परमेश्वरले आफ्नाे सृष्टिकाे सबै थाेकहरू मध्ये केवल मानिसलाई मात्रै सर्वश्रेष्ठ प्राणीकाे रूपमा सृष्टि गर्नुभएको थियो। यसकारण मानिसलाई सृष्टिको ताज (Crown Of Creation) पनि भनिन्छ।
मानिसको जीवन सृष्टिकर्ताद्दारा दिईएकाे एउटा सुन्दर उपहार पनि हाे। मानिसको जीवन यति बहुमुल्य छ कि यसलाई संसारको कुनैपनि बहुमुल्य थाेकसँग तुलना गर्न, नाप्न र जाेख्न सकिदैन।
मानिस बहुमुल्य छ, किनकि यसलाई आत्मा, प्राण र शरीरमा बनाईएकाे छ। [1 थेसलोनिकी 5:23] यसकारण मानिसको जीवन यी तीन कुराहरू आत्मा, प्राण र शरीरकाे ज्ञानद्दारा मात्रै जान्न र बुझ्न सकिन्छ। शरीर, प्राण र आत्माकाे विवरण तथा कामहरू यसप्रकार छन;
1. शरीर (Body)
शरीर पाँच अंगहरू (आँखा, नाक, कान, छाला र जिब्रो) मिलेर बनेको हुन्छ। जसलाई पाँच इन्द्रिय पनि भनिन्छ। यी पाँच इन्द्रियहरूकाे पनि अलग-अलग काम छन, जाे यस प्रकार छ;
a. आँखा (Eyes) - देख्ने शक्ति हुन्छ।
b. नाक (Nose) - सुँघ्ने शक्ति हुन्छ।
c. कान (Ears) - सुन्ने शक्ति हुन्छ।
d. छाला (Skin) - महशुस या स्पर्श गर्ने शक्ति हुन्छ।
e. जिब्रो (Tongue) - चाख्ने या स्वाद थाहा पाउने शक्ति हुन्छ।
* याे शरिरलाई संसारको थाेकहरूलाई चिन्न, जान्न, बुझ्न र सम्बन्ध राख्न बनाईएकाे हाे।
2. प्राण (Soul)
प्राणमा पनि निर्णय शक्ति, बुद्धि र भावना गरि तीन अंगहरू मिलेर बनेकाे हुन्छ र यसका कामहरू पनि अलग-अलग छन।
a. निर्णय लिने शक्ति (Free Will)
याे प्राणकाे एउटा स्वतन्त्र अङ्ग हाे। कुनै कामलाई गर्ने या नगर्ने भनी निर्णय लिने शक्तिलाई प्रकट गर्ने वाला अङ्ग यही हाे। निर्णय शक्ति बिना मानिस मेशिन समान हुन्छ। उदाहरण :
* पानी तान्ने मेशिनले टंकीमा पानी भरियाे भने पनि माेटरले भयाे भन्दैन वा निर्णय गरेर आफै बन्द गर्दैन।
* परमेश्वरले हरेक मानिसलाई निर्णय शक्ति दिनुभएको छ।
b. बुद्धि (Mind)
याे मानिसको साेच विचार गर्ने वाला अंग हाे। हाम्रो मानसिक क्षमता वा ज्ञान आदि यसैमा छ। बुद्धि बिना मानिस पुर्ण रूपमा मुर्ख हाे।
* परमेश्वरले हरेक मानिसलाई बुद्धि दिनुभएको छ।
c. भावना (Emotion)
याे भावनाहरू उत्पन्न गराउनेवाला अंग हाे। प्रेम, घृणा, खुशी, दुःख, रीस, ईर्ष्या आदि भावनाहरू यसै अंगद्दारा प्रकट हुँदछ। हरेक मानिसलाई परमेश्वरले भावना दिनुभएको छ। भावनाकाे विना मानिस काठ अथवा ढुङ्गाकाे समान हुन्छ। उदाहरण :
* कुनै मानिस मर्याे भने हामी भावनामा आएर रून शुरू गर्छ।
* काेही झगडा गर्न आयाे भने हामी भावनामा आएर त्यसको विरोधमा लड्न शुरू गर्दछौं।
