, र फेरि व्यवस्था 5 मा। दुई संस्करणहरू लगभग समान छन, तर त्यहाँ भिन्नताहरू पनि छन। तिनीहरू प्रस्थान 34 मा उल्लेख गरिएको छ, जहाँ यसले पहिलोको बारेमा कुरा गर्छ र त्यसपछि के भयो भनेर अगाडि बढ्छ। व्यवस्थाकाे पुस्तकमा दिईएकाे दस आज्ञाहरूकाे संस्करण अलि लामो छ। यसको कारणले गर्दा व्यवस्था भनेको माेशाले 40 वर्षअघि घटेका घटनाहरूको पुन: बताउनु हो, जसमा उनको अन्तर्दृष्टिपूर्ण टिप्पणी थपिएको छ।

12. तेस्रो आज्ञा प्रायः मानिसले भङ्ग गर्ने आज्ञा हो।
यो महसुस नगरी तेस्रो आज्ञा तोड्न सजिलो छ। अहिले सामाजिक सञ्जालहरूमा “OMG” शब्दकाे प्रयोग व्यापक रूपमा भएको पाउँछौं। यसको अर्थ “हे मेरो परमेश्वर” हुन्छ। याे वाक्यांशले परमेश्वरको नाम व्यर्थमा लिइरहेको छ, जुन विशेष रूपमा निषेध गरिएको छ। हामी मध्ये धेरै जसो यस प्रकारका वाक्यांशहरूप्रति असंवेदनशील भएका छौं। तर गहिरो आदर र सम्मान नदेखाउने कुनै पनि तरिकामा परमेश्वरको नामलाई उल्लेख गर्नु भनेको व्यर्थै उहाँको नाम लिनु हो। बाइबलले यसो भन्छ, “तिनीहरू तपाईंको विरुद्धमा दुष्‍ट नियतले बोल्‍छन, र तपाईंका शत्रुहरूले तपाईंका नाउँको दुरुपयोग गर्छन।” (भजनसंग्रह 139:20)

यदि परमेश्वरका शत्रुहरूले उहाँको नाम व्यर्थमा लिन्छन भने, हामी क्रीस्चियनहरूको रूपमा, उहाँलाई आदर र प्रशंसा बाहेक अरू कुनै पनि तरिकामा उल्लेख गर्न इन्कार गरेर आफूलाई अलग राख्न सावधान हुनुपर्छ। परमेश्वरकाे नाम कसमकाे रूपमा प्रयोग गर्नु पनि याे आज्ञा भङ्ग गर्नु हो।

13. चाैथाे आज्ञा शबाथ दिन एक पुल हाे।
शबाथ आज्ञाले पहिलो 3 आज्ञाहरू र अन्तिम 6 आज्ञाहरूकाे बीचमा पुल बनाउँछ। पहिलो 3 आज्ञाहरू परमेश्वरको आराधनासँग सम्बन्धित छ, र अन्तिम 6 आज्ञाहरू आफ्नो छिमेकीहरूमाथिकाे व्यवहारसँग सम्बन्धित छ।

14. पाँचौ आज्ञा प्रत्यक्ष आशिषसँग जाेडिएकाे छ।
“आफ्‍ना बाबु र आमालाई आदर गर, कि जुन देश तिमीहरूलाई परमप्रभु आफ्‍ना परमेश्‍वरले दिनुहुन्‍छ, त्‍यहाँ तिमीहरूको आयु लामो होस।” (प्रस्थान 20:12)
यो आज्ञा यस्तो एकमात्र आज्ञा हाे, जाे प्रत्यक्ष आशिषसँग जाेडिएकाे छ। याे आज्ञापालन गरेबापत हामीलाई लामो आयु परमेश्वरले दिनुहुनेछ। याे सत्य हामीले बुझ्नुपर्छ कि परमेश्वरले हामीलाई दिनुहुने लामो जीवनकाे आशिष हाम्रो दिनको लामो संख्याभन्दा धेरै अधिक महत्त्वपूर्ण छ। यो हाम्रो जीवनको हरेक दिन उहाँको प्रबन्ध, सुरक्षा र निर्देशनको प्रतिज्ञा हो। याे आज्ञालाई 10 आज्ञाहरूमा समावेश गर्नुको मुख्य र महत्त्वपूर्ण कारण भनेको उहाँका जनहरूले उहाँलाई आदर गरेको चाहनुहुन्थ्यो। हाम्रा पार्थिव आमाबाबुलाई उचित आदरको साथ व्यवहार गर्नु भनेको हामीले कसरी परमेश्वरलाई आदर र महिमा गर्छौं भन्ने संकेत मात्र हो।

