1. अत्याधिक भाेजन
राति आवश्यक भन्दाबढी खानाले तपाईको शरीरलाई कमजोर बनाउँछ। जसले तपाईंको प्रार्थनामा अल्छीपना ल्याउँनेछ।
2. निद्रा
तपाईंले शरीरलाई कम सुत्न र जागा रहन तालिम दिनुपर्छ। निद्राले प्रार्थना गर्ने शक्तिलाई चुस्छ। सत्य यो हो, केहि निद्रा एक आक्रमण हो।
3. प्राण र आत्माको अशुद्धता
अश्लील साहित्य, सेक्स च्याट र अशुद्ध विचार प्रार्थनाकाे उर्जाकाे हत्यारा हो। तपाईंको भित्री मनुष्यत्व र तपाईंको आत्मालाई सधैं फोहोर र कामुक सामग्री खुवायाैँ भने त्याे पराजित हुनेछ।
4. खराब वातावरण
तपाईंले सिर्जना गर्नुभएको वातावरण धेरै महत्त्वपूर्ण छ। यदि तपाईं प्रार्थना कमजोरीहरू, गपशप र शारीरिक विश्वासीहरू बीच हुनुहुन्छ भने तपाईंको प्रार्थनाकाे आगो मर्नेछ। गपशप र कुरा काट्ने बानीले तपाईलाई निराश पार्नेछ।
5. तपाईंको भित्री मानिसकाे खराब खाना
भित्री मानिस (Inner Man) लाई नयाँ/आत्मिक मनुष्य पनि भनिन्छ । यदि तपाईंको आत्मिक मानिसलाई राम्रोसँग खुवाइएको छैन भने तपाईं प्रार्थना च्याम्पियन हुन सक्नुहुन्न। तपाईंले उपदेशहरू सुन्नुहुन्न, तपाईंले शब्द वा क्रिस्चियन लेखहरू कमै अध्ययन गर्नुभयो भने तपाईंको प्रार्थना जीवन भोकै मर्नेछ।
6. चिन्ता
कुनै चिन्ता गर्ने व्यक्ति प्रार्थना योद्धा बन्दैन। तपाईंको प्रार्थनालाई जीवन दिन तपाईंको चिन्तालाई मार्नुहोस।
7. सामाजिक सञ्जालको लत
तपाईंको प्रार्थना जीवनलाई टिभी, मिडिया, सामाजिक सञ्जालको लत र प्रेमी वा प्रेमिकाकाे चक्करले पनि तपाईंको प्रार्थना जीवनलाई समाप्त गर्नेछ।
यसकारण लेखिएको छ -
“निरन्तर प्रार्थना गरिरहो।”
[१ थेसलोनिकी 5:17]
“सतर्क भएर धन्यवादसहित स्थिर भई प्रार्थनामा लागिरहो।”
[कलस्सी 4:2]
“आफ्नो आशामा आनन्द गर, सङ्कष्टमा धैर्य धारण गर, प्रार्थनामा निरन्तर लागिरहो।”
[रोमी 12:12]
“कुनै कुरामा चिन्तित नहोओ, तर हरेक कुरामा प्रार्थना र निवेदनद्वारा धन्यवादसहित तिमीहरूका बिन्ती परमेश्वरमा जाहेर होऊन।”
[फिलिप्पी 4:6]
“परमप्रभु दुष्टदेखि टाढ़ै रहनुहुन्छ, तर उहाँले धर्मीको प्रार्थना सुन्नुहुन्छ।”
[हितोपदेश 15:29]

.jpg)
No comments:
Post a Comment