* काेही फुटबल खेल्दै छन र गाेल गर्याे भने हामी भावनामा आएर चिच्याउन शुरू गर्दछौं।
यसकारण प्राणद्दारा [निर्णय शक्ति, बुद्धि र भावना] स्वयंलाई चिन्न सक्छौं। कुनै मानिसको व्यक्तित्व यही अंगद्दारा थाहा पाउन सकिन्छ।
3. आत्मा (Spirit)
आत्मा पनि विवेक, अनर्तज्ञान र संगति गरि तीन अंगहरू मिलेर बनेको हुन्छ र यी अंगका कामहरू पनि अलग-अलग छन, जाे यस प्रकार छन;
a. विवेक (Conscience)
याे अंगले असल र खराब (सहि र गलत) चिन्ने गर्छ। याे अंग बुद्धिद्दारा प्रभावित हुदैन र स्यंम आफैद्दारा न्याय गर्छ। हाम्रो साेच विचारलाई पनि खण्डन गर्ने गर्छ। विवेककाे काम निष्पक्ष एवं स्वतन्त्र हुन्छ र बाहिरी परिस्थितीले प्रभावित हुँदैन। यदि कुनै मानिसले गल्ती गर्दा बित्तिकै त्यसकाे विवेकले दाेषी ठहर्याउँछ।
परमेश्वर मानिससँग उसको विवेकद्दारा कुरा गर्नुहुन्छ।
परमेश्वरले हरेक मानिसलाई (बुद्धिमान र अनपढ) याे विवेक दिनुभएको छ। उदाहरण :
* यदि कुनै दुई बिरालो आपसमा लडे र एउटाले आर्काेलाई मार्याे। त्याे जीवित बिरालो थकाइकाे कारणले त्यही मरेकाे बिरालोकाे छेउमा गएर सुत्छ, किनकि त्यसमा दाेष दिने विवेक हुँदैन तर मानिस एक अर्कासँग लडेर एक जना मर्याे भने त्यो जीवित मानिसले मारेको अरू कसैले देखेकाे छैन र सारा प्रमाणहरू मेटाई दिए तापनि त्यो त्यस ठाउँमा बसिरहन सक्दैन, भागेर अर्को ठाउँमा जान्छ कारण त्यसको विवेकले त्यसलाई तँ हत्यारा हाेस, तैले पाप गरिस, तँ पापी हाेस भनेर दाेष दिई नै रहन्छ।
* दुर्घटना भएको बसकाे ड्राइभर भागेर जान्छ किनकि त्यसको विवेकले त्यसलाई दाेष लगाई रहेकाे हुन्छ।
* पाकेटमारले गाेजी काट्न जाँदा उसको विवेकले उसलाई चेतावनी दिन्छ र त्यसैले हात काप्दछ तर त्यसले विवेककाे चेतावनीलाई वास्ता गरेन भने त्यसलाई फेरि-फेरि चेतावनी आउँन छाेड्छ र फेरि निर्धक्क चाेरि शुरू गर्न थाल्छ।
* विवेक यस्तो चिज हाे, जाे चाैबाटाेमा रहेको ट्राफिक बत्ती जस्तो हाे, राताे, पहेँलो र हरियो! राताे बत्ती बल्याे भने एक चेतावनी हाे, त्यहाँ कुनै गेट लगाईएकाे हुँदैन तर कतिपय गाडीहरू राताे बत्ती बल्दा पनि अगाडि जान्छन र दुर्घटना पनि हुन सक्छ, त्यस्तै परमेश्वरले प्रत्येकसँग विवेकद्दारा कुनै खराब या गलत काम गर्न जाँदैछाैं भने राताे बत्ती बल्छ, अर्थात चेतावनी मात्रै दिन्छ। यदि त्यसलाई बेवास्ता गर्दै अगाडि बदयाै भने दुर्घटना हुनेछ।
b. अनर्तज्ञान (Intuition)
याे अंग तुरुन्तै भित्रकाे ज्ञान दिने वाला अंग हाे। याे आत्माकाे चेतना सम्बन्धि र हाम्रो इन्द्रिय भन्दा परको कुराहरू सम्झने गुण भएको अंग हाे। याे अंगद्वारा नै हामीले परमेश्वरलाई चिन्न सक्छौँ।
