Monday, June 26, 2023

मोशा र येशूमा समानता :

 



१. दुबैको जन्म भएको बेला इस्राएल देश अर्कै देशको अधिनमा थियो । मोशा जन्मदा इस्राएल मिश्र देशको अधिनमा थियो भने येशू जन्मदा इस्राएल रोमनको अधिनमा थियो । (प्रस्थान १:८-१०) (लूका २:१-५)


२. दुबैको जन्म हुँदा त्यो बेलाका शासकहरुले साना बालकहरुलाई मार्ने आदेश दिएका थिए । (प्रस्थान १:१६-२२)  (मत्ती २:१६)


३. दुबै जनालाई शासकहरुको डरलाग्दो आदेश आएपछि बचाउन लुकाइएको थियो । मोशालाई उसको आमाले तीन महिना लुकाएकी थिई । येशूलाई पनि आफ्नो अभिभावकले मिश्रमा लगेर लुकाएका थिए । (प्रस्थान २:२) (मत्ती २:१३)


४. दुबै जना पानीबाट निस्केका थिए । मोशालाई सानैमा नदीमा बगाउदा पानीबाट निकालियो । येशू यर्दन नदीमा बप्तिस्मा हुँदा डुबेर निस्कियो ।(प्रस्थान २:१०) (मत्ती ३:११)


५. दुबै जना यस्तो पिताद्वारा हुर्काइए कि ती आफ्नै शारीरिक पिता थिएनन । मोशा मिश्रको राजाद्वारा र येशू योसेफद्वारा । (प्रस्थान २:९-१०) (लूका २:३३)


६. दुबै जनालाई आफन्तहरुले तिरस्कार गरेका थिए । मोशालाई आफ्नैहरुले तिरस्कार गरे र उनले अजात दुलही विवाह गरे । येशूलाई पनि आफ्नैहरुले तिरस्कार गरे र उनले अन्यजाति दुलही मण्डलीलाई विवाह गरे । (प्रस्थान २:११-१४,१६-२१) (२ कोरिन्थी ११:२)


७. दुबैले आफ्नो दाजुभाइप्रति  दयाभाव दर्शाएका थिए । मोशाले आफ्नाहरुलाई प्रतिज्ञाको देश लान अगुवाइ गरे । येशूले स्वर्ग लान अगुवाई गरे । (प्रस्थान २:११) (मर्कूस ६:३४)


८. दुबैले इनारमा अन्यजाति अजात स्त्री भेटेका थिए । मोशाले मिध्यानी र येशूले सामरी स्त्री भेटेका थिए । (प्रस्थान २:१७) (यूहन्ना ४:९-११)


९. दुबै जना आफ्नै देशका राजा नमरिन्जेल प्रवासमा बसेका थिए । (प्रस्थान २:२३) (मत्ती २:१९-२०)


१०. दुबैको सेवकाई अलौकिक घटना घटेपछि भएको थियो । जलिरहेको झाडी देखेपछि मोशाको र पवित्रआत्मा ढुकुरको रूपमा ओर्लिआएपछि येशूको सेवकाई शुरु भएको थियो । (प्रस्थान ३:२-४) (मत्ती ३:१६-१७)


११. दुबैलाई आफ्ना मानिस बचाउन या उद्दार गर्न परमेश्वरले पठाएका थिए । मोशाले आफ्नाहरुलाई प्रतिज्ञाको देशमा लानुथ्यो । येशूले स्वर्गमा । प्रतिज्ञाको देशके स्वर्गको प्रतिनिधित्व गर्छ । (प्रस्थान ३:८) (लूका ४:१८)


१२. दुबैले परमेश्वरको निर्देशनमा सार्वजनिक रूपमा आश्चर्यकर्महरु गरेका थिए । (प्रस्थान ४:४-९) (यूहन्ना ५:१९-२०)


१३. दुबैले मानिसहरुलाई स्वतन्त्र गराए । ताकि मानिसहरुले एउटै परमेश्वरको सेवा गरुन । (प्रस्थान ९:१) (हिब्रू ९:१४/१२:२८)


१४. दुबैले मानिसहरुलाई मृत्युबाट बचाउन रगत प्रयोग गरे । मोशाले पाठोको रगत प्रयोग गरे । येशू आफै नै परमेश्वरको पाठो थुमा भएर बलि भए अनि रगत बहाए । (प्रस्थान १२) (यूहन्ना १:२९) (हिब्रू ९:११-१५)


१५. दुबैले प्रभुले उद्दार गर्नुभएको कुरा सम्झनु भने । मोशाले निस्तार चाड मान्नु भने । येशूले निस्तार चाड मै रोटी कचौरा बाडेर सम्झनु भने । (प्रस्थान १२:२५-२७) (लूका २२:१४-२०)


१६. दुबैलाई परमेश्वरले आफ्नो चंगाइको शक्ति प्रकट गर्न प्रयोग गरे । (प्रस्थान १५:२६) (मत्ती ४:२३)


१७. दुबैले मानिसहरुका भीडलाई अलौकिक तरिकाले खुवाए । (प्रस्थान १६:१६) (मत्ती १४:१९-२१)


