Wednesday, April 1, 2026

र्‍याप्चरपछि मानिसहरूको सम्भावित प्रतिक्रियाहरू

 



 मत्ती २४ मा उल्लेख गरिए अनुसार ख्रीष्टको आगमनका चिन्हहरू सबै पूरा भइसकेका छन् । हामी अन्तिम घडीमा बाँचिरहेका छौं । यस अध्ययनले र्‍याप्चर भएको लगत्तै छोडिएका मानिसहरूको समस्या र प्रतिक्रियालाई विचार गरेको छ ।


१. भ्रम 

कल्पना गर्नुहोस् हजारौं मानिसहरू हराइरहेका छन् ! जताततै भ्रम हुनेछ, मानिसहरू यता उता दौडिरहेका हुनेछन् ।


२. डर 

डरले धेरैलाई समात्नेछ, विशेष गरी ती व्यक्तिहरूलाई जसलाई र्‍याप्चरको बारेमा थाहा थियो तर चेतावनीलाई बेवास्ता गर्ने निर्णय गरे ।


३. पछुतो 

पछि हटेका विश्वासीहरू र पश्चात्तापी नगर्ने तर मण्डली जानेहरू र्‍याप्चर हुन नसकेकोमा पछुताउनेछन् ।


४. मृत्यु 

दुर्घटनाहरू हुनेछन् किनभने क्रिश्चियन चालकहरू र पाइलटहरू गाडी चलाउँदा र उडान गर्दा गायब हुनेछन् । क्रिश्चियन सर्जनहरू धैर्यतापूर्वक शल्यक्रिया गर्दा गायब हुनेछन् ।


५. रुनु 

र्‍याप्चरमा छुटेका मानिसहरू र जसका प्रियजनहरू र्‍याप्चरमा उठाई लगिए, उनीहरूले के पर्खिरहेका थिए भनेर थाहा पाएर रुने र विलाप गर्नेछन् ।


६. अविश्वास र अनुमानहरू 

कतिपयले अझै पनि र्‍याप्चरको परमेश्वर वा बाइबलसँग कुनै सम्बन्ध छ भन्ने विश्वास गर्दैनन्, तिनीहरू केही सांस्कृतिक वा वैज्ञानिक व्याख्याहरूमा अडिग रहनेछन् । कतिपयले उनीहरूलाई एलिएनले लग्यो भनेर भन्नेछन् ।


७. पश्चात्ताप 

धेरै पछि हटेका ख्रीष्टियनहरू ख्रीष्टकहाँ फर्कनेछन् र ख्रीष्टको लागि मर्न तयार भएको मन लिएर सुसमाचार प्रचार गर्नेछन् । 


८. पागलपन 

कोही कोहीले आफ्नो दिमाग गुमाउनेछन् र अनौठो व्यवहार गर्न थाल्नेछन्, विशेष गरी ती व्यक्तिहरू जसले प्रत्यक्ष रूपमा हराएको देख्नेछन् ।


९. डिप्रेसन 

प्रियजन गुमाउनुको परिणामस्वरूप मानिसहरू अत्यन्तै दुःखी र निराश हुनेछन् । कतिपयले आफ्नो सम्पूर्ण परिवारलाई एक्लै छोडेर गुमाउन सक्छन् ।


१०. चिन्ता 

ख्रीष्ट विरोधीको उपस्थिति, पशुको छाप, यातना, कष्ट र त्यसका साथ आउने पीडा जस्ता अब के हुनेछ भन्ने सोचले केहीलाई पक्षाघात गर्नेछ ।


११. झट्का 

परिस्थितिको वास्तविकताका कारण कतिपयलाई अत्यधिक झट्का लाग्नेछ । फलस्वरूप धेरै जना कसैसँग कुरा नगरी दिनभरि घरभित्रै बस्नेछन् ।


१२. दुर्घटनाहरू 

अस्पतालहरू मृतक, घाइते, अचेत र आघातग्रस्तहरूले भरिनेछन् र थोरै चिकित्सा कर्मचारीहरू हुनेछन् किनभने क्रिश्चियन डाक्टर र नर्सहरू अब रहने छैनन् ।


१३. आरोपहरू 

पछाडि छोडिएका मण्डलीका सदस्यहरूले आफ्ना पास्टरहरूलाई, जसले र्‍याप्चर पनि गुमाएका थिए, धार्मिकताको बारेमा सत्य सिकाउन असफल भएको आरोप लगाउनेछन् ।


१४. आक्रमणहरू 

केही सदस्यहरूले केवल आरोप लगाउनुभन्दा बाहिर जानेछन्, तिनीहरूले आफ्ना पास्टरहरूलाई धोका दिएकोमा कुटपिट गर्ने उपाय अपनाउनेछन् ।


१५. लुक्ने र एकान्तवास 

पछाडि छोडिएका लोकप्रिय पास्टरहरू, प्रचारकहरू, अगमवक्ताहरू र प्रेरितहरू लाज र निन्दाबाट बच्न लुक्नेछन् ।


