1. “मबाहेक अरू कुनै देवता-देवीहरू नमान्नू।” [प्रस्थान 20:3; व्यवस्था 5:7]
तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरको आराधना गर्नुपर्छ, र उहाँको मात्र सेवा गर्नुपर्छ। अर्थात परमेश्वरलाई जीवनकाे हरेक पक्षमा पहिलो स्थान दिनु हाे।
[मत्ती 4:10; लुका 4:8; युहन्ना 4:21-23; प्रेरित 14:15; 1 तिमाेथी 2:5; याकुब 2:19; 1 काेरन्थी 8:6; प्रकाश 14:7]
2. “आफ्ना निम्ति खोपेर कुनै किसिमको मूर्ति नबनाउनू।” [प्रस्थान 20:4-6; व्यवस्था 5:8-10]
नयाँ करारमा मुर्तिपूजा भनेको कुनै कुराकाे आकृति बनाएर पुज्नु मात्रै हाेईन। तर रूपैयाँ-पैसाको लाेभ, आदर-सम्मानकाे लाेभ, शक्ति-अधिकारकाे लाेभ, महत्त्वकांक्षाकाे लाेभ, सफलताको लाेभ, शैक्षिक उपलब्धिको लाेभ र यस्तै अन्य साँसारिक कुराहरूकाे लाेभ मुर्तिपूजा हाे।
साथै, मुर्तिकाे सेवा गर्ने काम भनेको कुनै व्यक्ति, वस्तु, रूपैयाँ-पैसा, दर्शनशास्त्र अथवा मूल्य-मान्यतालाई परमेश्वरकाे स्थानमा राख्नु अनि परमेश्वरभन्दा त्यस्ता कुराहरूमा बढी भर पर्नु, भराेसा गर्नु र प्रेम गर्नु हो। यसकारण मुर्तिपूजा भनेको परमेश्वरलाई भन्दा बढी अरू केही कुरालाई प्रेम गर्नु नै वास्तविक मुर्तिपूजा हाे।
यसकारण देखिने मुर्ति त हामीले सजिलैसँग निकाल्न सकाैँला, तर नदेखिने मुर्तिलाई कसरी निकाल्ने? यसकारण शारीरिक मुर्ति भन्दा अदृश्य आत्मिक मुर्ति झनै खतरनाक छ।
[युहन्ना 4:23; प्रेरित 15:20, 17:29; राेमी 1:22-23; 1 काेरन्थी 6:9-10, 10:7-14; गलाती 5:19-20; एफेसी 5:5; कलस्सी 3:5; 1 युहन्ना 5:21]
3. “आफ्ना परमेश्वरको नाउँ व्यर्थैमा नलिनू।” [प्रस्थान 20:7; व्यवस्था 5:11]
कतिपय मानिसहरूले परमेश्वरको नाम व्यर्थमा लिन्छन। के मानिसहरूले हामीलाई नराम्रो नामले बोलाए हामीलाई मन पर्छ र? परमेश्वरको नाम पवित्र छ र यो केवल आदरपूर्ण तरिकामा प्रयोग गर्नुपर्छ। यदि हामीले परमेश्वरको नाउँ व्यर्थैमा लिन्छौं भने उहाँ अनादर गरिरहेका छाैँ। सावधान रहनुहोस! तपाईंले प्रभुको नामको दुरुपयोग नगर्नुहोस।
[मत्ती 5:33-37, 6:5-9; 1 तिमाेथी 1:20, 6:1; याकुब 2:7; 5:12]
4. “शबाथ-दिन पवित्र मान्नु।” [प्रस्थान 20:8-11; व्यवस्था 5:12-15]
यहुदीहरू शारीरिक रूपमा विश्रामकाे दिनलाई पालन गर्थे, तर एक नयाँ जन्म पाएकाे विश्वासीले आत्मिक रूपमा विश्रामकाे दिनलाई पालन गर्छन।
नयाँ करारमा केवल शनिबार मात्रै विश्राम (शबाथ) दिन हाेइन, तर अब हाम्रो लागि हरेक दिन विश्राम (शबाथ) दिन हाे। किनकि हामी पापकाे बाेझदेखि विश्राम पाएका छाैँ, र याे आत्मिक रूपमा लागू हुन्छ। यसैले येशूले भन्नुभयो, “हे सबै थाकेका र बोझले दबिएका हो, मकहाँ आओ, म तिमीहरूलाई विश्राम दिनेछु।” [मत्ती 11:28] र उहाँ शबाथको पनि प्रभु हुनुहुन्छ। [मत्ती 12:8]
