एक साँचो ख्रीष्टियन जीवन यी कुराहरूद्वारा थाहा लाग्दैन । जस्तै ;
1. प्रचार गर्नु
2. वचन पाेष्ट गर्नु
3. हरेक दिन वचन लेखेर पठाउनु
4. आराधना गर्नु
5. Comment मा Amen या Praise The LORD लेख्नु
6. सधै मण्डली जानू
7. बाइबल सधै अध्ययन गर्नु
8. प्रार्थना गर्नु या प्रार्थनामा जानू
9. धार्मिक/सामाजिक कामहरू गर्नु
10. दान/भेटी दिनु ईत्यादि...
यी सबै कुराहरूद्वारा एक साँचो ख्रीष्टियन जीवन चलिरहेको छ भन्ने कुरा थाहा लाग्दैन । यी कामहरूद्वारा पनि हामी धाेखा खान सक्छौँ !
तर यी निम्न कुराहरूद्वारा एक साँचो ख्रीष्टियन जीवन चलिरहेको छ भन्ने कुरा थाहा लाग्छ । जस्तै ;
1. मन शान्तिले भरिएको हुन्छ ।
2. ऊ आफ्नाे जीवनमा सन्तुष्ट हुन्छ, र हरेक कुराकाे लागि प्रभुलाई धन्यवाद दिदँछ ।
3. उसमा धेरै धीरज र संयम हुन्छ ।
4. सम्पूर्ण मनदेखि प्रभु येशू पट्टी फर्केको हुन्छ ।
5. संसारका चीजहरूमा उसको मन हुँदैन, तर उसले संसारका वस्तुहरूलाई फाेहाेर र कसिङ्गर सम्झेर त्याग्नेछ ।
6. निस्वार्थ र शर्तरहित प्रेमले भरिएको हुन्छ ।
7. येशूमाथि पूर्ण विश्वास र भराेसा हुन्छ ।
8. आफैलाई सानो बनाउने गुण हुन्छ ।
9. नम्र र दीन हुन्छ ।
10. सहने र खप्ने गुण हुन्छ ।
11. धीरज र संयम गर्नेवाला हुन्छ ।
12. क्षमा गर्ने गुण हुन्छ ।
13. लडाइँ, झगडा गर्नेवाला हुनेछैन ।
14. बाइबलकाे वचन अनुसार हिँड्नेछ ।
15. प्रभु येशूलाई आफ्नाे जीवनमा पहिलो स्थान दिनेछ ।
16. परिवारको आत्मिक चिन्ता गरेर, तिनिहरूलाई वचनमा परमेश्वरसँग बढाउनेछ ।
27. प्रार्थना र बाइबल अध्ययनलाई बढी महत्त्व दिनेछ ।
28. साँचो हुनेछ, सत्य बाेल्नेछ र सत्यमा चल्नेछ ।
29. पवित्र आत्माकाे अगुवाइमा हिँड्नेछ ।
30. येशू ख्रीष्टमाथि आश्रित हुनेछ ।
31. उसको लक्ष्य र मन सफा हुनेछ ।
32. गिरे तापनि ऊ फेरि उठ्नेछ ।
33. पवित्र आत्माकाे साथ सम्बन्ध र कुरा हुन्छ ।
34. मनमा र मुखमा खराब कुराहरू हुनेछैनन ।
35. घमण्ड हुँदैन ।
36. स्वार्थी हुँदैन ।
37. लाेभी हुँदैन ।
38. अरूको चिन्ता गर्नेवाला स्वभाव हुन्छ ।
39. देखावटी जीवन हुँदैन ।
40. अरूहरूकाे निम्ति प्रार्थना गर्नेछ ।
41. प्रभुको निम्ति पुरा जीवन समर्पण गरेको हुन्छ ।
42. धुम्रपान र मद्यपानदेखि टाढा हुन्छ ।
43. अरूलाई गाली गर्नेवाला हुँदैन ।
44. दुई रङ्गी जीवन जीउदैन ।
45. भाेग बिलासमा हुँदैन ।
46. एक पति या एक पत्नी मात्रै हुनेछ ।
47. धाेखा दिनेवाला हुँदैन ।
48. उसलाई वचनकाे ज्ञान हुनेछ ।
49. अनुग्रह गर्नेवाला हुनेछ ।
50. पवित्र जीवन जीउनेछ ।
यसकारण लेखिएको छ ;
“तिमीहरूमा यस्तो स्वभाव होस, जो ख्रीष्ट येशूमा पनि थियो।”
[फिलिप्पी 2:5]
“यसरी नै तिमीहरूको ज्योति मानिसहरूका सामुन्ने चम्कोस, र तिनीहरूले तिमीहरूका सुकर्म देखून, र स्वर्गमा हुनुहुने तिमीहरूका पिताको महिमा गरून।”
[मत्ती 5:16]
“अन्यजातिहरूका बीचमा तिमीहरूको चालचलन असल होस। कसैले तिमीहरूलाई कुकर्मी भनी तिमीहरूका विरुद्धमा बोले तापनि तिनीहरूले तिमीहरूका असल कामहरू देखून, र आगमनको दिनमा तिनीहरूले परमेश्वरको महिमा गरून।”
[१ पत्रुस 2:12]
* के म एक साँचो ख्रीष्टियन हुँ ?

No comments:
Post a Comment