एक ८० वर्षीय वृद्ध आफ्नो ४५ वर्षीय उच्च शिक्षित छोरासँगै घरको सोफामा बसिरहेका थिए। अचानक एउटा काग उनीहरूको झ्यालमा बस्यो।
बुबाले छोरालाई सोधे, “यो के हो?”
छोराले जवाफ दिए, “यो काग हो।”
केही मिनेटपछि बुबाले दोस्रो पटक छोरालाई सोधे, “यो के हो?”
छोराले भने, “बुबा, मैले अहिले नै तपाईलाई भनेको छु। 'यो काग हो'।”
केही बेरपछि बूढा बुबाले तेस्रो पटक छोरालाई सोधे, “यो के हो?”
यस पटक, छोराको स्वरमा रिसको भाव आयो, तब उसले बुबालाई भन्यो, “यो काग हो, काग!”
केहि समय बित्यो, र बुबाले चौथो पटक छोरालाई सोध्नुभयो, “यो के हो?”
यस पटक छोराले आफ्नो बुबालाई चिच्याएर भन्याे, “मैले धेरै पटक भनेको छु, 'यो एउटा काग हो!' भनेर किन बारम्बार एउटै प्रश्न सोधिरहन्छौ। के तिमीले यो कुरा बुझ्न सक्दैनौ?”
केही बेरपछि बुबा आफ्नो कोठामा गए र छोराकाे जन्मेदेखि लिएर राखेको पुरानो च्यातिएको डायरी लिएर फर्किए। एउटा पाना खोलेर, उसले छोरालाई त्यो पाना पढ्न भन्यो। छोराले पढेपछि डायरीमा निम्न शब्दहरू लेखिएका थिए,
“आज मेरो तीन वर्षको सानो छोरा मसँग सोफामा बसिरहेको थियो, जब झ्यालमा काग बसिरहेको थियो। मेरो छोराले मलाई यो के हो भनेर २३ पटक सोध्याे, र मैले उहाँलाई २३ पटक जवाफ दिएँ कि यो काग हो। मैले उसलाई मायाले अँगालो हालें हरेक पटक उसले मलाई एउटै प्रश्न दोहोर्याएर २३ पटक सोध्यो। मलाई कत्ति पनि रिस उठेको छैन, बरु मेरो निर्दोष बच्चाको लागि ममता महसुस भयो।”
सानो बच्चाले २३ पटक “यो के हो” भनेर सोध्दा पनि २३ पटक एउटै प्रश्नको जवाफ दिंदा बुबाले कुनै रिस महसुस गर्नुभएन, तर आज जब बुवाले छोरालाई एउटै प्रश्न ४ पटक मात्र सोधे तब छोरालाई रिस उठ्यो।
यदि तपाईंका आमाबाबु बुढेसकालमा पुग्छन भने, तिनीहरूको आलोचना गर्न वा तिनीहरूलाई बोझको रूपमा नहेर्नुहोस, तर तिनीहरूसँग नम्र र हेरचाह गर्ने शब्द बोल्नुहोस। शान्त, स्वीकार्य, नम्र र दयालु हुनुहोस। आफ्नो आमाबाबुप्रति विचारशील हुनुहोस।
आज देखि, यो ठूलो स्वरले भन्नुहोस, “म मेरा आमाबाबुलाई सधैंभरि खुशी हेर्न चाहन्छु। म सानो छँदादेखि नै उहाँहरूले मेरो हेरचाह गर्नुभयो। उहाँहरूले मलाई सधैं नि:स्वार्थ प्रेमको वर्षा गर्नुभएको छ।”
“आज मलाई समाजमा प्रस्तुत हुने व्यक्ति बनाउन उहाँहरूले दुःख, कष्ट, अभावहरूमा, आँधी र गर्मी नदेखी सबै पहाड र तराईका यात्राहरू पार गर्नुभयाे। म मेरा बुढा आमाबुवाको राम्रो तरिकाले सेवा गर्नेछु। उहाँहरूले जस्तोसुकै व्यवहार गरे पनि म मेरा प्यारा आमाबाबुसँग कोमल र दयालु शब्दहरू मात्र बोल्नेछु।”
“एक पटक हाम्रो हेरचाह गर्नेहरूको हेरचाह गर्नु सर्वोच्च सम्मान मध्ये एक हो।” - टिया वाकर
यसकारण लेखिएको छ,
“आफ्ना बुबा र आमाको मान गर। (जो प्रतिज्ञासहितको पहिलो आज्ञा हो)।” [एफिसी 6:2]
“आफ्ना बाबु र आमालाई आदर गर, कि जुन देश तिमीहरूलाई परमप्रभु आफ्ना परमेश्वरले दिनुहुन्छ, त्यहाँ तिमीहरूको आयु लामो होस।” [प्रस्थान 20:12]
“छोरा-छोरी हो, प्रत्येक कुरामा आफ्ना आमा-बुबाको आज्ञापालन गर। किनकि यस कुराले प्रभुलाई प्रसन्न तुल्याउँछ।” [कलस्सी 3:20]
“तेरा बाबुको कुरा सुन्, जसले तँलाई जीवन दिए, र आफ्नी आमा वृद्ध हुँदा उनको हेला नगर।” [हितोपदेश 23:22]
“हे मेरो छोरो, आफ्नो बाबुको आदेश सुन र आफ्नी आमाको शिक्षा नत्याग।” [हितोपदेश 1:8]
Resources :
https://understandingcompassion.com/articles/respect-parents-old-age-heart-touching-story/

No comments:
Post a Comment