पहिलो शताब्दीको मण्डलीले याे रहस्य र सत्यता बुझेको थिए। यसकारण जसले अहिले पनि विश्रामकाे दिन शनिबारलाई मात्रै हाे भन्छन, तिनीहरू यहुदीहरू झैँ परमेश्वरले विश्राम दिन दिनुभएको आत्मिक अर्थ र उद्देश्य बुझ्न चुकेका छन।
[कलस्सी 2:20-3:1, राेमी 14-15, मत्ती 12:8, 24:20, मर्कूस 2:27-28, हिब्रू 4:4,9,10,11]
5. “आफ्ना बाबु र आमालाई आदर गर।” [प्रस्थान 20:12; व्यवस्था 5:16]
एउटा खुशी परिवार त्यही हाे, जहाँ आफ्ना बाबु र आमाकाे आदर र सम्मान हुँदछ।
[मत्ती 15:4-9; 19:19; मर्कूस 10:19; लुका 18:20; राेमी 1:29-30; एफेसी 6:1-4]
6. “हत्या नगर्नू।” [प्रस्थान 20:13; व्यवस्था 5:17]
हामीले मानव जीवनको रक्षा गरेको परमेश्वर चाहनुहुन्छ। नयाँ करारमा आफ्नाे दाजुभाइलाई घृणा गर्नु पनि हत्या नै हाे (1 यूहन्ना 3:15; 4:20-21) के मैले कुनै प्रकारले शारीरिक, मौखिक या भावनात्मक माध्यमहरू मार्फत अरूलाई हानि पुर्याएको छु?
[मत्ती 5:21-22; 19:18; मर्कूस 10:19; लुका 18:20; राेमी 1:29-30; 13:9]
7. “व्यभिचार नगर्नू।” [प्रस्थान 20:14; व्यवस्था 5:18]
नयाँ करारको व्यभिचार गरेर मात्रै हाेईन, तर गलत तरिकाले हेरेर र साेँचेर पनि हुन्छ। व्यभिचार गर्नु भनेको कसैसँग अवैध यौनसम्बन्ध राख्नु मात्र होइन, तर परमप्रभु परमेश्वरसँगको करार तोड्नु पनि हो। जीवित परमेश्वरलाई छाेडेर अरूलाई परमेश्वर भन्नू सबैभन्दा ठुलो व्यभिचार हाे।
[मत्ती 5:27-28; 19:18; मर्कूस 10:6-9, 11-12, 19; लुका 16:18; 18:20; राेमी 7:2-3, 13:9; 13:9; याकुब 4:4]
8. “चोरी नगर्नू।” [प्रस्थान 20:15; व्यवस्था 5:19]
चोरी कसैलाई लुट्नु बाहेक धेरै रूपहरूमा हुन्छ। कसैको अनुमति विना कुनै सामान लिनु पनि चोरीमा संलग्न छ। व्यक्तिगत प्रयोगको लागि कुनै संस्था र सरकारकाे स्रोत वा रकमको दुरुपयोग गर्नु भनेको चोरी हो। बिक्री गर्न, बजार सेयर प्राप्त गर्न वा मूल्य बढाउनको लागि छलको प्रयोग गर्नु भनेको चोरी हो।
त्यसैगरी, मानिसहरूको डर, कमजोरी, शक्तिहीनता वा हताशताको फाइदा उठाएर लाभ उठाउनु भनेको चोरीको रूप हो, किनभने तिनीहरूको सहमति वास्तवमा स्वैच्छिक होइन। पेटेन्ट, प्रतिलिपि अधिकार, र अन्य बौद्धिक सम्पत्ति कानूनहरू उल्लङ्घन गर्नु चोरी हो, किनभने यसले मालिकहरूलाई नागरिक कानूनका सर्तहरू अन्तर्गत उनीहरूको सिर्जनाबाट लाभ उठाउने क्षमताबाट वञ्चित गर्दछ। आत्मिक चाेरी अझै भयानक छ।