जब सम्बन्धहरू टुक्रा-टुक्रा हुन्छन र आमाबाबु सम्मान प्राप्त गर्न अयोग्य देखिन्छन, तर हामीले पाँचौं आज्ञापालन गर्न छनौट गर्दा ठूलो आशिष प्राप्त हुन्छ। परमेश्वरलाई सबै कुरा थाहा छ, र उहाँले बुझ्नुहुन्छ। उहाँ आफ्ना प्रतिज्ञाहरू पालन गर्नमा विश्वासयोग्य हुनुहुन्छ।

15. छैटौं आज्ञा “हत्या नगर्नु” ले हत्यालाई निषेध गर्दछ।
दश आज्ञा कुनै निर्दाेषलाई मार्नु र विनाकारण मार्नुलाई हत्या भन्छ। युद्ध र मृत्युदण्ड यस आज्ञा अन्तर्गत समावेश गरिएको थिएन। नयाँ करारमा त कुनै व्यक्तिलाई घृणा गर्नु पनि हत्यामा गनिन्छ। (1 युहन्ना 3:15)

16. सातौं आज्ञा “तिमीले व्यभिचार नगर्नु” काे गलत अर्थ
याे आज्ञालाई प्राय: यौन नैतिकताको बारेमा कथनको रूपमा व्याख्या गरिएको छ, तर “यौन गतिविधि गर्नु र विवाह गर्नु पाप हाे” भनेर विवाहलाई नै निषेध गर्नु हाेईन।

17. दश आज्ञाहरूमा अनुवाद गर्न सबैभन्दा गाह्रो शब्दहरू मध्ये एक “लोभ” हो।
हिब्रूमा, यो शब्द को अर्थ “इच्छा” छ। यस अनुवादले आज्ञाहरूको अर्थहरूको धेरै दृष्टिकोणहरू पनि प्रकट गर्दछ।

18. नयाँ करारमा दश आज्ञाहरू मध्ये एउटै आज्ञा बाहेक सबैलाई समर्थन गरिएको छ।
धेरैजसो क्रीस्चियनहरूले सातौं दिन अर्थात विश्राम दिनकाे आज्ञालाई शाब्दिक रूपमा पालन गरेका छैनन र यसलाई बाइबलीय आधारबिना शनिवारदेखि आइतवार परिवर्तन गरेका छन भनेर केही सम्प्रदायका मानिसहरूले बारम्बार आराेप लगाउने गर्दछन।
दश आज्ञाहरू प्रारम्भिक क्रीस्चियनहरूले पालन गरेनन, जसरी कसैले सिकाउँछन। दश आज्ञाहरूका नौ आज्ञाहरू मात्र नयाँ नियमको कार्यक्रमको भाग बने, चौथो शबाथको बारेमा पूर्ण रूपमा हटाइएको थियो। पुरानो करारका यहूदीहरूझैँ शबाथ दिन अनिवार्य रूपमा पालन गर्न क्रीस्चियनहरू बाध्य छैनन। प्रारम्भिक क्रीस्चियनहरूले यसलाई पालन गरेनन र अरूलाई त्यसो गर्न पनि सिकाएनन (रोमी 14:5-6; गलाती 4:9-10; कल. 2:14-17)। तिनीहरूले हप्ताको पहिलो दिनलाई आज्ञाको रूपमा होइन, तर अन्य कारणहरूले मनाए। एउटा बाहेक सबै आज्ञाहरूलाई येशू र उहाँका चेलाहरूले समर्थन गरेका छन।

