कुनै एउटा ठाउँमा एउटा केटा थियो। त्यो केटा एक बिहान सबेरै उठेर सुर्याेदय हेर्नलाई कुनै बगैचामा गएछ, जहाँबाट सुर्याेदय प्रष्ट देखिन्थ्यो। ऊ त्यहाँ पुगेर सुर्याेदय हेर्दै, परमेश्वरको सुन्दर सृष्टिको निम्ती धन्यबाद दिंदै र उहाँको सृष्टिको प्रसंशा गर्दै, त्यहीं बगैचामा भएको एउटा कुर्चीमा बस्न गएछ। जसै ऊ त्यहाँ बस्यो उसले प्रभु येशुको उपस्थिती महशुस गरेछ..
येशुले सोध्नु भएछ, “के तिमि मलाई प्रेम गर्छौ ?”
केटा, “बिल्कुल प्रभु, म तपाईंलाई प्रेम गर्छु नि, किनकि तपाईं मेरो प्रभु हुनुहुन्छ।”
त्यस पछि उहाँले सोध्नु भएछ, “यदि तिमि शरिरमा अपांग भएको भए, के तिमि मलाई अझै पनि प्रेम गर्थ्यौ ?”
[केटा अकमक पर्यो र आफ्नो हाथ खुट्टा हेर्दै, बाँकी शरिरलाई पनि हेर्यो र मनमा बिचार गर्यो, साँच्चै कि उ कति कुराहरु गर्ने योग्यको हुँदा हुँदै पनि केहि नगरेको थाहा गर्यो !]
केटाले बिस्तारै भन्यो, “प्रभु, मेरो लागी यो गार्हो कुरा हुन्थ्यो, यद्यपि म तपाईंलाई प्रेम गर्थे, किनभने तपाईं मेरो उद्धारकर्ता हुनुहुन्छ।”
फेरि प्रभुले भन्नुभयो, “यदि तिमि अन्धा भएको भए, के तिमि अझै पनि मेरो सृष्टिलाई प्रेम गर्थ्यौ?”
[कुनै कुरालाई नदेखी म कसरी प्रेम गर्न सक्थे र ! त्यसपछि उसले संसार भरीका ति सबै अन्धाहरुको बारेमा सोचेछ र कतिले त अझै पनि परमेश्वर र उहाँको सृष्टिहरुलाई प्रेम गर्छन !]
अनि उसले जवाफ दिएछ, “यो मेरो लागी गार्हो छ, प्रभु तर पनि म तपाईंको सृष्टिलाई प्रेम गर्थे।”
अनि फेरि प्रभुले सोध्नु भएछ, “यदि तिमि बहिरो भएको भए, के अझै पनि तिमि मेरा वचनहरु सुन्थ्यौ ?”
[केटा - यदि म बहिरो भएको भए कसरी, म केहि सुन्न सक्थे र ? अनि उसले बुझेछ कि परमेश्वरको वचन सुन्नलाई केवल हाम्रो कान होइन तर हृदय चाहिँदो रहेछ।]
अनि उसले भनेछ, “प्रभु, मलाई गार्हो नै हुन्थ्यो तर पनि म तपाईंका वचनहरु सुन्थे।”
प्रभुले फेरि सोध्नु भएछ, “यदि तिमि गुङ्गो भएको भए, के तिमि मेरो नाउँको प्रसंशा गर्थ्यौ ?”
[आवाज नै नभई म कसरी तपाईंको नाउँलाई प्रसंशा गर्न सक्थे र ? त्यसपछि उसको मनमा यस्तो कुरा खेल्यो कि परमेश्वरले हाम्रो हृदय र आत्माले उहाँको नाउँको प्रसंशा गरेको चाहनु हुँदो रहेछ ! सधै भजन गाउनु परमेश्वरको नाउँको प्रसंशा गर्नु होइन रहेछ र प्राय: हामी सताईदा मात्र परमेश्वरलाई धन्यबादको शब्दले मात्र प्रसंशा गर्छौ !]
केटाले जवाफ दिएछ, “प्रभु, मैले शारीरिक रूपमा गाउन नसकेता पनि, म तपाईंको नाउको प्रशंसा गर्थे !”
प्रभुले फेरि सोध्नु भयो, “के तिमि मलाई साँच्चै प्रेम गर्छौ ?”
केटाले पुरा दृढ बिश्वास र साहसका साथ भनेछ, “हजुर प्रभु, म तपाईंलाई प्रेम गर्छु किनकि तपाईं एक मात्र सत्य परमेश्वर हुनुहुन्छ !”
[त्यती भनेपछि उसले सोच्यो ठिक जवाफ दिए।]
प्रभुले भन्नुभयो, “त्यसो भए तिमि किन पाप गर्छौ ?”
केटाले भनेछ, “किनकि म मान्छे हो, र म सिद्ध छैन, प्रभु !”
प्रभुले भन्नुभयो, “त्यसो भए किन शान्तिको समयमा तिमि म देखी टाढा बस्छौ ? किन सतावटको समयमा मात्र तिमिले प्रार्थना गर्छौ ?”
[केटाले केहि जवाफ दिएन तर धुरु धुरु रुन थाल्यो र आँखाबाट आँशु बरर झार्न थाल्यो !]