[मत्ती 19:18; मर्कूस 10:19; लुका 18:20; राेमी 13:9; एफेसी 4:28; 2 थेसलाेनिकी 3:10-12; याकुब 5:1-4; 1 पत्रुस 4:15; प्रकाश 9:21]
9. “झूटो गवाही नदिनू।” [प्रस्थान 20:16; व्यवस्था 5:20]
यसको मतलब झुट नबोल्नु। मानिसहरूको बारेमा असत्य कथाहरू नबनाउनुहोस। जब तपाईं झुटो बोल्नुहुन्छ, तपाईंले आफैलाई पनि चोट पुर्याउनुहुन्छ र अरूलाई पनि। साथमा मानिसहरूले तपाइँको कुरामा चाँडै विश्वास गर्दैनन। परमेश्वरकाे नजरमा सेताे र कालाे, सानाे र ठुलो झुठ छैन, सबै झुठ बराबर हाे।
[मत्ती 19:18; मर्कूस 10:19; लुका 18:20; प्रेरित 5:3-4; राेमी 13:9; एफेसी 4:25; कलस्सी 3:9]
10. “लाेभ नगर्नू।” [प्रस्थान 20:17; व्यवस्था 5:21]
लोभ गर्नु भनेको अरू कसैसँग भएको कुराको यति ईर्ष्यालु हुनु हो। लोभले मानिसलाई दुःखी बनाउँछ र परमेश्वरलाई पहिलो स्थान दिनदेखि रोक्छ। यो आज्ञाले तपाईंलाई यो खराब बानीमा पर्नबाट जोगाउन मद्दत गर्छ।
[लुका 12:15-21; राेमी 1:29; 3:31; 7:7; 13:9; 1 काेरन्थी 6:9-10; गलाती 5:19-21; एफेसी 5:3, 5]
व्यवस्थालाई धार्मिक व्यवस्था र नैतिक व्यवस्था गरि दुई भागमा विभाजन गर्न सकिन्छ। नयाँ करारकाे समयमा हामी धार्मिक व्यवस्थादेखि स्वतन्त्र छाैँ, किनकि सबै धार्मिक व्यवस्थाहरू येशू ख्रीष्टले पूरा गरिसक्नुभयाे (मत्ती 5:17), तर नैतिक व्यवस्थाहरू अहिले पनि हाम्रो निम्ति लागू छ, र ती पालन गर्नुपर्छ।
* पुरानाे करारको समयमा यी दश आज्ञाहरू शारीरिक रूपमा लागू हुन्थे, तर याे नयाँ करारको समयमा याे विशेषगरी आत्मिक रूपमा लागू हुन्छ। नयाँ करारमा दश आज्ञाहरू पुरानो करारको समय भन्दा अझै कडा र उच्चस्तरीय छ।
यसकारण लेखिएको छ,
उहाँले तिनलाई भन्नुभयो, “तैंले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्नो सारा हृदयले, र आफ्नो सारा प्राणले, र आफ्नो सारा समझले प्रेम गर्नू। महान र प्रथम आज्ञा यही हो।
दोस्रो पनि त्यस्तै छ, तैंले आफ्नो छिमेकीलाई आफैलाई जस्तै प्रेम गर्नू। सारा व्यवस्था र अगमवक्ताहरूका शिक्षाको आधार नै यी दुई आज्ञाहरू हुन।” [मत्ती 22:37-40]
“हे मेरो छोरो, मेरो शिक्षालाई नभुल, तर मेरा आज्ञाहरू आफ्नो हृदयमा लुकाइराख। किनभने तिनले तँलाई दीर्घायु बनाउनेछन र तेरो लागि सम्पन्नता ल्याउनेछन।
भक्ति र विश्वासयोग्यताले तँलाई कहिल्यै नछोडून, ती तैंले आफ्नो गलामा बाँधिराख, आफ्नो हृदयको पाटीमा ती लेखिराख। तब परमेश्वर र मानिसको दृष्टिमा तैंले निगाह पाउनेछस र असल नाउँ कमाउनेछस।” [हितोपदेश 3:1-4]

No comments:
Post a Comment