जब मैले “म एक ख्रीष्टियन हुँ” भन्छु, तब मसँग पवित्र जीवनशैली छ भनेर चिच्याइरहेको हुँदैन।
तर म भनिरहेको हुन्छु, “म हराएको थिएँ, र अब भेट्टाईएकाे छु र मैले मेराे सबै पापहरूदेखि क्षमा पाएकाे छु।”
जब मैले “म एक ख्रीष्टियन हुँ” भन्छु, तब म घमण्डकाे साथ यो कुरा गरिरहेको हुँदैन।
तर म स्वीकार गरिरहेको हुन्छु, “मलाई पनि ठक्कर लाग्छ, र मलाई मेरो अगुवाईकाे निम्ति येशू ख्रीष्टकाे आवश्यक छ।”
जब मैले “म एक ख्रीष्टियन हुँ” भन्छु, तब म बलियो बन्न खोजिरहेको छैन।
तर मैले याे स्विकार गरिरहेकाे हुन्छु, “मँ दुर्बल छु र मलाई अगाडि बढ्न उहाँबाटकाे बल आवश्यक छ।”
जब मैले “म एक ख्रीष्टियन हुँ” भन्छु, तब म आफ्नाे सफलताको बढाई गरिरहेकाे हुँदैन।
तर म याे स्वीकार गरिरहेकाे हुन्छु, “म पनि असफल भएको छु र मेरो कमजोरीहरूलाई सुधार गर्न परमेश्वर चाहिन्छ।”
जब मैले “म एक ख्रीष्टियन हुँ” भन्छु, तब म सिद्ध छु, भनेर दावी भनेर दावी गरिरहेको हुँदैन।
तर मेरा देखिने त्रुटिहरू पनि धेरै नै छन, तर परमेश्वरले विश्वास गर्नुहुन्छ कि एकदिन म याेग्यकाे बन्नेछु।
जब मैले “म एक ख्रीष्टियन हुँ” भन्छु, तब म अझै गहिरो पीडाहरूको महसुस गर्दछु। मसँग पनि जीवनका धेरै दु:ख-कष्ट र पिडाका अनुभवहरू छन, त्यसैले म उहाँको नाममा पुकार्छु।
जब मैले “म एक ख्रीष्टियन हुँ” भन्छु, तब म पनि तपाईंभन्दा पवित्र छैन, म त एक पापी नै हुँ, जसले परमेश्वरबाट एक किसिमको अनुग्रह पाउँदछ!
– माया एन्जोलो
[Maya Angelou (1928-2014) अमेरिकी लेखक, कवि र सामाजिक कार्यकर्ता थिइन। उनले सात आत्मकथाहरू, निबन्धका तीन पुस्तकहरू, कविताको धेरै पुस्तकहरू प्रकाशित गरे र ५० बर्ष भन्दा बढी प्रायः प्लेहरू, चलचित्रहरू, र टेलिभिजन शोहरूको सूचीमा उनलाई श्रेय दिने गरिन्छ। उनले दर्जनौं पुरस्कार र ५० भन्दा बढी सम्मानित डिग्री पाएकी छिन।]


No comments:
Post a Comment