शबाथ पालन गर्नु भनेको एउटा मात्र आज्ञा हो, जुन नयाँ नियममा फरक तरिकाले उल्लेख गरिएको छ। जसरी येशूले भन्नुभयो, “शबाथ मानिसको लागि बनाइएको हो, मानिस शबाथको लागि होइन। त्यसैले मानिसको पुत्र शबाथको पनि प्रभु हुनुहुन्छ।” (मर्कूस 2:27)

हिब्रू 4:9-11 ले हामीलाई येशू ख्रीष्ट मार्फत भएको नयाँ करारमा थप अन्तरदृष्टि दिन्छ।
“यसकारण परमेश्‍वरका जनहरूका निम्‍ति शबाथको विश्राम बाँकी नै छ। किनकि परमेश्‍वरको विश्राममा प्रवेश गर्ने जोसुकैले पनि आफ्‍नो परिश्रमदेखि विश्राम गर्छ, जसरी परमेश्‍वरले आफ्‍नो परिश्रमदेखि विश्राम लिनुभयो। यसकारण हामी त्‍यस विश्राममा प्रवेश गर्नलाई प्रयत्‍न गरौं, र त्‍यस्‍तै किसिमको अनाज्ञाकारिताद्वारा कोही पनि पतित नहोस।” [हिब्रू 4:9-11]

क्रीस्चियनहरूकाे लागि, हाम्रो शबाथ-विश्राम हप्ताको कुनै विशेष दिनको पालना होइन, तर यसको सट्टा, मुक्तिको लागि
परमेश्वरको पुत्रसँगको करार सम्बन्ध हो - कामहरूद्वारा होइन, तर ख्रीष्टमा विश्वासद्वारा। त्यसो भन्दैमा, म विश्वास गर्छु कि छ दिनसम्म काम गर्ने र एकको लागि आराम गर्ने परमेश्वरको उदाहरण उहाँको लागि सम्मानजनक मात्र होइन, तर हाम्रो लागि लाभदायक छ। विशेष गरी यदि हामीले आराधना, प्रार्थना र सङ्गतिको लागि एक दिन छुट्यायौं भने। त्यसैले नयाँ करारकाे विश्राम दिन एकदिनमात्रै हाेईन, तर हरेक दिन हाे।

*दश आज्ञाहरू साँचो क्रिस्चियनहरूले मुक्तिको लागि प्राप्त मागकाे रूपमा विश्वास गर्दैनन, तिनीहरू अझै पनि दश आज्ञाहरूलाई परमेश्वरको नैतिक व्यवस्थाको स्थापनाको रूपमा हेर्छन।


“शबाथ (विश्राम) दिन” काे बारेमा थप पढ्न यहाँ क्लिक गर्नुहाेस।


“नयाँ करारमा दश आज्ञा” काे बारेमा थप पढ्न यहाँ क्लिक गर्नुहाेस।


19. संख्या 10 ले बाइबलमा “पूर्णता” लाई जनाउँछ।
संख्या 10 को प्रयोग बाइबल भर लगभग 240 पटकभन्दा बढी हुन्छ। पुरानो नियमका 10 विपत्तिहरू देखि नयाँ नियमका 10 कन्याहरूसम्म, यसको महत्त्वलाई हराउन सकिँदैन। दसलाई बाइबलमा पूर्णताको संख्या मानिएको छ।

बाइबलमा कुनै पनि “लुकेको अर्थ” पत्ता लगाउने प्रयास नगरीकन, ढुङ्गाका पाटीहरूमा 10 आज्ञाहरू लेख्नुमा परमेश्वरको अभिप्राय उहाँका जनहरूलाई पूर्णताको व्यवस्था दिनु थियो भनेर हामीले देख्न सक्छौं। यद्यपि उनीहरूलाई दर्जनौं थप औपचारिक कानूनहरू पनि दिइयो। 10 आज्ञाहरू परमेश्वर र मानिस बीचको करारमा आधारभूत थिए।