१८. दुबैले स्वर्गबाट झरेको खाना मानिसहरुलाई खुवाए । मोशाले मन्ना ४० बर्षसम्म खुवाए । येशू स्वयं स्वर्गबाट आएको सारा मानिसको निम्ति रोटी हो । (प्रस्थान १६:२७-३७) (यूहन्ना ६:३३)


१९. दुबैले आफ्ना मानिसहरुलाई दिनहुँ रोटी खाने आज्ञा दिए । मोशाले आफ्ना मानिसहरुलाई दिनहुँ मन्ना बटुल्ने आज्ञा दिए । येशूले आफ्ना जनहरुलाई दिनहुँ आत्मिक रोटी खाने आज्ञा दिए । (प्रस्थान १६:२०-२१) (मत्ती ६:११)


२०. दुबै जनालाई मानिसहरुले झन्डै ढुंगाले हानेका थिए । (प्रस्थान १७:४) (यूहन्ना १०:३१)


२१.  दुबैले डाँडामा परमेश्वरको वचन पाएका या बाँडेका थिए । मोशाले सीनै डाडामा दश आज्ञा पाए । येशूले डाडामा उपदेश बाँडे । (प्रस्थान १९:३) (मत्ती ५:१-१७)


२२. दुबै जना न्याय गर्ने निर्णायक । मोशाले हरेक बिषयमा अन्तिममा निर्णय गर्थे । येशू अन्तमा निर्णयक या न्यायकर्ताको रूपमा आउनुहुनेछ । (प्रस्थान १८:१८-२२) (२ कोरिन्थी ५:१०) (२तिमोथी ४:१)


२३. दुबै जना परमेश्वरको मुखपात्र थिए । परमेश्वरले भन्न लगाएका सिकाएका कुराहरु मानिसहरुलाई भन्थे । (प्रस्थान १९:७-८) (यूहन्ना ८:२८-२९)


२४. दुबैकहाँ परमेश्वर बाक्लो बादल भएर आए । (प्रस्थान १९:९/२४:१६) (मर्कूस ९:७)


२५. दुबैले रगतद्वारा परमेश्वरसंग पवित्रताको निम्ति करार बाँधे । मोशाले पशुको रगत प्रयोग गरे । येशूले आफ्नै रगत । (प्रस्थान २४:८) (हिब्रू १३:८)


२६. दुबैलाई परमेश्वरले आफ्ना मानिसहरुलाई सिकाउन आज्ञा दिए । (प्रस्थान २४:१२) (यूहन्ना १३:३४)


२७. दुबैले मानिसहरुलाई बचाउन परमेश्वरसंग अर्जबिन्ती गरे । (प्रस्थान ३२:११-१४) (यशैया ५३:१२) (मत्ती २०:२८) 


२८. दुबै जना ४० दिन उपवास बसेका थिए । (प्रस्थान ३४:२८) (मत्ती ४:१-२)


२९. दुबैका अनुहार चम्किलो भएका थिए । (प्रस्थान ३४:२९) (मत्ती १७:१-१२)


३०. दुबैलाई परमेश्वरले आफ्नो आराधना कसरी गर्ने सो बताएका थिए । (प्रस्थान ४०) (यूहन्ना ४:२३-२४)


३१. दुबैले आफ्ना मानिसहरुलाई बत्तीको बारेमा बताएका थिए । (लेवी २४:२) (मत्ती ५:१५-१६)


३२. दुबैलाई आफ्नो आफन्तहरुले मनपराउदैनथे । बिरोध गर्थे । (गन्ती १२:१-२) (यूहन्ना ७:५) (मत्ती १३:५७)


३३. दुबैले मानिसहरुका निम्ति परमेश्वरसंग क्षमा मागेका थिए । (गन्ती १४:१९-२०) (लूका २३:३४/यूहन्ना ११:४१-४२)


३४. दुबैले बालबालिका प्रति दया देखाएका थिए । मोशाले तिमीहरुका छोराछोरीलाई प्रतिज्ञाको देश पुराइनेछ भने । येशूले स्वर्गको राज्य यस्तै बालबालिकाहरु कै हुन भने । (गन्ती १४:३१) (मर्कूस १०:१४)


३५. दुबैलाई परमेश्वरले मानिसहरुलाई आफूकहाँ फर्काउन प्रयोग गरेका थिए । (गन्ती १६:२८) (यूहन्ना १४:१०-११)


३६. दुबैले चंगाई गरेका थिए । मोशाले काँसाको सर्प बनाएर खाँबोमा झुन्ड्याएका थिए । जसजसले हेरे देखे उनीहरु निको भए । येशू आफै खाँबो या क्रुसमा झुन्डिए । (गन्ती २१:९) (यूहन्न्ना ३:१४-१५)


३७. दुबैले १२ जना व्यक्तिहरु छाने । (व्यवस्था १:२३) (मत्ती १०:१)


३८. दुबैले दुई या तीन साक्षी बारे बोले । (व्यवस्था १९:१५) (मत्ती १८:२०)


३९. दुबै जना मृत्युपछि पनि देखा परे । 

(मत्ती १७:३) (प्रेरित १:३)


४०. दुबै जना गोठालो थिए । (भजनसंग्रह ७७:२०) येशू असल गोठालो । (यूहन्ना १०:११-१६)


Old Testament को Superhero Moses मोशा, र New Testament को Superhero Jesus येशू हुनुहुन्छ ।

No comments:

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...