१६. एक्लोपन 

केही बुबा वा आमाहरू पछाडि छोडिनेछन् जबकि उनीहरूका परिवारका सबै सदस्यहरू र्याप्चर हुनेछन् । त्यस्ता व्यक्तिहरू आफ्नो घरमा एक्लै हुनेछन् ।


१७. विनाश 

क्रिश्चियन चालक र पाइलटहरूको अचानक गायब हुने कारणले गर्दा चालकविहीन कारहरू र पाइलटविहीन विमानहरू दुर्घटनाग्रस्त हुनेछन् जसले गर्दा अकथनीय विनाश हुनेछ ।


१८. जोश 

पछाडि छोडिएका विश्वासीहरू धेरै जोशिला हुनेछन्, उनीहरूलाई प्रार्थना गर्न, बाइबल पढ्न, प्रचार गर्न वा मण्डली जान कसैले भन्नु पर्दैन ।


१९. दु:ख 

पछाडि छोडिएकाहरूले प्रियजनहरू गुमाउनु र पुनरुत्थान नहुनुको निराशाले गर्दा हुने गहिरो पीडाको भावना भोग्नेछन् ।


२०. अपराध 

लुटपाट र चोरी बढ्नेछ किनभने केही घरहरू, सुपरमार्केटहरू र पसलहरू मालिकविहीन हुनेछन् किनभने तिनीहरूका क्रिश्चियन मालिकहरूलाई र्‍याप्चर गरिएको छ ।


निष्कर्षमा,   

धर्मशास्त्रले भन्दछ, “आजै तिमीहरूले उहाँको शब्द सुन्यौ भने विद्रोहका दिनमा जस्तै गरी आफ्नो हृदय कठोर नपार ।” [हिब्रू ३:१५]


किनभने उहाँ भन्नुहुन्छ, “ग्रहणयोग्य समयमा मैले तिम्रो पुकारा सुनें, र मुक्तिको दिनमा मैले तिमीलाई सहायता गरें ।” हेर, ग्रहणयोग्य समय अहिले हो, मुक्तिको दिन अहिले हो । [२ कोरिन्थी ६:२]


मुक्ति पाउन तपाईंले के गर्नुपर्छ ?


१. आफू पापी भएको स्वीकार गर्नुहोस् । 

“किनकि सबैले पाप गरेका छन्, र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन् ।” [रोमी ३:२३]


२. तपाईं आफैलाई बचाउन सक्नुहुन्न भनेर जान्नुहोस् । 

“तब हामी आफैले धार्मिकतामा गरेका कामबाट होइन, तर उहाँको आफ्नै कृपाअनुसार पुनर्जीवनको स्नानद्वारा र पवित्र आत्माद्वारा भएको नवीकरणबाट उहाँले हामीलाई मुक्ति दिनुभयो ।” [तीतस ३:५]


३. सुसमाचारमा विश्वास गर्नुहोस् । 

“भाइ हो, मैले तिमीहरूलाई प्रचार गरेको सुसमाचार म तिमीहरूलाई याद दिलाउन चाहन्छु, जुन सुसमाचार तिमीहरूले ग्रहण गर्यौ, र जसमा तिमीहरू स्थिर रहन्छौ । 

यस सुसमाचारद्वारा तिमीहरूको उद्धार भएको छ, यदि त्यसमा तिमीहरू अटल रह्यौ भने, नत्रता तिमीहरूले व्यर्थैमा विश्वास गर्यौ । 

किनभने मैले जे पाएँ त्यसैलाई सबैभन्दा मुख्य विषयको रूपमा तिमीहरूलाई सुम्पिदिएँ, अर्थात् पवित्र धर्मशास्त्रअनुसार ख्रीष्ट हाम्रा पापका निम्ति मर्नुभयो । 

उहाँ गाडिनुभयो, र पवित्र धर्मशास्त्रअनुसार तेस्रो दिनमा उहाँ पुनर्जीवित पारिनुभयो ।” [१ कोरिन्थी १५:१-४]


४. तपाईंलाई बचाउनको लागि ख्रीष्टमा मात्र भरोसा गर्नुहोस् । 

“किनभने अनुग्रहबाट विश्वासद्वारा तिमीहरूले उद्धार पाएका छौ र यो तिमीहरू आफैबाट होइन, यो त परमेश्वरको वरदान हो । कर्महरूद्वारा होइन, नत्रता मानिसले घमण्ड गर्नेछ ।” [एफिसीहरू २:८-९]


* किनभने समय निकै छोटो छ !




Sources :

1. https://www.facebook.com/groups/494520664693756/permalink/1870186033793872/?app=fbl

2. https://www.facebook.com/groups/941437796302821/permalink/2082429955536927/?app=fbl

3. https://www.facebook.com/groups/535041793324830/permalink/3231533237008992/?





No comments:

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...