20. दश आज्ञाहरू र बाँकी सबै व्यवस्थाहरू इस्राएललाई मात्र दिइएको थियो।
(प्रस्थान 24:7-8; प्रस्थान 34:27-28; लेवी 26:9, 44-45; 1 राजा 8:53; प्रेरित 3:25; रोमी 2:14-29; रोमी 3:1-2; रोमी 9:4-5)
अन्यजातिहरूले इस्राएल राष्ट्रको भाग नबनाएसम्म व्यवस्था पालनमा इस्राएलसँग कुनै भाग लिनुपर्दैन। त्यसपछि केही कुराहरूमा दुवैको लागि एउटै व्यवस्था हुनुपर्छ (प्रस्थान 12:24; गन्ती 15:16,29)। अन्यजातिहरूले निम्न मामिलामा इजरायलसँग भाग लिन सक्दैन थिए,
(१) खतना नगरेकाले निस्तार चाड खानु हुँदैन (प्रस्थान 12:43,45)।
(२) पवित्र चीजहरू खानुहुँदैन (प्रस्थान 29:33; लेवी 22:10-13)।
(३) पवित्र अभिषेक गर्ने तेलले अभिषेक गर्नुहुँदैन (प्रस्थान 30:33)।
(४) बासस्थानको काममा भाग नलिनु वा नजिक नआउनु (गन्ती 1:51)।
(५) पुजारी पदमा भाग लिनुहुँदैन (गन्ती 3:10,38)।
(६) धूप चढाउनु हुँदैन (गन्ती 16:40)।
(७) तिनीहरूको सेवामा पूजाहारीहरूको नजिक नआउनु (गन्ती 18:4,7)।
(८) इस्राएलमा राजा हुनुहुँदैन (व्यवस्था 17:15)।
(९) ब्याज तिर्नबाट मुक्त छैन (व्यवस्था 23:20)।
(१०) इजरायलमा विधवाहरूसँग विवाह गर्नु पाउँदैन (व्यवस्था 25:5)।

अन्यजाति राष्ट्रहरूसँग मोशाको व्यवस्था थियो र दश आज्ञाहरू वा मोशाको व्यवस्थाको कुनै अन्य विवरणहरू पालन गर्न बाध्य थिए, भनेर बाइबलमा कुनै पनि पदले सिकाउँदैन। त्यो व्यवस्थामा “परदेशी”  शब्द 80 पटक प्रयोग गरिएको छ, र एक पटक पनि यो भनिएको छैन कि तिनीहरू कानून भएकोमा इजरायलसँग बराबर थिए। आदम (उत्पत्ति 2:17; रोमी 5:12-21) र सुसमाचार (वा अनुग्रहको युग) लाई पालन गर्ने सबैलाई बचाउने जुन कहिल्यै पनि व्यवस्थाको भाग थिएन। मोशा (रोमी 4; गलाती 3:3-16; हिब्रू 4:1-2; हिब्रू 11:1-40)। अन्यजातिहरू नोआसँगकाे करार (उत्पत्ति 9) र अब्राहमिक करार (उत्पत्ति 12:1-3; रोमी 4) अन्तर्गत थिए, तर मोशाको करार होइन।

