Thursday, June 8, 2023

व्यवस्था किन दिईयाे ?


1. परमेश्वर कति पवित्र हुनुहुन्छ।

2. पाप कति भयानक छ।

3. आज्ञा मान्नु कति आवश्यक छ।

4. पापले कति बिनाश गरेको छ।

5. परमेश्वरकाे अनुग्रह कति बहुमुल्य छ।


* व्यवस्था पालन गर्न हाेईन, तर यी पाँच महत्त्वपूर्ण कुराहरू बुझाउनकाे लागि दिईएकाे थियोे।


इस्राएलीहरूले भने हामी पालन गर्नेछौं (व्यवस्था 5:27-29), तर अहिलेसम्म येशू बाहेक कसैले ती सबै व्यवस्थाहरू पुर्णतया पालन गर्न सकेको छैन। 


वास्तवमा व्यवस्था इज्राएलीहरूकाे निम्ति दिईएकाे थियोे। येशू ख्रीष्ट नआउन्जेलसम्मकाे निम्ति तात्कालिक प्रबन्ध मात्रै थियो। तर दु:खकाे कुरा, वर्तमान समयमा कतिपय मण्डलीहरू पनि परमेश्वरले व्यवस्था दिनुको साँचो उद्देश्य बुझ्न नसकेको कारण ती व्यवस्थाहरूलाई पालन गर्ने प्रयास गरिरहेका छन।


व्यवस्था पालन नै गर्ने हाे भने एक व्यक्तिले निम्न शर्तहरू पूरा गरेको हुनुपर्छ,

१. 12 गाेत्रमध्ये एक हुनुपर्छ।

२. खतना भएको हुनुपर्छ।

३. जीवनकाे हरेक भागमा 613 व्यवस्था पालन गरेको हुनुपर्छ, किनकि व्यवस्थाकाे २-४ वटा नियममात्रै पालन गरेर पुग्दैन।


यसकारण लेखिएको छ,

“किनकि जसले सम्‍पूर्ण व्‍यवस्‍था पालन गर्छ तर एउटै कुरामा चुक्‍छ भने, व्‍यवस्‍थाका सबै कुरामा त्‍यो दोषी ठहरिएको हुन्‍छ।” [याकूब 2:10]


व्‍यवस्‍थाका कामहरूमाथि भर पर्ने सबै श्रापित छन, किनकि धर्मशास्‍त्रमा यसो लेखिएको छ, “व्‍यवस्‍थाको पुस्‍तकमा लेखिएका सबै कुरामा नरहने र ती पालन नगर्ने हरेक श्रापित हुन्‍छ।” [गलाती 3:10]


“यस व्‍यवस्‍थाका वचन पूरा गरी पालन नगर्ने मानिस श्रापित होस।  तब सबै जनाले भनून, “आमेन।” [व्यवस्था 27:26]


व्‍यवस्‍थाका कामहरूमाथि भर पर्ने सबै श्रापित छन, किनकि धर्मशास्‍त्रमा यसो लेखिएको छ, “व्‍यवस्‍थाको पुस्‍तकमा लेखिएका सबै कुरामा नरहने र ती पालन नगर्ने हरेक श्रापित हुन्‍छ।”

परमेश्‍वरको दृष्‍टिमा व्‍यवस्‍थाबाट कोही मानिस धर्मी ठहरिँदैन भन्‍ने कुरा प्रत्‍यक्ष छ। किनभने “धर्मीचाहिँ विश्‍वासद्वारा नै जिउनेछ।”

व्‍यवस्‍थाचाहिँ विश्‍वासमाथि आधारित छैन, बरु “जुन मानिसले यी काम गर्छ, त्‍यो तिनैद्वारा जिउनेछ।”

हाम्रा निम्‍ति सराप बनेर ख्रीष्‍टले हामीलाई व्‍यवस्‍थाको सरापबाट मोल तिरेर छुटाउनुभयो, किनकि “काठमा झुण्‍डिने हरेक श्रापित हुन्‍छ” भन्‍ने लेखिएको छ।

उहाँले हामीलाई मोल तिरेर छुटाउनुभयो, ताकि अब्राहामलाई दिइएको आशिष ख्रीष्‍ट येशूद्वारा अन्‍यजातिहरूमा आओस, र हामी विश्‍वासद्वारा प्रतिज्ञाका पवित्र आत्‍मा प्राप्‍त गर्न सकौं। [गलाती 3:10-14]


No comments:

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...