c. संगति ( Fellowship)
याे अंगद्दारा परमेश्वरसँग या शैतानसँग पनि संगति गर्न सकिन्छ। उदाहरण :
* ध्यान(Meditation) द्दारा मानिसको आत्मा शिरकाे शीर्षसम्म आउँदछ तब वायुमण्डलमा करोडौं दुष्ट आत्माहरू मानिससँग सम्पर्क गर्नकाे लागि तयार रहन्छन, तब बाहिरका दुष्ट शैतानी आत्माहरूले मानिसको आत्मासँग सम्पर्क गर्दछन। यसप्रकार दुष्ट शैतानी आत्मासँग सम्पर्क भएका मानिसहरूले अदभूत चिन्हहरू र ठुला-ठुला कामहरू गर्दछन। आश्चार्य कामहरू गर्दछन, बिमारीहरू निकाे पार्दछन, टाढा-टाढाका गुप्त कुराहरू बताउँदछन। यसरी दुष्ट आत्माकाे आश्चार्य कामहरू देखेर लाखौं मानिसहरूले धाेका खाँदछन र याे बुझ्दछन कि यहीँ परमेश्वर पिताको काम हाे।
* याे आत्मा परमेश्वरसँग मात्रै सम्बन्ध राख्नकाे निम्ति बनाईएकाे हाे। यसकारण जबसम्म एक व्यक्ति परमेश्वरसँग सम्बन्ध जाेडिदैन, तबसम्म ऊ कहिल्यै पनि सन्तुष्ट बन्न सक्दैन।
याे त हाम्रो जीवनकाे केही झलक मात्रै हाे, यदि शरीर, प्राण र आत्माको सम्पुर्ण कार्यहरू हेर्ने र बुझ्ने काेशिष गर्याैँ भने हामी अझै अचम्मित पर्नेछाैँ। मानिसकाे नजरमा सृष्टिकर्ता परमेश्वर त्यति महत्त्वपूर्ण नहुन सक्छ, कारण मानिसलाई स्व-ईच्छा(Free Will) दिईएकाे छ, तर मानिसकाे जीवन सृष्टिकर्ता परमेश्वरकाे निम्ति निकै महत्त्वपूर्ण छ, किनकि उहाँले मानिसलाई आफ्नै स्वरूप र प्रतिरुपमा बनाउनुभएको छ। मानिस सृष्टिकर्ताको अद्भुत, बहुमुल्य र महत्त्वपूर्ण सृष्टि हाे। के साँच्चिकै हाम्रो जीवन बहुमुल्य छैन र? यसकारण राजा दाऊदले आफ्नाे जीवनलाई हेरेर यसाे भनेका थिए;
“तपाईंले नै मेरा भित्रका अङ्ग-प्रत्यङ्ग बनाउनुभयो, तपाईंले मलाई मेरी आमाको गर्भमा रच्नुभयो।
म तपाईंको प्रशंसा गर्छु, किनकि म भयानक र अद्भुत रीतिले बनाइएको छु।
तपाईंका कार्यहरू अद्भुत छन, र त्यो कुरा म पूर्ण रूपले जान्दछु।”
[भजनसंग्रह 139:13-14]
“मानिस के हो, र तपाईं त्यसको वास्ता राख्नुहुन्छ? मानिसको छोरो के हो, र तपाईं त्यसको फिक्री गर्नुहुन्छ?
तपाईंले त्यसलाई स्वर्गीय प्राणीहरूभन्दा केही मात्र सानो बनाउनुभयो, र त्यसलाई महिमा र आदरको मुकुट पहिराउनुभएको छ।
आफ्नो हातका कामहरूमाथि तपाईंले त्यसलाई शासक बनाउनुभएको छ। सबै थोक तपाईंले त्यसका पैतालामुनि राखिदिनुभएको छ।”
[भजनसंग्रह 8:4-6]
* तपाईंको यस पृथ्वीकाे छाेटाे जीवनद्दारा अनन्तकालकाे निम्ति सृष्टिकर्ता परमेश्वरकाे सिद्ध इच्छा र याेजना पूरा हुन सकाेस भनी हामी प्रार्थना गर्दछाैँ।
#Back_To_The_Creator #God


No comments:
Post a Comment