व्यवस्थामा अन्यजातिहरूको इजरायलसँग कुनै भाग थिएन, भन्ने तथ्यलाई नयाँ नियमले पनि धेरै पटक पुष्टि गरिएको छ। जस्तैः
(१) जब ख्रीष्ट व्यवस्था पूरा गर्न आउनुभयो, उहाँ इजरायलमा मात्र जानुभयो (मत्ती 10:5-6; मत्ती 15:24)।
(२) ख्रीष्टले यहूदीहरूबाट “परमेश्वरको राज्य” (मोशाको व्यवस्था होइन) लिनुभयो र अन्यजातिहरूलाई दिनुभयो। जब इजरायलले उहाँ र उहाँको सुसमाचारलाई अस्वीकार गर्यो (मत्ती 21:33-46; यूहन्ना 10:16)।
(३) अन्यजातिहरू अब इजरायलसँगै नयाँ नियमको सुसमाचारद्वारा आशिष पाएका छन, मोशाको व्यवस्थाले होइन (यूहन्ना 3:16; रोमी 1:16; रोमी 11:1-25; 2 कोरिन्थी 12:13; गलाती 3:28-29; एफिस 3:1-6; कल. 3:11)।
(४) अन्यजातिहरू विश्वासद्वारा यहूदी वा इस्राएली बन्दैनन (रोमी 2:28-29; रोमी 9:6-7)।
(५) व्यवस्था अनुसार यहूदीहरूले अन्यजातिहरूमाथि सबै फाइदाहरू पाएका थिए (रोमी 2:17-29; रोमी 3:1-2; रोमी 9:4-5)। तर नयाँ नियम र सुसमाचार अन्तर्गत यो सत्य होइन (रोमी 10:9-21; रोमी 11:1-25; 2 कोरिन्थी 12:13; गलाती 3:28; कल. 3:11)।
(६) पावलले भने कि अन्यजातिहरूसँग व्यवस्था थिएन (रोमी 2:१12-16)।
(७) प्रेरितहरूले भनेका थिए कि अन्यजातिहरू इस्राएलका करार र प्रतिज्ञाहरूबाट विदेशी र अपरिचित थिए (एफेसी 2:12,19)।

प्रेरितहरूले पनि तिनीहरूको पहिलो साधारण सम्मेलनमा निर्णय गरे कि अन्यजातिहरूलाई खतना गर्न, शबाथहरू पालना गर्न वा मोशाको व्यवस्थाको कुनै पनि अन्य भागहरू पालन गर्न आवश्यक छैन (प्रेरित 15:1-41)।

21. हामीले हाम्रो हृदयमा आज्ञाहरू लेख्नु पर्छ।
परमेश्वरले आफ्ना मानिसहरूलाई तिनीहरूको हृदयमा आज्ञाहरू लेख्न भन्नुहुन्छ। यो बाइबल कण्ठ गर्ने र परमेश्वरको वचनमा जीवन भर्ने सल्लाह हो।(भजन 119:11)
इस्राएलीहरूलाई बिहान, बेलुका र बीचमा जुनसुकै बेला परमेश्‍वरका नियमहरूबारे छलफल गर्न आज्ञा दिइएको थियो। तिनीहरूले आफ्ना छोराछोरीहरूलाई आज्ञाहरू सिकाउनुपर्ने थियो, तिनीहरूलाई तिनीहरूको ढोकामा लेख्नुपर्थ्यो, र तिनीहरूलाई आफ्नो नाडी र निधारमा पनि देखाउनुपर्थ्यो। तर सबैभन्दा माथि, तिनीहरूले तिनीहरूलाई आफ्नो हृदयमा लगाउनु थियो।(व्यवस्था 6:6, 5:29)

22. दश आज्ञाहरूले हामीलाई संसारबाट अलग गर्छ।
क्रीस्चियनको रूपमा हामी चुनिएका वंश, राजकीय पूजाहारीगिरी, पवित्र जाति, परमेश्‍वरका निजी प्रजा हौ (1 पत्रुस 2:9)। हामी एक्लै उभिन, फरक देखिन, र संसारले नबुझेको नियमहरू बनाउन तयार हुनुपर्छ। निस्सन्देह, हामी सधैं पवित्र मानिसहरू होइनौं, तर उहाँले हामीलाई पवित्र हुन बोलाउनुभएको छ। हामी परमेश्‍वरका मानिसहरू हौँ, र हामीलाई परमेश्‍वरको मार्गअनुसार जीवन बिताउनलाई अलग गरिएको छ।