प्रभुले भन्नुभयो, “त्यसो भए किन तिमि सङ्गतिमा मात्र मेरो निम्ती गाउँछौ र फर्किन्छौ ? किन मलाई उपासनाको समयमा मात्र खोज्छौ ? किन चीजहरू यति स्वार्थपुर्ण रुपले माग्छौ ? किन चीजहरू अविश्वासका साथ माँग्छौ ?”
[केटा चुपचाप घोप्टो भयो र निरन्तर अँखाबाट आँशु झार्दै रोइ रह्यो !]
प्रभु, “किन तिमि म सँग सर्माउछौ ? किन तिमि मेरो सुसमाचार फैलाउदैनौं ? सतावटको समयमा रुनलाई मैले तिमिलाई मेरो काँध दिँदा, तिमि किन अरु कहाँ गएर रुन्छौ ? मैले मेरो नाउँमा सेवा गर्ने अवसरहरू दिँदा तिमि किन बाहना बनाउँछौ?”
[केटा जवाफ दिने कोसिस गर्छ, तर दिनलाई केहि जवाफ पाएन!]
प्रभु, “तिम्रो जीवन धन्यको छ। मैले तिमिलाई बनाए र यो वरदान फाल्नलाई होईन। मलाई सेवा गर्न सक भनी मैले तिमिलाई धेरै योग्यताहरुले आशिष दिए, तर पनि तिमि निरन्तर म बाट टाढा भागी रह्यौ।
मैले तिमिलाई मेरो वचन प्रकट गरे, तर तिमिले बुझ्न चाहेनौँ। मैले पुकारे तिमीलाई तर तिम्रो कान बन्द थियो। मैले तिमिलाई मेरो आशिषहरू देखाए तर तिम्रो आँखा म बाट टाढा राख्यौ। मैले तिम्रो लागी भनी मेरो सेवकहरू पठाए तर तिमिले तिनिहरुलाई बेवास्ता गर्यौ, म बाट लखेटिएकालाई झैँ दुर्ववहार गर्यौ, मैले तिम्रो हरेक प्रार्थनाहरु सुने र मैले ती सबैको उत्तर पनि दिएँ।”
प्रभु, “के तिमि मलाई साँच्चै प्रेम गर्छौ ?”
केटा केहि बोलेन र भन्यो, “कसरी म तपाईंलाई प्रेम गर्न सक्छु र ?”
केटा आफ्नो बिश्वास प्रती धेरै लज्जित भयो, उ सँग कुनै बाहाना थिएन, उसले के नै भन्न सक्थ्यो र ? केटा हृदयबाट नै टुटेर धुरु धुरु रोइ रह्यो र प्रभुलाई भन्यो, “प्रभु, कृपया मलाई क्षमा गर्नुहोस... म तपाईंको छोरा हुने योग्यको छैन !”
प्रभुले भन्नुभयो, “त्यही नै मेरो अनुग्रह हो, छोरा !”
केटाले सोध्यो, “प्रभु, तपाइले मलाई निरन्तर क्षमा गर्नुहुन्छ, अनि प्रेम पनि गर्नुहुन्छ किन, प्रभु ?”
प्रभुले भन्नुभयो, “किनकि तिमि मेरो सृष्टि हौ, तिमि मेरो छोरा हौ ! म तिमिलाई कहिले त्याग्ने छैन, जब तिमि रुनेछौ म दयालु हुनेछु र तिमिसँगै रुनेछु।
जब तिमि आनन्दित हुनेछौ, म पनि तिमिसँगै हाँस्नेछु। जब तिमि निराश हुनेछौ, म तिमिलाई हौसला दिनेछु। जब तिमि लड्नेछौ, म तिमिलाई माथी उठाउनेछु।
जब तिमि थाक्नेछौ, म तिमिलाई मेरो शक्तिशाली काँधमा बोक्नेछु ! म युगको अन्तिम दिनसम्म तिम्रो साथमा हुनेछु र म तिमिलाई सधै प्रेम गर्नेछु !”
[केटा उदास भयो र हृदयबाट नै यति रोयो कि त्यसरी ऊ जीवनमा पहिले कहिले पनि रोएको थिएन...]
उसले मनमनै भन्यो, “प्रभु प्रती म यति कठोर कसरी भए ? मैले यस्तो किन गरे ? किन मेरो प्रभुकाे मनलाई दुखाएँ ?”
अनि केटाले प्रभुलाई सोधेछ, “प्रभु, तपाईले मलाई कति धेरै प्रेम गर्नुहुन्छ ?”
प्रभु येशुले आफ्नो दुबै हाथ फैलाउनु भयो र केटाले उहाँको हातमा काँटी ठोकिएका प्वालका डाम देख्ने बितिक्कै प्रभु येशु ख्रीष्टको पाउ निर घुँडा टेकि घोप्टो परि दण्डवत गर्यो !
केटाले त्यहाँ जीवनमा पहिलो पटक साँचो हृदयले प्रार्थना गर्यो !
यसकारण लेखिएको छ -
“तर परमेश्वरले हाम्रा निम्ति उहाँको प्रेम यसैमा देखाउनुहुन्छ, कि हामी पापी छँदै ख्रीष्ट हाम्रा निम्ति मर्नुभयो।”
[रोमी 5:8]

No comments:
Post a Comment