23. दस आज्ञाहरूले हाम्रो स्वतन्त्रता खोसेनन, बरु प्रदान गर्छन।
हामी पनि प्रायः दस आज्ञाहरूले हामीलाई बाधा पुर्‍याउने रूपमा सोच्दछौं। परमेश्वरको मार्गहरूले हामीलाई दासतामा पुग्नबाट जोगाउनेछ। हामी बिर्सन्छौं कि परमेश्वरले हामीलाई प्रशस्त जीवन (यूहन्ना 10:10) र साँचो स्वतन्त्रता (यूहन्ना 8:32) दिन चाहानुहुन्छ। उहाँका व्यवस्थाले हामीलाई बताउँछ, कि आज्ञाहरू बोझ होइनन।
परमेश्वरले हामीलाई नियमहरूद्वारा कुचल्ने प्रयास गर्नुभएको छैन। दस आज्ञाहरू जेलका बारहरू होइनन, तर ट्राफिक नियमहरू हुन। हुनसक्छ, यहाँ केही अराजकतावादीहरू छन जो सोच्छन, “संसार कुनै ट्राफिक कानून बिना राम्रो ठाउँ हुनेछ।” तर याे गलत साेँच हाे। दस आज्ञाहरू मिश्रबाट कसरी बाहिर निस्कने भनेर निर्देशनहरू होइनन। तिनीहरू स्वतन्त्र मानिसहरूलाई स्वतन्त्र रहनका लागि नियमहरू हुन।

24. हामीले हाम्रो मुक्ति कमाउन सकौं भनेर दश आज्ञाहरूलाई दिइएको थिएन।
केही मानिसहरू क्रिश्चियन धर्मलाई यसरी हेर्छन कि परमेश्वरसँग नियमहरू छन, र यदि मैले नियमहरू पालन गरें भने, परमेश्वरले मलाई प्रेम गर्नुहुन्छ र मलाई बचाउनुहुनेछ। मुक्ति आज्ञाकारिताको लागि इनाम होइन, मुक्ति आज्ञाकारिता को कारण हो। येशूले भन्नुभएको छैन, “यदि तिमीले मेरा आज्ञाहरू पालन गर्यौ भने, म तिमीलाई प्रेम गर्नेछु।” बरु, उहाँले पहिले चेलाहरूको खुट्टा धुनुहुन्छ र त्यसपछि भन्नुहुन्छ, “यदि तिमीहरूले मलाई प्रेम गर्छौ भने, तिमीहरूले मेरा आज्ञाहरू पालन गर्नेछौ” (यूहन्ना 14:15)। हाम्रो मुक्ति, उहाँले हाम्रो लागि पहिले गर्नुभएको कामको कारणले मात्र हो।


“व्यवस्था किन दिईयाे?” बारेमा थप पढ्न यहाँ क्लिक गर्नुहाेस।


25. दश आज्ञाहरूले हामीलाई परमेश्वर को हुनुहुन्छ भनेर देखाउँछन।
दश आज्ञाहरू कानून दिने व्यक्तिको हृदय र चरित्रको अभिव्यक्ति हो। मलाई कानूनको वास्ता छैन भन्नु अघि वा के गर्ने र नगर्ने भन्ने सोचाइमा झुक्किनु अघि हामीले यसको बारेमा सोच्नुपर्दछ। आज्ञाहरूले हामीलाई परमेश्वर के चाहनुहुन्छ भनेर मात्र देखाउँदैन, तर तिनीहरूले हामीलाई देखाउँछन कि परमेश्वर कस्तो हुनुहुन्छ। आज्ञाहरूले उहाँको सम्मान, उहाँको योग्यता र उहाँको महिमाको बारेमा केही भन्‍छन। तिनीहरूले हामीलाई परमेश्वरको लागि महत्त्वपूर्ण कुरा बताउँछन। हामी कानूनदाताको अनादर नगरी कानूनलाई बेवास्ता गर्न सक्दैनौं।

Sources :
1. https://www.beliefnet.com/faiths/galleries/10-shocking-facts-about-the-ten-commandments.aspx
2. https://www.crosswalk.com/slideshows/10-things-you-didn-t-know-about-the-10-commandments.html
3. https://charlieborjas.tripod.com/id4.html
4. http://m.findfast.org/the-ten-commandments.htm
5. https://www.chabad.org/library/article_cdo/aid/5805257/jewish/10-Facts-About-the-10-Commandments.htm
6. https://www.google.com/amp/s/onlyonehope.com/facts-about-the-ten-commandments/%3famp
7. https://www.crossway.org/articles/10-things-you-should-know-about-the-ten-commandments/

No comments:

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...